बाइबलमा उल्लेख विभिन्न नरकहरु

 बाइबलका विभिन्न नरकहरु : 

१.  सिओल/हेडिस (Sheol / Hades) : 
                                 
बाइबलले बताएको पहिलो नरक सिओल अथवा हेडिस हो। बाइबलमा 'सिओल'लाई 'नरक' अथवा 'चिहान' भनिएको छ। 'सिओल' पुरानो नियममा प्रयोग भएको हिब्रू शब्द हो जसको अर्थ 'चिहान' हो। तसर्थ, परमेश्वरको जनहरुले 'नरक' अर्थात 'चिहान' को विषयमा बोलेको हामी भेट्टाउछौँ :
- हिजकिया (यशैया ३८:१०)
- अय्यूब (अय्यूब १४:१३)
- याकूब (उत्पत्ति ३७:३५)
- दाऊद (भजनसंग्रह ८८:३)
स्पष्टतया, यी व्यक्तिहरु तथाकथित कहिल्यै 'अग्नि-कुण्ड'को जलाउने नरकमा गएनन् किनकि उनीहरुले ख्रीष्टको पुनरागमनको समयमा मुक्ति पाउने थिए। यसकारण हामी केवल एउटा निष्कर्षमा पुग्न सक्छौ, कि तिनीहरु सामान्यतया हामीझै मरेपश्चात चिहानमा पुगे। 

                       हेडिस ग्रीक शब्दले पनि सिओलले जस्तै अर्थ बोकेको छ-चिहान। जब-जब नयाँ नियमले 'सिओल' शब्द भएको पुरानो नियमको खण्डलाई उदृत गर्दछ, यसले हेडिस शब्दलाई प्रयोग गरेको छ। यसलाई हामी यी खण्डहरुमा देख्न सक्छौ :
मत्ति ११:२३
लूका १०:१५
प्रेरित २:२७-३१
यसले देखाउँदछ कि, दुवै शब्द 'सिओल' र 'हेडिस' ले एउटै अर्थ बोकेको छ-'चिहान'।




२. टार्टरु(tartaroō) :
                        ग्रीक शब्द 'टार्टरु' नयाँ नियममा केवल एक पटक मात्र प्रयोग भएको छ। यसको कडा परिभाषा " 'टार्टरोस' (हेडिसको सबैभन्दा गहिरो खाल) बाट आएको हो; अनन्त यातना भोग्नु :- नरकमा फ्याकिनु"
 
 यो शब्द २ पत्रूस २:४ मा मात्र प्रयोग भएको छ। 
"स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।"

                         यस खण्डमा प्रयोग गरिएको 'नरक' शब्द ग्रीक शब्द 'टार्टरु'बाट आएको हो। यस शब्दले वर्तमान कैदमा परेको दुष्ट र पतित स्वर्गदुतहरुलाई जनाउँदछ। बाइबल शब्दहरुको एक्स्पोजिटरी शब्दकोश अनुसार, "टार्टरोस पौराणिक ग्रीक नाम हो, जहाँ विद्रोही देवताहरुलाई बन्दी बनाइएको थियो" । तसर्थ पत्रूसले 'टार्टरु' शब्दलाई उपयुक्त नामको रुपमा आफ्नो पुस्तकमा प्रयोग गरे जहाँ पतित आत्मिक प्राणीहरुलाई न्यायको निम्ति अन्धकारको साङ्गलोमा बाँधिएको थियो । 

३. गिहेन्ना (Gehenna) :
                                 ग्रीक शब्दमा 'गिहेन्ना' नयाँ नियममा 'नरक' भनि अनुवाद गरिएको अर्को शब्द हो। 'गिहेन्ना' वास्तवमा हिब्रू अभिव्यक्ती हो जसले "हिन्नोमको उपत्यका"लाई जनाउँछ। यो उपत्यका विगतमा उग्र मूर्तिपूजा र मानव बलिदानहरुको स्थानको रुपमा लोकप्रिय थियो (२ इतिहास २८:३, ३३:६; यर्मिया ७:३१) । 

                           राजा योशियाहले "हिन्नोमको उपत्यका"लाई मूर्तिपूजा गर्ने स्थानको रुपमा प्रयोग गर्न बन्द गरियोस भनि यस उपत्यकालाई अस्विकृत स्थान, फोहोर र मृत शरिरहरुको स्थानको रुपमा तोकिदिएका थिए (२ राजा २३:२०) । पछि, "हिन्नोमको उपत्यका" शहरको फोहोर फाल्ने स्थान ठहरियो। त्यसपश्चात, त्यस स्थानमा फोहोरहरु सँगै अपराधीहरु र जनावरहरुको मृत शरिर जलाइन्थ्यो । 'गिहेन्ना'मा लगातार फोहोरहरु जलाउन आगो चाहिन्थ्यो । जब येशुख्रीष्टले 'गिहेन्ना'भन्ने शब्द प्रयोग गर्नुभयो,उहाँले निरन्तर आगोले जलाउने "हिन्नोमा उपत्यका"को बारेमा बोलिरहनुभएको भन्ने उहाँका दर्शकहरुलाई थाहा थियो । 

                      ख्रीष्टले मानिसहरुलाई चेतावनी दिनुभयो कि दुष्टहरुलाई  भविष्यमा महा-न्यायको समयमा  'गिहेन्ना' जस्तै जलाउने आगोको नरकमा फ्याकिँनेछ । अगमवत्ता मलाकीका अनुसार, "सबै हठी र सबै दुष्ट काम गर्नेहरु" आगोले भस्म पारिएर खरानीमा परिणत हुनेछ (मलामी ४:१-३) । प्रकाशको पुस्तकमा, यस नरकलाई "अग्नि-कुण्ड" पनि भनिएको छ (प्रकाश २०:१४-१५, प्रकाश २१:१८, प्रकाश १९:२०) ।





Comments