प्रेरित पावलले इस्वी संवत् ५७ मा ग्रीक सहर कोरिन्थबाट रोमीहरूलाई पत्र लेखेका थिए। रोमीहरुलाई यो पत्र लेख्दैगर्दा पावल अहिलेसम्म रोम गएका थिएनन्, यधपि उनले निकट भविष्यमा त्यहाँ यात्रा गर्ने आफ्नो उत्कट इच्छालाई स्पष्ट रुपमा व्यक्त गरेका छन् (प्रेरित १९:२१; रोमी १:१०-१२)। यस समय रोमी इसाईहरूको सतावट सुरु भएको थिएन।
यस पत्र लेखिनु तीन वर्षअघि १६ वर्षीय नीरो रोमको सम्राटको रूपमा सिंहासनमा बसेका थिए।
६४ ईस्वीमा रोममा ठूलो आगलागि भयो। यो आगलागि नियन्त्रण गर्न लगभग ६ दिन लाग्यो। रोमको १४ वटा जिल्लाहरुमध्ये १० वटा ध्वस्त भएको थियो। तिनीहरुको ८०० वर्ष पुरानो मन्दिर नष्ट भएको थियो। रोमको दुई तिहाई भाग ध्वस्त भएको थियो। रोमले यसको दोष नीरोलाई लगायो। उनलाई रोम जलेर ध्वस्त हदाँ चुपचाप हात बाँधेर बसेको र आगो निभाउन कुनै प्रयत्न नगरेको भनि दोष्याइयो। पछि नीरोले रोमी इसाईहरुलाई बलिको बोका बनाइ, यस आगलागीको दोष उनीहरुमाथि लगाए र धेरैलाई क्रूसमा मृत्युदण्ड दिए। उसले लडाँकु लडने खेलमा इसाईहरुलाई सिंहलाई खुवाउने गर्दथ्यो र प्राय: उनको उत्सवहरुमा बगैंचामा उज्यालोको निम्ति इसाईहरुको शरीरलाई जलाइन्थ्यो । यसरी रोमी इसाईहरुको विरुद्ध ठूलो सतावट सुरु भयो। त्यसैले, पावलले त्यस्तो मण्डलीलाई चिट्ठी लेखेका थिए जुन मण्डलीमा शान्ति थियो तर त्यहाँ आधारभूत सुसमाचार सिद्धान्तको बलियो खुराकको आवश्यकता थियो ।
रोमीको पुस्तकको मूख्य विषयवस्तु भनेको मुक्तिको योजनामा परमेश्वरको धार्मिकता हो। परमेश्वरले हामीलाई मुक्ति दिने योजना मात्र बनाउनुभएन तर ख्रीष्टद्धारा हामीलाई उहाँको नजरमा धर्मी तुल्याउने निर्णय गर्नुभयो। ताकि हामी पनि उहाँको परिवारमा सामेल हुन सकौं। यसकारण रोमी ८:१५-१७ ले भन्दछ,
"किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं, त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी। उहाँसँग दु:ख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।"
यसरी हामीले परमेश्वरको अनुग्रहमा ख्रीष्टद्धारा मुक्ति मात्र प्राप्त गरेनौं तर धर्मी ठहरियौं, धर्मी मात्र ठहरिएनौं तर सन्तान हुने अधिकार प्राप्त गर्यौं। सन्तान हुने अधिकार मात्र प्राप्त गरेनौं तर ख्रीष्टसँग साझे-उत्तराधिकारी पनि भयौं। यसकारण अब परमेश्वरको ख्रीष्ट एकलौटे पुत्र हुनुहुन्न तर जेट्ठो पुत्र हुनुहुन्छ। ख्रीष्ट हाम्रो जेट्ठो दाजु हुनुहुन्छ।
रोमी पुस्तकको संचरना:
The Structure of the Book of Romans
- परिचय (An introduction) (१:१-१७)
- धार्मिकताको सिद्धान्त (A doctrinal section on justification) (१:१८—५:११)
- शुद्धीकरणको एक सैद्धान्तिक खण्ड (A doctrinal section on sanctification) (५:१२—८:३९)
- A parenthetical section on Israel (9:1—11:36),
- एक व्यबहारिक खण्ड (A practical application section) (१२:१—१५:१३);
- निष्कर्ष (A conclusion) (१५:१४—१६:२७).
रोमीहरुलाई लेखिएको पत्रको महत्व:
रोमीहरुलाई लेखिएको पत्रमा सबैभन्दा स्पष्ट र व्यवस्थित रुपमा इसाई सिद्धान्तहरुलाई प्रश्तुत गरिएको छ। पावलले मानवजातीको पाप र दुष्टतालाई जिकिर गरेर पत्रको सुरुवात गर्दछन्। परमेश्वरको विरुद्धमा हाम्रो विद्रोहको कारण सबै मानिसहरु दोषित छ। यधपि, परमेश्वर उहाँको अनुग्रहमा उहाँको पुत्र येशूख्रीष्टमा विश्वास गर्ने हरेकलाई धर्मी ठहराउनुहुन्छ।
हाम्रो धार्मिकता पूर्ण रुपमा हाम्रो चरित्र, हाम्रो जीवन र हाम्रो कर्ममा आधारित छैन तर हामी ख्रीष्टको कारण परमेस्वरको नजरमा धर्मी ठहरिएका हौं। ख्रीष्टको रगतले हाम्रो अनगिन्ती पापहरु ढाकिएको कारण परमेश्वर हामीलाई धर्मी ठहराउनुहुन्छ। तर हामीले परमेश्वरलाई खोज्ने कुरा मुक्ति प्राप्त भएपछि रोकिदैंन तर जारी रहन्छ किनकि जब हामी उहाँलाई पछयाउने प्रण गर्छौं हामी शुद्ध हुँदै जान्छौं र पवित्र तुल्याइन्छौं।
धार्मिकता के हो? अथवा धर्मी हुनु भनेको के हो?
बाइबलमा नोआलाई पहिलो पटक धर्मी मानिस भनिएको छ: "नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे।" उत्पत्ती ६:९
यहाँ हामी धर्मी हुनुको दुई पक्षहरु देख्न सक्छौं : निर्दोष हुनु (सहि काम गर्नु ) र परमेश्वरसँगको हिडँनु (उहाँसँगको सम्बन्ध)।
पुरानो नियममा यो प्राय: परमेश्वरको व्यवस्थासँग जोडिएको छ। व्यवस्था तपाईले के गर्नुपर्छ भन्ने बारे हो।
जब हामी रोमीको पुस्तकमा हेर्छौ प्रेरित पावलले ३-५ अध्यायमा धर्मी हुने कुराचाहिँ व्यवस्थामा होइन तर विश्वासमा निर्भर भएको बताउँछन। उनले उत्पत्ती१५:६ लाई उदृत गर्दै अब्राहामको उदाहरण दिन्छन्, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।” (रोमी ४:३)
यसकारण धर्मी हुनु हामीले के गर्छौ त्यसमा आधारित हुँदैन, तर परमेश्वरमाथिको हाम्रो विश्वासमा आधारित हुन्छ। येशूमा विश्वास गरेर हामीले पापको क्षमा पाउँछौ र परमेश्वरलाई स्वीकार्य हुन्छौं।
व्यवस्था र अनुग्रह :
६१३ व्यवस्था : २४८ सकारात्मक "यो गर" र ३६५ नकारात्मक "यो नगर"
व्यवस्थालाई तीन भागमा विभाजन गरिएको छ:
- धर्मविधि (ceremonial/ritual law)
- नागरिक व्यवस्था (Civil law)
- नैतिक/इश्वरिय व्यवस्था (१० आज्ञा) (Moral laws)
जब बाइबलमा हामी व्यवस्था रद्द भएको कुरालाई भेट्टाउछौं, यसले इश्वरीय व्यवस्थाको होइन तर धर्मविधि र नागरिक व्यवस्थाको ( केहि भाग) कुरा गरिरहेको छ भनि बुझ्न आवश्यक छ।
स्वयम ख्रीष्टले भन्नुभयो, “... म व्यवस्था रद्द गर्न होइन, तर पूरा गर्न आएँ।" (मत्ती ५:१७)
आज हामीले परमेश्वरलाई बलिदान चढाउन आवश्यक छैन, बलिदानको बोसे भागलाई जलाउन आवश्यक छैन न त खतना नै आवश्यक छ।
त्यसरी नै नागरिक व्यवस्था समय र परिस्थितिलाई हेरेर कति भाग रद्द भएको छ। उदाहरणको लागि व्यवस्थामा आफ्नो आमाबुबाको आज्ञा पालन नगर्ने, अनादर गर्ने अटेरी छोरालाई मरुञ्जेल ढुंगाले हान्नु (व्यवस्था २१:२ॽ) भनेको छ। आज हामी त्यसो गर्दैनौं। आजको समय र परिस्थिति फरक छ।
परमप्रभुले इस्राएलीहरुलाई शरण-नगरहरु स्थापना गर्ने आज्ञा दिनुभयो। यदि कसैले अन्जानमा कसैको हत्या गर्यो भने ऊ शरण-नगरहरुमा आफ्नो ज्यानको सुरक्षाको लागि भागेर जान सक्थ्यो (व्यवस्था ४:४१-४९)। आज हामी शरण-नगरहरु बनाउँदैनौ। हामीसँग प्रशासन, सरकार र कानुनहरु छन् जसको अधिनमा बस्नुपर्ने कुरालाई प्रेरित पावलले रोमी १३ अध्यायमा आज्ञा दिएका छन्।
वास्तवमा व्यवस्थाले आउनुहुने ख्रीष्टलाई औल्याइरहेको थियो। "विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो।" गलाती ३:२४
पुरानो नियममा इस्राएलीहरुले प्रायश्चितको दिन वर्षभरि गरेको पापको निम्ति बलिदान चढाउने गर्थ्यो । तर हिब्रू १०: ३ अनुसार "ती बलिदानहरुले पाप हरण गर्नुको सट्टा पापको सम्झना" गराउँथ्यो। ती बलिदानहरुले पाप हरण गर्नुको सट्टा एक सालको लागि पापलाई ढाकछोप मात्र गर्दथ्यो। किनकि साँढे र बोकाहरुको रगतले पाप र हरण गर्न असम्भव छ।" (हिब्रू १०:४)
यसकारण हाम्रो पापलाई हरण गर्नको निम्ति अझ उत्तम निष्खोट बलिको आवश्यक थियो जुन स्वयम ख्रीष्ट हुनुहुन्छ।
Comments
Post a Comment