एबेन-एजेर : सहायताको ढुङ्गा
"परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो।" १ शमूएल ७:१२
पृष्ठभूमि:
- तिनीहरुले विगतलाई सम्झिए :
"यहाँसम्म" भन्ने शब्दले विगतलाई औल्याउँदछ।
विगतलाई फर्किएर हेर्दा प्राय हामी हाम्रो सफलता, विजयता, उपलब्धि र असल क्षणहरुलाई सम्झन्छौं तर यस खण्डले इस्राएलीहरुको बिस वर्ष पहिलेको हार, लाज, चोट, पलिश्तिहरुको दमन र इस्राएलबाट परमेश्वरको महिमा हटेको दिनहरुलाई पनि समेटदछ।
परमेश्वर हामीले हाम्रो विगतलाई भुलेको चाहनुहुन्न तर विगतबाट सिकेको चाहनुहुन्छ।
विगतले सधैं परमेश्वरको कृपालाई दर्शाउँछ। एफिससको मण्डलीलाई येशूले भन्नुभयो,
"यसकारण कहाँबाट तिमी खसेका छौं, सो सम्झ, र पश्चाताप गर...। " - प्रकाश २:५
हुन सक्छ यस साल हामीले धेरै गल्तीहरु गर्यौं होला, गलत निर्णयहरु लियौं होला, परमेश्वरको विरुद्धमा हाम्रा कदमहरु चाल्यौं होला तर यस २०२३ साललाई बिदाई गर्दै गर्दा हामीले यस सालबाट सिकेको परमेश्वर चाहनुहुन्छ र यसको लागि उहाँले हामीलाई २०२४ अवसर र मौकाको रुपमा दिदैं हुनुहुन्छ।
यशैया अगमवक्ताद्धारा परमप्रभुले भन्नुभयो,
"अघि-अघिका पुराना कुरा सम्झ।" यशैया ४६:९
हामी विगतका कुराहरुमा अल्झिनु चाहिँ हुदैँन किनकि बाइबलले भन्दछ, "यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।" - २ कोरन्थी ५:१७
पुरानो कुराहरु बितिगएको र हामी ख्रीष्टमा नयाँ सृष्टि भएको कारण पुरानो कुराहरुमा डुब्ने र अल्झिने अथवा विगतमा जिउने इशाई हामी हुनुहुदैँन्। धेरै जना विगतको कुराहरुका कारण वर्तमानमा आत्मग्लानि, पश्चाताप र पिडाकासाथ जिउने गर्छन। परमेश्वर त्यो चाहनुहुन्न।
यसको अर्थ हामीले विगतलाई घृणा गर्नुपर्छ, विगतलाई हेर्नु हुन्न, विगतलाई हामीबाट सकेसम्म टाढा राख्नुपर्छ भनेको होइन। हामीले त विगतलाई सम्झना गरेर त्यसबाट सिकेको र विगतका आशिषहरुलाई सम्झिएर परमेश्वरप्रति कृतज्ञ भएको उहाँ चाहनुहुन्छ।
इस्राएलीहरुले विगतलाई सम्झना गरे र हरेक पल परमेश्वर
उनीहरुको साथमा नै हुनभएको कुरालाई देखे। उनीहरुको विजयमा, उनीहरुको हारमा, उनीहरुको सफलतामा अनि उनीहरुको असफलतामा, प्रशस्ततामा अनि अभावमा, बलमा अनि कमजोरीमा परमेश्वर सधैं उनीहरुसँगै हुनुहुन्थ्यो। जब तिनीहरुले यो देखे तब उनीहरुले सम्झनाको रुपमा स्मारक खड गरे। त्यसलाई तिनीहरुले "एबेन-एजेर" नाउँ राखे।
- वर्तमानमा आराधना र पश्चाताप
इस्राएल कुल परमप्रभुलाई आराधना चढाउन र पश्चाताप गर्न भेला भए। साँचो आराधना र पश्चातापको लागि चाहिने एउटै थोकचाहिँ तपाईको हृदय हो।
१ शमूएल ७:३ "आफ्ना पुरा मन", "आफ्ना पुरा मन र हृदयले"
जब तिनीहरु मिस्पामा भेला भए। वास्तवमा मिस्पाको अर्थ 'परमप्रभुले हेर्नुहुन्छ' हो। तब तिनीहरुले एउटा अचम्मको रिति गरेको छ जुन हामी बाइबलमा भेट्टाउँदैनौं। तिनीहरुले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए (६)। इस्राएलीहरुले सांकेतिक रुपमा परमप्रभुलाई आफ्नो पूर्ण हृदय सुम्पेका थिए।
विलाप २:१९ ले भन्दछ, "परमप्रभुको उपस्थितिमा नै तेरो हृदय पानीझैं पोखरा।"
पलिश्तिहरुले उनीहरुको बिरुद्ध लडाईं लड्न इस्राएलीहरु भेला भएको सोचि इस्राएलीहरु विरुद्ध आफ्नो सेनाहरु लिएर अगि बढे।
तब शमूएलले छुटकाराको निम्ति होमबलि चढाए। यसरी लेखिएको छ कि परमप्रभु पलिश्तिहरुका विरुद्ध ठूलो सोरले गर्जनुभयो र तिनीहरुका बिचमा खलबली पार्नुभयो।
महत्वपूर्ण आत्मिक प्रकाश:
ध्यान दिनुहोस् थुमाद्धारा विजय सुरु भयो र विजयको अन्त थुमाको घरमा भयो। जसै शमूएलले थुमाको बलि चढाए त्यसै समयबाट इस्राएलीहरु विजयी हुन थाले।
जब बप्तिस्मा दिने यूहन्नाले येशूलाई देखे तिनले भन्छन्, "हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुना!" १ यूहन्ना १:२९
येशू नै त्यो बलिदान हुनुहुन्छ, उहाँ नै हाम्रो एबेन-एजेर, हाम्रो छुटकारा र सहायताको ढुङ्गा हुनुहुन्छ।
अझै लेखिएको छ, इस्राएलीहरुले पलिश्तिहरुलाई बेथ-करसम्म खेदे (१ शमूएल ७:११)। बेथ-करको हिब्रू अर्थ "थुमाको घर" हो।
शैतानको विरुद्ध हाम्रो विजयको बाटो क्रूसबाट सुरु हुन्छ, जहाँ येशू हाम्रो एबेन-एजेर, परमेश्वरको थुमाले हाम्रो पापको लागि आफ्नो जीवन बलिदान गर्नुभयो।
हामी त्यति बेला विजेता हुन्छौं जति बेला यस बलिदानलाई स्विकारेर येशूलाई हाम्रो हृदयमा आउन आग्रह गर्दछौं। आज परमेश्वरको थुमाको घर तपाईको हृदय हो। तपाईभित्र परमेश्वर वास गर्न चाहनुहुन्छ। वर्तमान बेथ-कर चाहिँ तपाईको हृदय हो।
इस्राएलीहरुले बिस वर्षअघि यहि कुरालाई बुझ्न सकेका थिएनन्। उनीहरुले सोचे कि परमप्रभु त सन्दुकमा मात्र वास गर्नुहुन्छ। उनीहरुले आफ्नो हृदय परमेश्वरको निम्ति सफा राखेका थिएनन्, उनीहरुको हृदयमा चाहिँ विभिन्न मूर्तिहरुलाई राखेका थिए। जब तिनीहरुले लडाँई हारे तब सन्दुकको परमप्रभुलाई लडाँईमा लगेमा विजयी हुने सोचेर सन्दुक लादाँ इस्राएलीहरुले झन ठूलो हार बेहोर्नुपरेको थियो। तिनीहरुले परमप्रभुमा भन्दा पनि सन्दुकको चमत्कारमाथि आफ्नो भरोसा राखेका थिए।
त्यो दिन सन्दुक शत्रुको कब्जामा पर्यो, एली पुजाहारी र तिनको दुई छोरोको मृत्यु भयो र तीस हजार इस्राएली सेना लडाँईमा मारियो।
कतै हाम्रो हृदय पनि परमेश्वरको सामु इस्राएलीहरुको जस्तै त छैन? कतै हामीले पनि परमेश्वरलाई अन्य स्थानहरुमा खोजिरहेका त छैनौं?
- तिनीहरुले भविष्यको आशा र निर्धक्कतालाई देखे।
भविष्यको अनिश्चिततालाई हेर्दै गर्दा हामी निराश हुन सक्छौं। अब के हुने हो, कसरी गर्ने हो, यसलाई कसरी पार गर्ने हो, होला त? यस्ता अनिश्चितताहरु यति डरलाग्दो हुन्छ कि यसले हाम्रो विश्वासलाई नै डगमगाइदिन्छ। इस्राएलीहरुको अगाडि यस्तै अन्यौलता र अनिश्चितताको भविष्य थियो। तर शमूएलल इस्राएलीहरुलाई यहाँ परमेश्वरको विश्वासयोग्यताद्धारा उनीहरुलाई निर्धक्कता दिन चाहन्थ्यो। यदि विगत र वर्तमानमा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो र हुनुहुन्छ भने भविष्यमा पनि उहाँ हाम्रो साथमा हुनुहुनेछ।
हामीले विगतमा उहाँमा भरोसा गरेका छौं, उहाँ वर्तमानमा सक्रिय हुनुहुन्छ, र उहाँका प्रतिज्ञाहरुले हामीलाई भविष्यको लागि उहाँमा भर पर्न प्रेरित गर्नुपर्छ। र मलाई विश्वास लाग्दैन कि उहाँले हामीलाई छाडेर विचल्लित पार्न यहाँसम्म ल्याउनुभएको हो।
कसैले यसरी भनेका छन्, "उहाँले हामीलाई डुब्नको निम्ति पौडिन सिकाउनुभएको होइन। उहाँले हामीलाई एक्लो हुन परिवारमा बसाल्नुभएको होइन। उहाँले हामीलाई ओडारमा बस्न घर बनाउन लगाउनुभएको होइन। उहाँले हामीलाई गिराउन उचाल्नुभएको होइन्। उहाँले हामीलाई बिचमै छाडन यहाँसम्म ल्याउनुभएको होइन्। "
सबैले भनौं "एबेन-एजेर : परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो।"
After he set up the memorial stone, he named it “Ebenezer.” We ought to know about this name, since many African-American churches have it as a part of their name.
This name comes up exactly three times in the Old Testament. Two of those times the name comes up to simply identify a specific place for specific events, but the most important occurrence of this word is right here. The name literally means “the stone of the help.” It is not “the stone of help” or “stone of the help,” but “the stone of the help.” There is an article before both words.
· This is not a stone of a specific incident of help.
· This is not the stone of some nondescript help.
· This is the stone of the specific help that was received in this specific battle.
The grammatical construction reminds me of the grammatical construction in
John 1:4, “In Him was life, and the life was the light of men.”
Whenever two epithets, i.e. adjectives that are used as names, are compared in the Greek and there are articles before both epithets, the two are interchangeable. The life was the light of men, and the light was the life of men. This seems to be the same principle in 1 Samuel 7:12.
This is not true of
1 John 4:8, “The one who does not love does not know God, for God is love.”
There is only one article in the phrase, “God is love:” “The God is love.” It does not say, “The God is the Love.” And, therefore, you cannot say, “The Love is The God.” Therefore we can say that God as to His nature is love, but love as to its nature is not necessarily God.
An epithet is a literary device that describes a person, place, or object by accompanying or replacing it with a descriptive word or phrase. The word “epithet” comes from the Greek word “epitheton” (neuter of “epithetos”) which translates to “added” or “attributed.”
Comments
Post a Comment