मिति : २०७८-०४-३० गते
वचन विषय : नहेम्याहको जीवनी / Lesson from the life of Nehemiah (Expository Preaching-4)
- परमेश्वरको दर्शनमा काम गर्ने व्यक्तिको विरोध हुन्छ नै
- नहेम्याह जीवनीबाट कसरी विरोधहरुको सामना गर्ने भनेर सिक्नु पर्ने
नहेम्याह ४ अध्यायमा गिल्ला उपहासको विरोध
नहेम्याह ५ अध्यायमा आन्तरिक विरोध। लोभी यहूदीहरुले निमुखा कामदारहरुलाई शोषण गरेर काम नै रोकिने गरि समस्या खडा गरेको।
नहेम्याह ६ अध्याय शत्रुको षडयन्त्र, धोखा र चतुर्याईको विरोध
नहेम्याहले ६ अध्यायमा तीन किसिमको विरोधको सामना गर्नपर्यो :
पहिलो, धोखाको विरोध :- पद १-४
सन्बलत र गेशेमको भेट गर्ने निमन्त्रणा मैत्रीपूर्ण देखिन्छ।
किन नहेम्याहले सकारात्मक उत्तर दिएनन्?
किनकि यो धोखाको षडयन्त्र थियो।
शैतान चलाख छ र यसको योजना धोकापूर्ण हुन्छ।
उदाहरण : हव्वाले फल खानु त ठिकै जस्तो थियो किनकि तिनले धेरै ज्ञान प्राप्त गर्न चाहेकी थिइन् (उत्पति ३)।
शत्रुसँगको सम्झौतापछि नहेम्याहलाई सकारात्मक फाइदा आउने पनि थियो।
सायद हामी भए सम्झौता गरेर चलिरहेको वादविवाद, संघर्ष र लडाईंलाई अन्त्य गर्नु नै वुद्धिमता ठान्थ्यौ होला।
"नाई" भन्ने समय
नहेम्याहको उत्तर दृढ नकारात्मक थियो र यसो हुनुमा त्यहाँ विविध कारणहरु छन्
गलत स्थान : सन्बलतले भेट गर्न बोलाएको स्थान थियो-ओनोको बेँसी जुन यरुशलेमदेखि लगभग चालिस कि. मी उत्तर-पश्चिम पर्ने अनेकौं स-साना गाउँहरुमा अवस्थित थियो। यस भेटलाई ठुलो समयको खर्च गर्नुपर्ने देखिन्छ। नहेम्याहले यस भेटको निम्ति कमसेकम १ वा २ दिन दिनुपर्ने हुन्थ्यो जसले गर्दा काममा ठूलो असर पर्न जान्थ्यो।
गलत मानिस : सन्बलत, तोबिया, गेशेम, अरुहरु इस्राएलीहरुका मित्र थिएनन्। यिनीहरुले निरन्तर इस्राएलीहरुको विरोध नै गरिरहेका थिए।
स्वयम येशुख्रीष्टले भन्नुभयो, "जो मसँग छैन, त्यो मेरो विरुद्धमा छ"(मत्ति १२:३०)।
गलत समय : नहेम्याहले शुरुमै निमन्त्रणा अस्वीकार गर्नुको प्रारम्भिक कारण बताइदिए।
"मैले मूल ढोकाहरुका खापाहरुचाहिँ उभ्याइसकेको थिइनँ" (६:१)।
नहेम्याहको प्रतिक्रिया : पद ३-४
दर्शनमा लागी परेको व्यक्ति अनावश्यक कुराहरुमा अल्झदैन।
"सेनामा भर्ना भएकाे सिपाही अरु धन्धामा अलझदैन"- २ तिमोथी २:४
असल अगुवाले, असल परमेश्वरकाे जनले, दर्शनमा लागी परेको व्यक्तिले "नाईं" भन्न जानेको हुन्छ।
दोस्रो, निन्दाद्धारा विरोध :- पद ६:५-७
पाँचौ खबर चिट्ठी पत्रमा आउँछ,
नहेम्याहको समयमा चिट्ठीहरु पेपिरस(एक प्रकारको रुखबाट बनाईएको कागज) अथवा कपडामा लेखिन्थे। यो बाटेको धागोले बाँधिएको र लेखकको छापसहित उसको आधिकारिक प्रभाव हुन्थ्यो। त्यसले चिट्ठी भित्रको विषय वस्तुको गोपनियता र लेखकको अधिकारको निश्चित गर्दथ्यो जसको कारण चिट्ठी सम्बन्धित व्यक्तिले बाहेक जोकोहीले पढ्ने अनुमति हुदैनथ्यो।
यो पत्र फरक थियो। सन्बलतले यो पत्र सबैले पढोस् भन्ने चाहनाले लेखकको कुनै परिचयमा लेखेको थिएन। खुल्ला पत्र सबैको सम्पत्ति हो सबैले पढ्न सक्छन्।
उदाहरण : सम्पादकीय वा दैनिक पत्रिकाहरु चाहिँ खुल्ला पत्रहरु हुन्।
खुल्ला पत्रको एउटा खतरा कुरा चाहिँ जुन दिनमा जे छापिन्छ मानिसहरु त्यसलाई विश्वास गरी हाल्छन्।
- सन्बलतले यस पत्रमा नहेम्यालाई गम्भीर दोषारोपन गरेको
- विद्रोह एउटा कुरुप शब्द हो। राजाको विरुद्ध गर्न सकिने सबैभन्दा खतरनाक र ठूलो अपराध हो।
- सन्बलतको मुख्य उद्देश्य "यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ, र हामी कुरा गरौं" भन्ने वाक्यांश अनुसार नहेम्याहलाई भेट गर्न कर लगाउनु हो।
नहेम्याहको प्रतिक्रिया :
- समस्यालाई समयमै निराकरण(Dismantling) गरे
- आक्रमणको साँचो कारण पत्ता लगाए
- काममा नै लागीरहने निर्णय गरे
- परमेश्वरलाई समानतामा ल्याए
तेस्रो, शारीरिक धम्कीद्धारा विरोध :- पद १०-१४
शत्रुले गर्ने सबैभन्दा लज्जास्पद र तल्लो स्तरको काम चाहिँ शरीरलाई चोट पुर्याउन खोज्नु हो।
सन्बलतको दोस्रौ पटकको षडयन्त्र पनि असफल भएपछि तिनले धार्मिक व्यक्तिलाई भाडामा लिन्छन् जसको नाम शमायाह हो।
वचनलाई नजिकबाट हेरौं "हामी परमेश्वरको भवनभित्र, उहाँको मन्दिरभित्र ढोका थुनेर भेट गरौं" (१०)।
विद्धानहरु बताउँछन कि शमायाहले प्रयोग गरेको मन्दिर शब्दले 'पवित्र ठाउँ' भन्ने जनाउँछ। नहेम्याहले शमायाहको अगमवाणीमा दुईवटा भूलहरु थाहा पाए।
- पर्खालको परियोजना समाप्तितिर पुगिसकेको अवस्थामा परमेश्वरले नहेम्याहलाई कहिल्यै पनि भाग्न लगाउनुहुने थिएन।
- कुनै पनि साँचो अगमवक्ताले कसैलाई परमेश्वरको व्यवस्था भङ्ग गर्न लगाउने थिएन। पवित्रस्थानमा केवल पूजाहारीलाई मात्र प्रवेश गर्न अनुमति थियो (गन्ती ३:१०,१८:७)। लेवी १८:७ ले नहेम्याहजस्तो साधारण मान्छेलाई मन्दिरभित्र प्रवेश गर्न निषेध थियो।
उदाहरण : राजा उज्जियाह मन्दिर प्रवेश गरेका कारण कुष्ट रोगी भए (२ राजा २६)।
नहेम्याहको प्रतिक्रिया : पद ११-१४
पुनर्निर्मित पर्खाल : पद १५-१९
KR MINISTRY
For outline of this 'Nehemiah' series please visit link below:


Comments
Post a Comment