उद्धारचित्तले दिनु

 उद्धारचित्तले दिनु


तपाई प्रेम नगरी पनि दिन सक्नुहुन्छ तर तपाई नदिई प्रेम गर्न सक्नुहुन्न्।" एमि कार्मीकेल

प्राचिन समयमा एक महिलाले नदिमा बहूमूल्य ढुंगा भेटछिन। उनले ढुंगालाई आफ्नो झोलामा राख्छिन। पछि अर्को यात्री महिलाकहाँ आएर खानेकुरा माग्छन्। जब उनी रोटीको लागि झोलाभित्र हात हाल्छिन तब यात्रीले बहूमूल्य ढुंगा देख्छन र महिलासँग ढुंगा माग्छन्। उनले सहजै त्यस बहूमूल्य ढुंगालाई त्यस यात्रीलाई दिन्छिन र थप यात्राको लागि रोटी पनि दिन्छिन्। 

केहि दिनपछि त्यस यात्री महिलालाई खोज्दै उनीकहाँ पुग्छिन र त्यस ढुंगालाई फिर्ता गर्छिन। यात्रीले महिलालाई त्यस ढुंगाभन्दा अझै बहूमूल्य कुरा पाउने अपेक्षा सहित त्यस ढुंगालाई फिर्ता गर्न चाहेको बताउँछन। महिलाले सोध्छिन के हो त्यो कुरा तन यात्रीले  भन्छन्, "कृपया मलाई यस बहूमूल्य ढुंगा भन्दा पनि अझै मूल्यवान तपाईसँग भएको त्यो चिज दिनुहोस् जसले तपाईलाई सहजै यो बहूमूल्य ढुंगा मलाई दिन सक्षम बनायो। म त्यो हृदय चाहन्छु।"


२ कोरिन्थी ९
६. तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
दिनु चाहिँ लगानी गर्नु अर्थात बिऊ रोप्नु हो। रोप्दै नरोपी कटनीको अपेक्षा गर्नु चाहिँ मुर्खता हो। यदि हामी मुट्ठी खोल्छौं भने यो तपाईको नोक्सानी होइन, एकदिन तपाईकहाँ फर्कन्छ नै।
तर हामी केवल पाउने मनसायले फाइदालाई नियालेर दिँदैनौ। त्यो दिवाई सहि मनोवृतिकासाथ भएको छैन। परमेश्वरलाई दिने कुरा जुवा खेलेको जस्तो होइन जहाँ तपाई १० हालेर २० कमाउनुहुन्छ। हननिया र सफिराको कथाले सहि मनोवृतिकासाथ दिनुपर्ने कुराको चेतावनी दिन्छ।


एकदिन राजाकहाँ मालीले आफ्नो खेतमा उब्जाएको सबैभन्दा ठूलो र असल गाजर उपहारस्वरुप लिएर आउँछ। राजा मालीको उपहारले प्रसन्न भएर मालीलाई ठूलो जग्गा इनामस्वरुप दिन्छ। यो सबै घटना देखेर अर्को व्यक्तिले राजालाई आफ्नो सबैभन्दा उत्कृष्ट घोडा उपहारस्वरुप दिनु फाइदाजनक हुने देखेर उपहार दिने निर्णय गर्छ तर राजाले उसलाई केवल धन्यवाद मात्र दिन्छ। ती व्यक्ति अलमलमा पर्छन र राजाले उसलाई सम्झाउँदै भन्छन्, "त्यस मालीले मलाई गाजर दिइरहेको थियो। तर तिमीले चाहिँ आफैलाई घोडा दिइरहेका थियौं।"


बीउ छर्ने किसानले आफ्नो हातबाट भुँईमा बिऊ खस्दा गुमेको अथवा हराएको महसुस गर्दैन त्यसरि नै हामीले दिँदा गुमेको महसुस गर्नु हुँदैन्। जसरी किसानले आफ्नो बिऊलाई भुँईमा खसालेपछि त्यस बिउबाट प्रशस्त अन्नको कटनी गर्न सक्छ त्यसरी नै जब हामीले आफ्नो मुट्ठी खोल्छौं परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ। यदि किसानले आफुसँग धेरै राख्ने मनसायले कन्जुस्याइँ गरेर थोरै मात्र बीउ छर्छ भने, छर्ने र रोपनीको समयपछि उसको भकारीमा अन्यको भन्दा धेरै बीऊ त होला तर कटनीको समयमा त्यहि मानिसको भकारीमा प्रशस्त हुनेछ जसले प्रशस्त छरेको थियो।
हामीले के कटनी गर्ने छौं त?
बाइबलले भन्दछ हामीले भौतिक र आत्मिक दुवै आशिषहरुको कटनी गर्नेछौं।
परमेश्वरले दिने हातहरुलाई जुटाउनुहुन्छ। फिलिप्पीका उद्धार हृदय भएकाहरुलाई यसरी प्रतिज्ञा गरिएको छ,
"मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।" फिलिप्पी ४:१९
परमेश्वरले हाम्रो अभाव र खाँचोहरुलाई देख्नुहुन्छ र त्यसको आपूर्तिको लागि कार्य गर्नुहुन्छ। हामी १ राजा १७:७-१६ खण्डमा सारपतकी विधवाले अनिकालको समयमा परमेश्वरका दास एलियाको निम्ति मुट्ठी खोलेकी कारण उदेकपूर्ण तरिकाले ऊ र उसको छोरो अनिकालमा बाँचेनन मात्र तर उसको छोरो मृत्युबाट  पुर्नजीवित पारिएको छ। जब हामी परमेश्वरलाई दिन्छौं, हाम्रो अभावहरुमा, हामीलाई आपद परेको बेला, अब कहाँबाट जुटाउने...होला भनेर दोधारमा परेको अवस्थामा परमेश्वरले उदेकपूर्ण तरिकाले हाम्रो भलाईको निम्ति कार्य गर्नुहुन्छ।
आत्मिक रुपमा, परमेश्वरले उद्धार हृदय भएकाहरुलाई अहिले अनि अनन्ततामा इनाम दिनुहुनेछ। ख्रीष्टले मत्ती १९:२९ मा भन्नुभयो, "हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।" 


२०औं शताब्दीका अमेरिकन पाष्टर र इश्वरशास्त्री ए.डब्ल्यु टोजर भन्छन्, "कुनै पनि अस्थायी सम्पत्ती अनन्त धनमा परिणत हुन सक्छ। ख्रीष्टलाई जे पनि दिइन्छ तुरुन्तै अमरताले छुन्छ।"


हामीलाई परमेश्वरले अनन्त जीवनमा मात्र नभएर पृथ्वीमा रहँदै गर्दा पनि आशिषित तुल्याउनुहुनेछ।


७. अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
परमेश्वर हरेकले दिएको अपेक्षा गर्नुहुन्छ तर उहाँ रकमभन्दा पनि हाम्रो दिने मनोवृति (attitude) प्रति बढि चासो राख्नुहुन्छ।
"दिने व्यक्तिको हृदयले उपहारलाई प्रिय र बहूमूल्य बनाउँछ।"- मार्टिन लुथर
रकम चासोको विषय होइन तर हामी कसलाई दिन्छौं र किन दिन्छौं त्यो बडो महत्वपूर्ण हुन्छ।
हामीले परमेश्वरलाई आफ्नो पैसा दिन तयार हुनुचाहिँ पैसाभन्दा हाम्रो लागि परमेश्वर महान अनि बढि महत्वपुर्ण हुनुहुन्छ। अहिलेको एक्काइसौं शताब्दीको समयमा जहाँ मानिस पैसाको लागि कुनै हद पनि गिर्न सक्छ, कुनै पनि सम्बन्ध तोडन सक्छ, पैसा मानिसको इश्वर बन्न सक्छ यस्तो समयमा धेरै पटक हामी पनि छिट्टै त्यस परीक्षामा फस्न सक्छौं। पैसा आफैमा दुष्ट होइन तर जब यसको मोह र परीक्षामा मानिस फस्छ, मानिस परमेश्वरबाट टाढिएको उसलाई पत्तो हुँदैन्।
दिने कुरा सहि हृदयकासाथ हुनुपर्छ। हरेक इशाई दिने व्यक्ति हुनुपर्छ। जसले दिदैँन उसले दिवाईको आशिषलाई कहिल्यै अनुभूति गर्न सक्दैन्। जब हामीसँग थोरै श्रोत हुन्छ, हो..अवश्य पनि हामी धेरै दिन सक्दैनौं तर त्यस्तो अवस्थाहरूमा पनि हामीले सहि मनोवृतिबाट दिनुपर्छ।
हाम्रो दिवाई आफ्नै हृदयको उद्देश्यबाट उत्प्रेरित भएको हुनुपर्छ न कि कसैको दबाब र करकापबाट। हामीले दिनुपर्छ किनभने हामी दिन चाहन्छौं र परमेश्वरले यसलाई हाम्रो हृदयमा राखिदिनुभएको छ।
हाम्रो दिवाईले हाम्रो हृदयको उद्धेश्य प्रकट गर्छ। कसरी?
यदि तपाई भन्नुहुन्छ कि तपाई सिनेमालाई भन्दा बढि परमेश्वरलाई प्रेम गर्नुहुन्छ, तर सबै पैसा सिनेमा हेर्नमा खर्च गर्नुहुन्छ, शनिबार सेवा छाडेर पनि सिनेमा हलतिर धाउँनुहुन्छ, परमेश्वरको सेवाको लागी कहिल्यै मुट्ठी खोल्नुहुन्न भने तपाईको बोलीले भन्दा पनि तपाईको पैसा खर्च गर्ने शैलीले तपाईको हृदयको उद्देश्य स्पष्ट रुपमा प्रश्तुत गर्यों। येशूले सरल रुपमा भन्नुभयो, "जहाँ तिम्रो धन हुन्छ, त्यहि तिम्रो मन पनि हुन्छ।" मत्ती ६:२१
कसरी नदिने?
इच्छा नभई होइन : गुनासो नगरी, मनबाट
करकापमा : अरुलाई देखाउन, जबरजस्ती,
खुशीसाथ शब्दलाई जनाउने मूल ग्रीक शब्द हिलारोस (hilaros) हो जसको अर्थ हाँस्दै, रमाउँदै र आनन्दित हुँदै भन्ने हुन्छ। के तपाई भेटीको भाँडो देखेर आनन्दित बन्नुहुन्छ? हामीले कसरी दिँदै गर्दा आनन्द र प्रफुल्लतालाई विकास गर्ने? एकचोटि माकेडोनियाको मण्डलीलाई विचार गरौं जसले गम्भीर परीक्षा र अत्यधिक गरिबीको डरलाग्दो परिस्थिमा पनि उत्साहपूर्ण आनन्दसँग दिए। हामी २ कोरन्थी ८:५ मा पढ्न पाउँछौं कि माकेडोनियाको मण्डलीले आफ्नो भेटी सन्तहरुलाई दिन अघि तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे। प्रियहरु! त्यस भेटीमा कति आशिष हुन्छ जुन भेटी पूर्ण हृदय अर्पणद्धारा दिइएको हुन्छ। ती हातहरुलाई परमेश्वरले सधैँ आशिषित तुल्याउनुहुनेछ।
८. परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।
९. यसरी लेखिएको छ, "उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।"
१०. छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
११. तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।
१२. यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्।
१३. सेवाको यस जाँचअन्तर्गत तिमीहरूले ख्रीष्टको सुसमाचार स्वीकार गर्ने आफ्नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्वरको महिमा हुनेछ। 

Comments