दर्शनयुक्त अगुवापन- नहेम्याह/Visionary Leadership- Nehemiah (part-2)


मिति : २०७८-०४-१६ गते 

वचन विषय : दर्शनयुक्त अगुवापन - नहेम्याह / Visionary Leadership - Nehemiah (Expository Preaching - 2)

 

आउनुहोस पहिला दर्शन के हो बुझौ :

वचनले भन्दछ, 

"जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌।  तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ" - हितोपदेश २९:१८

                 यस पदमा 'दर्शन' शब्दलाई हिब्रूमा “हाजोन” भनिन्छ जसको अर्थ त्यस्तो प्रकाश जुन परमेश्वरबाट प्राप्त हुँदछ। हाम्रो बुद्धि, क्षमता र योग्यताको आधारमा होइन तर जब हामी परमेश्वरप्रति केन्द्रित हुन्छौं, तब दर्शनमा काम गर्न सफल हुन्छौं। 

                 बाइबलले भन्दछ, “तर बतास जोडले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, “हे प्रभु, मलाई बनाउनुहोस् ” (मत्ती १४:३०)। बतासलाई देख्न पत्रुसले येशुबाट आफ्नो दृष्टि हटाउनुपर्यो परिणामस्वरुप ऊ अघि बढ्न सकेन। 

यसै पदमा प्रयोग गरिएको शब्द 'भाँडिन्छन्' लाई अंग्रेजीमा  “perish” र हिब्रुमा “पारा/paw-rah' ” भनिन्छ । हिब्रू शब्द “पारा/paw-rah' ” ले चाखलाग्दो अर्थ बोकेको छ। जब कुनै महिलाको कपाल हेयरब्यान्डले नबाँधेर हावामा छोडिन्छ र त्यस हावामा सम्पूर्ण कपाल दिशाहिन रुपमा उडँछ, त्यस अवस्थालाई जनाउन “पारा/paw-rah' ” शब्द प्रयोग गरिएको छ। यस अर्थमा हितोपदेशकले भन्न खोजिरहेको कुरा चाहिँ “जब हामी दर्शनबिहिन हुन्छौं, हामी दिशाबिहिन हुन्छौं” र गन्तव्यमा पुग्न सक्तैनौं। हामी अनुमान गर्न सक्छौं, एक अगुवा जसले अरुलाई अगुवाई र निर्देशन गर्दछ, ऊ दर्शनयुक्त हुन कति आवश्यक छ। 


दर्शन के हो? 

- दर्शन भविष्यको कुरालाई देख्नु र त्यस अनुरुप काम गर्नु 

- अगुवाको निम्ति, दर्शनमा दुईवटा कुराहरु समावेश हुन्छन्।  'परमेश्वर के गर्न सक्नुहुन्छ' र 'परमेश्वरले के गर्न चाहनुहुन्छ' ।

- दर्शन भोलीलाई आज देख्नु । समाप्तिलाई सुरुवातबाट देख्नु। 

- दर्शन तपाईको जीवनको निम्ति परमेश्वरको उद्धेश्य र इच्छालाई देख्नु ।

- गन्तव्यलाई देख्नु । दर्शनले तपाईलाई त्यस गन्तव्यको दिशा देखाउँछ। 

हेलेन केलर, -“अन्धो हुनुभन्दा पनि नराम्रो कुराचाहिँ दृष्टि भएर दर्शन नहुनु हो”

उदाहरण : योसेफको कथा 

             : चीलको कथा 

- चीलको दृष्टि एकदम स्पष्ट, केन्द्रित र शक्तिशाली हुन्छ जसले आकाशमाथिबाट ५ कि. मी तलसम्म सहजै देख्न सक्छ। जब चीलले आफ्नो शिकार देख्छ, चाहे त्यो सानो मुसा नै किन नहोस्, यसले माथि आकाशबाट शिकारमा ध्यान केन्द्रित गर्छ र यसलाई समात्नको लागी योजना बनाउन पुर्ण तरिकाले सछम हुन्छ। जुनसुकै अवरोध भएतापनि, चीलले आफ्नो शिकारलाई नसमातेसम्म यसबाट आफ्नो ध्यान हटाउँदैन ।


 नहेम्याह-एक दर्शनयुक्त अगुवा 

* परमेश्वरबाट आएको दर्शनको विरोध हुन्छ :

नहेम्याहले ३ किसिमको विरोधको सामना गर्नुपरेको :

१. उदासिनता/निराशा(नहेम्याह ३:५) :

- तकोका मानिसहरुले काम गर्न इन्कार गरेका 

- अगुवाले अस्वीकारको सामना गर्दै एक्लै खडा हुनुपर्ने हुन्छ। 

२. क्रोध (नहेम्याह ४:१) :

३. अपमान/आलोचना (नहेम्याह ४:१-३) :

- कसैले यसरी भन्छ, “आलोचनाबाट बच्नको निम्ति केहि नगर्नुहोस्, केहि नबोल्नुहोस र केहि नबन्नुहोस्”

के यो सत्य छ? अहँ, छैन। किनकि त्यहि पनि तपाईको आलोचना हुने नै छ। 

नहेम्याहको विरोधको समाधानको निम्ति ३ चरणहरु :

१. प्रार्थना (४:४) :

- प्रार्थनालाई तपाईको सुरक्षाको पहिलो हतियार बनाउनुहोस् 

- धेरै व्यक्तिहरुले यस प्रार्थनाप्रति प्रश्नहरु पनि उठाएको छ (मत्ती ५:४४) तर परमेश्वरको दृष्टिमा नहेम्याहले गरेको  अभिशापात्मक प्रार्थना (Accursed Prayer) ५ कारणले जायज थियो :-

पहिलो, यो एक इमान्दार प्रार्थना थियो । परमेश्वरलाई ढोंगी प्रार्थना मन पर्दैन (मत्ती ६:५)।

दोस्रो, यहूदीहरुको विरोध गरेर सन्बलत र उनका साथीहरुले वास्तवमा परमेश्वरको विरोध गरिरहेका थिए। 

तेस्रो, परमेश्वरले इस्राएलका शत्रुहरुलाई पहिल्यै दण्ड दिने घोषणा गरिसक्नुभएको थियो। परमेश्वरले यरुशलेमलाई यसका शत्रुहरुबाट छुटकारा दिऊन् भन्ने परमेश्वरको इच्छाअनुसार नै नहेम्याहले प्रार्थना गरिरहेका थिए। 

चौथो, अब्राहामलाई परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो (उत्पति१२:३), त्यहि अनुरुप नहेम्याहले प्रार्थना गरिरहेका थिए। 

पाँचौ, बदला लिने काम परमेश्वरको हो, हाम्रो होइन। 


२. कामलाई निरन्तरता (४:६) :

- अगुवाले पहिलो कदम चाल्नैपर्छ । जोखिम उठाउनैपर्छ। 

- अगुवा हाकिम होइन नमुना र उदाहरण बन्नुपर्छ। 

- नहेम्याले कार्यलाई रोकेनन र यसको निम्ति सबैको अनुमतिको प्रतीक्षा पनि गरेनन्। 

- सल्लाह लिनु असल कुरा हो।  एउटा अगुवाले सबैको सल्लाह सुन्नुपर्छ तर जब निर्णयको कुरा आउँछ, यसको निम्ति परमेश्वरमा भर पर्नुपर्छ। 

- काम केवल दिनमा मात्र होइन रातमा पनि निरन्तर भएको (४:२१) ।

-  “योजना बदल्नुस, दर्शन होइन”


३. सम्झना 

- हितोपदेश २९:२५


KR MINISTRY

For the outline of 'Nehemiah" series please visit the link below:

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-1):

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-3):

नहेम्याहको पुस्तक/Lesson from the life of Nehemiah (part-4):

Comments