निरन्तर कृतज्ञ हुनु
कृतज्ञता भनेको 'धन्यवाद' अथवा Thank you भन्नु मात्र होइन। कृतज्ञता त्यो भन्दा धेरै हो। कृतज्ञ हुनु चाहिं यो हाम्रो मनोवृत्ति, एक मानसिकता, जीवनशैली हो। यो हामीले परमेश्वरबाट प्राप्त गरेका आशिषहरू पहिचान गर्ने र हाम्रो जीवनमा उहाँको भलाइलाई स्वीकार गर्ने बारे हो। यो हरेक पलमा सुन्दरता, हरेक सासमा आश्चर्य, हरेक परीक्षणमा अनुग्रह देख्ने बारे हो। यो धन्यवादले भरिएको हृदयको साथ बाँच्ने बारे हो, जुन हृदय सधैं परमेश्वरको अटल प्रेम र दयाको लागि प्रशंसा गर्न तयार हुन्छ।
'धन्यवाद दिनु' चाहिँ परमेश्वर असल कुराहरुको प्रदायक हुनुहुन्छ भनेर स्वीकार गर्नु हो । बाइबलीय धन्यवाद भनेको उपहारलाई मात्र होइन तर यसको दातालाई स्वीकार गर्नु हो। यो उपहार केन्द्रित भन्दा पनि परमेश्वर केन्द्रित हुन्छ।
गूनासो र गनगनले हामीलाई सधैं परमेश्वरको कृपा देख्नबाट अन्धो तुल्याईदिन्छ।
हरेक दिनको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्।
"उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए," भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन। उपदेशक ७ः१०
हरेक बिहानीले परमेश्वरको कृपालाई नयां गरि हाम्रो जीवनमा ल्याउॅंदछ (विलाप ३ः२३)। हरेक दिन उहाँको अनुग्रहको निम्ति धन्यवादी हुनु चाहिं असल हो।
जसरी महान धर्मशास्त्री कार्ल बार्थले एक पटक भनेका थिए, “अनुग्रह र कृतज्ञता स्वर्ग र पृथ्वी जस्तै एकसाथ हुन्छन्। अनुग्रहले आवाजको प्रतिध्वनि जस्तै कृतज्ञता जगाउँछ। कृतज्ञताले गर्जन बिजुली जस्तै अनुग्रहलाई पछ्याउँछ।"
जब हामी ख्रीष्टले हाम्रो निम्ति क्रूसमा गर्नुभएको बलिदान र परमेश्वरको अनुग्रहलाई बुझ्छौं र महसुस गर्छौं, हामीले भोग्ने समस्या र उत्तारचढाव हाम्रो निम्ति सानो बन्छ र हामी कठिन समयमा पनि निरन्तर उहाँप्रति कृतज्ञ हुन सक्छौं।
सबैले प्रभुबाट अनुग्रह प्राप्त गरेका छन् तर यसलाई पहिचान गर्ने मानिस नै धन्यवादि हुन सक्छ।
कोरी टेन बूमले आफ्नो पुस्तक ‘The Hiding Place’ मा दोस्रो विश्व युद्ध ताका उनी कारागारमा कैदमा हुदां धन्यवादी हुदाको आशिषलाई समावेश गरेकी छिन।
दोस्रो विश्व युद्ध ताका कोरी र उनकी दिदिले यहूदीहरूलाई उनीहरूको घरमा आश्रय दिएका कारण उनीहरूलाई गिरफ्तार गरियो।
ब्यारेकहरू धेरै भीडभाड थिए र झिंगा र भुसुनाहरूहरू निक्कै भन्किरहन्थ्यो। एक बिहान तिनीहरूले आफुसॅंग भएको टुक्रा-टुक्रा बाइबल सेनाहरूबाट लुकाउॅंदै १ थेसलोनिकीबाट “सबै परिस्थितिमा धन्यवाद देओ” खण्ड पढे।
दिदिले आफ्नी बहिनी कोरीलाई सम्झाउॅंदै भनिन, “बहिनी हामीले हरेक कुराको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। अहिले भन्किरहेको झिंगाको लागि पनि धन्यवाद दिनुपर्छ।”
कोरी थोरै हिच्किचाउॅंदै भनिन, “ यी झिंगाहरूले त फोहोर र रोग संक्रमण गर्छ। कसरी यसको लागि म धन्यवाद दिन सक्छु।”
"'सबै परिस्थितिमा धन्यवाद देओ'," दिदिले उद्धृत गरिन्, "यसले 'सुखद परिस्थितिमा' भन्दैन। झिंगा र भुसुनाहरूहरू यस ठाउँको भाग हुन् जहाँ परमेश्वरले हामीलाई राख्नुभएको छ।"
अन्तमा उनीहरूले धन्यवाद दिए।
समय बित्दै गयो, दिनहरू कडा परिश्रम र क्रूर पहरेदारहरूले भरिए, तर हरेक साँझ तिनीहरूको ब्यारेकमा महिलाहरू वचन सुन्न चारैतिर जम्मा हुन्थ्यो। बाइबल पढ्न पाएकोमा तिनीहरू कृतज्ञ थिए, तर पहरेदारहरूले तिनीहरूलाई किन रोकेनन् भनेर तिनीहरू अचम्ममा परे।
त्यसपछि, एक दिन, कोरीकी दिदिले थाहा गरिन। यो झिंगा र भुसुनाको कारण थियो! पहरेदारहरू त्यस ब्यारेकमा प्रवेश गर्न अस्वीकार गरे किनभने उनीहरूलाई थाहा थियो कि त्यहां झिंगा र भुसुनाहरू भन्किरहन्थ्यो।
लूका १७:११-१९
येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो।उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले चर्को सोरले भने, "हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।" उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, "जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।" तिनीहरू जाँदाजाँदै निको भइहाले। तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो। येशूले भन्नुभयो, "के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्? के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?" अनि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
Context:
- कुष्ठरोगीहरूको निम्ति व्यवस्था (लेवी १३)
विचलित हृदयको लागि औषधी चाहिं त्यो हृदयमा शासन गर्ने ख्रीष्टको शान्ति हो। आज सबै जना हृदयको शान्तिको खोजीमा भौतारिरहेका छन्। संसार अशान्तिले भरिएको छ। आज इशाईहरू पनि राति सुत्न सक्दैन। आज हामी धेरै जनाको हृदयमा विचल्लितपना छ। सायद हामीले केहि कुरा गुमाएका छौं अथवा केहि बिर्सिरहेका छौं किनकि हामी चाहिं शान्तिको प्रतिक हुन बोलाइएका हौं।कलस्सी ३:१५“ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी हो।”जब तपाई सुत्न सक्नुहुन्न, आफ्नो समस्या होइन तर आफ्नो आशिष गन्नुहोस्।एक दिन महान प्रचारक जोन वेस्लीकहां एक जना व्यक्ति दौडदै हस्याङफस्याङ गर्दै आएर भन्छन्, “वेस्ली जी, तपाईको घर आगोले नष्ट भएको छ..छिटो आउनुहोस।”तर वेस्लीले शान्त भएर ती व्यक्तिलाई भन्छन्, “.. त्यो मेरो होइन तर प्रभुको घर हो। प्रभुलाई धन्यवाद!! मेरो काधॅंबाट एउटा जिम्मेवारी कम भएको छ।”
हाम्रो आनन्दको परमेश्वरप्रतिको हाम्रो धन्यवादको परिणाम हो। हामीले हाम्रो परिस्थितिमा हाम्रो मनोवृत्ति आधारित गर्नु हुँदैन, किनकि ती सधैं परिवर्तन हुन्छन्। जब हामीले हाम्रो मनोवृत्ति अपरिवर्तनीय र सँधै स्थिर रहने कुरामा आधारित गर्छौं, हाम्रो आनन्द अझ स्थिर हुनेछ। एक पाइलटले आफ्नो भावना अनुसार उडान गरिरहेको कल्पना गर्नुहोस् त।त्यो त निक्कै जोखिमपूर्ण हुनेछ। यदि पाइलटले यसो गर्यो भने, पाइलटले सफलताकासाथ हवाइजहाज उडाउन सक्दैन। पाइलटहरूलाई तिनीहरूको भावनाहरूद्धारा होइन, तिनीहरूका उपकरणहरू प्रयोग गरेर उडान गर्न प्रशिक्षित गरिन्छ, किनभने तिनीहरू आकाश माथि हुँदा, भ्रममा पर्न सजिलो हुन्छ — तपाईं तल हुँदा तपाईं माथि हुनुहुन्छ भनेर सोच्न, वा तपाईं वास्तवमा पश्चिमतर्फ जाँदा तपाईं दक्षिणतिर जाँदै हुनुहुन्छ भन्ने सोच्न, आदि। तिनीहरूको साधन तिनीहरूको स्थिरता हो। यो तिनीहरूको वस्तुगत वास्तविकता हो जब तिनीहरू भ्रमित हुन्छन्। हाम्रो जीवनमा परमेश्वर र प्रशंसाको मामला यस्तै छ। जब परमेश्वर हाम्रो वस्तुनिष्ठ वास्तविकता र केन्द्र हुनुहुन्छ, हामी हरेक परिस्थितिहरूमा उहाँको प्रशंसा गर्न इच्छुक हुन्छौं, र हाम्रो मनोवृत्ति धेरै राम्रो हुनेछ।
Comments
Post a Comment