नहेम्याहको जीवनी / Lesson from the life of Nehemiah (part-3)

 मिति : २०७८-०४-२३ गते 

वचन विषय : नहेम्याहको जीवनी / Lesson from the life of Nehemiah (Expository Preaching-3) 


नहेम्याह ५ अध्याय :  "कार्यमा आन्तरिक विरोध"

नहेम्याह ४ अध्याय ठूलो जितका साथ अन्त भएतापनि ५ औं अध्यायमा अर्को समस्या खडा भएको छ जसले कार्य पूर्ण रुपमा रोकिएको छ। 

बाहिरी शत्रुले कार्यलाई रोक्न नसके तापनि जब आफ्नै दाजुभाइबिच एकतामा समस्या आउँछ, कार्य रोकिन्छ 

उदाहरण : चीनले उत्तरी समुहलाई रोक्न पर्खाल बनाएको तर आफ्नै मानिसबाट धोखा 

मण्डलीले पृथ्वीमा परमेश्वरको उद्धेश्य पुरा गर्न नसक्नुको कारण बाहिरी शत्रु होइन आन्तरिक समस्या हो। 

पद १ : "पुरुष र तिनका पत्नीहरु आफ्ना दाजुभाइहरुको विरुद्धमा"

जब परमेश्वरका जनहरु एकअर्का विरुद्ध झगडा गर्न थाल्छ,  तिनीहरुले न त साँचो शत्रुको सामना गर्छ न त परमेश्वरको कार्य नै गर्छ ।


पद २-५ : "झगडाको कारण: आर्थिक समस्या"

यहूदीहरुबिच आर्थिक समस्या नहुनुपर्ने कारणहरु:

पहिलो, पहिले फर्कनेहरुलाई प्रसस्त धनसम्पत्तिको व्यवस्था गरिएको (एज्रा १:४)।

दोस्रो, कोरेस आफैले पनि नबुकदनेसरबाट लुटेका धेरै मालहरु दिएका। यी ५४०० वटा सुन र चाँदीका सामानहरु थिए। 

तेस्रो, एज्राका समकालिन हाग्गैले यहूदीहरुका यरुशलेममा भएका बुट्टेदार घरहरुको बारेमा बोलेका छन् (हाग्गै १:४)

चौथो, एज्रा फर्कदा पनि धेरै सुन र चाँदी ल्याइएको थियो (एज्रा ७:१५-१६)

पाँचौ, पुननिर्माणको निम्ति सम्पुर्ण निर्माण सामग्रीहरु फारसका राजाद्धारा प्रदान गरिएतापनि (२:८-९) पर्खाल पुननिर्माणमा आर्थिक समस्या किन देखा पर्‍यो? आर्थिक समस्याको कारण

आर्थिक समस्याको कारणहरु :

पहिलो, अनिकालको कारण खानाको मुल्य चर्को भएको (५:३) । मानिसहरुले पर्खालको पुर्ननिर्माणमा समय खर्चिएका कारण फसल स्याहार्ने समय नभएको। 

दोस्रो, करको कारण (५:४)। किन कर यति चर्को? 

तेस्रो, गरिबहरु अन्न र करको निम्ति ऋण लिन बाध्य जसमा चर्को ब्याजको कारण समस्या । धनीहरुले ऋणमा वार्षिक १२औं % ब्याज लिने गर्थे (५:११) ।

धेरै पटक हाम्रो आर्थिक र आत्मिक जीवनलाई हामी अलग गर्न खोजिरहेका हुन्छौ तर यी दुई क्षेत्र आपसमा जोडिएको छ (interlinked)। यदि हामीले हाम्रो आर्थिकलाई सहि हृदयले सम्हालेनौ र हामीसँग भएको श्रोतको सहि सदुपयोग गरेनौ भने यसको असर परमेश्वरको काममा हुबहु देखिन्छ। धेरै पैसा हुनु समाधान होइन। व्यवस्थापन समस्याको समाधान हो। 

उदाहरण : सोलोमन 

पद ६ : नहेम्याहको प्रारम्भिक प्रतिक्रिया "क्रोध" (Primitive Response) :

नहेम्याह यो भन्दा अघि आफ्नो शत्रुहरुप्रति पनि क्रोधित भएको छैन तर यहाँ किन? 

धेरै पटक आत्मिकितालाई दायरा बनाएर अगुवा पनि रिसाउनुहुन्छ र? भन्ने प्रश्नहरु खडा गरिरहेका हुन्छौ। 

"पापमा नरम हुनु प्रेम होइन। साँचो प्रेम गर्नलाई एउटाले साँचो घृणा गर्नै पर्दछ"

पृथ्वीभरिमा सबै भन्दा नम्र व्यक्ति :

पुरानो करारमा मोशा (गन्ती १२:३) रिसाएका : (प्रस्थान ३२)

येशुख्रीष्ट पनि रिसाउनुभएको : (मत्ती २१:१२-१३)

महान अगमवक्ता फ्रान्सिस स्काहेफरका छोरा फ्रान्कि स्काहेफरले आफ्नो पुस्तकमा यसरी लेख्छन्, "एउटा यस्तो समय हुन्छ जसमा असल नैतिक सिद्धान्त भएका व्यक्तिहरु पनि गहन रुपमा रिसाउनु पर्ने हुन्छ"

 नहेम्याह रिसाउनाका केहि कारणहरु :

पहिलो, गरिबहरुलाई शोषण गर्ने मानिसहरु परमेश्वरका जनहरु नै थिए, आफ्नै जातीका दाजुभाइहरु 

दोस्रो, यो समस्या केहि यहूदीहरुको लोभ र स्वार्थको कारण सृजना भएको थियो जुन बाइबलविपरित थियो (प्रस्थान २२:२५) ।

तेस्रो, एकता भंग भएको थियो। 

चौथो, परमेश्वरले दिनुभएको पुनर्निर्माणको कार्य रोकिएको थियो। 

पाँचौ, दाम तिरेर छुटकारा गरिएका भाइहरुलाई आफ्नै जातीहरुले पुन दास बनाइरहेका 


पद ७-११ : नहेम्याहको बुद्धिमानी प्रतिक्रिया "गल्ती देखाइदिएको"

नहेम्याह एक बुद्धिमान अगुवा थिए भनि हामी यस कुराले दाबी गर्न सक्छौ कि उनी साह्रै क्रोधित भए तर क्रोधमा निर्णय नलिएको बरु यसको साटो चिन्तन गर्छन्। 

समस्यामाथि चिन्तन गरेर समय बिताउँदा उनले शान्त मनले सोच्ने, तथ्यहरुलाई उचित परिप्रेक्ष्यमा हेर्ने र गर्नुपर्ने कारवाइबारे विचार गर्ने मौका पाए। 

नहेम्याह एक कायर अगुवा थिएनन यसकारण उनले भारदार र अधिकृतहरुको गल्ती देखाइदिएका छन्। 

परमेश्वरको डर र भयमा रहन नहेम्याहको आदेश (९)। 

नहेम्याहको कारवाई (७-९) :


पद १२-१३ : भारदार र अधिकृतहरुको प्रतिक्रिया जसले गलत गरेका थिए। 

उनीहरुले नहेम्याहले आदेश दिएझै गर्ने प्रतिबद्धता आफैमा प्रशंसनिय छ। धेरै जनालाई आफ्नो गल्ती देख्न र स्वीकार गर्न धेरै कठिन लाग्छ। 

कतिपटक शब्दहरु सस्तो भइदिन्छ र बोलेको कुराको कुनै माइने हुँदैन। यो कुरा नहेम्याहलाई अवगत थियो अगुवाहरुलाई (भारदार र अधिकृतहरुलाई) अर्को पाइला उठाउन लगाए, अर्थात आफूले प्रतिग्या गरेअनुसार गर्नशपथ खान लगाए ।

नहेम्याहबाट सिकनुपर्ने पाठहरु :

नहेम्याहले मानिसहरुलाई करको बोझ बोकाएनन् (१४-१६) ।

- नहेम्याहले अर्तासास्तको बिसौं वर्षदेखि(४४४ ख्री.पु) बत्तीसौँ वर्षसम्म (४३२ ख्री.पु) जम्मा १२औं वर्ष यहूदाका राज्यपालको रुपमा सेवा गरे। 

- नहेम्याहले एक राज्यपाल (governer) को रुपमा पाउनुपर्ने तलब, भत्ता, खानेकुराको भत्ता,  र अन्य सेवाहरु लिन इन‌कार गरेका। 

- नहेम्याह अघिका राज्यपालले चाँदीका चालिस सिक्का करले मानिसहरुलाई ठूलो बोझ बोकाएका। 

- अरु राष्ट्रहरुबाट आउने विभन्न अधिकारीहरुलाई सत्कार गर्न नहेम्याहले आफ्नो व्यक्तिगत श्रोतबाट भोजन र दाखमधको व्यवस्था गरे। 

- जब परमेश्वरले हामीलाई विशेष अधिकार र अब्बल बनाउनुहुन्छ, यो अरुलाई शोषण गर्न होइन तर अरुको सेवा  गर्नको निम्ति हो। 

-  राज्यपालको पदलाई दुरुपयोग गरेर उनीप्रति भएको मानिसहरुको सम्मानलाई जोखिममा नपार्न उनी होशियार थिए। 


KR MINISTRY

For the outline of 'Nehemiah' Series please visit the link below:

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-1):

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-2):

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-4):

Comments