सम्झनाको प्रतिक - प्रभू भोज
कुनै कुराहरू हामी चाहेर पनि बिर्सन सक्दैनौ किनकि ती कुराहरूले हाम्रो जीवनमा ठूलो अर्थ राखेको हुन्छ। ती कुराहरू हाम्रो हृदयको भित्री भागमा गडेर बसेको हुन्छ। प्रभु-भोजमा हामीले केहि विशेष कुराहरू सम्झना गरेको येशू चाहनुहुन्छ। जब-जब हामी प्रभु भोजमा एकसाथ भेला हुन्छौं, हामीले ती कुराहरू एक-अर्कालाई स्मरण गराएको उहां चाहनुहुन्छ।
प्रभु भोज बारे लेखिएको प्रेरित पावलको अभिलेखमा, उनले दुई पटक येशूले "मेरो सम्झनामा" भन्नुभएको कुरालाई उल्लेख गरेका छन् (१ कोरिन्थी ११:२४,२५)। सम्झना शब्दको अर्थ विगतको केहि क्षणहरू वा कसैलाई सम्झनु मात्र भन्दा धेरै हो। सम्झना भनेको जीवन्त बनाउनु हो, वास्तविक बनाउनु हो, स्मरण गर्नु र कामको वास्तविकतालाई समकालीन बनाउनु हो।
के कुराहरूलाई स्मरण गर्ने?
- हाम्रो उद्धारकर्ताको अन्तिम शब्दहरु
प्रभू-भोज स्मारक अथवा स्मरणको प्रतिक हो। जब हामी रोटी र दाखरस ग्रहन गर्छौं, हामी ख्रीष्टलाई , उहाँको जीवनीलाई, उहाँको प्रेमलाई अनि उहाँले हाम्रो खातिर गर्नुभएको बलिदानलाई सम्झन्छौं।
येशू ख्रीष्ट पक्राउ पर्नु अघिको रात उहाँ आफ्ना चेलाहरूसँग अन्तिम भोजको निम्ति भेला हुनुभयो। यहूदी र रोमी शासकहरुद्धारा उहाँ क्रूशको दण्डको लागि लगिनु अघि यो तिनीहरुको अन्तिम भेला हुने थियो। टेबिलमा ख्रीष्टले आफ्नो निकटकाहरुसँग निस्तार चाडको भोजन बाँडनुभयो।
"अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरुलाई यसो भन्दै दिनुभयो, "तिमीहरुका निम्ति यो दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।" लूका २२:१९
जब हामी प्रभू-भोजमा सामेल हुन्छौं, हामी उहाँको क्रूसको बलिदानलाई जिवन्त बनाउँछौ। यदि उहाँले हाम्रो खातिर रगत नबगाउनुभएको भए हामी आशाबिहिन हुने थियौं, हामी हाम्रा पापहरुबाट कहिल्यै मुक्त हुन सक्ने थिएनौ र परमेश्वरसँगको हाम्रो सम्बन्ध कहिल्यै पुनर्स्थापना हुन सक्दैन थियो।
परमेश्वरले हामीलाई त्यो स्तरमा प्रेम गर्नुभगो। के हामी उहाँको प्रेमलाई बिर्सन सक्छौं र? अवश्य पनि सक्दैनौं। त्यो प्रेमलाई हामी स्मरण गरिरहन चाहन्छौ।
शाह जहानले आफ्नी पत्नी मुमताजलाई धेरै प्रेम गरेको कारण उनको यादमा ताज महल बनाए। जब हामी कसैलाई प्रेम गर्छौं, हामी त्यस व्यक्तिलाई जिवन्त राख्न चाहन्छौ। येशू ख्रीष्टले उहाँको यादमा हामीलाई कुनै ताज महल बनाउने आज्ञा दिनुभएन तर प्रभू-भोजको आज्ञा दिनुभयो।
प्रभु-भोज प्रिय मित्रबाटको स्मृति चिन्ह हो।
हाम्रो सम्झनालाई मदत गर्न, येशूले दुई प्रतिकहरु रोज्नुभयो, हाम्रो लागि निरन्तर अनुस्मारकको रुपमा आवश्यक: रोटी र दाखमध। रोटी र दाखमधको तत्वहरू सरल छन तर जब यी येशूसँग सम्बन्धित हुन्छन यी शक्तिशाली स्मृती चिन्ह हुन्छन्।शरीर
- एउटा यस्तो कार्य जसले हामीलाई बचायो।
एक ईशाइले आफ्नो उद्धारलाई विर्सनु दुखको कुरा हो तर उसले आफ्नो उद्धारकर्तालाई बिर्सनुचाहिँ वियोग हो।
एक पटक डा. मार्टिन लोयड जोन्सले इशाईलाई यसरी परिभाषित गरेका छन्, "एक व्यक्ति जो आफूलाई क्षमा भएको तथ्यमा छक्क पर्छ। उसले यसलाई सामान्य रुपमा लिदैनन्।" येशूले प्रभू-भोजको स्थापना गर्नुको एउटा कारण उहाँले हाम्रो उद्धारको निम्ति कति ठूलो मूल्य चुकाउनुभयो भनेर सम्झना गराउनु हो। सायद हामीलाई सधैंभरि येशू हाम्रो खातिर मर्नुभएको कुरालाई सम्झाउन, उहाँले कलवरीको चोट र घाउहरुलाई लिएरै स्वर्ग जानुभयो। हामी छिट्टै बिर्सन्छौं। हामीले हाम्रो उद्धारलाई सामान्य ठान्छौं र कति पटक ख्रीष्टको त्याग र बलिदानलाई लत्याइरहेका हुन्छौं। हामी क्रूशको बलिदानलाई सानो अर्थ दिइरहेका हुन्छौं मानौं त्यसको खासै ठूलो मूल्य छैन। तर परमेश्वरले क्रूसमा सबैभन्दा बहूमूल्य आफ्नो प्रिय पुत्र हाम्रो खातिर बलि हुन दिनुभयो।
१९औं शताब्दीमा, आयरल्याण्डबाट अमेरिका जादैं गरेको जहाज अचानक बरफको चट्टानमा ठोकिएर दुर्घटनामा पर्यो। सबै यात्रुहरु बचाउको निम्ति जहाजमा राखिएको स-साना डुङ्गाहरूमा चढेर जहाज छोडन थाले। अन्तमा जहाजको कप्तानले जहाज निरीक्षण गर्दा एकजना सानो केटो डरले काप्दैं एउटा कुनामा लुकेर बसेको देख्यो। कप्तानले सानो केटोलाई आफ्नो काखिमा च्यापेर बोक्दै ढुङ्गामा भएको एउटै खाली सिटमा राख्छन र आफू डुब्दै गरेको जहाजमै छोडिन्छन्। अन्तिममा, जहाजका कप्तानले त्यस केटोलाई भन्छन्, "छोरा, आज तिम्रो लागि जे गरिएको छ त्यो कहिल्यै नबिर्स।"
जब येशू ख्रीष्टले प्रभु- भोज स्थापना गर्नुभयो, यो उहाँको भनाईको तरिका थियो, "क्रूसमा तपाईको लागि जे गरिएको छ त्यो कहिल्यै नबिर्सनुहोस।"
भाँचिएको रोटी मार्फत, उहाँले हामीलाई आफ्नो शरिरको सम्झना गराउनुहुन्छ जुन हाम्रो मुक्तिको भोक पुरा गर्न भाँचिएको थियो। उहाँको भचाँईमा, येशुले हाम्रो पाप प्राप्त गर्नुभयो। दाखरसको माध्यमबाट, उहाँले आफ्नो रगतको सम्झना गराउनुहुन्छ जुन हाम्रो पाप धुन बगाइएको थियो। येशुको भाँचिएको शरीर र बगेको रगतद्वारा उहाँ सिद्ध बलिदान हुनुभयो। उहाँले हाम्रो पापको लागि प्रायश्चित गर्नुभयो। उहाँले हामीलाई अनन्तकालको लागि छुटकारा दिनुभयो।
- भव्य निमन्त्रणाको प्रतिक्रिया
- जब हामी हाम्रो खातिर प्रभुले गर्नुभएको बलिदानलाई स्मरण गर्छौं, त्यहाँ एउटै प्रतिक्रिया हुदँछ। जब हामी उहाँको प्रेमलाई बुझ्छौं, हामी उहाँलाई हाम्रो जीवन समर्पन नगरि बस्न सक्दैनौं।
आउनुहोस् म तपाईलाई त्यस माथिल्लो कोठामा लैजान चाहन्छु जहाँ येशूले आफ्ना चेलाहरुसँग अन्तिम भोजन बाँडनुभयो। निस्तार चाड सम्झनाको प्रतिक थियो - यहूदीहरुलाई मिश्रको दासत्वबाट परमप्रभुले छुटकारा दिनुभएको सम्झना। तर त्यस रात जब येशूले भन्नुभयो, " यो कचौरा तिमीहरुका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।" लूका २२:२०। त्यहाँ केहि असामान्य भयो।
प्रथम शताब्दीमा, जब एक जवान यहूदी पुरुष विवाह गर्ने उमेरमा पुग्छ र उसको परिवारले उपयुक्त पत्नी हुन स्री छनौट गर्छ तब पुरुष र उनको बुबा भेटनलाई स्त्री र तिनको बुबाकहाँ पुग्छन र भेटेर दुलहीको मूल्य तोक्छन र वार्ता गर्छन्। जब सबै कुरा तय हुन्छ, तब पुरुषको बुबाले एक कप दाखमध खन्याएर उसलाई दिन्छ। पुरुषले आफ्नो हुने वाला पत्नीतर्फ फर्केर कचौरा उठाउँछ र यसो भन्छ, "यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन म तिमीलाई दिन्छु।" अर्को शब्दमा उनले यसो भनिरहेका थिए, "म तिमीलाई माया गर्छु, र म तिमीलाई मेरो जीवन दिन्छु। के तिमी मसँग विवाह गर्छौं?"
येशू ख्रीष्टले त्यस माथिल्लो कोठामा चेलाहरुसँग यति गहिरो किरा गर्नुभएको थियो। उहाँ बलिदान हुन गइरहनुभएको थियो, उहाँले आफैलाई क्रूसमा अर्पण गर्न गइरहनुभएको थियो।
युवतीसँग विकल्प हुन्थ्यो। उनले कप लिएर फिर्ता गर्न सक्थे र हुँदैन भन्न सक्थिन। अथवा उनले कुनै शब्द नबोली कप पिउन सक्थिन। यस कार्यले उनले यसो भनिरहेकि हुन्थिन, "म तपाईको प्रस्ताव स्विकार गर्छु, र म तपाईसँग विवाह गर्न राजि छु रम तपाईलाई मेरो जीवन दिनेछु।"
।
Comments
Post a Comment