धेरै पटक हामी सहज र आरामदायी समयहरुमा भन्दा पनि बढि अस्थिर, गाह्रो र अप्ठ्याराे परिस्थितिहरुबिचमा बढि परमेश्वरमा नजिक हुँदछौ। सुखले भन्दा बढि दुखले सिकाउँछ। हामी सुखमा परमेश्वरलाई भुलिरहेका हुन्छौं। जब दुख र कष्ट आइपर्छ हामी उहाँमा निर्भर हुन फर्कन्छौं। हामी सिक्छौं कि उहाँबिना हामी केहि पनि होइनौं। जसरी उडन्ते पुत्रले आफ्नो पिताको उपस्थितिबाट टाढा रहँदै गर्दा महसुस गर्दछ कि वास्तवमा उसले खोजेको साँचो स्वतन्त्रता, सफलता, सुख र आनन्द अरुमा नभएर पिताको घरमा रहेछ। अस्थिरताबिचको विश्वासचाहिँ सबैभन्दा कडा र दरिलो भरोसा बन्दछ। अस्थिर र कठिन परिस्थितिहरुमा नै हामी आफूभित्र खोतल्दछौं र त्यस बहूमूल्य रत्नलाई भेट्टाउँदछौं र त्यो रत्न अरु केहि नभएर परमेश्वरमाथिको हाम्रो भरोसा हो। यस भरोसाले हामीलाई आशा प्रदान गर्दछ। एउटा भनाई छ, मानिस हावाबिना २ मिनेट बाँच्न सक्छ, पानी बिना १ हप्ता र खानाबिना १ महिना तर आशा बिना ऊ एक पल एकै क्
रोमी ८:२८-३९
२८. हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
हिएन फामको कथा (१९७१)
प्रेरित पावल यहाँ हरेक कुरा भलाईपुर्ण हुन्छ भन्दैनन्। त्यहाँ नकारात्मक र खराब कुराहरु पनि छन्, तपाईको कुभलो चिताउने र निराश पार्ने मानिसहरु पनि हुन्छन्, कठिन र गाह्रो परिस्थितिहरु पनि आउनेछन्।
जब तपाईको जीवनमा अचानक बाँधा र समस्या आइपर्छ भन्नुहोस् 'यो सबै मिलेर भलाई नै हुनेछ'।
भलाई : ἀγαθὸς 'agathos'
अर्थ : उत्तमता,असल,फाईदाजनक
उदाहरण : योसेफको जीवनी
परमेश्वर खराबीलाई असलमा बदल्न सक्षम हुनुहुन्छ। पहिलो शताब्दीको मण्डलीहरुमा जब रोमी साम्राज्यमा इशाईहरु उनीहरुको विश्वासको खातिर सताइन र मारिन थाले, तब मण्डली झनै वृद्धि भयो। टर्टुलियनले यो सबै देखेर यसरी भने, "शहिदहरुको रगत मण्डलीको बिऊ हो।"
जति रगत बग्दछ त्यति नै बढि मण्डली वृद्धि हुँदछ। परमेश्वरले हाम्रो कमजोरीहरुलाई हाम्रो शक्तिमा परिणत गरिदिनुहुन्छ।
रोबर्ट धुले, "परमेश्वरले ठेस लाग्ने ढुंगाहरुलाई पाइलाको लागि टेक्ने ढुंगामा परिणत गर्नुहुन्छ।"
त्यसो हो भने के यो प्रतिज्ञा हरेकको निम्ति हो? यो प्रतिज्ञा कसको निम्ति लागु हुन्छ?
- परमेश्वरलाई प्रेम गर्नेहरुको निम्ति :
- परमेश्वरको अभिप्राय अनुसार बोलाइएकाहरुको निम्ति :
बोलाइएकाहरु (klētos) को अर्थ केवल बोलावट पाएकाहरु मात्र होइन तर जसले ती बोलावटलाई प्रतिक्रिया दिएका छन, त्यस बोलावटलाई स्विकार गरेका छन् र त्यस बोलावटमा समर्पित भई जिएका छन्। किनकि धर्मशास्त्रले भन्दछ, "बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” (मत्ती २२:१४)
रेभ.जे.स्टेवर्ट होल्डनको कथा (१९१२ को घटना)
२९. जस-जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
यर्मिया १:५
“मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
"पहिलेबाटै चिन्नुभएको छ" : προγινώσκω (transliterated proginōskō)
प्रेरित पावल भन्छन्, "उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो।" (एफिसी १:४)
परमेश्वर हामी हरेक ख्रीष्टको चरित्र र जीवनमा रुपान्तरित भएको चाहनुहुन्छ। हामी हरेक ख्रीष्टजस्तै पवित्र र निष्कलङ्क हुन कोशिस गर्नुपर्दछ। हामी कोहि पनि सिद्ध छैनौं। हामी हरेकले पाप गरेका छौँ र हामीमा अनगिन्ती पाप छ तर ख्रीष्टको प्रज्वलित पवित्रताले हाम्रो दागहरुलाई ढाकिदिएको छ। आज हामी हरेकदिन ख्रीष्टको सिद्धतातर्फ लम्किरहेका छौं।
३०. जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
३१. हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ?
३२. जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
दिनुभयो : paradidomai
अर्थ : कष्ट, दण्ड र मृत्युको निम्ति सुम्पनु
प्रियहरु! वास्तवमा, उद्धार हामीलाई हाम्रो पापको दण्डबाट दिनु मात्र होइन तर यो हामीलाई अनन्तको आशिषमा लिएर जानु हो।
दिनुहुनेछैन र? : charizomai
अर्थ : यस शब्दले हामी पाउनुपर्ने, हाम्रो अधिकारको कुराको बारेमा बोलेको छैन। यसको अर्थ हामी यो प्राप्त गर्न अयोग्य भएतापनि पूर्ण रुपमा परमेश्वरको अनुग्रह र कृपामा दिइनु हो। यस शब्दको अर्थ सित्तैमा दिनु हो।
३३. परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने,
३४. दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।
३५. कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दु:खले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले?
३६. यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।” (भजन. ४४:२२)
३७. होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।
यस जीवनमा सजावट, समस्या र अवरोध अवश्य हुनेछ तर हामीलाई परमेश्वरको प्रेमदेखि कुनै कठिन भन्दा कठिन कुराले अलग गर्न सक्दैन।
१५५ इस्वी मा स्मुर्नाका वृद्ध विशप पोलीकार्पलाई इशाई भएको कारण रोमी न्यायाधीश सामु प्रस्तुत गरियो। न्यायाधीशले ख्रीष्टलाई इन्कार नगरेमा सिंहको खोरमा हालिने र अन्तमा जिउँदै
जलाइने चेतावनी दिए।
जलाइने चेतावनी दिए।
तर मण्डली इतिहासकार युसेबियसले यसरी रेकर्ड गरेका छन्,
"जब न्यायाधीशले पोलीकार्पलाई दबाब दिएर भन्यो, 'ख्रीष्टको निन्दा गर र म तिमीलाई छोडिदिनेछु; पोलीकार्पले भने, 'छ्यासी वर्षदेखि मैले उहाँको सेवा गरेको छु, र मेरो जीवनकालभर उहाँले मप्रति विश्वासयोग्य हुनभयो र मलाई कुनै गलत गर्नुभएको छैन। अब मर्ने बेलामा म कसरी मेरो राजा जसले मलाई बचाउनुभयो, उहाँको निन्दा गर्न सक्छु?"
अन्तसम्म उनी आफ्नो अडानमा स्थिर रहे र उनलाई आगोमा जलाइयो।
अब मलाई को कसमाथि विजयी भयो? के इशाई घृणा गर्ने मानिसहरु जसले एक वृद्ध इशाईलाई जलाएका थिए? कुनै शंकाबिना पोलीकार्प त्यसदिन विजयीभन्दा अझ बढि ठहरिए। मानिसहरुले उनीभित्रको ख्रीष्टको प्रेम र बविश्वासलाई जलाउन सकेनन्। त्यस दिन उसो उनको जीवन गवाहि संसारभर फैलँदै गयो।
३८. किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
३९. उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।

Comments
Post a Comment