जिउँदो बलिको रुपमा आफैलाई अर्पनुको अर्थ के हो?
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध( parakaleo) गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक। (रोमी १२:१-२)
प्रेरित पावलले प्रयोग गरेका अनुरोध शब्दलाई ग्रीकमा Parakaleo भनिन्छ जुन दुई शब्द मिलेर बनेको छ।
Para: alongsode (नजिक, साथमा, छेऊमा)
Kaleo: to call or to beckon (बिन्ति गर्नु, इशारा गर्नु, बोलाउनु)
यो दुवै शब्दलाई एकै ठाउँमा राख्दा यसको अर्थ हुन्छ, "कुनै व्यक्ति तपाईको नजिक्कै आएर तपाईलाई पूर्ण जोशकासाथ बिन्ति गर्नु वा इशारा गर्नु।"
वास्तवमा बिन्तिलाई Parakaleo शब्दमा यति शक्तिशाली रुपमा प्रश्तुत गरिएको छ कि एक बाइबल विद्धानले भनेका छन कि यो शब्दले प्रेरित पावललाई यसरी प्रश्तुत गरेको छ कि उनी आफ्नो घुँडामा आएर आफ्ना पाठकहरुलाई आफूले बोलेको कुरा सुन्न र यसलाई पालना गर्न बिन्ति गरिरहेको छन्।
यो महत्वपूर्ण छ कि parakaleo शब्दले अर्को अर्थलाई पनि बोकेको छ। नयाँ नियमको समयमा यस शब्दलाई सैन्य सेनाको कप्तानले आफ्नो सैनिकहरुलाई युद्ध पठाउन अघि सम्बोधन गर्दा प्रयोग गर्थे। कप्तानले आफ्नो सैनिकलाई युद्ध कठिन भएतापनि हार नखान र युद्ध जित्ने आज्ञा दिन्थे। यस खण्डमा प्रेरित पावल आफ्ना पाठकहरुलाई बिन्तिका साथसाथै ख्रीष्टको एक कप्तानको रुपमा आफ्नो शरीरलाई जिउँदो बलिको रुपमा परमेश्वरमा अर्पण गर्ने आज्ञा दिन्छन्।
यस खण्डमा प्रयोग गरिएको "अर्पण गर" शब्दलाई ग्रीकमा Paristemi भनिन्छ जसको अर्थ "प्रभुलाई केहि कुरो समर्पण गर्नु"।
वास्तवमा यो त्यहि शब्द हो जुन लूका २:२ प्रयोग गरिएको छ, जब योसेफ र मरियमले येशूलाई परमेश्वरमा प्रश्तुत गरे र मन्दिरमा समर्पण गरे।
जसरी योसेफ र मरियमले येशूलाई परमेश्वरमा पूर्ण रुपमा समर्पण गरे, पावलले हामीलाई हाम्रो शरीर परमेश्वरमा समर्पण गर्न आग्रह गर्दछन्।
प्रेरित पावलले प्रयोग गरेको शरीर Soma (ग्रीक) हो जसले भौतिक शरीरलाई बुझाउँदछ। पावलले सबै ठाउँमा विश्वासीहरुलाई तिनीहरुको भौतिक शरीरहरु परमेश्वरको सेवामा समर्पण गर्न आग्रह गरिरहेका थिए।
इशाईहरु आत्मामा मात्र केन्द्रित भएको कारण आत्मिक युद्धहरुमा सधैँ शरीर पराजित भएको छ। इशाईहरुले शरीरको कमजोरीहरुमाथि, यसको अभिलाषा र मोहहरुमाथि विजय पाउन सकेका छैनन्।
हामी आत्मामा बढि ध्यान मग्न भई शरीरलाई बेवास्ता गरेको कारण शैतानले हाम्रो शरीरको क्षेत्रलाई आक्रमण गरिरहेको छ। आज अन्यभाषा बोल्नेहरु रिसाइरहेका हुन्छन, भविष्यवाणी गर्नेहरु कुरा काटिराखेका हुन्छन, प्रार्थना गर्नेहरु पनि झुट बोलिरहेका हुन्छन, मीठो भजन गाउनेहरु पनि अरुलाई गाली गरिराखेका हुन्छन, वचन पढनेहरु पनि लोभलालचमा परिरहेका हुन्छन् किनकि आत्मामा चाहिँ हामीले नियन्त्रण पायौं तर शरीरचाहिँ निक्कै कमजोर छ।
हामी छिट्टै परीक्षा पर्नुको कारण चाहिँ ख्रीष्टले भन्नुभएको जस्तै “आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” (मत्ती २६:४१
- परमेश्वरको आराधना र उपासनाको निम्ति आफैलाई बलिदान गर्नु
- आफैलाई परमेश्वरको सिद्ध इच्छामा समर्पित गर्नु
- जिउँदो बलि आफैमा बाझिँएको शब्द हो। जनावरहरुको बलिदानको सन्दर्भमा बलि आफैमा जिउँदो हुन सक्दैन। हरेक जनावर बलिदानको निम्ति मारिनुपर्थ्यो यसकारण तिनीहरुमा प्रतिरोध,इन्कार, विरोध र चिच्याउन सक्ने क्षमता हुँदैन थियो। 'जिउँदो'शब्दले जिउँदै गर्दा अथवा हामी जिवित हुँदै वा हामीमा जीवन हुँदा नै भन्ने अर्थ बोकेको छ। परमेश्वर तपाई स्वयम आफ्नो स्वच्छाले उहाँको वेदीमा जिवित बलि हुनुभएको चाहनुहुन्छ। अब परमेश्वरलाई मरेको जनावरको आवश्यकता छैन तर उहाँ जिवित बलि चाहनुहुन्छ जोचाहिँ तपाई हुनुहुन्छ।
- तपाईको शरीरको स्वामित्व र प्रभुत्वलाई जीवित बलिदानको रुपमा परमेश्वरलाई दिनु
बलिदानबिना आराधना अपुरो हुँदछ।
यो चाहिँ पुरानो नियममा गरिने आराधनाको ढाँचा हो जहाँ कुनै पनि आराधकले परमेश्वरको उपस्थितिमा आउँदा भेडा वा गोरु वा परेवालाई वेदीमा भेटीस्वरुप बलि चढाउँथे। त्यहाँ विभिन्न प्रकारका बलिदानहरु थिए तर महत्वपूर्ण कुराचाहिँ पापको परिणाम दण्ड थियो र बलिदानले हाम्रो साटो प्रतिस्थापन गरिएको जनावरको बलिलाई परमेश्वर ग्रहण गर्नुभयो र हाम्रो पापलाई क्षमा दिनुभयो भनि दर्शाउथ्यो। यस बलिको कारण आराधक परमेश्वरको उपस्थितिमा मर्दैन्थ्यो तर बाँच्दथ्यो र पूण परमेश्वरसँगको सम्बन्धमा रहन सक्थ्यो।
तर हामीलाई थाहा छ, “....साढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ।” (हिब्रू १०:४) ती हरेक बलिदानहरुले ख्रीष्टलाई औल्याइरहेको थियो, जो पापको निम्ति अन्तिम बलिदान हुनुहुन्थ्यो। यसकारण प्रेरित पावलले १ कोरन्थी ५:७ मा भनेका छन, “.... हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।”
हरेक पापको निम्ति त्यहि बलिदान आखिरी थियो जुन सिद्ध र पर्याप्त छ । त्यस बलिदानमा अब थप्नुपर्ने बाकिँ अर्को कुनै बलिदान छैन। सबैभन्दा स्पष्ट रुपमा हिब्रूका लेखकले भन्छन्, “तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।” (हिब्रू १०:१२)
यसरी ख्रीष्टले पापको निम्ति पुरानो करारको बलिदानलाई अन्त गर्नुभयो। प्रायश्चितको महान कार्यलाई उहाँले पुरा गर्नुभयो। हामी यसमा अझ थप्ने कार्य गर्दैनौ तर हामीले वश उहाँको यस महान कार्यमाथि विश्वास गर्न आवश्यक छ।
यसकारण प्रेरित पावल हामीलाई “....आराधनाको निम्ति आ-आफ्ना शरीरलाई जिउँदो बलिको रूपमा अर्पण गर” भन्दै गर्दा हामी बलि हुनुपर्ने र पापको निम्ति प्रायश्चित गर्नुपर्छ भन्न खोजेका होइनन। त्यसो भए यसको अर्थ के हो?
आउनुहोस यस खण्डमा दिइएको चारवटा आयामहरुलाई नियाल्ने कोशिस गरौं। आराधनामा योगदान पुर्याउने चारवटा कारकहरु : शरीर, जिउँदो, पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने।
पुरानो करारमा हरेक बलिदानको निम्ति कडा व्यवस्था दिइएको थियो जुन बलि चढाउने व्यक्तिले कडाईकासाथ पालना गरेको हुनुपर्थ्यो। हरेक बलिमा यी चारवटा कारकहरु अनिवार्य थियो।
पहिलो : तपाईको शरीर
परमेश्वरको निम्ति तपाईको शरीर महत्वपूर्ण छ। हामीले हाम्रो शरीरलाई बेवास्ता गर्नुहुँदैन। हामीले हाम्रो शरीरलाई घृणा गर्नुहुँदैन। तपाईको शरीरलाई प्रेम गर्नुहोस। यसको हेरचाह गर्नुहोस र पुरा ख्याल राख्नुहोस्। यसलाई रोग लाग्न नदिनुहोस् तर स्वस्थ राख्नुहोस्। यसको निन्दा (गुनासो) नगर्नुहोस तर यसलाई सम्हाल्नुहोस्।
प्रेरित पावल थप भन्छन,
“तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन?” (१ कोरन्थी ६:१९)
पुरानो नियममा परमप्रभुलाई बलिको रुपमा चढाइने पाठो खोटरहित हुनुपर्दथ्यो (प्रस्थान १२:५)।
धेरै मानिसले आफ्नो शरीरलाई असर गर्ने कुराहरु लिदँछ। त्यस्ता मानिसहरुले गाएको मीठो भजनले परमेश्वरको आराधना हुँदैन, धेरै मानिसहरुले आफ्नो शरीरको बेवास्ता गरेर यसलाई घृणा गर्दछ, त्यस्ता मानिसहरुले बाजागाजा बजाएर परमेश्वरको आराधना हुँदैन किनकि उसले आफ्नो शरीरलाई नै आराधनाको लागि तयार पारेको छैन, उसको शरीर नै आराधनाको योग्य भएको छैन।
पुरानो नियममा परमप्रभुले हरेक चोटी खोटरहित र सिद्ध (पवित्र) बलिको माग गर्नुभएको छ।
मोशाले हारुन, उनका छोराहरु र इस्राएली धर्म-गुरुहरुलाई निष्खोट बलि चढाउने आज्ञा दिए(लेवी ९:२)।
आज पनि परमेश्वर निष्खोट र पवित्र बलिको माग गर्नुहुन्छ। उहाँले आफ्नो बलिमा कुनै सम्झौता गर्नुभएको छैन। फरक यति हो कि आज उहाँ मारिएको जनावरको बलिदान होइन तर जिउँदो बलि चाहनुहुन्छ। हामीले हाम्रो शरीरलाई निष्खोट र पवित्रतामा परमेश्वरलाई अर्पण गर्नुपर्छ।
अर्को महत्वपूर्ण कुराचाहिँ, हाम्रो शरीरको बलिदानचाहिँ पापको निम्ति होइन। त्यो ख्रीष्टको बलिदानमा भैसकेको छ। यसकारण हाम्रो शरीर ग्रहणयोग्य ठहरिएको हो। यस कुरालाई पत्रुसले स्पष्ट पारेका छन्, “....येशू ख्रीष्टद्धारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाओ... ” (१ पत्रुस २:५)। येशू ख्रीष्टको कारण आज हाम्रो बलिदान परमेश्वरमा ग्रहणयोग्य ठहरिएको छ।
यसकारण आजको दिन हाम्रो बलिदान हाम्रो पाप र अधर्मको निम्ति नभएर परमेश्वरको आराधना र महिमाको निम्ति हो।
जब हामीले
दोस्रो : जिउँदो
प्रेरित पावलको दिमागमा जिउँदो शब्दलाई प्रयोग गर्दैगर्दा जीवनशैली थियो। जिउँदो मानिसमा मात्र हलचल, जीवनशैली,आनीबानी र जिउने तरिका हुन्छ, मरेको मानिसमा त्यो सम्भव छैन। जिउँदोको भन्नुको अर्थ हामीसँग समय हुँदा नै हो। उपदेशक भन्छन्, "भविष्यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्छ भनी भन्न सक्छ?" (८:७)
यसकारण प्रेरित पावलले हाम्रो जीवनशैलीबारे बोलिरहेका छन्, जसले परमेश्वरको आराधना हुँदछ । हामी कसरी र कस्तो तरिकाले जिउँदैछौं, यसैको आधारमा हामीले परमेश्वरको आराधना गरिरहेका हुन्छौं।
प्रियहरु! तपाईको जीवनमा तपाईको शरीरको हरेक क्रियाकलापचाहिँ आराधना हुनुपर्छ। जब तपाई कसैसित वातचित गर्नुहुन्छ, तपाईको जिब्रोद्धारा पवित्र आत्माको वचन निस्कनुपर्छ। कठोर भन्दा कठोर हृदय पनि तपाईको बोलीले कायल होस। कसैप्रति तपाईको व्यवहार र आचरण प्रेममय होस किनकि ख्रीष्टले हामीलाई आफ्नो शत्रुलाई पनि प्रेम गर्न सिकाउनुभयो। तपाईको खेदो गर्ने व्यक्तिलाई नसराप्नुहोस, तर उनीहरुलाई क्षमा दिनुहोस् र तिनीहरुको निम्ति प्रार्थना गरिदिनुहोस।कहिल्यै बदलाको भावना नलिनुहोस्। हरेक दिन परमेश्वरमा कृतज्ञ हुनुहोस्। केवल गुनासो र गनगन मात्र होइन हरेकप्रति धन्यवादी हुनुहोस्। परमेश्वरको आनन्द र शान्ति बाडनुहोस्। एउटा सामान्य भन्दा सामान्य मानिसले फरक पार्न सक्छ।
तपाईको आचरणमा ख्रीष्ट झल्कनुपर्छ। हामी कोहि पनि ख्रीष्ट जस्तै सिद्ध छैनौं तर हामी त्यस सिद्धतातर्फको यात्रामा छौं। हाम्रो जीवन एउटा उदाहरण हुनुपर्छ।
हामी जिउँदै गर्दा नै हाम्रो जीवनबाट हामीले उहाँलाई आराधना गरेको हुनुपर्छ। हाम्रो मृत्युले पनि परमेश्वरको आराधना हुन्छ तर जीवनले चाहिँ हामी उहाँलाई आराधना दिन्छौं। यसकारण जिउँदै गर्दा सक्दो बढि उहाँलाई आराधना दिनुहोस्।
तेस्रो : पवित्रता
हाम्रो पहिलो प्राथमिकता पवित्रता हुनुपर्छ।
“आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।” रोमी ६:१३
प्रेरित पावल यहाँ हाम्रो शरीरको हरेक अंग जस्तै आँखा, जिब्रो, हातखुट्टा, कानजस्ता अंगहरुलाई पापको निम्ति होइन तर धार्मिकता र पवित्रताका साधनको रुपमा परिचालन गरिनुपर्ने बताउँछन।
शरीरचाहिँ कस्तो देखिन्छ वा कस्तो आकारमा छ भनेर होइन तर यसले के गर्छ त्यसले गर्दा पवित्र हुँदछ।
जब इस्राएलीहरुसँग परमेश्वर सम्बन्ध गाँस्दै हुनुहुन्थ्यो, उहाँले मोशालाई भन्नुभयो, “ ....‘तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु।” (लेवीहरु १९:२)
परमेश्वरले आफ्ना मानिसहरुलाई आफूसँगको सम्बन्धमा बोलाउँदै हुनुहुन्थ्यो र उहाँ तिनीहरु यस अनुभवमा बाँचोस भन्ने मात्र चाहनुहुन्नथ्यो तर तिनीहरु त्यसबाट पोषित होस, हुर्कोस र त्यस सम्बन्धमा वृद्धि होस भन्ने चाहनुहुन्थ्यो। तर यो सबै हुनको लागि तिनीहरुलाई आधारभूत नियम थाहा हुन जरुरी थियो।
आज पनि परमेश्वर उहाँसँगको सम्बन्ध पवित्रता चाहनुहुन्छ र हामीलाई पवित्र हुने आज्ञा दिनुहुन्छ।
चौंथो : परमेश्वरमलाई ग्रहणयोग्य हुने

Comments
Post a Comment