१ कोरिन्थी १३

 Corinthians 13


पहिलो, यदि १ कोरन्थी १३औं अध्यायलाई नियाल्ने हो भने यो अध्याय त्यस्ता दुई अध्यायहरुको बिचमा छ जसले आत्मिक वरदान र विशेषगरी वरदान र आत्मिक परिपक्कता बिचको सम्बन्ध बारेमा बोल्दछ । (१२:१,४,९,२८,३०,३१; १४:१,३७)
दोस्रो, यदि यस पत्रमा आत्मिक वरदान र आत्मिक परिपक्कतालाई नजिकबाट नियाल्ने हो भने प्रेरित पावलले कोरन्थीका विश्वासीहरु वरदानले भरिपूर्ण भएका इशाईहरु भनि सम्बोधन गरेका छन् (१:७) र वास्तवमा उनीहरु वरदानले सुसज्जित इशाईहरु थिए। तर ३:१ मा प्रेरित पावलले यस्तो वरदानयुक्त मण्डलीलाई आत्मिक रुपमा अपरिपक्क अर्थात दुधे बालक नै रहेको बताउँछन्। कति अविश्वसनीय कुरा जुन मण्डली वरदानै-वरदानले भरिएकाे छ, त्यस मण्डलीका विश्वासीहरु आत्मिक रुपमा दुधे बालक सरह थिए। तर हामीले बुझ्नुपर्छ आत्मिक परिपक्कताको चिन्ह वरदान होइन। 
उनीहरु आत्मिक रुपमा अपरिपक्क मात्र थिएनन तर सांसारिक पनि थिए। 
"भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।
मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।
तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?" (१ कोरन्थी ३:१-३)
कोरन्थीका मण्डलीले वरदान र आत्मिक परिपक्कतालाई मिश्रित गरेका थिए। उनीहरुले सोच्न थालेका थिए कि केहि वरदानहरु (बिशेषत:अन्य भाषामा बोल्नु) नै आत्मिक परिपक्कताको चिन्ह हो। यसकारण कोरन्थीका मण्डलीको असन्तुलित आत्मिकपनालाई सन्तुलनमा ल्याउन १३ अध्याय जरुरी थियो। 
प्रेरित पावल लेख्छन, 
"मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।" (१ कोरिन्थी १३:१)
वास्तवमा त्यस समयको प्यागान (pagan cult)  पुजाहरुमा घण्टा र झ्यालीहरु ठूलो स्वरमा बजाइन्थ्यो जसको कुनै अर्थ हुँदैनथ्यो। 
तीखो जिब्रो भन्दा प्रेमले भरिएको नरम हृदयलाई परमेश्वर रुचाउनुहुन्छ। जब हामी प्रेमबिहिन ठूला-ठूला प्रभावकारी कार्यहरु गर्छौ, त्यसको कुनै औचित्य हुँदैन्। स्वार्थपूर्ण परोपकारी कार्यमा परमेश्वरबाटको कुनै आशिष छैन्। 
आज वास्तवमा धेरै मण्डलीहरु कोरन्थी मण्डलीकै अवस्थामा छ। हामी धेरै गर्न चाहन्छौं तर कम महसुस गर्न चाहन्छौं। प्रेमबिनाको वरदानले कुनै लाभ दिँदैन। प्रेमको कमिले कोरन्थीका मण्डलीमा विभाजन र फुट आएको थियो। उनीहरु एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भनि एक-अर्कासँग कलह गरिरहेका थिए।  
तेस्रो, अब प्रेरित पावल प्रेमलाई ब्याख्या गर्न यस अध्यायमा १४ क्रियापदहरुलाई प्रयोग गर्छन् जसमा सात वटा सकारात्मक र सात वटा नकारात्मक छन् (१ कोरन्थी १३:४-७) । क्रियापदले हाम्रो कार्यलाई जनाउँछ। प्रेम कार्यमा पूर्ण हुन्छ। यदि तपाई प्रेम गर्छु भन्नुहुन्छ तर कार्यमा उतार्नुहुन्न भने त्यो केवल तपाईको भावना मात्र हो। प्रेम व्यवहार र कार्यमा देखिनुपर्छ। 
प्रेमको सातवटा सकारात्मक क्रियाहरु :
- प्रेम सहनशील हुन्छ (makrothymei) 
- प्रेम दयालु हुन्छ (chresteuetai) 
- प्रेम ठिक कुरामा रमाउँछ 
- प्रेमले सबै कुरा पत्यार गर्छ
- प्रेमले सबै कुरामा आशा राख्छ
- प्रेम सबै कुरामा स्थिर रहन्छ
- प्रेमले सबै कुरा सहन्छ :
यदि तपाई साँचो रुपमा कसैलाई प्रेम गर्नुहुन्छ भने त्यस व्यक्तिको खराब कुरालाई सहनुहुन्न। पापलाई सहनु प्रेम होइन। यदि तपाई कसैलाई साँचो रुपमा वास्ता गर्नुहुन्छ भने तपाई उसको खराबीहरुमा पनि उसलाई साथ दिनुहुन्छ तर उसको गलत कुराहरुलाई सुधार्न मेहेनत गर्नुहुन्छ। प्रेमले सबै कुरा सहन्छ भन्नुको अर्थ प्रेमले जे कुरा पनि सहन्छ भन्ने होइन्।  "all things" are not "anything". सबै कुरा जुनसुकै कुरा होइन। प्राय हामीले बाइबललाई हाम्रो आफ्नै हिसाबमा बुझ्छौं मानौं यसको पहिलो दर्शक हामी नै हौं। 
म तपाईलाई उदाहरणको रुपमा एउटा खण्ड देखाउन चाहन्छु, "जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।" (फिलिप्पी ४:१३)
हामी यस खण्डलाई कसरी हेर्छौ? हामी यस खण्डलाई पावलले प्रत्यक्ष सिधै हामीलाई लेखेको जस्तो गरेर पढछौं। त्यसपछि "सबै कुरा" लाई "जुन सुकै/कुनै पनि कुरा" को रुपमा पढछौं। यो पत्र कहिले लेखियो? लगभग ईस्वी सम्बत् ६२ तिर। यस पत्रको पहिलो श्रोता को थिए? फिलिप्पीका मण्डली। यस पत्र लेख्दैगर्दा प्रेरित पावल कहाँ थिए? कैदमा। 
वास्तवमा पावलले "जे कुरा/कुनै पनि कुरा"को विषयमा लेखिरहेका थिएनन्। अलिकति नियाल्ने हो भने पावलले आफू कैदमा रहँदै गर्दाको कष्ट भोगाइको विषयमा लेखिरहेका थिए। परमेश्वरबाट प्राप्त हुने सामर्थ्यद्धारा सबै कष्ट र सतावटहरुमा विजयी हुन सक्ने कुरालाई उनी बताइरहेका छन्। 
वास्तवमा १ कोरन्थीको सम्पूर्ण पुस्तक नै १३ अध्यायसँग जोडिएको छ। १३औं अध्यायको "प्रेम हठी (घमण्ड) हुँदैन.." भन्ने वाक्यांशलाई ध्यान दिनुहोस् त। के यस भाषाशैलीलाई यस पत्रमा अगाडी देख्न सकिन्छ? हो, पावल भन्छन, "तिमीहरुचाहिँ घमण्ड गर्छौ।" (५:२)
यो पत्र कोरन्थीका मण्डलीमा बमको विस्फोटनको झटका जस्तै अवतरण भएको हुनुपर्छ। प्रेरित पावलले सठिक रुपमा प्रेमको बारेमा बोले किनकि यो नै एउटा यस्तो कुरा थियो जुन कोरन्थीहरुमा अभाव भएको थियो। तिनीहरु वरदानयुक्त समुह थिए तर तिनीहरु अझै बालक नै थिए। पावल तिनीहरु हुर्केर आफु जस्तै प्रेमद्धारा चिन्हित एक परिपक्क मानिस भएको चाहन्थे।

- सबैभन्दा उच्च सेवाकाई एक-अर्कालाई प्रेम गर्नु हो। Highest form of serving one another is to love another 
- प्रेमबिना वरदानको अभ्यासको कुनै अर्थ छैन। Without love practicing our gift has no meaning.
- जसले परमेश्वरलाई प्रेम गर्दैन वास्तवममा उसले प्रेम नै गर्दैन। Whoever doesn't love God, he doesn't love. 
बाइबलमा भएको चार किसिमको प्रेम 
Four kinda of love in the Bible :
१. Eros (एरोस) : पति पत्नी बिचको प्रेम 
२. Storge (स्टोर्जे) : आमाबाबु र छोराछोरी बिचको प्रेम 
३. Philia (फिलिया) : मित्रतामा हुने प्रेम 
४. Agape (अगापे) : परमेश्वरले गर्नुहुने प्रेम 

प्रेमको उच्चतम र सबैभन्दा महान रुप परमेश्वरले हामीलाई गर्ने प्रेममा देखिन्छ जसलाई हामी लागि 'agape/अगापे' प्रेम भन्छौं। येशू ख्रीष्टले क्रूशमा आफ्नो जीवन बलिदान गरेर सम्पूर्ण मानवजातीको पापको बोझ बोकेर यस प्रेमलाई प्रकट गर्नुभयो। यस प्रेमलाई हामी unconditional love. अर्थात शर्तविहिन प्रेम पनि भन्छौं। परमेश्वरले हामीलाई प्रेम गर्दैगर्दा हामी सामु कुनै शर्त राख्नुभएको। उहाँले हामी जस्तो थियौं त्यस्तै हामीलाई प्रेम गर्नुभयो। उहाँले हाम्रो विगत, हाम्रो पृष्ठभूमिलाई हेर्नुभएन तर हामीलाई असिमित प्रेम गर्ने निर्णय गर्नुभयो। 
"अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्‌, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।" (१३:१३)
प्रेम स्वयम परमेश्वरको सम्पत्ति हो। परमेश्वर स्वयम आफै भरोसा गर्नुहुन्न (यस अर्थमा कि उहाँ आफूलाई र आफ्नो सम्पूर्ण भरोसालाई कुनै अर्को प्राणीमा समर्पित गर्नुहुन्न)। यो गर्न उहाँलाई जरुरी छैन्। मानिस जसरी उहाँ कसैमाथि निर्भर हुनुहुन्न। यदि उहाँले यो गर्नुभयो भने त उहाँ परमेश्वर हुनुहुन्न। यदि उहाँले आशा गर्नुभयो भने उहाँ परमेश्वर हुनुहुन्न। तर यदि परमेश्वरले प्रेम गर्नुभएन भने उहाँ परमेश्वर हुनुहुन्न। परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८)।

Comments