विश्वासको सार

 


म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि अनि उहाँका एकले पुत्र, हाम्रा येशु ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्धारा गर्भधारण हुनुभयो, कन्ये मरियमदेखि जन्मनुभयो, जसले पन्तियसको अधीनमा दुख भोग्नुभयो, जो क्रूशमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो, स्वर्गमा चढिजानुभयो,अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरुको न्याय गर्नलाई फेरि आउनुहुन्छ। म विश्वास गर्दछु पवित्र आतमामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरुको सङ्गतीमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि। आमेन।। 














Follow us on Facebook :

Comments