नहेम्याहको जीवन /Lessons from the life of Nehemiah (part-1)


 मिति २०७८-०४-०९ गते 

वचन विषय : नहेम्याहको जीवन (Lessons from the life of Nehemiah) 

नहेम्याह ४ अध्याय :

नहेम्याहको पुस्तकमा ४ अध्यायले विशेष ठाउँ ओगटेको छ। यस अध्यायमा पर्खालको पुर्ननिर्माणमा नहेम्याह र यहूदीहरुको तृष्णालाई देख्न सकिन्छ। त्यहीँ उनीहरुको काममा बाधाँ र चुनौती पनि आएको छ तर नहेम्याहले यस विरोधलाई कसरी परमेश्वरबाटको शक्ति र विजयमा परिणत गर्छन, यस कुरालाई बुझन जरुरी हुन्छ। 

नहेम्याह ४ अध्यायलाई बिभिन्न दृष्टिकोण र आयामहरुबाट अध्ययन गर्न सकिन्छ :

- मण्डलीको दृष्टिकोण 

- दर्शनयुक्त अगुवापनको दृष्टिकोण 

- एक इसाईको दृष्टिकोण 

आज हामी मण्डलीको दृष्टिकोणबाट यस अध्यायलाई प्रदर्शनी अध्ययन (expository study) गर्नेछौं ।

अध्ययन सुरु गरौं :-

- यस ४ अध्यायको विषय 'पुनर्निर्माणको विरोध' छ,  जुन एकदम चाखलाग्दो रहेको छ। मण्डलीले बुझ्न आवश्यक एक तीतो सत्यता चाहिँ, त्यहाँ सधैं हाम्रो खेदो र विरोध गर्ने मानिस हुन्छ, जब हामी परमेश्वरको कार्य गर्न खोज्दछौं। 

- एउटा इसाईले मण्डली गएपश्चात, परमेश्वरलाई विश्वास गरेपश्चात, उहाँको सेवाकाईमा लागेपश्चात आफ्नो जीवन सहज र सरल हुन्छ भनि विश्वास गरिलिनु चाहिँ बाइबल सम्मत हुँदैन । 

- नहेम्याहको पुस्तकमा हामी ४ किसिमको विरोधलाई पाउँन सक्छौं 

१. निन्दा/उपहास : (पद १-३) 

- १ तिमोथी ६:१२

- २ तिमोथी २:३

यहुदीहरुको शत्रू सन्बलत (सामरियाका राज्यपाल/governer) पर्खालको पुर्ननिर्माणको कुराले क्रोधित भएको। किन? किनकि उनले सामरियाबाट मात्र होइन, यहुदाबाट पनि कर उठाउने गर्थे जुन नहेम्याहको आगमनपछि रोक्का भयो। 

- हामी प्रत्येकले हाम्रो जीवनमा कुनै न कुनै सन्बलतको सामना गर्नैपर्छ। 

- विश्वासी जीवन युद्धको रणभुमि हो ।

उदाहरण : स्वयम येशूख्रिष्टले पनि शत्रूको सामना गर्नुभयो ।

             : एफिसी ६ मा पावल हामी आत्मिक युद्धको निम्ति तयार हुनुपर्ने बताउँछन् 

- कुनै इसाई युद्ध लड्न चाहँदैनन्, त्यस्ता इसाईहरु शैतानको पासोमा फस्छन र परमेश्वरको उद्धेश्यलाई पुरा गर्न सक्तैनन्। 

- नहेम्याह पनि यरुशलेम युद्ध लड्न होइन तर पर्खाल पुननिर्माण गर्न गएका थिए तर जब यरुशलेम पुगे आफू युद्ध भुमिमा भएको थाहा पाए। 

- महत्वपूर्ण कुराचाहिँ यस निन्दा र उपहासप्रति नहेम्याहको प्रतिक्रिया हो। 

नहेम्याहको प्रतिक्रिया : पद ४ 

- नहेम्याह यस निन्दा, अपमान, आलोचना र उपहासलाई प्रार्थनाद्धारा परमेश्वरकहाँ लिएर जान्छन। 

मण्डलीलाई प्रश्न :

मण्डली परिवार के हामी नहेम्याहको स्थानमा भएको भए, त्यस निन्दा र अपमानप्रति हाम्रो प्रतिक्रिया पनि नहेम्याहको जस्तै हुन्थ्यो होला त? 

एउटा चाखलाग्दो कुराचाहिँ, निन्दालाई जनाउने ग्रीक शब्द स्कयानड्यालोन/skan'-dal-on (σκάνδαλον) हो जसको अर्थ 'पासो' हुन्छ। जब कसैले हाम्रो निन्दा, अपमान र आलोचना गर्दछ, तिनीहरुले हाम्रो विरुद्ध पासो थाप्दछ जब हामी त्यस विरुद्ध आवेशमा आउँछौ, त्यस निन्दाको प्रतिक्रिया दिन थाल्छौं, तिनीहरुको पनि निन्दा गर्न थाल्छौं, हामी त्यस पासोमा फस्यौं। 

त्यस्ता समयहरु छन् जहाँ मानिसको निन्दा र अपमानलाई हामीले आफ्नै बुद्धि र बलबुतामा प्रतिक्रिया दिएका छौं तर नहेम्याहको चरित्र हामीभन्दा कति फरक छ। 

उदाहरण : बाघ र बादँरको घाँसलाई लिएर वहस 

- तपाईको शत्रूले गरेको निन्दा, अपमान, उपहास, खेदो र आलोचनालाई तपाईको परमेश्वरकहाँ लिएर जानुहोस् 

के तपाईलाई थाहा छ, आफ्ना जनहरुको निन्दा, सतावट र दुखलाई ख्रिष्ट व्यक्तिगत तवरमा आफ्नै भनि लिनुहुन्छ 

उदाहरण : प्रेरित ९:४

२. निरुत्साह/निराशा (Discouragement) : पद १०-१२ 

- १० पदबाट नहेम्याहको काममा अर्को विरोध आइपरेको छ- निरुत्साह/निराशा जुन उनीहरुको शत्रूबाट होइन तर उनीहरुबिचबाट आएको छ। 

- यहुदाका मानिसहरुले आवश्यक भग्नावशेष (ढुङ्गा,माटो,इट्टा,पराल,काठपात) लाई किन कसिङ्गरको संज्ञा दिँदैछन्? किनकि तिनीहरुको शत्रूले ती थोकहरुलाई 'कसिङ्गर'को संज्ञा दिए र तिनीहरुले त्यस कुरालाई विश्वास गरे (पद २)  ।

- प्रियहरु, हामीले कस्तो मानिसहरुको कुरा सुन्दैछौं, कस्तो वातावरणमा हाम्रो विश्वासलाई हुर्काइरहेका छौं?

- धेरै पटक एउटा विश्वासी एक दिन गलत संगतीमा सहभागी भएको कारण ऊ गलत शिक्षामा उल्झिन पुग्छ जसका कारण वर्षौदेखिको एउटा मण्डली र आत्मिक अभिभावकले गरेको लगानी, परिश्रम र मेहेनत खेर जान्छ। 

- शैतान धेरै चतुर छ, तपाईलाई निरुत्साहित पारेपछि यसले बढि थोक केहि गर्नुपर्दैन भन्ने यसलाई थाहा छ। 

- धेरैपटक निरुत्साहको विरोधचाहिँ आफ्नै मान्छेहरुबाट आउँदछ। 


KR MINISTRY

For the outline of 'Nehemiah' series please visit the link below:

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-2):

https://krministry03.blogspot.com/2021/07/blog-post_30.html

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-3):

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-4):



Comments