सधैं कृतज्ञ हुनु....

 सधैं कृतज्ञ हुनु.... 


बाइबलमा 'कृतज्ञता'लाई १५७ पटक उल्लेख गरेको छ।
'धन्यवाद' अथवा 'धन्यवाद देओ' शब्द ७६ पटक उल्लेख गरेको छ। 

लूका १७:११-१९

लूका १७:१४
उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो,  “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।”  
              यहाँ ख्रीष्टले यी दश कुष्ठरोगीहरुलाई पहिला निको पारेर 'जाओ..' भन्नुभएन न त उहाँले तिनीहरु अवश्य नै निको हुनेछन भनि कुनै प्रमाण नै दिनुभयो। यी रोगीहरुले येशूमा आफ्नो पूर्ण विश्वास र भरोसा राख्न आवश्यक थियो। 
'जब म ख्रीष्टलाई भरोसा गरेर उहाँको आज्ञापालन गर्नेछु, उहाँले मेरो जीवनमा यी कुरा गर्न सक्नुहुन्छ र म पुजाहारीकहाँ पुग्न अघि नै पूर्ण रुपमा निको हुनेछु' भनि कुष्ठरोगीहरुले विश्वास गर्न आवश्यक थियो। 
धेरैपटक हाम्रो कठिन समयहरुमा हामी ख्रिष्टमा विश्वास र भरोसा गर्न पछि परिरहेका हुन्छौं।
              विश्वास गर्नेहरुले चमत्कारका कार्यहरु देख्नेछन्। चमत्कार विश्वासको परिणाम हो, विश्वास चमत्कारको परिणाम हुनुहुँदैन। हामी धेरै पटक चमत्कारलाई देखेपछि मात्र विश्वास गर्न चाहन्छौं। तर चमत्कार र चिन्ह देखेर विश्वास गर्नेहरुको विश्वासचाहिँ क्षनिक मात्र हुन्छ। यसकारण येशू ख्रीष्टले भन्नुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ.....” (मत्ती १६:४)। यदि हाम्रो विश्वासको आधार ख्रीष्ट हुनुहुन्न भने त हामीले पनि फरिसी र सदुकीहरुले जसरी चिन्ह र चमत्कारका माग गरिरहेका हुन्छौं। 
              तपाईको जीवनमा ख्रीष्टले त्यस कुरालाई गर्न सक्नुहुन्छ भन्ने कुरामा कति निर्धक्क हुनुहुन्छ? के कुनै समाधान र विकल्प नदेख्दा पनि हामी उहाँमा अडिग रहन सक्छौं? कठिन परिस्थितिहरुमा, दोधार र अन्यौलतामा हामी कति आज्ञाकारी हुन्छौं? 
ती कुष्ठरोगीहरु आफ्नो विश्वासका कारण 'जाँदाजाँदै निको भइहाले' (१४)।

लूका १७:१५-१६
तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,
र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो।”  
कुष्ठरोगीहरु कुष्ठरोगबाट निको भएपछि मोशाको व्यवस्थाअनुसार आफूलाई शुद्ध घोषणा गर्न र आफ्नो घरसमाजमा एक सामान्य जीवन व्यतित गर्न पुजाहारीलाई देखाउन आवश्यक थियो (लेवी १४) ।
एउटा पापीको निम्ति आफ्नो पापबाट पूर्ण रुपमा मुक्त भएर  अनन्त जीवन पाई परमेश्वरमा कृतज्ञ हुने कुराचाहिँ निक्कै महत्वपूर्ण छ। परमेश्वरप्रति हामी कति कृतज्ञ हुन्छौं? के हरेक समय र अवस्थाहरुमा हामी उहाँमा धन्यवादी हुन सक्छौं? के हरेक घटिकमी र अभावमा तपाईले परमेश्वरलाई धन्यवाद चढाउनुभएको छ? सतावटमा, दुर्बलतामा, बाँधाहरुको बिचमा, हरेक उत्तारचढावमा‌‌, अस्वस्थतामा के तपाई निरन्तर कृतज्ञ हुनुहुन्छ? 
आशिष पाउँदा, प्रशस्ततामा, सुखमा, सफलतामा र आनन्दमा कृतज्ञ हुनु सजिलो छ। 

चर्चित बाइबल विद्धान म्याथ्यु हेनरीलाई एक पटक चोरहरुले उनलाई लुटे। तर उनले आफ्नाे डायरीमा यी अविस्मरणीय शब्दहरु लेखे:
“ म धन्यवाद दिन्छु किनकि पहिलाे त म कहिल्यै लुटिएको थिइन; दोस्रो, तिनीहरुले मलाई लुटे तापनि मेरो ज्यान लिएनन्; तेस्रो, उनीहरुले मसँग जे जति थिए त्यति मात्रै लुटे; चौंथो, लुटिनेमा अन्य कोहि गरिब, असहाय वा अशक्त मानिस परेन म परे”  

लूका १७:१७-१८
येशूले भन्‍नुभयो,  “के निको भएका दश जना होइनन्‌ र? अरू नौ जना कहाँ छन्‌?
के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?”
कृतज्ञतालाई ग्रीक भाषामा εὐχαριστία (eucharistia) भनिन्छ जसको अर्थ आराधनाको कार्य हो। जब हामी परमेश्वरप्रति धन्यवादि हुन्छौं, हामीबाट आराधना बग्दछ। 
डेभिड ओ. मिके, अमेरिकी धार्मिक अगुवा र शिक्षक, भन्छन्, :
“वास्तवमा धन्यवादभन्दा कृतज्ञताचाहिँ अझै गहिरो कुरा हो। धन्यवादि हुनुचाहिँ कृतज्ञताको सुरुवात हो। धन्यवादचाहिँ शब्दमै सिमित हुन सक्छ तर कृतज्ञताचाहिँ कार्यमा देखिन्छ।”   

दोस्रो विश्व युद्ध ताका दुई परिवार सेवा पश्चात पाष्टरकहाँ भेट्न आए। पहिलो परिवारले भने, 'पाष्टर, हाम्रो छोरो युद्धबाट शकुस‌‌‌ल घर फर्कि आएको छ यसकारण हामी धन्यवाद सहित २०० डलर भटी चढाउँछौं।'
दोस्रो परिवारले भन्दछ, 'पाष्टर हाम्रो छोरो युद्धबाट हामीकहाँ फर्केन तर ऊ परमेश्वरको घर फर्केको छ। यसकारण हामी ५०० डलर धन्यवा‌दको भेटी चढाउने।'

                कति पटक हामी ती नौं जना यहूदीहरु जस्तै परमेश्वरको अनुग्रह,‌ आशिष र कृपाको निम्ति उहाँमा धन्यवादी हुन बिर्सन्छौं। हामी छिट्टै हाम्रो विगत कति कहालिलाग्दो थियो भन्ने सत्यतालाई बिर्सन्छौं। हामी व्यस्त हुन्छौं र ख्रीष्टकहाँ फर्केर आउने समय हामीसँग हुँदैन। हामीले हरेक दिनको लागि, फेर्ने हरेक सासको लागि, परिवारको लागि, प्राप्त गरेको अनगिन्ती आशिषहरुको लागि उहाँमा कृतज्ञ हुन बिर्सिएका छौं। हामीले इच्छाएको कुराहरु पुरा हुँदा मात्र हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। 
 “हामी परमेश्वरप्रति धन्यवादि हुन अझ बढि चाहन्छौं तर हामीसँग भएको आशिषको कदर गर्दैनौं।”  
“कहिल्यै बालबालिकालाई कदर गर्ने क्षमता भन्दा बढि नदिनुहोस्”  - बारबारा बार्कर
हामीले पनि कतै न कतै परमेश्वरसँग फरिसी र सदुकिहरुले झैं चिन्ह चाहेका छौं तर हाम्रो जीवन उहाँले गर्नुभएको महान कार्यहरुको कदर गरेका छैनौं। 
१ थेसलोनिकी ५:१८
“सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।”  
        प्रियहरु! के तपाईको सबैभन्दा तल्लो समयमा, तपाईको जीवनको सबैभन्दा खराब समयमा, कठिन अवस्थाहरुमा पनि कृतज्ञ भइरहन सक्नुहुन्छ? आज हामीलाई यो ठूलो चुनौती छ।

'कृतज्ञता'को उदाहरण :
लूका ७:३५-५० खण्डमा हामी पापी स्त्रीको आराधना र कृतज्ञतालाई देख्न सक्छौं। तिनले महङ्गो अत्तरको ल्याई, ख्रीष्टको पाउ चुम्बन गरिन र पाउलाई आफ्नो केश र अत्तरले धोइ। कृतज्ञता केवल शब्दमा मात्र सिमित हुँदैन। मैले यसो भन्दा हाम्रो महङ्गा-महङ्गा र दामी -दामी उपहारले ख्रीष्ट प्रतिको कृतज्ञतालाई दर्शाउँछ भन्न खोजेको होइन। जब हामी परमेश्वरप्रति कृतज्ञ हुन्छौं यो आपसेआप हाम्रो कार्य र व्यवहारमा देखिन्छ। 

लूका १७:१९
अनि उहाँले त्‍यसलाई भन्‍नुभयो,  “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”
 “Arise, go thy way:thy faith hath made thee whole”  (KJV) 
बाकिँ नौ कुष्ठरोगीहरु पनि निको भएको थियो तर यहाँ ख्रीष्टले किन यस सामरीलाई 'तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ' भन्दै हुनुहुन्छ? बाकिँले विश्वास गरेका थिएनन र? थियो। यसकारण तिनीहरु निको भए। 
यस खण्डमा प्रयोग भएको 'निको' शब्दलाई ग्रीकमा solo भनिन्छ जसको अर्थ 'मृत्युबाट बचाइनु' हो। यस कुष्ठरोगी केवल शारीरिक रुपमा मात्र चङ्गाइ भएको थिएन तर उसले आत्मामा चङ्गाई पाएको थियो। 



Comments