रेभ.जे.स्टेवर्ट होल्डेन- जसले टाईटानिक जहाजको टिकेट किनेका थिए तर कहिल्यै जहाज चढेनन्

      प्रिय जनहरु, धेरै पटक हाम्रो जीवनमा केहि त्यस्ता घटनाहरु घट्दछ, त्यस्ता परिस्थिति र अवस्थाहरु सिर्जना हुदछ जसले हामीलाई आफैसंग प्रश्न गर्न बाध्य तुल्याउदछ  'आखिर किन मेरै जीवनमा त ?', 'किन म संग मात्र यस्तो हुने गर्छ?' । हाम्रो विगतलाई फर्केर हेर्ने हो भने अवस्य हामी त्यस्ता समयहरुलाई हाम्रो जीवनमा भेटाउछौ तर अहिले हामी ती सबै उत्तारचढावमय समयको लागि परमेश्वोरलाई धन्यवाद नदि रहन सक्दैनौ। पावल लेख्छन, "हामी जान्दछौ, उहालाई प्रेम गर्नेहरु र उहाका अभिप्रायअनुसार बोलाइएकहरुका निम्ति हरेक कुरामा परमेश्वोरले भलाइ नै गर्नुहुन्छ"( रोमी ८:२८) । 

               रेभ. जे.स्टेवर्ट होल्डेन (१८७०-१९३४)

       यस्तै घटना रेभ.जे.स्टेवर्ट होल्डेनको जीवनमा पनि घटन् पुग्यो जुन घटनाले उनलाई मात्र होइन सारा विश्वलाई नै चकित तुल्याईदियो। सन् १९१२ मा रेभ. होल्डेन लन्डनबाट न्यूयोर्कको यात्राको लागि तयारी गर्दै थिए जहाँ उनलाई इशाई सम्मेलनमा बोल्नको निम्ति निम्तो दिइएको थियो। अप्रिल २० बाट सुरु हुने ६ दिने सम्मेलन न्यूयोर्कको कार्नेगी हलमा आयोजना गरिएको थियो। यस यात्राको निम्ति उनले टाईटानिक जहाजको पहिलो कक्षको टिकेट बुक गरे।

यद्यपि,होल्डेनकी श्रीमती अचानक बिरामी पर्छिन् र जहाज हिड्ने अघिल्लो दिन,अप्रिल ९ मा उनले आफ्नो यात्रालाई रद्ध गर्दछ ताकी आफ्नो श्रीमतीको हेरचाह गर्न सकुन। तर केहि दिन पछि, १४-१५ अप्रिल, १९१२ ठुलो जहाजको दुर्घटना भयो र लगभग १५०० जहाज यात्रुहरुको मृत्यु भयो र त्यो जहाज अरु कुनै नभएर रेभ. होल्डेनले बुक गरेको टाईटानिक जहाज थियो। उनको हृदय राहत र कृतज्ञताले भरियो। यस अप्रत्याशित छुटकारा रेभ.होल्डेनले आफ्नो टिकेटलाई बोर्डमा फ्रेम गरेर राखे जसमा उनले भजनसंग्रह १०३ का यी शब्दहरु थपे, "जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ"

यो टिकेट रेभ. होल्डेनको जीवनभर उनको अध्ययन कोठाको भित्तामा झुण्डियो। उनको मृत्युपश्चात यसलाई लिभरपुल मेर्सीसाइड मेरीटाइम संग्रहालयमा दान स्वरूप दिइयो।


कविराज राई






Follow us on Facebook:

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe Our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ




Comments