अगुवा कस्तो हुनुपर्छ?
सबै कूरा नेतृत्वमा भर पर्छः या त अगुवाले बनाउॅंछ या त पूर्ण रूपमा भत्काउॅंछ। John Maxwell
"हाम्रा अधिकांश अगुवाहरू वफादार र विश्वासयोग्य हुन खोज्ने त्रुटिपूर्ण सेवकहरू हुन्।"
“The vast majority of our leaders are imperfect servants trying to be faithful.”
कोहि अगुवा सिद्ध हुँदैन। हामी हरेकसॅंग आफ्नै-आफ्नै कमिकमजोरीहरू छन।अगुवाहरू पनि हामी जस्तै त्रुटिपूर्ण मानवहरू हुन। येशू ख्रीष्ट मात्र सिद्ध हुनुहुन्छ र उहाँले सेवक अगुवापनको नमुनालाई प्रश्तुत गर्नुभयो। संसारले भन्छ म अगुवा हुँ यसकारण मसॅंग सेवा पाउने अधिकार छ तर येशुख्रीष्टको नमुनाले भन्छ अगुवापनले हामीलाई अरूको सेवा गर्ने अवसर दिन्छ।
अगुवा सेवा गर्ने सेवक जस्तै देखिनुपर्छ। बाइबलिय अगुवापनको नमुना चाहिॅं सेवक अगुवापन हो।
“एउटा अगुवाको नेतृत्वको मापन उसलाई कति धेरैले पछ्याउॅंछ भन्ने कुराले होइन तर उसले कति मानिसहरूको सेवा गर्छ भन्ने कुराले हुदॅंछ।” - डि.एल मुडी
सेवक अगुवापनमा अगुवाले सेवाको माध्यमबाट नेतृत्व गर्दछ। पद, ओहदा र अधिकारद्धारा नभई अरूको सेवा गरेर नेतृत्व गर्न नै सेवक अगुवापन हो।
लूका २२ः२४-२६
अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो।उहाँले तिनीहरूलाई भन्नुभयो, "अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू 'उपकारी' भनिन्छन्।तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्।
- एक सेवक अगुवाले आफ्नै होइन तर उसको मालिकको महिमा खोज्दछ।
हाम्रो पहिलो प्राथमिकता हामीले गरेको सेवाले प्रभुको महिमा हुनुपर्छ।
हामी कति बेला चुक्छौं?
जब हामीले गरेको सेवाकाईद्धारा हामी महिमित हुन खोज्छौं, आदर र इज्जतको हकदार भएको दाबि गर्छौं र अरूबाट श्रेय खोज्छौं तब हामीभित्र कहि कतै घमण्डले स्थान पाइसकेको छ।
परमेश्वरको स्थानमा आफैलाई राख्ने दुश्शाहस हुनुहुदैन।
जब हामी हाम्रो सेवाद्धारा मानिसलाई रिझाउॅंन र खुशी पार्न कोशिस गर्छौं तब हामी उनीहरूबाट महिमाको अपेक्षा गर्छौं र चुक्छौं।
परमेश्वरले हामीलाई अरूको सेवाको निम्ति खटाउनुभएको छ। हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ, उत्साह दिनुपर्छ, सहायता गर्नुपर्छ, आदर गर्नुपर्छ, आफुभन्दा श्रेष्ठ ठान्नुपर्छ तर परमेश्वरको ठाउॅंमा राख्नु हुदैन।
हाम्रो सेवाकाईको सबै श्रेय र महिमा परमेश्वरलाई नै जानुपर्छ।
एउटा सेवामा खटिएको अगुवाले मानिसहरूको सेवा गर्छ र परमेश्वरलाई महिमा दिदॅंछ।
सेवक अगुवा सधैं नै नम्रतामा जिएको हुनुपर्छ।परमेश्वर हामीबाट नम्रता चाहनुहुन्छ।
यूहन्ना ७ः१८
“जसले आफ्नै तर्फबाट बोल्दछ, उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ, त्यो सत्य हो, र उसमा छल हुँदैन।”
सेवक अगुवाको निम्ति पद, पैसा, ख्याती यसको त्यति धेरै मूल्य हदैन
- अरूको सेवामा आनन्द
मत्ती २०ः२६,२८
“तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।"
एउटा सेवक अगुवामा हुनुपर्ने महत्वपूर्ण चरित्र, ऊ अरूको सेवामा आनन्दित हुन्छ। उसले आफुलाई भन्दा अघि अरूलाई राख्छ।
- एक अगुवाले पद र ओहदाद्धारा होइन तर सेवा र नम्रतामा नेतृत्व गर्दछ।
एक अगुवा शासन गर्ने क्रूर शासक जस्तो होइन तर नम्र सेवा गर्ने सेवक जस्तो हुनुपर्छ। पदद्धारा गरिने अगुवाई लामो समय टिक्दैन। मानिसले पदलाई आदर गर्छ मानिसलाई होइन। अहिले नेपालको राजनैतिक अवस्था त्यस्तै छ। मानिसहरू नेतृत्वमा बसेका मानिसहरूदेखि रूष्ठ भएका छन।
यसकारण अगुवापन पद र ओहदा भन्दा पनि प्रभाव हो। सेवक अगुवापनमा अगुवाले पूर्ण नम्रता र दीनतामा अगुवाई गर्छ। अधिकार जमाएर होइन तर अरूको सेवा गरेर।
याकूब ४ः६
“तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, "परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।"
- एक सेवक अगुवाले आफ्नो मौसमको अन्तको आशा गर्दछ र यसलाई आनन्दित हुदैं स्विकार गर्दछ।
कुनै कुरा पनि अनन्तको लागि छैन। सबै कुराको अन्त हुन्छ। एक अगुवाले यस सत्यतालाई बुझेको हुन्छ। अगुवा दर्शनयुक्त हुनुपर्छ। उसले आज उभिएर भोलीलाई देखेको हुनुपर्छ।
हरेक अगुवाले उसलाई तोकिएको निश्चित एउटा मौसमको लागि मात्र सेवा गर्छन्। कुनै मौसमहरू लामो हुन सक्छ त कुनै छोटो; कुनै निक्कै यादगार हुन सक्छ त कुनै छिट्टै भुलिजाने तर सबै मौसमहरू एकदिन अन्त हुन्छ।
जब यूहन्नाले आफ्नो सेवाकाईको अन्त हुदै गरेको थाहा गरे, उनले यसरी भने,
“यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।” यूहन्ना ३ः२९-३०
एउटा अगुवाले सधैंभरि नेतृत्व गर्दैन।मोशालाई यो सत्यता थाहा थियो यसकारण उनले यहोशूलाई नेतृत्वको निम्ति तयार गरेको छ।मोशा जस्तो प्रभावकारी र कुशल अगुवा इस्राएलले कहिल्यै प्राप्त गरेन तर पनि उनको नेतृत्वको अवधिको अन्त हुँदै गर्दा उनले यहोशूलाई सम्पूर्ण जिम्मेवारी र नेतृत्व हस्तानन्तरण गरेका छन्।
एउटा सेवक अगुवा आफ्नो जिम्मेवारी, अधिकार, पद, र विरासत सधैं अर्को अगुवालाई हस्तान्तरण गर्न पाउॅंदा गर्व, खुशी र आनन्दित हुन्छ।
एउटा अगुवाको निम्ति सबैभन्दा दुखको क्षणचाहिॅं ऊ पछि अर्को अगुवा तयार नहुनु हो।

Comments
Post a Comment