आर्थिक व्यवस्थापन - बाइबलिय आधारभूत सिद्धान्त

आर्थिक व्यवस्थापन - बाइबलिय आधारभूत सिद्धान्त




Opening Session : 

एक जना विश्वासी साथीले अर्को इशाई मित्रलाई सोधे, "तपाईको पाष्टरको आँखा कस्तो छ?"

उसले जवाफ दियो, "खै!मलाई त थाहै छैन्। जब पाष्टरले प्रार्थना गर्नुहुन्छ, उहाँ आँखा बन्द गर्नुहुन्छ अनि जब पाष्टरले प्रचार गर्नुहुन्छ,म आँखा बन्द गर्छु।" 

प्रियहरू! हामी गर्मी समयमा छौं यसकारण वचनको समय हामीलाई निन्द्रा लाग्न सक्छ। तपाईहरू विशेष चनाखो हुनुहोला। म सकेसम्म मलाई प्रदान गरिएको अवधिमा वचनलाई सिद्धयाउने कोशिस गर्नेछु।

हास्य चित्रण: पाष्टरको लामो प्रचार र विश्वासी


पैसा र सेवाकाईको बारेमा केहि भ्रामक मिथ्याहरु

१.मिथक : एक सच्चा आत्मिक इशाईले पैसाको कुरा कहिल्यै पनि गर्नुहुन्न। 

पैसाको विषयमा प्रचार नगर्नु वा कुरा नगर्नु आत्मिकता होइन्। 

सत्यता: एक विश्वासयोग्य इसाईले निरन्तर पैसाको विषयमा कुरा गर्छ।

बाइबल पैसा र यससँग सम्बन्धित विषयले भरिएको छ। बाइबलमा पैसा र यसको प्रबन्धबारे दुई हजार पटक भन्दा बढि उल्लेख गरिएको छ। हितोपदेशको पुस्तक यी शिक्षाहरुले भरिएको छ। येशूले सबैभन्दा बढि पैसाको विषयमा कुरा गर्नुभयो। उहाँको ३८ वटा दृष्टान्तहरुमध्ये १६ वटा पैसाको बारेमा छ। सुसमाचारका पुस्तकहरुमा प्रत्येक दश पदमध्ये एक पद पैसा र सम्पत्तिसँग सम्बन्धित छ - (२८८ पदहरु)। 

यदि परमेश्वरले उहाँका मानिसहरुसित पैसा र यससँग सम्बन्धित विषयहरूलाई विशेष चासोसहित बोल्न महत्वपूर्ण ठान्नुभयो भने, उहाँको वचनको यी भागहरु अनदेखा गर्ने हामीसँग अधिकार छैन। 


२ मिथकहामी धनबिना ठूलो सेवाकाई निर्माण गर्न सक्छौं। 

जब हामी परमेश्वरको महिमाको निम्ति ठूलो र प्रभावकारी सेवाकाई निर्माण गर्ने सपना देख्छौं, तब त्यो पुरा हुनका निम्ति पैसा अनिवार्य आवश्यक हुन्छ। 

सत्यता: परमेश्वरले सेवाकाईलाई पैसासँग जोडनुभएको छ। 

यदि परमेश्वरले हामीलाई सुम्पनुभएको पैसा, श्रोत र साधनहरूको हामी दुरूपयोग गर्छौ भने, हामी सेवाकाई खडा गर्न सक्दैनौं। यो जीवनको सत्यता हो। बिना पैसा सेवाकाई टिक्दैन। परमेश्वरले पैसालाई सेवाकाईको विस्तारसँग जोडनुभएको सत्यतालाई पुष्टि गर्ने धेरै वटा उदाहरणहरु बाइबलमा छन्।

मोशाले पवित्रस्थान बनाउनका निम्ति भेटी संकलन गर्नु परेको थियो (प्रस्थान ३५:४-९, २०-२९, ३६:१-७)। रोचक कुरा चाहिँ मोशाले इस्राएलीहरुलाई भेटीको रुपमा जथाभावी कुनै पनि थोक नल्याई तिनीहरुको भेटी सठिक हुनुपर्ने आज्ञा दिए। तिनीहरुले भेटीमा सुन, चादिँ, काँसा, नीलो, वैजनी, रातो धागो र मसिनो सूती कपडा,र बाख्राको भुत्ला, बबुलको काठ र तेल आदिइत्यादी ल्याउन सक्थें। यी थोकहरुले मुद्राको काम गर्ने भएको कारण यसको संकलन आवश्यक थियो। धेरैचोटी प्रचारमा पैसाको विषय उठ्दा हामीलाई दिक्क लाग्छ अनि हामी भन्छौ पाष्टर खाली पैसाको कुरा गर्छ...। प्रियहरू! म तपाईलाई बताउन चाहन्छु मुद्रा महत्वपूर्ण विषय हो।

मन्दिर बनाउनका निम्ति दाऊद र सोलोमनले पैसा संकलन गर्नुपरेको थियो (१ इतिहास २८-२९)। 

येशू ख्रीष्टलाई समेत सेवाकाईमा महिला चेलाहरुले आर्थिक सहयोग गरेका थिए (लूका ८:१-३)। 


३ मिथकमेरो मण्डलीको आर्थिक जिम्मेवारी मेरो होइन्। 

मण्डलीको आर्थिक बोझमा हरेक विश्वासी सदस्यको सहभागीता हुनुपर्छ। 

धेरैपटक हामी मण्डलीको आर्थिक जिम्मेवारी मेरो होइन यो त पाष्टरको या त मण्डली संचालन गर्ने अगुवाहरूको हो भन्ने ठानेर त्यस जिम्मेवारबाट पन्छिरहेका हुन्छौं तर त्यसो होइन। यदि हामी पहिलो शताब्दिको मण्डलीलाई हेर्छौ भने हरेक विश्वासीहरू मण्डलीको आर्थिक बोझमा सहभागी भएको सुन्दर तस्बिरलाई देख्न सक्छौं।

मण्डलीको भत्किएका पर्खालहरू निर्माण गर्न हरेक विश्वासी जनहरूले महत्वपूर्ण भुमिका निभाउनुपर्छ। ४४५ ई.पूमा यरूशलेम नष्ट, दरिद्र र भग्नावशेष अवस्थामा थियो। यसको पर्खाल भत्काइएको थियो, मूल ढोकाहरू आगोले नष्ट पारिएको थियो र तिनीहरू शत्रुहरूद्धारा घेरिएका थिए। त्यस अवस्थामा हरेक यहूदीहरूले पर्खाल पुननिर्माणमा सहभागी भई योगदान पुर्याएको सुन्दर तस्बिरलाई देख्न सकिन्छ जसको परिणाम स्वरूप १४० वर्षदेखि नष्ट अवस्थामा रहेको पर्खाल केवल ५२ दिनमा पुननिर्माण भएको छ।

प्रियहरु!! आज म तपाईसँग पैसा र यसको व्यवस्थापनबारे बाइबलिय दृष्टिकोणबाट चर्चा गर्नेछु। हामी कति जनालाई पैसाको विषयमा प्रचार सुन्दा गाह्रो, असजिलो र मननपर्न सक्छ अनि कतिपटक त लाग्छ, हैन! पाष्टरलाई आज मेरो तलब आएको थाहा भएछ कि के हो...(ठटयौली शैलीमा)।  तर प्रियहरु! चिन्ता नगर्नुहोस, म तपाईको पैसाबारे कुरा गर्नेछैन। म त परमेश्वरको पैसाबारे कुरा गर्नेछु। किनकि हामीसँग त पैसा नै छैन.....हामीसँग भएका जेजति छन सबै परमेश्वरकै हुन। होइन र?

जब हामी यो सत्यतालाई बुझ्छौं, हामी स्वतन्त्रत हुन्छौं र उद्धारपूर्वक हृदय खोलेर दिन सक्छौं। 

पहिलो सिद्धान्त: व्यवस्थापनबिना वृद्धि असम्भव । 

जहाँ व्यवस्थापन छैन त्यहाँ परमेश्वरले वृद्धि र विकासलाई अनुमति दिनुहुन्न।

उत्पत्ति २:४-५

“आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन भूमिमा एउटै पनि वनस्पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।”

यस खण्डमा परमप्रभुले भूमि खनजोत (work: ergon meaning management) गर्न कुनै मानिस नभएको कारण वृद्धिलाई पुनतया रोक्नुभएको थियो।

परमेश्वर एक असल व्यवस्थापक चाहनुहुन्छ जसले उहाँको श्रोतहरूलाई सहि रूपमा सदुपयोग गर्न सक्छ। परमेश्वरले तपाईलाई त्यहि थोक दिनुहुन्छ जुन तपाईले व्यवस्थापन गर्न सक्नुहुन्छ।

परमेश्वर दुरूपयोग मन पराउनुहुन्न। परमेश्वर खेर फालेको मन पराउनुहुन्न।

एक जवान युवकले जब एक प्रतिष्ठित पाष्टरलाई प्रश्न गर्‍यो, "पाष्टर, मैले परमेश्वरको सेवाकाई गर्न के विषय लियर अध्ययन गर्नुपर्छ? " तब पाष्टरले थोरै पनि नहिच्कियाई उत्तर दिन्छ, "तिमीले व्यवस्थापन लिएर अध्ययन गर्नुपर्छ ताकि तिमीले परमेश्वरको श्रोत र साधनलाई सदुपयोग गर्न सक्नेछौं"

दोस्रो सिद्धान्त: तपाईको सबै पैसा परमेश्वरको हो - भजन.२४:१

"पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्।"

मेथोडिस्ट मण्डलीको महान संस्थापक जोन वेस्लीको धनसम्पत्तिबारे यस्तो धारणा थियो, जुन हामीले विचार गर्न लायकको छ। जब तिनले आफ्नो घर आगोले नष्ट भएको सुने, तब तिनले भनेको थियो, "मेरो निम्ति एउटा जिम्मेवारी घटयो।"

यो धारणाद्धारा हामी जिउनुपर्छ। 

हामी केवल भण्डारे मात्रै हौं। 

'भण्डारेपन'लाई ग्रीकमा 'oikonomos' (Greek: οἰκονόμος, from oiko- 'house' and -nomos 'rule, law') भनिन्छ।

योसेफ एक असल भण्डारेको उदाहरण 

योसेफको कथामा हामी देख्न सक्छौ जसरी पोतीफरले उनलाई आफ्नो घरको मुख्य कारिन्दा अर्थात भण्डारे तुल्याएर आफुसँग भएका सब थोकको जिम्मा दिए त्यसरी नै परमेश्वरले उहाँको सम्पत्तिहरु तपाईलाई सुम्पनुहुन्छ। अब यदि तपाई परमेश्वरले उहाँको अझ धेरै सम्पत्तिहरु तपाईलाई सुम्पिउन भन्ने चाहनुहुन्छ भने १ कोरन्थी ४:२ ले भन्छ, "....यो आवश्यक छ,कि भण्डारहरु विश्वासयोग्य ठहरिनुपर्छ।"

धर्मशास्त्रले परमेश्वरको स्वामित्वको विषयमा बारम्बार बोलेको छ, 
भजनसंग्रह ८९:११ "स्वर्ग तपाईको हो, र पृथ्वी पनि तपाईकै हो"
१ कोरन्थी १०:२६ "पृथ्वी र त्यसमा भएका यावत् थोकहरु सबै परमप्रभुकै हुन्"
प्रकाश ४:११ "सबै कुरा तपाईले नै सृष्टि गर्नुभएको हो"
अय्यूब ४१:११ "स्वर्गमुनिका सबै थोक मेरा नै हुन्"

एक आविष्कारकको दृष्टिकोण:

यसको विषयमा विचार गरौं। तपाईलाई कसले बनायो?तपाईलाई तपाईको मन,शरीर, योग्यताहरु कसले दियो?तपाईको स्वास्थ्य खराब हुदाँ कोसँग प्रार्थना गर्नुहुन्छ?

मानिलिनुहोस तपाई एक आविष्कारक हुनुहुन्छः त तपाई यस्तो मेशिन बनाउनुहुन्छ जसमा प्लाष्टिक राखेपछि त्यसले आफै विभिन्न खेलौनाहरु बनाउँछ। ती खेलौनाहरु के मेशिनको हुन्छ?के मेशिनले उत्पादन गर्ने सबै खेलौनाहरु तपाईको हुँदैन र?

भजन.१३९:१३-१६ परमेश्वरले हाम्रो अंग-प्रत्यंज्ञ बनाउनुभयो

कतिपटक हामीलाई दिन गाह्रो हुन्छ। जब दंशाश दिने समय हुन्छ, हामीमा हाम्रो विभिन्न आवश्यकताहरुबारे सोच्न थाल्छौं... 

"हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं" भनी तिमीहरूले मनमा सोचौला। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ।" व्यवस्था ८:१७-१८



तेस्रो सिद्धान्तहाम्रो दिवाईले आशिष ल्याउँदछ। 

प्रियहरू! दिनु चाहिँ आराधनाको अभिन्न अंग हो। हामी धेरैलाई सुन्न मननपर्ने कुरा चाहिँ दिनु सहज छैन तर पनि दिनु बाइबलिय हो। दिनुचाहिँ प्रेमको प्रकटिकरण हो। यदि हामी परमेश्वरलाई साँचो रूपमा प्रेम गर्छौ भने उहाँको निम्ति दिने कुरा हाम्रो निम्ति बोझ होइन तर आनन्द बन्छ। परमेश्वर हामी लोभी र लालची भएर जीएको चाहनुहुन्न।

धर्मशास्त्रले 'दिने' विषयमा २१७२ पटक बोलेको छ। 

मार्टिन लुथर भन्छन्, "मैले चिजहरु मेरो हातमा राख्ने प्रयास गरें र ती सबै गुमाए, तर मैले जे परमेश्वरको हातमा दिए त्यो अझै पनि म सँग छ।"

बप्तिस्मा दिने बेला पाष्टरले विश्वासीलाई भनेछन्, "जब म तिमीलाई बप्तिस्मा दिन्छु, भित्र भएको जति छ सबै परमेश्वरको हुन्छ।" डुब्दै गर्दा विश्वासीले आफ्नो खल्तीमा भएको पैसालाई फुत्त पानी बाहिर निकालेछ।

एक पटक फिलाडेल्फियाको एक जना इशाईलाई सोधियो, कसरी उसले प्रभुको कामलाई यति धेरै दिन सक्छ र अझै पनि यति धेरै धनको उनी मालिक छन्। उनले जवाफ दिए, "यो निक्कै सजिलो छ, जुन बेल्चाले म उहाँलाई दिन्छु, त्यहि बेल्चाले उहाँले मलाई फिर्ता दिनुहुन्छ। फरक यति छ कि उहाँको बेल्चा मेरो भन्दा ठूलो छ।"

हास्य चित्रण: 

- विश्वासी र स्वर्गमा उसको झुपडी

- डेभिड गुडम्यान 

- तीन जवानको परमेश्वरलाई दिने तरिकाहरू

माकेडोनियाको मण्डलीबाट आजको मण्डलीले सिक्नुपर्ने पाठ

प्रेरित पावल २ कोरिन्थी ८:३-४ खण्डमा भन्छन्,

"किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।"

तिनीहरुले आफ्नो दरिद्रता र कठिनाईमा पनि  सन्तहरुको निम्ति देखाएको वास्ता।

तपाईको दिवाईले प्रशस्त आशिषहरु ल्याउँदछ यसमा कुनै शंका छैन तर दिदै गर्दा तपाई स्वयम आशिषको श्रोत बन्नुहुन्छ।

यसकारण प्रेरित २०:३५ मा लूकाले ख्रीष्टको वचनलाई उदृत गरेका छन, "...कि लिनुभन्दा दिनु अझ धन्य हो।"

२ कोरिन्थी ९:६

"तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।"

हामीले आफूसँग भएको श्रोतहरुलाई कसरी लगानी गरिरहेका छौं? यो एक प्राकृतिक नियम होकि जबसम्म हामी जमिनमा बिऊ रोप्दैनौं तबसम्म हामी कटनीको अपेक्षा गर्न सक्दैनौं। यदि हामीले परमेश्वरको राज्यको निम्ति लगानी गरेकै छैनौं भने हामीले परमेश्वरबाट कसरी अपेक्षा गर्न सक्छौं। 

"मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।" फिलिप्पी ४:१९

प्राय सधैं नै यस खण्डलाई सन्दर्भबाट बाहिर निकालिएर बुझ्ने गरिन्छ। सुन्दा लाग्छ 'ओहो, कति सान्त्वनादायी प्रतिज्ञा'। यस प्रतिज्ञाले हामी कहिल्यै अभावमा नपर्ने र हाम्रो घटिकमीहरुलाई स्वयम परमेश्वरले पुरा गर्नुहुने सान्त्वना दिदँछ। तर यो प्रतिज्ञा कसलाई दिइएको हो? यो प्रतिज्ञा फिलिप्पीका मानिसहरुलाई दिइएको हो जसले पावललाई आर्थिक उपहार पठाउन बलिदान गरेका थिए। यो प्रतिज्ञा जो कोहिको लागि नभएर परमेश्वरको राज्यको उद्धेश्यको लागि बलिदानी भई दिनेहरुको निम्ति हो।

सन १९४४, अगष्ट २३ तारिख, जब रसियाली सेनाहरूले रूमानियालाई कब्जा गरे, त्यसलगत्तै साम्यवादीहरू सत्तामा आए। तिनीहरूले रूमानियाको मण्डलीलाई कहिल्यै पनि कल्पना गर्न नसकिने रूपमा सताए। साम्यवादहरूको कैदमा १४ साल जेलजीवन बिताएका पाष्टर रिचार्ड उम्ब्राण्डले गवाहि दिएका छन कि तिनीहरूलाई कैदमा हप्ताको एक पटक रोटीको एउटा टुक्रा र दिनहुँ फोहोर सुप दिइने गरेको अवस्थामा पनि तिनीहरूले विश्वासयोग्यतापूर्वक "दंशाश" दिने गर्थे। तिनीहरूले हरेक दशौं हप्तामा त्यस रोटीको एउटा टुक्रा लिएर दंशाशको रूपमा कमजोर भाइहरूलाई दिने गर्थे। 

दिनु जति महत्वपूर्ण छ त्यति नै हामी कसरी अथवा कस्तो हृदयकासाथ दिन्छौं भन्ने महत्वपूर्ण छ। हाम्रो दिवाईले परमेश्वरको आदर हुनुपर्छ। हाम्रो पाष्टरले भनेको कारण हामी दिदैनौं तर हामीले परमेश्वरलाई प्रेम गर्छौं यसकारण दिन्छौं। हामीले हृदयबाट चाहने व्यक्तिलाई हामी सबैभन्दा उतम थोक दिन चाहन्छौं। 

(Illustrations)आफ्नो आमा र बुबालाई फिर्ता दिने छोरी। 

हामी जति नै आत्मिक भएतापनि यदि दिने कुरामा पछि छौं भने हामीले धेरै आशिष गुमाउनेछौं।


https://krministry03.blogspot.com/2020/07/blog-post.html

Comments