सेवक अगुवापन Servant Leadership
बिसौं शताब्दीको अन्ततिर, संस्था र कम्पनीहरुको दुँनियामा नयाँ अगुवापनको नमुनाको उदय भयो जसलाई "सेवक अगुवापन"
भनिन्छ। यो धारणालाई लेखक तथा व्यापार कार्यकारी रोबर्ट ग्रीनलिफले लोकप्रिय बनाए। उसले एक सेवक अगुवालाई यसरी परिभाषित गरेका छन्, "एक व्यक्ति जसले सेवाको माध्यमबाट नेतृत्वको नमुना प्रश्तुत गर्दछ।"
जोन स्टोटले लेखेका छन्, "अगुवाहरुसँग शक्ति हुन्छ, तर शक्ति केवल तिनीहरुको हातमा सुरक्षित हुन्छ जसले सेवा गर्न आफैलाई नम्र पार्दछ।"
जोन स्टोटले लेखेका छन्, "अगुवाहरुसँग शक्ति हुन्छ, तर शक्ति केवल तिनीहरुको हातमा सुरक्षित हुन्छ जसले सेवा गर्न आफैलाई नम्र पार्दछ।"
वर्षौदेखि अगुवापनलाई अधिकार गर्ने, शासन गर्ने, आदेश दिने र निन्त्रण गर्ने क्षमताको रुपमा लिइएको छ।
यहि धारणामा आधारित भएर हिटलरले १९४१-१९४५ मा ६० लाख यहूदीहरूको निर्मम हत्या गरे। युगान्डाका तेस्रो राष्ट्रपति इडि अमिन जो नरभंक्षक थिए। उनले सैन्य तानाशाहको रूपमा शासन गरे र आधुनिक विश्व इतिहासमा सबैभन्दा क्रूर तानाशाह मध्ये एक मानिन्छ।अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र मानव अधिकार समूहहरूले उनको शासनकालमा १००,००० देखि ५००,००० मानिसहरू मारिएको अनुमान गरेका छन्।
कतिपटक हामी पनि यो गलत धारणालाई हाम्रो मण्डलीभित्र भित्र्याइ पठाउँछौं र हामी अगुवाहरु मण्डलीभित्र क्रूर शासकले जसरी शासन गरिरहेका हुन्छौं। जब मण्डलीभित्र तानाशाहि शासन हुन्छ तब मण्डलीले स्वतन्त्रताको संगतीलाई गुमाउँछ, मण्डली भारी बिसाउने चौतारी हुन सक्दैन, मण्डलीमा आनन्द र एक-अर्कासँगको भलाकुसारी साँठगाठ हुँदैन्। यसकारण मण्डलीको वातावरण कस्तो बनाउने भन्ने कुरा चाहिँ अगुवाको अगुवापनमा निर्धारण हुन्छ।
Leighton Ford ले आफ्नो पुस्तक "रूपान्तरित अगुवापन"मा यसरी लेखेका छन, "शासन गर्ने व्यक्ति सेवा गर्ने व्यक्ति जस्तै हुनुपर्छ।"
अगुवाहरु क्रूर र तानाशाही शासक जस्तो होइन तर सेवा गर्ने सेवकहरु जस्तो देखिनु पर्छ । यसको मतलब मण्डलीमा मनमर्जी, हेलचेक्राईं, गन्जागोल, अधिनताबिहिन र लापरवाहि पनि हुनुहुँदैन। मण्डली आफ्नो अगुवाको हेरचाह र अधिनतामा सुरक्षित हुन्छ। हामीमा आफ्नो अगुवाको भय हुनुपर्छ। भय चाहिँ डराउनु होइन तर अगुवाप्रतिको आदर र सदभाव हो।

अगुवापनको चुनौतीहरूः
अवश्य पनि अगुवाई गर्ने कुरा सहज छैनँ। अगुवाहरु धेरै पटक थाक्छन, एक्लिन्छन, आलोचित हुन्छन, निरासिन्छन र निसासिन्छन्। अगुवा र सेवा गर्ने मानिसहरुले अनगिन्ति चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ। लाखौं इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा अगुवाई गर्ने क्रममा मोशा कति थकित हुन्थे होला, कति निराश हुन्थे होला, कति एक्लिन्थे होला हामी कल्पना पनि गर्न सक्दैनौ।
बाइबल विद्धानहरु भन्छन्,
- इस्राएलीहरु हिडँदा भीडको चौडाइ मात्र ४ माइल (४.८ किलोमीटर)
- इस्राएलीहरुका गन्ती लगभग २०-३० लाख थियोः
६ लाख पुरुषहरु (गन्ती १:१७-४६)
- १ दिनमा ४ करोड लिटर पानी आवश्यक
- १५ हजार टन गहुँ आवश्यक
- पशुपंक्षी र जनावरहरुको व्यवस्थापन
तर यी सबै चुनौतीहरु र कठिनाइका बिच मोशाले भेट हुने पाल स्थापना गरेका थिए जहाँ उनी निरन्तर परमप्रभुसँग दिनहुँ बातचित गर्न र उहाँसँग समय बिताउन जान्थे।
मण्डलीको नेतृत्वपनचाहिँ संसारको भन्दा फरक छ। हामी पदद्धारा होइन तर सेवाद्धारा अगुवाई गर्छौ। अरुको सेवा गर्ने कुरा चाहिँ सबैभन्दा ठूलो र महान पद हो। आज धेरै मण्डलीहरुमा पद र ओहदाको लागि झै-झगडा र कुटाकुटसम्म भएको घटनाहरु छन।
उदाहरणः मण्डलीमा झै-झगडा
बिल्ली ग्राहमको जीवनी
कतिपटक एकै समयमा अगुवा र सेवक हुने कुरा विरोधाभास जस्तो देखिन्छ। तर बाइबलीय अगुवापनको नमुना नै सेवक अगुवापन हो।
"...तर जो तिमीहरुमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरुको सेवक (दास) हुनुपर्छ। जो तिमीहरुमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरुको कमारो हुनुपर्छ,जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरुप आफ्नो प्राण दिन आयो।" मत्ती २०:२६-२८
"कोहि मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ।" - मर्कूस ९:३४
सेवकलाई ग्रीकमा डउलोस (Doulos) भनिन्छ जसको अर्थ दास हो। दास मालिकको सम्पत्ति हुन्छ। आफ्नो मालिकको सेवा गर्न र उसलाई अह्र्याइएको हर कामहरु गर्न दास तयार हुनुपर्छ। उसको कुनै हक र अधिकार हुंदैन। रोमन-ग्रीक समाजमा दासलाई किनबेच गर्ने चलन थियो। बजारको बिचमा अचानोमाथि दासहरू राखिएका हुन्थे र उनीहरूको ठिक शिरमाथि फलामको त्रिशूल जस्तो भाला झुण्ड्याइएको हुन्थ्यो।
जब येशू ख्रीष्टले आफ्ना चेलाहरूको गोडा धुनुभयो, उहाँले तिनीहरुलाई सेवक अगुवापनको नमुना सिकाउँदै हुनुहुन्थ्यो। त्यस समय तल्लो स्तरको दासहरुले पाहुना र मालिकहरुको फोहोर गोडा धोएर सेवा दिने गर्थें। तर उहाँ सारा ब्रह्माण्डको सृष्टिकर्ता, परमेश्वर र मशिह गुरु भएर पनि आफैलाई सबैभन्दा तल झारेर चेलाहरुलाई उदाहरण दिनुभयो कि महान अगुवा हुन हामी त्यति नै झुक्नुपर्ने हुन्छ।
पहिलो शताब्दीको समयमा प्यालेस्टाइनमा मानिसहरुको निम्ति अधिकार र शक्ति सबैथोक हुन्थ्यो। ई.पू १४६ मा जब रोमले ग्रीकलाई जित्यो तब रोमन साम्राज्यले धुमधाम अधिकार, शक्ति र अख्तियारकासाथ शासन गर्न सुरू गर्यो। तिनीहरूको सेनाहरू पूर्ण रूपमा लडांई र युद्धको निम्ति तालिम प्राप्त हुन्थे। हातहतियारहरुले सुसज्जित रोमी सिपाहीहरू यरुशलेम र कफर्नहुमको सडकहरुमा मार्चिङ्ग गरेको दृश्य निक्कै अदभूत हुन्थ्यो।

यसको ठिक विपरित सेवक र दासहरु समाजको विपरित छेउमा थिए। तिनीहरु त्यहाँ सधैं अरुको फाइदाको लागि जिउँथे। तिनीहरु आफ्नो भलाईको लागि होइन तर अरुको भलाईको निम्ति खटथे। तिनीहरु सधैं समाजको नजरमा तल्लो स्तरका र नगण्य हुन्थे। सबैबाट हेपिएका र ओझेलिएका मानिसहरु थिए। यस्तो संसारमा येशू ख्रीष्टले महान हुन पहिला सेवक बन र अरुको सेवा गर भन्ने वांक्याश आफैमा चेलाहरूको निम्ति निक्कै चुनौतीपूर्ण थियो।
"साँचो महानता, साँचो नेतृत्व, मानिसहरूलाइ सेवामा घटाएर होइन, तिनीहरुको निस्वार्थ सेवामा आफूलाई अर्पण गरेर प्राप्त हुन्छ।" - ओस्वाल्ड स्यान्डर्स
हाम्रो उद्धारको निम्ति पनि येशू ख्रीष्टले यहि गर्नुभएन र?
उहाँ आफै स्वर्गिय सिंहासनलाई छोडि तपाई र मेरो खातिर यस पृथ्वीमा मानव रुप धारण गरेर आउनुभयो ताकि सारा मानव जातीको पापको दण्डलाई बोकि क्रुसमा आफैलाई टंग्याउन सकूं।

प्रियहरु! प्रेम गर्न सजिलो छ तर प्रेमलाई निभाउन निक्कै गाह्रो छ। यसको लागि हामीले आफैलाई गिराउनुपर्ने हुन्छ, आफैलाई बलिदान गर्नुपर्ने हुन्छ, आफैलाई त्याग्नुपर्ने हुन्छ अनि ख्रीष्टले तपाई र मेरो खातिर ठिक त्यसै गर्नुभयो किनकि उहाँ हामीलाई औंधी माया गर्नुहुन्छ।
"परमेश्वरको स्वरुपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रुप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।" फिलीप्पी २:६-७
उहाँ हाम्रो खातिर दास बन्नुभयो। उहाँले आफैलाई गिराउनुभयो।आफैलाई रित्याउनुभयो। अनि प्रियहरु! हामीले पनि ठिक त्यहि एक-अर्काको निम्ति गर्नुपर्छ। कतिपटक हामी आफै-आफै लडिरहेका हुन्छौं, को भन्दा को ठूलो, एक-अर्कामा प्रेम सेलाएको हुन्छ, कतिपटक त मण्डलीभित्र पद र ओहदाको निम्ति तछाडमछाड नै हुन्छ तर ओहदाहरुको पछि दौडने व्यक्ति कहिल्यै अगुवा हुन सक्दैन्।

"स्वार्थ वा अहङ्कारमा केहि नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरु हरेकले आफ्नै हित मात्र नखोज, तर अरुका हितलाई पनि हेर। तिमीहरुमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।" - फिलीप्पी २:२-४

Comments
Post a Comment