याकूबको पत्र- दोस्रो भाग

याकूबको पत्र- दोस्रो भाग 


याकूब एक प्रार्थनाका योद्धा थिए। उनले आफ्नो पुस्तकमा पनि प्रार्थनालाई विशेष केन्द्रित गरेको पाउन सकिन्छ। बाइबल विद्धानहरुले भन्छन कि याकूब यति विघ्न प्रार्थना गर्थे कि उनको गोडा ऊँटको जस्तै साह्रो थियो। याकूबले आफैलाई "प्रभु येशू ख्रीष्टको सेवकको" रुपमा परिचित गराएका छन्। आज हामी पनि त्यहि धारणा र सिद्धान्तमा बाँचेको हुनुपर्छ। एक दास आफ्नो मालिकप्रति पूर्ण रुपमा समर्पित भएझैं हामी परमेश्वरमा समर्पित हुन आवश्यक छ। मेरो आत्मिक क्षेत्र चाहिँ परमेश्वरको हो तर आर्थिक क्षेत्र चाहिँ मेरो हो भन्ने विचारले हामी समर्पित जीवन जिउन सक्दैनौं। 


किन याकूबको पत्र लेखियो? 
विश्वासीहरुको आफ्नो व्यक्तिगत जीवन र मण्डलीमा गम्भीर समस्या देखा परेको थियो। 
- तिनीहरु कठिन सतावटबाट गुज्रिरहेका थिए। 
- तिनीहरु परीक्षामा परिरहेका थिए। 
- तिनीहरु सुन्थे, तर आज्ञापालनको जीवन जिइरहेका थिएनन्। 
- कतिपय मण्डलीमा पदको लागि प्रतिस्पर्धा गरिरहेका थिए। 
- अन्यभाषाको समस्या 
- कोहि-कोहि विश्वासबाट बहकिरहेका थिए। 

यी सबै समस्याहरुको जड चाहिँ आत्मिक अपरिपक्वता नै थियो। विश्वासीहरुमा वृद्धिको आवश्यकता थियो। हामी निरन्तर परमेश्वरमा वृद्धि हुन जरुरी छ। आजको मण्डलीको पहिलो आवश्यकता नै आत्मिक परिपक्वता हो। परमेश्वर आफ्नो राज्य विस्तारको निम्ति परिपक्व पुरुष र महिलाको खोजीमा हुनुहुन्छ तर धेरै पटक उहाँ मण्डलीमा दुधे बालकहरु भेट्टाउनुहुन्छ जो एक-अर्कासँग मिलेर बस्न पनि सक्दैनन्। 
कसैले यसरी भनेका छन्, "धेरैपटक मण्डली वयस्कहरुको लागि कार्यशाला भन्दा पनि शिशु र बालकहरुको खेलमैदान भैरहेको हुन्छ।"
कलस्सी २
७. धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ। 
८. ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्। 

याकूबले आफ्नो पत्रमा सिद्ध (perfect) शब्दलाई बारम्बार प्रयोग गरेका छन जसको अर्थ "परिपक्कता" हो। 

Continued.....  
"त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।" (१२)
धन्य त्यो मानिस अर्थात त्यो मानिस आशिषित हो....
आशिषलाई ग्रीकमा "मकारिओस" भनिन्छ जसको अर्थ साँचो खुशी र आनन्द हो। यो भित्रि खुशीलाई बाहिरी अवस्था र परिस्थितिले कुनै असर गर्दैन किनकि यो चाहिँ परमेश्वरमाथिको भरोसाबाट प्राप्त हुँदछ (रोमी १५:१३)। 
प्रतिज्ञा चाहिँ हाम्रो लागि जीवनको मुकुट अर्थात अनन्त जीवन हो। मुकुट अर्थात स्टेफ्यानोस (Stephanos) चाहिँ ओलम्पिकमा विजेताहरुलाई इनामको रुपमा पहिराइने मुकुट हुन्थ्यो। यो हामीले पृथ्वीमा प्रभुको खातिर हरेक सतावटहरुलाई सहेर विश्वासमा स्थिर रहे पश्चात पाइने मुकुट हो। बाइबलमा हामी पाँच किसिमको मुकुटहरु पाउँछौ :
- अविनाशी मुकुट (१ कोरन्थी ९:२५)
- धार्मिकताको मुकुट (२ तिमोथी ४:८)
- महिमाको मुकुट (१ पत्रुस ५:२-५) : बगालको रेखदेख गर्ने गोठालोहरुको निम्ति 
- आनन्दको मुकुट (१ थेसलोनिकी २:१९) : सुसमाचार प्रचार गर्नेहरुका निम्ति  
सबै किसिमका आपत-विपदहरुले हामीलाई आत्मिक परिपक्वतातर्फ लादँछ। 
प्रेरित पावल भन्छन, "धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।" कलस्सी २:७

 मेरो परीक्षा भएको हो।" किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न।" (१३)
केहि प्रारम्भिक इशाईहरुले आफ्नो पापपूर्ण स्वभावका लागि बहाना बनाए त कतिले आफ्ना पापहरुको लागि परमेश्वरलाई दोष्याई‌रहेका थिए। पाप गरे पछि "म यस्तै छु अथवा परमेश्वरले नै ‌‌मलाई यस्तो बनाउनुभएको छ" भन्ने जस्ता गैरजिम्मेवारी भनाईहरु राख्ने गर्थे। 
हाम्रो परीक्षा अथवा पापको श्रोत परमेश्वर हुनुहुन्न किनकि उहाँ हाम्रो खराबी चाहनुहुन्न। परमेश्वर असलताको श्रोत हुनुहुन्छ। याकूब आफैले भन्छन्, 
"हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।" (१७) 
कसैलाई दुष्टयाई गराउने अभिप्रायका साथ परीक्षामा पार्न खोज्ने काम आफैमा दुष्ट हुन्छ। परमेश्वरको प्रकृती र गुण त्यस्तो होइन। उहाँ भलाईको परमेश्वर हुनुहुन्छ। कुनै पनि सांसारिक आमाबाबुले आफ्नो सन्तानको कुभलो चाहँदैन। हामी दुष्ट र खराब भएर त आफ्नो सन्तानलाई उत्तम थोक दिन चाहन्छौं भने त उहाँ स्वयम नै अगापे प्रेम हुनुहुन्छ, उहाँ पवित्रताको प्रतिक हुनुहुन्छ, उहाँको पवित्रतामा कुनै दाग भेटिन्न, उहाँ असलतालाई ओडनुहुने, दया र करुणाको खानी परमेश्वर हुनुहुन्छ। उहाँ कहिल्यै आफ्नो सृष्टिको कुभलो चाहनुहुन्न। 
अब अर्को पाटो चाहिँ धेरैले शैतानलाई परीक्षाको श्रोतको रुपमा हेर्ने गर्दछन्। अवश्य पनि शैतानले हाम्रो परीक्षा लिन्छ, यसमा कुनै दुई मत छैन (उत्पत्ती ३:१-७; लूका ४:२)। 
तर याकूबले हामीलाई थप कुरा बताउँछन कि
 "हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।" (१४) 
परीक्षा = अभिलाषा + अवसर 
हामी हरेक आफ्नो अभिलाषाको कारण परीक्षामा पर्छौं। हाम्रो पापको जिम्मेवार हामी आफै हौं। शैतानसँग हाम्रो निर्णय र नियन्त्रणमाथि हाबि हुने अधिकार र शक्ति छैन। परमेश्वरले शैतानलाई त्यस कुराको निम्ति अनुमति दिनुभएको छैन्। वास्तवमा, परमेश्वर स्वयम पनि हाम्रो इच्छा, निर्णय र नियन्त्रणमा हस्तक्षेप गर्नुहुन्न। जुन कुरा तपाई गर्न चाहनुहुन्न परमेश्वर तपाईलाई जबरजस्ती गर्न बाँध्य पार्नुहुन्न। यदि परमेश्वर नै हाम्रो इच्छा र चाहनामाथि हस्तक्षेप गर्नुहुन्न भनेता शैतान केहि पनि होइन। शैतानले तपाईलाई तपाईको इच्छाविपरीत कार्य गराउन सक्दैन। 
"म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। " रोमी ७:१९-२५
हामी हाम्रो भावना, चाहना, इच्छा र अभिलाषाहरुलाई नियन्त्रण गर्न सक्षम हुनुपर्छ। बाइबलले हामीलाई संयमी हुनुपर्ने बताउँछ। 
 पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।" (१५) 
पाप = अभिलाषा+अवसर+कार्य
याकूबले यहाँ एउटा कडिलाई जोडन चाहन्छन्। यस कडिमा हामी घटनाहरुको श्रृंखला देख्न सक्छौं। पहिला जब हामी आफ्नो अभिलाषाहरुला नियन्त्रण गर्न असफल हुन्छौं। हामी परीक्षाद्धारा पाइला फस्छौं अनि पापले मृत्यु ल्याउँदछ। 
मृत्युको अर्थ अलग (separation) हुनु हो। अर्को शब्दमा मृत्यु परमेश्वरबाट आत्मिक रुपमा अलग्गिनु हो। यस मृत्युले आगो र गन्धक दन्कने कुण्डमा फालिने दण्ड कुरा प्रकाश २१:८ ले बताउँछ। 

"मेरा प्यारा भाइ हो, धोकामा नपर। हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं।" (१६-१८) 

कुनै दुष्ट कुरा र खराब कुराहरुद्धारा परमेश्वर परीक्षा लिनुहुन्न तर उहाँबाट असल दान र सिद्ध वरदान आउँछ। 
परमेश्वर हामी उहाँको निम्ति अगौटे फल भएको चाहनुहुन्छ।  अगौटे फलचाहिँ इस्राएलीहरुले आफ्नो बालीको पहिलो उब्जनिको पहिलो बिटो पुजाहारीकहाँ ल्याउँथे। परमप्रभुकहाँ अगौटे फल नल्याएसम्म कुनै कटनी हुँदैन थियो (लेवी २३:१४)। मिश्रमा इस्राएलीहरुको जीवन, दासत्वबाट परमप्रभुको छुटकारा र कसरी उहाँले तिनीहरुलाई "दुध र मह बग्ने भूमि"मा ल्याउनुभयो भन्ने सम्झनामा यो भेटी चढाइन्थ्यो। 
आज परमेश्वरलाई हामीले चढाउन सक्ने सबैभन्दा उत्तम भेटी हामी आफै नै हौ। 

Comments