दिवाईको आशिष

 दिवाईको आशिष

The blessing of Giving




दिने विषयको शृंखलालाई तयार गर्दै गर्दा मैले एउटा थाहा पाएको सत्यताचाहिँ वास्तवमा हाम्रो दिवाई नै आशिष हो। दिन पाउनु ठूलो आशिष हो। हामी धेरै पटक दिएपछि पाइने आशिषहरुलाई चर्चा गरिरहेका हुन्छौं तर प्रियहरु दिनु चाहिँ सबैभन्दा ठूलो आशिष हो। सबैले दिन सक्दैन तर त्यहि मानिसले दिन सक्छ जसले परमेश्वरको साँचो प्रेमलाई अनुभव गरेको छ। त्यहि व्यक्तिले दिन सक्छ जसले यो कुरालाई बुझेको हुन्छ कि ख्रीष्टले हाम्रो खातिर जे दिनुभयो त्यसको अघि हामीले दिन सक्ने कुनै कुरा नगन्य छ।

हाम्रो दिवाईले प्रशस्त आशिषहरु ल्याउँदछ यसमा कुनै शंका छैन तर दिदै गर्दा तपाई स्वयम आशिषको श्रोत बन्दै हुनुहुन्छ।

यसकारण प्रेरित २०:३५ मा लूकाले ख्रीष्टको वचनलाई उदृत गरेका छन, "...कि लिनुभन्दा दिनु अझ धन्य हो।"  

केवल आशिष पाउनको निम्ति हामी दिँदैनौ तर परमेश्वरले हामीलाई पहिल्यै आशिषित तुल्याइसक्नुभएको कारण हामी दिन्छौं। दिनु भनेको पाउने कुनै अपेक्षा नगरी स्वइच्छाले मुट्ठी खोल्नु हो। 

बप्तिस्मा दिने बेला पाष्टरले विश्वासीलाई भनेछन्, "जब म तिमीलाई बप्तिस्मा दिन्छु, भित्र भएको जति छ सबै परमेश्वरको हुन्छ।" डुब्दै गर्दा विश्वासीले आफ्नो खल्तीमा भएको पैसालाई फुत्त पानी बाहिर निकालेछ।

५३ वर्षको उमेरमा जोन डि.रकफेलर विश्वकै धनी व्यक्ति थिए। तर यो उमेरमा उनलाई अचानक घातक रोग लाग्यो र डाक्टरहरुले अब उनी केवल एक वर्षमात्र बाँच्ने घोषणा गर्छ। उनको यो अवस्थाले उनलाई यति परिवर्तन गरिदियो कि उनले आफ्नो सबै पैसा मण्डली, विद्यालय, अस्पताल आदिलाई दान स्वरुप दिन थाले। पछि, उनी चमत्कारी रुपमा भयानक रोगबाट निको भए र थप ४० वर्ष बाँचे र अन्तत: उनी ९७ वर्षको उमेरमा मरे।

हाम्रो दिवाईले उदेकपूर्ण ढोकाहरूलाई खोल्दछ। सायद रक डि. फिलरले दान नदिएको भए पनि बाँच्थे होला तर आफ्नो मुट्ठी खोलेर जुन आनन्द र प्रेम, आशिष र आत्मियतालाई उनले अनुभूति गरे यदि उनले आफ्नो मुट्ठी नखोलेको भए उनले कहिल्यै अनुभूति गर्न सक्दैन थिए। 

हाम्रो दिवाई परमेश्वरलाई आवश्यकता भएको कारण होइन्। बाइबलले हामीलाई दिने आज्ञा गरेको कारणचाहिँ परमेश्वर दिवाईको कार्यद्धारा हामीलाई आशिष दिन चाहनुहुन्छ। हाम्रो दिवाईको प्रकृयामा हामीले महत्वपूर्ण पाठ सिक्छौं। हामी हाम्रो आवश्यकता, घटि र कमीको बिचमा परमेश्वरमा भरोसा गर्न सिक्छौं किनकि उहाँ नै साँचो प्रदायक र जुटाउनुहुने हाम्रो श्रोत हुनुहुन्छ।

२ कोरिन्थी ९:८

"परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।"

कल्पना गर्नुहोस् त, कसैले तपाईलाई आफ्नो कार्ड (अथवा वालेट) दियो र भन्यो, "यो लिऊ र यसले अरुलाई पनि आशिषित बनाऊ..." कति खुशीको कुरा होइन त? तपाई अरुलाई लिएर खाना खान राम्रो रेष्टुरेन्टमा जान सक्नुहुन्छ। मीठो खाना खाएर तपाई आफ्नो र अरुको बील तिरिदिन सक्नुहुन्छ। तर यदि तपाईले आफु एक्लै गएर मीठो खाना खानुभयो, राम्रो कपडा किन्नुभयो र एक्लै घुम्न जानूभयो भने तपाई एक स्वार्थी व्यक्ति ठहरिनुभयो।

तपाईसँग ती कुराहरु छ जसको मालिक तपाई होइन तर पनि ती थोकहरुद्धारा तपाई अरुलाई आशिषित बनाउन सक्नुहुन्छ। जब हामी दिन्छौं, हामी परमेश्वरले हामीलाई दिनुभएको श्रोत प्रयोग गरिरहेका हुन्छौ। यो नै सहि र बाइबलिय दृष्टिकोण हो।

दिनु चाहिँ एक दयापूर्ण कार्य हो जसले दातालाई इश्वरीय हस्तक्षेप र उदेकपूर्ण कार्यहरुको लागि योग्य बनाउँछ। प्रेरित ९:३६-४३ मा तबीता अर्थात डोरकासको कथा पढन पाउँछौं जो उदारतासाथ दिने गर्थिन। उनी  दिनदुखी गरिबलाई सहायता गर्ने र विधवाहरूलाई लुगा बुनेर दिने गर्थिन्। तिनको अचानक मृत्यु भयो। यद्यपि, उनको यस असल कामको कारण, योप्पाको उनको मण्डलीले तिनलाई धेरै माया गर्थ्यो। तिनीहरुले छिमेकी सहरमा भएका प्रेरित पत्रुसलाई तिनको निम्ति प्रार्थना गर्न आउन बिन्ति गरे। र अन्तत: प्रेरितले तिनलाई मृत्युबाट जीवित पारे।

हाम्रो दिवाईले आशिषको ढोका खोल्छ

"मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।" फिलिप्पी ४:१९

प्राय सधैं नै यस खण्डलाई सन्दर्भबाट बाहिर निकालिएर बुझ्ने गरिन्छ। सुन्दा लाग्छ 'ओहो, कति सान्त्वनादायी प्रतिज्ञा'। यस प्रतिज्ञाले हामी कहिल्यै अभावमा नपर्ने र हाम्रो घटिकमीहरुलाई स्वयम परमेश्वरले पुरा गर्नुहुने सान्त्वना दिदँछ। तर यो प्रतिज्ञा कसलाई दिइएको हो? यो प्रतिज्ञा फिलिप्पीका मानिसहरुलाई दिइएको हो जसले पावललाई आर्थिक उपहार पठाउन बलिदान गरेका थिए। यो प्रतिज्ञा जो कोहिको लागि नभएर परमेश्वरको राज्यको उद्धेश्यको लागि बलिदानी भई दिनेहरुको निम्ति हो।

२ कोरिन्थी ९:६

"तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।"

रयान्डी एलकोर्नले दंशाशसम्बन्धी बोल्दै यसरी भने, 

"जब मानिसहरुले मलाई दंशाश दिन नसक्ने कुरा बताउँछन्, म तिनीहरुलाई सोध्ने गर्छु, 'यदि तपाईको आम्दानी १०% घट्यो भने के तपाई मर्नुहुन्छ?' तिनीहरु भन्छन, 'मर्दिन'। र म भन्छु,'त्यसोभए तपाईले स्वीकार गर्नुभएको छ कि तपाई दंशाश दिन सक्नुहुन्छ। तर सत्यताचाहिँ तपाई दिन चाहनुहुन्न त्यति मात्र हो।"

म दिने कुरा सजिलो हुन्छ भनिरहेको छैन तर परमेश्वरको इच्छा भित्र रहेर आफ्नो आम्दानीको ९०% वा ५०% वा १०% मा बाच्नुँ चाहिँ उहाँको इच्छाबाहिर रहेर १००% मा जिउनुभन्दा उत्तम हो।

हामीले आफूसँग भएको श्रोतहरुलाई कसरी लगानी गरिरहेका छौं? यो एक प्राकृतिक नियम होकि जबसम्म हामी जमिनमा बिऊ रोप्दैनौं तबसम्म हामी कटनीको अपेक्षा गर्न सक्दैनौं। यदि हामीले परमेश्वरको राज्यको निम्ति लगानी गरेकै छैनौं भने हामीले परमेश्वरबाट कसरी अपेक्षा गर्न सक्छौं। 

हितोपदेश ११:२४-२५

कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ। उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। 

एकदिन बालसंगतीका तीनजना केटाहरु हिडँदै गर्दा बाटोमा केहि रकम भेटाए। सबैले बराबर रकम बाँडने निधो गरेपछि अचानक एकजनालाई झट्टै याद आयो र भन्यो, "हामीले परमेश्वरलाई पनि त दिनुपर्छ।" अन्तिममा कसरी दिने भन्नेमा बडो दुविधा भयो। तब पहिलोले सल्लाह दिदै भन्यो, "हामी यसो गरौं, एउटा रेखा कोरौ र पैसा फालौ। रेखा पारको रकम परमेश्वरको रेखा वारीको रकम हाम्रो।"

दोस्रोले भन्यो, "होइन्..होइन मसँग अझै उत्तम आइडिया छ, हामी यसो गरौं एउटा गोलो घेरा बनाऔं र पैसालाई फालौं, जति पैसा गोलो घेराभित्र पर्, त्यो परमेश्वरको गोलोघेरा बाहिरको हाम्रो।"

तेस्रोले भन्यो, "होइन....होइन्। मसँग अझै उत्तम आइडिया छ, हामी यसो गरौं। पैसालाई आकाशतिर फालौं जति परमेश्वलाई चाहिन्छ,उहाँले माथिबाटै लिनुहुन्छ बचेको हाम्रो।"

Comments