मण्डलीको रहस्य

The Mystery of church 
मण्डलीको रहस्य 



".......तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ। जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ। " - एफिसी ३:१-६
यहाँ पावलले 'रहस्य' शब्दको निम्ति प्रयोग गरेका ग्रीक शब्द "मस्टरियोन" (μυστήριον/mustérion) भनि अनुवाद गरिएको छ। यसको अर्थ हो "पहिलेको लुकेको सत्य जुन मानव माध्यमबाट थाहा हुन सक्दैन जसलाई परमेश्वरले आफ्नो समयमा प्रकट गर्नुभयो" । बाइबलीय रहस्य हामीले बुझेको भन्दा थोरै भिन्न छ। 
सामान्य तरिकामा बुझ्दा, रहस्यको अर्थ बुझ्न नसकिने, थाहा हुन नसक्ने कुरा हो। रहस्य गोप्य वा गुप्त कुरा होइन किनकि यो एकलाई थाहा नहुन सक्छ तर अर्कोलाई थाहा हुन्छ। जस्तै जन्मदिनको उत्सव गोप्य कुरा हो किनकि यो एकलाई थाहा नहुन सक्छ तर अर्कोलाई थाहा हुन्छ जसलाई हामी surprise भन्छौ। 
ग्रीक शब्द mustérion को अर्थ "पवित्र गोप्य" हो अर्थात ईश्वरीय वा आत्मिक क्षेत्रमा रहेको एउटा यस्तो गुप्त कुरा जुन परमेश्वरद्धारा प्रकट हुनपर्दछ। 
पावलले यहाँ मण्डलीलाई त्यहि पवित्र गोप्य रहस्यको रुपमा प्रश्तुत गरेका छन। परमेश्वरसँग मण्डलीको धारणा सुरुवातबाटै थियो (एफिसी १:४) तर मानिसलाई यसको बारेमा कुनै भेउ थिएन र जब सहि समय आयो उहाँले आफ्नो पुत्र ख्रीष्ट मार्फत यसको स्थापना गर्नुभयो (मत्ती १६:१८-१९)।
यसकारण मण्डली मानिसको धारणा होइन यो परमेश्वरको धारणा हो, मण्डली कुनै व्यक्तिको विचार र सिद्धान्तले स्थापना भएको होइन तर यो परमेश्वरको उद्धेश्य पृथ्वीमा  पुरा गर्न स्थापना गरियो। 
 
-The mandate to run church is the Word of God. 
मण्डली संञ्चालनको विधान परमेश्वरको वचन हो:

मण्डली कुनै व्यक्तिको स्वार्थले, मानिसको आफ्नै सिद्धान्त र विचारले कार्य गर्दैन तर यसको विधान नितान्त रुपमा परमेश्वरको वचन हो। 
मण्डलीको निर्माणकर्ता परमेश्वर हुनुहुन्छ र यसको विधान पनि उहाँकै वचन हो। यसकारण कसैलाई मण्डलीमा मनपरी गर्ने छुट छैन। यदि कसैले त्यसो गरेमा उसले परमेश्वरबाट दण्ड पाउनेछ। 
 "उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ....।" - कलस्सी १:१८
यसकारण मण्डलीले गर्ने कार्य, लिने निर्णय, बनाउने योजना हरेक परमेश्वरको वचन केन्द्रित हुनुपर्छ। हाम्रो आफ्नो क्षमता र योग्यताको आधारमा, हाम्रो अनुभवको आधारमा, हाम्रो आफ्नो विचार र सिद्धान्तको आधारमा यदि हामी मण्डलीलाई सञ्चालन गर्न चाहन्छौ भने हामी असफल हुनेछौं। 
मण्डली कुनै संस्था होइन, मण्डली कुनै पार्टी होइन, मण्डली कुनै सामाजिक क्लब अथवा समुह होइन, मण्डली चाहिँ नितान्त परमेश्वरद्धारा उहाँको आफ्नो उद्देश्यको निम्ति बोलाइएको, चुनिएको र अलग गरिएको सम्प्रदाय हो अझै बुझ्ने बाइबलीय भाषामा उहाँको निज प्रजा हो। 
धर्मशास्त्रमा मण्डलीलाई ग्रीक भाषामा "एक्लेसिया/Ekklessia" भनि अनुवाद गरिएको छ। यो शब्द धर्मशास्त्रमा लगभग ११४ पटक उल्लेख गरिएको छ। यसको अर्थ चाहिँ "बोलाइएको सम्मेलन वा सभा" हो। 
प्राचिन एथेन्समा एक्लेसिया चाहिँ सम्राटद्धारा चुनिएको एउटा विशेष सभा थियो जसले विशेषाधिकार पाएको हुन्थ्यो र महत्वपूर्ण विषयहरुको निर्णय गर्दथ्यो। जब १४६ ई.पू मा रोमले ग्रीकलाई कब्जा गर्यो तब रोमीहरूले ग्रीक सभ्यताको पुस्तकालय बाहेक सबै थोक नष्ट गरे। यसरी ग्रीकहरूले लेखेका थुप्रै मुट्ठीपत्रहरू राेमहरूले पढे र ग्रीक सभ्यतालाई अपनाए। यसरी एक्लेसियाको अवधारणालाई राेमहरूले अपनाए। यसकारण जब येशू ख्रीष्टले पहिलो पटक मण्डली शब्द उच्चारण गर्नुभयो तब चेलाहरू अचम्ममा परेनन।
मण्डली पनि परमेश्वरले आफ्नो उद्धेश्यको निम्ति बोलाउनुभएको र चुन्नुभएको विशेष सभा हो जसले विशेषाधिकार पाएको छ (मत्ती २८:१८-२०) । 
यदि मण्डलीले सबै क्रियाकलाप गर्छ तर उहाँको उद्धेश्य पुरा गर्दैन भने, त्यो असफल मण्डली हो। त्यो मण्डलीको कुनै भविष्य छैन। ‌

-The church has direct & legal authority over the world 
मण्डलीसँग पृथ्वीको अधिकार छ :

मत्ती १६:१८-१९ खण्डले घोषणा गर्दछ,
"म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली  यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌। म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” 
यस खण्डले मण्डली परमेश्वरमा कति शक्तिशाली छ भन्ने कुरालाई दर्शाउँछ। 
जब नयाँ करारको यस खण्डमा ख्रीष्टले पहिलोपटक 'मण्डली' शब्दलाई उच्चारण गर्नुभयो, उहाँको मष्तिष्कमा के को तस्बीर थियो? 
के त्यो ठूलो भव्य भवनको तस्बीर थियो? 
के भव्य गाजाबाजासाथको सभा थियो? 
के उत्सवको निम्ति भेला हुने भीडको तस्बिर थियो? 
अवस्य पनि ख्रीष्टको मस्तिष्कमा ती तस्बीरहरु थिएन तर परमेश्वरद्धारा बोलाइएको र चुनिएको मानिसको तस्बीर थियो। 
मण्डली हामी हौं। हामी मण्डली हुनको निम्ति चुनिएका हौ।
यो खण्ड चाहिँ मण्डलीको पुनर्स्थापना भएको खण्ड हो।
ख्रीष्टले यस खण्डमा तीनवटा कार्य गर्नुभयो।
        - यस मण्डलीलाई सर्वप्रथम उहाँले चट्टानमाथि बसाल्नुभयो,
यहाँ हामीले बुझ्नुपर्ने एउटा प्रकाशचाहिँ ख्रीष्टले मण्डलीलाई  स्थापित गर्नुभएको चट्टान पत्रुस थिएन।
बाइबलमा पत्रुसलाई जनाउन ग्रीक शब्द 'पेट्राेस/petros' प्रयोग गरिएको छ जसलो अर्थ 'एउटा सानो चिल्लो ढुंगा' हो तर चट्टानलाई जनाउन ग्रीक शब्द 'पेट्रा/Petra' प्रयोग गरिएको छ जसको अर्थ 'एउटा विशाल चट्टान' हो। यसबाट हामीलाई थाहा हुन्छ कि परमेश्वरको सेवाकाई मानिसमाथि निर्भर हुँदैन। ख्रीष्टले पत्रुसलाई मण्डलीको जिम्मेवारी दिनुभयो तर मण्डलीको जग पत्रुस थिएन। 
त्यसो हो भने, त्यस चट्टान जसमा मण्डली स्थापना गरिएको छ, त्यो चट्टान को हो? 
त्यस चट्टानचाहिँ स्वयम प्रभू येशु ख्रीष्ट हुनुहुन्छ। पत्रुस आफैले लेखेका छन कि "उहाँ जीवित पत्थर हुनुहुन्छ" (१ पत्रुस २:४) र "कुने-ढुङ्गो हुनुहुन्छ" (१ पत्रुस २:६)
        - त्यसपश्चात दोस्रो, ख्रीष्टले मण्डलीलाई नरकमाथि विजय तुल्याउनुभयो 
यहाँ ख्रीष्टले उच्चारण गर्नुभएको 'नरक' चाहिँ मृत्यु हो जसलाई ग्रीकमा हेडिस/Hades भनिन्छ। (तीन प्रकारका नरकहरू)
र अन्तमा ख्रीष्टले मण्डलीलाई पृथ्वीको अधिकार दिनुभयो। 
"म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।”
हामीलाई याद छ, परमप्रभुले पहिलो मण्डली आदम र हव्वालाई पृथ्वीको अधिकार दिनुभएको थियो - उत्पत्ति १:२८।
परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
यो पहिलो मण्डली परमेश्वरको घनिष्टतामा थियो, यस मण्डलीको हरदिन परमप्रभुसँग आशिषमय संगती हुन्थ्यो, यो एक सुन्दर मण्डली थियो जसले परमेश्वरको इच्छा अनुरुप कार्य गर्थ्यो तर शैतानको पासोमा फसेर जब यो मण्डलीले परमेश्वरविरुद्ध विद्रोह गर्यो, यसले आफ्नो अधिकार र  साँचाहरूगुमायो। यो मण्डलीले मृत्यु  बहन गर्नुपर्यो किनकि परमेश्वरले अघि नै भन्नुभएको थियो कि "..... जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।" (उत्पत्ति २:१७)
यसकारण ख्रीष्टले मत्ती १६:१८ मा मण्डलीलाई मृत्युमाथि विजय तुल्याउनु आवश्यक थियो। 
                                      हिजोको दिन यो मरेतुल्य थियो तर आज यो ख्रिष्टमा जिवन्त भएको छ। ख्रीष्टद्धारा मण्डली पुन शक्तिशाली बनिएको छ। अब शैतानबाट मण्डली पराजित हुन सक्दैन। आदमबाट शैतानले चोरेको अधिकार र शक्ति त्यसबाट त्यो खोसिएको छ र त्यस अधिकार र शक्ति पुन मण्डलीलाई हस्तान्तरण गरिएको छ। अब उसो मण्डलीमा पराजय, बन्धन, नफ्रतघ्रिणा, राेगबिमारीको बन्धन, आत्मिकी मृत्यु जस्ता कुराहरु हुँदैन। 







   

Comments