प्रार्थनाको आशिष र फाईदाहरु
एक जना विश्वासी मछुवारा आफ्नो साथीहरूसँग समुद्रमा थिए जब आँधी आयो र तिनीहरूको जहाज डुब्न लाग्यो। तिनका साथीहरूले तिनलाई प्रार्थना गर्न बिन्ती गरे; तर उनले भने, "मैले प्रार्थना नगरेको वा चर्चमा प्रवेश नगरेको लामो समय भइसक्यो।" तथापि, तिनीहरूले आग्रह गरिरहे र अनन्त उनले कराउदै भन्यो, "हे प्रभु, मैले १५ वर्ष भयो तपाईंसँग केही मागेको छैन, र यदि तपाईंले अहिले हामीलाई मद्दत गर्नुभयो र हामीलाई सुरक्षित रूपमा भूमिमा ल्याउनुभयो भने, म वचन दिन्छु कि म तपाईंलाई फेरि अर्को १५ वर्ष कष्ट दिने छैन।"
दुर्भाग्यवश, धेरै मानिसहरूले प्रार्थनालाई परमेश्वरसँगको निरन्तर संचारको सट्टा उहाँबाट भाग्ने संयन्त्रको रूपमा हेर्छन्।
प्रार्थना हाम्रो निम्ति हर्षमय र आनन्दित समय हुनुपर्छ। धेरै पटक हामीले प्रार्थना एउटा औपचारिकता मात्र जस्तो बनाइरहेका हुन्छौं। यसलाई हामी सिमित बनाउछौ। खानाअघि, सुत्नुअघि र उठेपछि प्रार्थना गर्नु यो हाम्रो आदत र दैनिक रुटिन भैसक्यो। प्रार्थनालाई त्यसभन्दा अझ गहिरिएर बुझ्न र महसुस गर्न आवश्यक छ।
धेरै क्रिस्चियनहरू हप्तामा छ दिन जंगली जई छर्छन् र त्यसपछि चर्चमा आउँछन् र बालीको असफलताको लागि प्रार्थना गर्छन्।
यो त परमेश्वरसँगको हाम्रो घनिष्ट संगती हो। यसको निम्ति हामी हरेक पल तिर्खाउन आवश्यक छ।
"म एक महान प्रचारक हुनु भन्दा पनि प्रार्थना गर्ने सक्षम व्यक्ति हुन चाहन्छु; येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई कसरी प्रचार गर्ने भनेर कहिल्यै सिकाउनुभएन, तर प्रार्थना कसरी गर्ने भनेर मात्र सिकाउनुभयो। ”-डी. एल मूडी
आज प्रार्थनाको कमिले गर्दा मण्डलीमाथि, इशाई परिवारमाथि र इशाईहरुमाथि समस्या हाबि भएको छ। जुन परिवारमा संगती र प्रार्थना छैन, त्यहाँ शैतानले काम गर्न थाल्छ। आत्मिकपन खोक्रो भएर जान्छ। परमेश्वरको उपस्थितिको खोजी हुन छाड्छ र बिस्तारै सांसारिकपनले छोप्छ।
जब हामी मण्डली वा परिवार अथवा व्यक्तिगत विश्वासीहरूको रूपमा,पहिले जत्ति परमेश्वरसँग हामी नजिक थियौं अहिले त्यति नजिक छैनौं भनि पत्ता लगाउँछौं यो बुझ्नुहोस् कि उहाँ हामीबाट सर्नुभएको होइन तर हामी उहाँबाट टाढिएका हौं।
प्रचारक जिप्सी स्मिथलाई, आत्मिकी जागृतिको रहस्य के हो भनेर सोधिएको थियो। उसले जवाफमा यसरी भन्छन्, “घर जानुहोस। चकको टुक्रा लिनुहोस्। आफ्नो वरिपरि एउटा घेरा कोर्नुहोस्। त्यसपछि प्रार्थना गर्नुहोस्, 'हे प्रभु, यो घेरा भित्रका सबै कुरालाई जागृत पार्नुहोस्।'
प्रार्थनाले धेरै आशिषहरु र फाइदाहरु दिन्छ:
१. आत्मिक वृद्धि र विकास
हामी आवश्यकता र समस्याहरुमा मात्र होइन तर हामीले जीवनको हरेक पाइलाहरुमा प्रार्थनामय जिएको हुनुपर्छ। प्रियहरु! केहि थोक पाउने अपेक्षा सहितको प्रार्थनाले भन्दा पनि कुनै अपेक्षाबिना गरिएको प्रार्थनाले हामीमा आत्मिक वृद्धि ल्याउँदछ।
कस्तो अपेक्षासाथ प्रार्थना गर्नुहुन्छ?
दुई किसिमको अपेक्षा:
- सांसारिक आवश्यकताहरुको आपूर्तिको अपेक्षा :
प्रार्थनामा अपेक्षा हुनु आफैमा नराम्रो होइन। हाम्रो आवश्यकता, घटिकमी र अभाव कसलाई भन्ने त? हामी आफ्नो आवश्यकताहरु स्वर्गमा हुनुहुने हाम्रो पितालाई विनम्रताका साथ राख्न सक्छौं। तर जब हाम्रो प्रार्थनाको उद्धेश्य उहाँसँगको घनिष्टता, उहाँसँगको निकट सम्बन्ध, आत्मिक वृद्धि, परमेश्वरको उपस्थिति भन्दा पनि केवल आवश्यकता र यसको आपूर्तिमै मात्र सिमित हुन्छ भने अब हाम्रो प्रार्थनामा केहि समस्या छ।
यदि हाम्रो प्रार्थना हाम्रो आवश्यकता र मागहरुमाथि निर्भर हुन थाल्दछ भने अब हामी तिनीहरुको आपूर्तिपछि मात्रै परमेश्वरमा विश्वास गर्न थाल्छौं। अब बिस्तारै हाम्रो विश्वास परमेश्वरमा होइन तर आवश्यकताहरुको आपूर्तिमा निर्भर हुन थाल्छ। यदि तपाईको प्रार्थना भौतिक आशिषहरुमाथि निर्भर छ भने तपाईले भौतिक आशिषहरुको अनुभूतिबिना परमेश्वरमाथि भरोसा गर्न सक्नुहुन्न।
प्रियहरु! प्रार्थनाद्धारा हामी हाम्रो परिस्थिति र अवस्था परिवर्तन भएको चाहन्छौं तर प्रार्थनाद्धारा परमेश्वर हामी परिवर्तन भएको चाहनुहुन्छ।
- आत्मिक वृद्धिको अपेक्षा :
यस किसिमको अपेक्षामा सांसारिक आवश्यकता र माग हुँदैन। यस किसिमको प्रार्थना गर्ने व्यक्तिको एउटै अपेक्षा आत्मिक वृद्धि हुन्छ। ऊ परमेश्वरको लागि तिर्खाएको व्यक्ति हुँदछ। उसको निम्ति भौतिक आशिष भन्दा पनि महत्वपूर्ण आशिष दिनुहुने परमेश्वर हुँदछ।
अफ्रिकाको एउटा क्षेत्रमा त्यहाँका विश्वासीहरु प्रार्थना गर्ने कुरामा निक्कै नै लगनशील थिए। त्यस गाउँको प्रत्येक विश्वासीको गाउँबाहिर आ-आफ्नै बिशेष एकान्त ठाऊँ हुन्थ्यो। तिनीहरु त्यस विशेष एकान्त ठाउँमा प्रार्थना गर्न जादाँ आफ्नै निजि बाटो प्रयोग गर्थे। जब यी बाटोहरु मध्ये कुनै एउटामा घाँस उम्रन थाल्थ्यो, को व्यक्ति प्रार्थना गर्न गइरहेको छैन स्पष्ट थाहा हुन्थ्यो।
यस गाउँको विश्वासीहरु एकअर्काको आत्मिक हितको लागि चिन्तित भएकाले तिनीहरु बिचमा एउटा रोचक चलन फैलियो। जब विश्वासीले कसैको प्रार्थना गर्न जाने बाटोमा घाँस उम्रेको देख्थे, तब ती विश्वासीकहाँ गएर प्रेमपूर्वक भन्ने गर्थे, "मित्र, तिम्रो बाटोमा त घाँस उम्रेछ नि!"।
प्रार्थनाद्धारा हामी परमेश्वरको घनिष्टतालाई प्राप्त गर्छौं। प्रार्थनामय जीवन जिउने उहाँको उपस्थितिमा नै हाम्रो आत्मा वृद्धि हुन सक्छ। उहाँसँग जोडिएर नै हामीले फल फलाउन सक्छौं।
२. प्रार्थनाले परीक्षाबाट बँच्न सहायता गर्छ:
शैतान हामीलाई परीक्षाद्धारा फसाउन चाहन्छ। परीक्षा एक प्रकारको प्रलोभन हो। येशू ख्रीष्ट जैतुन डाँडामा प्रार्थना गर्न जानुहुँदा आफ्ना चेलाहरुलाई भन्नुभयो, "तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।"
उहाँले तिनीहरूलाई भन्नुभयो, "तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।" लूका २२:४०,४६
प्रार्थना मार्फत, हामीले पापको प्रलोभनलाई जित्न सक्छौं।
शैतान त्यति बेला काप्दँछ जति बेला एक कमजोर पढाई आफ्नो घुँडामा आउँदछ।
परीक्षा आफैमा पाप होइन तर यसले हामीलाई पापतिर धकेल्ने क्षमता राख्दछ। येशू परीक्षित हुनुभयो (मर्कूस १:१३, लूका ४:१-१३) तर उहाँले कहिल्यै पाप गर्नुभएन (हिब्रू ४:१५)।
परीक्षित हुनु के हो येशू ख्रीष्टलाई राम्ररी थाहा थियो। परीक्षामा परेर यसमाथि विजय हुनु त राम्रो हो तर सबभन्दा असल चाहिँ परीक्षामा नै नपर्नु हो। यसकारण उहाँले हामीलाई परीक्षामा पर्न नदिनुहोस् भनि प्रार्थना गर्न सिकाउनुभयो। लूका ११:४
हामी दुईवटा माध्यमहरुद्धारा परीक्षित हुन्छौं : शैतान र हाम्रो आफ्नै पापमय स्वभाव।
प्रेरित ५ अध्यायमा हननिया र सफिरा अन्य विश्वासीहरु सामु बढि आत्मिक र धार्मिक देखिन बेचेको जमिनको सबै रकम भेटीमा ल्याएको भनि झुट बोल्छन। तब प्रेरित पत्रूसले भने, "ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? (३)
यहूदा इस्करियोतले शैतानको प्रभावद्धारा नै येशू ख्रीष्टलाई धोखा दिए (लूका २२:३; यूहन्ना १३:२)।
बाइबलले भन्दछ, शैतान यस वर्तमान संसारको देव (२ कोरन्थी ४:४) र 'झुटको पिता'(यूहन्ना ८:४४) हो। यद्यपि, हाम्रो आफ्नै पापमय स्वभाव शैतानको सहयोगी हो। याकूब १:१३-१४ खण्डले बताउँदछ,
"परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, 'परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।' किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न।
तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।"
यसरी हामी शैतान र हाम्रो आफ्नै पापमय स्वभावद्धारा परीक्षामा पर्छौ। तर जब हामी प्रार्थनामा समय बिताउँछौ यी दुवै कारकहरुमाथि विजय हुने बल प्राप्त गर्छौं।
प्रेरित पावल रोमी १३: १४ मा भन्छन्,
तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
३. प्रार्थनाद्धारा बाँधाहरुमाथि विजय हुन्छौं :
नहूम १:७ ले भन्दछ, ".....दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ।"
तपाईको जीवनको समस्या र बाँधाहरुलाई लिएर परमेश्वरको उपस्थितिमा जानुहोस्। यस्तो भनाई छ, "यसरी प्रार्थना गर्नुहोस कि सबै कुरा परमेश्वरमा निर्भर छ र यसरी काम गर्नुहोस कि सबै कुरा तपाईमा निर्भर छ।"
प्रार्थना र काम एउटै सिक्काको दुईवटा पाटोहरु हुन।
टि. एल ओस्बर्न, "तपाईले परमेश्वरलाई ती कुरा गर्न नलगाउनुहोस जुन उहाँले पहिल्यै गरिसक्नुभएको छ; र ती कुराहरु गर्न नलगाउनुहोस जुन उहाँले तपाईलाई गर्न भन्नुभएको छ।"
समस्या र बाँधाहरुमाथि विजय हुनको निम्ति परमेश्वरमा भरोसा गर्नुपर्छ र हाम्रो भाग गर्नुपर्छ।
प्रार्थनाको सबैभन्दा ठूलो अवरोध हाम्रो शंका हो।
याकूब १:६-८
६. तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
७. त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
८. किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।
प्रार्थना गर्नु र शंका गर्नु भनेको चाहिँ हामीले आफैलाई एैनामा हेरेर बिर्सन्नु जस्तै हो।
कथा अल्बर्ट आइन्स्टाइनको बारेमा छ जो एक पटक प्रिन्सटनबाट ट्रेनमा यात्रा गर्दै थिए जब कन्डक्टरले प्रत्येक यात्रुको टिकट जाँच्दै उनीकहाँ आउँदा आइन्स्टाइनले आफ्नो कोटको खल्तीमा टिकट खोजे तर उसले आफ्नो टिकट फेला पार्न सकेनन, त्यसैले ऊ आफ्नो पाइन्टको खल्तीमा पुग्यो। त्यहाँ थिएन, त्यसैले उसले आफ्नो ब्रीफकेसमा हेर्यो तर फेला पार्न सकेन। त्यसपछि उनले आफ्नो छेउको सिटमा हेरे । उसले अझै फेला पार्न सकेन। कन्डक्टरले भने, "डा. आइन्स्टाइन, मलाई थाहा छ तपाईं को हुनुहुन्छ। हामी सबैलाई थाहा छ तपाईं को हुनुहुन्छ। म पक्का छु कि तपाईंले टिकट किन्नु भएको छ। चिन्ता नगर्नुहोस्।" आइन्स्टाइनले धन्यवादी हुँदै टाउको हल्लाए। कन्डक्टरले टिकट जाँच्ने कार्यलाई निरन्तरता दियो। जब उनी अर्को अगाडी जान तयार थिए, उनले पछाडि फर्के र महान् भौतिकशास्त्रीलाई आफ्नो हात र घुँडा टेकेर टिकटको लागि आफ्नो सीट मुनि हेरिरहेका देखे। कन्डक्टरले हतारिएर फर्केर भन्यो, "डा. आइन्स्टाइन, डा. आइन्स्टाइन, चिन्ता नगर्नुहोस्, मलाई थाहा छ तपाईं को हुनुहुन्छ। कुनै समस्या छैन। तपाईंलाई टिकट चाहिँदैन। म पक्का छु कि तपाईंले एउटा किन्नु भयो। आइन्स्टाइनले उसलाई हेरेर भने, "भाई, मलाई पनि थाहा छ म को हुँ। मलाई के थाहा छैन भने म कहाँ जाँदैछु। यसकारण टिकट खोजेको हुँ। "
Comments
Post a Comment