कसरी अय्यूबको विश्वास त्यति बलियो भयो?
कसरी उसले त्यस्तो अकल्पनीय पीडा सहन सक्यो?
"तर मैले लिएको बाटो उहाँ जान्नुहुन्छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।"- अय्यूब २३:१०
अय्यूब अघि भन्दै थिए, "उहाँलाई भेट्टाउन मात्र सके त, उहाँको वासस्थानमा पस्न मात्र पाए त,....'यदि म पूर्वतिर गएँ भने उहाँ त्यहाँ हुनुहुन्न, पश्चिमतिर गएँ भने म उहाँलाई त्यहाँ पाउँदिनँ। उहाँले उत्तरतिर काम गर्नुहुँदा उहाँलाई भेट्टाउँदिनँ, उहाँ दक्षिणतिर फर्कनुहुँदा पनि म उहाँलाई देख्न सक्दिनँ।' " (अय्यूब २३:३, ८-९)
तर यहाँ उनी भन्छन्, "परमप्रभु जान्नुहुन्छ"।
यस शब्दलाई हिब्रूमा 'याडा' भनिन्छ जसको अर्थ 'अनुभविय ज्ञान' हो। यसको अर्थ परमेश्वर तपाईको अवस्था र परिस्थितिहरुप्रति सचेत मात्र हुनुहुन्न तर उहाँ त्यसलाई अनुभव पनि गर्नुहुन्छ। तपाईले भोगीरहनुभएको पिडा, उहाँलाई थाहा छ। उहाँ त्यसलाई महसुस गर्न सक्नुहुन्छ।
भजनकर्ता लेख्छन्,
"हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ।
भलै उनले आफ्नो दुखदायी घडीमा परमेश्वरलाई देख्न सकेका थिएनन न त उनलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने नै थाहा थियो तर उनी परमेश्वर हरसमय आफुलाई देखिरहनुभएको कुरा घोषणा गर्छन।" भजनसंग्रह १३९:१-३
"परमप्रभु जान्नुहुन्छ" किनकि परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। तपाई कस्तो अवस्था र परिस्थितिबाट गुज्रिरहनुभएको छ उहाँ जान्नुहुन्छ। उहाँबाट तपाईको दुख, पिडा र आशुँ लुकेको छैन्। उहाँ देख्नुहुने परमेश्वर "एल-रोइ" हुनुहुन्छ। उहाँले मरुभुमीमा हागारको चित्कार र पिडालाई देख्नुभयो। आज उहाँ तपाईलाई देख्नुहुन्छ।
उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु
"I shall come forth as gold"
यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु। (यर्मिया ९:७)
जाचँ : बाहान baw-khan' (בָּחַן)
धर्मशास्त्रमा बाहान प्राय आत्मिक अर्थमा प्रयोग गरिएको छ जसको अर्थ कसैको आत्मिक हृदय वा चरित्रलाई खोज्नु, जाँच्नु र प्रमाणित गर्नेु हो। अर्थात यस जाचँले तपाईलाई खारेर तपाई भित्रको असल गुणहरुलाई बाहिर निकाल्ने काम गर्दछ।
खार्ने प्रक्रिया सजाय होइन तर अशुद्धता निकालेर भित्रको सौन्दर्य प्रदर्शन गर्न आवश्यक प्रक्रिया हो। जब हामी खारिन्छौ परमेश्वरले चाहनुभएको सौन्दर्य हामीमा देखिन थाल्छ।
खानीबाट निकालिएको सुनलाई मिश्र धातु र अन्य अशुद्धताहरुबाट शुद्ध गर्न उच्च तापक्रममा जलाउनु पर्ने हुन्छ। सुन जति उच्च तापक्रममा जल्छ त्यति नै राम्रो र शुद्ध ठहरिन्छ। त्यसरी नै अय्यूब स्वीकार गर्छन कि तिनले सामना गरिरहेका जाचँहरुले तिनलाई खारिरहेका छन्।
त्यसो भए अय्यूबको जाचँको उद्देश्य के थियो?
अय्यूबको जाचँको उद्देश्य उनको चरित्रलाई निर्माण गर्नु, उनको विश्वासलाई खार्नु र शैतानको दाविलाई झुट साबित गर्नु ।
एक मिसनरी भारतीय कार्यशालामा भ्रमण गर्दछन्। त्यहाँ शिल्पकार सुन शुद्ध गर्दै थिए। उसले सुनलाई भाँडोमा पगाल्यो र निरन्तर तातो आगोमा राखिरह्यो। यो सबै हेरिरहेको मिसनरीले सोधे, "यो तयार छ भनेर तपाईलाई कसरी थाहा हुन्छ?"। शिल्पकारले जवाफ दिन्छ, "जब म यसमा मेरो अनुहारलाई देख्छु।"
तब मिसनरीले यसबाट बुझ्दछ कि अग्निमय कठिन जाचँहरुद्धारा ख्रीष्टको चरित्र हामीभित्र विकास भइरहेको हुन्छ। अभावले उहाँको आशिषप्रति कृतज्ञ बनाउँछ। जसले कहिल्यै अभावलाई अनुभव गरेको छैन, उसले परमेश्वरको आशिषलाई लत्याउँछ।
तपाईको विश्वास खारिनुको निम्ति कठिन जाचँहरुबाट गुज्रनै पर्छ। जुन विश्वास कठिनाई र जाचँबाट भएर गुज्रदैन त्यो विश्वास वृद्धि हुँदैन्।
"आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।" १ पत्रुस १:७
जाचँ चाहिँ विश्वासको प्रणालीको अभिन्न भाग हो। तपाई 'म ख्रीष्टलाई विश्वास गर्छु तर जाचँबाट गुज्रन चाहन्न' भन्न सक्नुहुन्न। जुन दिन तपाईले ख्रीष्टलाई विश्वास गर्नुभयो तपाईले आफ्नो विश्वासलाई जाचँबाट गुज्रने अनुमति दिनुभयो।
बाबइबलले भन्दछ, नबुकदनेसरले शद्रक, मेशक र अबेद्नगोलाई दन्किरहेको आगोको भट्टीमा हालिदिए। आगो यति भयंकर थियो कि उनीहरुलाई लैजाने सिपाहीहरु आगोले भस्म भयो। तर प्रियहरु! त्यो आगोको बिचमा उनीहरुलाई बचाउनुहुने चौंथो व्यक्ति ख्रीष्ट उनीहरुको साथमा हुनुहुन्थ्यो। उहाँले तिनीहरुलाई हातहातै थाम्नुभयो र यसरी बयान गरिएको छ कि उनीहरुले लगाएको लुगामा आगोको कुनै गन्ध समेत थिएन्।

Comments
Post a Comment