राज्यलाई पूण बुझ्दै

Understanding Kingdom Again



Priority of church is The Kingdom :

 मण्डलीको प्राथमिकता राज्य हो:


“पृथ्वीमा प्रभावकारी रुपमा बाँच्ने ‌सबैभन्दा ठूलो रहस्य प्राथमिकताहरुको सिद्धान्त र शक्तिलाई बुझ्नु हो।”
धेरै पटक मण्डलीले राज्यलाई भुलिरहेको हुन्छ। आज धेरै मण्डली राज्यभन्दा बाहिर भएको कारण असुरक्षित छ। जब हाम्रो जीवनको प्राथमिकताहरु बिग्रन्छ तब यसले हाम्रो जीवनलाई बिगार्छ। जीवनको सहि प्राथमिकताहरुलाई पहिचान गर्नु नै सफल र पूर्ण जीवनको कुञ्जी हो। 
त्यसोभए प्राथमिकताको सिद्धान्त र अवधारणा के हो? 
प्राथमिकतालाई हामी यसरी परिभाषित गर्न सक्छौं:
- मुख्य कुरा 
- पहिलो कुरालाई पहिलो स्थानमा राख्नु 
- सबैभन्दा महत्वपूर्ण कुरा स्थापना 
- प्राथमिक रुपमा केन्द्रित 
- महत्वको आधारमा क्रमबद्ध राख्नु 
- उच्चतम मूल्य 
- अरु सबैभन्दा पहिले 
                          धेरै चोटी मण्डलीले राज्यलाई भन्दा बढि धर्म र विधिलाई बढि प्राथमिकतामा राखेको हुन्छ। ख्रीष्टले आफ्नो जीवन, सेवकाई र प्रचारमा सधैं राज्यलाई प्राथमिकतामा राख्नुभयो। वास्तवमै ख्रीष्ट धर्मलाई होइन तर राज्यलाई पुनर्स्थापना गर्न आउनुभयो। 
इतिहासमा फर्केर हेर्ने हो भने धर्मले सधैं युद्ध र लडाइँ, दासत्व, रंगभेद, जातीय भेदभाव र अन्य दमनकारी गतिविधिहरुलाई जन्माएको छ। त्यहाँ धर्मको नाउँमा लाखौंको हत्या भएको छ, धर्मकै नाउँमा आतंक हमला भएको छ। सेप्टेम्बर ११,२००१ को वल्ड ट्रेड टावरमा भएको हमला सम्झदा आज पनि मानिसहरुको मुटु काम्दछ। कति अचम्मको कुरा जुन धर्मले मानवजातीको समस्याहरुको समाधान गर्नुपर्ने त्यसैले अझ इतिहासमा समस्याहरुलाई जन्म दिएको छ। किनकि धर्म समाधान होइन। 
                        त्यसोभए, धर्मको श्रोत के हो र कि यो मानव आत्माको प्राकृतिक, अन्तर्निहित विशेषता हो? 
धर्म चाहिँ मानिसको आत्माको अन्तर्निहित भोकको परिणाम हो जुन मानिसले परिभाषित गर्न सक्दैन तर सधैं सन्तुष्ट पार्न खोज्छ। मानिसको स्वामित्वमा भएको कुनै यस्तो बहुमूल्य चीज गुमाएको कारण, यस अपरिभाषित भोकले आफ्नो आयामभन्दा बाहिर जवाफहरु खोज्दछ। 
मानिसको पुस्तौ-पुस्ताहरुले यो भोकलाई सन्तुष्ट गर्न विभिन्न अन्धविश्वास, रीतिरिवाज, विधि र अभ्यासहरुलाई अपनाएको छ। 
हामीलाई याद छ, कसरी लगभग ४ हजार वर्षअघि यो भोकलाई मेटाउन मानिसहरुले बाबेलको धरहरा बनाएका थिए। मानिसभित्र त्यो खालीपना र सुन्यतामा भएको कारण यसलाई भर्न मानिसहरु सधैं जवाफको खोजीमा हुन्छ। 

राज्य र धर्म:
- राज्य नभेटेसम्म मानिसले गर्ने काम धर्म हो। 
- धर्मले मानिसलाई पृथ्वी छोड्न तयार गर्छ; राज्यले मानिसलाई प्रभुत्व जमाउन सक्षम बनाउँछ। 
- धर्म स्वर्गमा केन्द्रित छ; राज्य पृथ्वीमा केन्द्रित छ। 
- धर्म परमेश्वसम्म पुग्नु हो; राज्य परमेश्वर पृथ्वीमा आउनु हो। 
- धर्म पृथ्वीबाट भाग्न चाहनु हो; राज्यले पृथ्वीलाई प्रभाव पार्छ र परिवर्तन गर्छ।
- धर्मले पृथ्वी स्वर्ग लान खोज्छ; राज्यले स्वर्गलाई पृथ्वीमा ल्याउन खोज्छ। 

यसकारण येशू ख्रीष्टले धार्मिक अगुवाहरुको कडाईका साथ विरोध गर्नुभयो:

“धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्‍ने स्‍वर्गका राज्‍यको ढोका बन्‍द गर्दछौ। तिमीहरू न त आफै पस्‍तछौ, न पस्‍न चाहनेहरूलाई पस्‍न दिन्‍छौ।  [
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्‍नो मतमा ल्‍याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्‍यो तिमीहरूको मतमा आएपछि त्‍यसलाई आफूभन्‍दा दोबर नरकको छोरो बनाउँछौ। (मत्ती २३:१३,१५)


यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूकहाँ आए, र भने,
“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्‌? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।”
उहाँले तिनीहरूलाई भन्‍नुभयो,  “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ? (मत्ती १५:१-३)

यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ। (मत्ती १५:६)

किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ। (मत्ती ५:२०)

येशूले तिनीहरूलाई भन्‍नुभयो,  “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌। (मत्ती २१:३१)


राज्यको अवधारणा :
राज्यको अवधारणा मानवजातीद्धारा आविष्कार गरिएको होइन तर राज्यचाहिँ सृष्टिकर्ताद्धारा पेश गरिएको पहिलो सरकारको नमुना थियो। राज्यको अवधारणालाई उत्पत्तिको पुस्तकमा पहिलो पटक उल्लेख गरिएको छ। 
जब सृष्टिकर्ताले पहिलो मानवलाई पृथ्वीमाथि अधिकार गर्ने आज्ञा दिनुभयो, 
फेरि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले ........पृथ्वीमाथि अधिकार गरून्‌।”- (उत्पत्ति १:२६)
यहाँ उल्लेख गरिएको “अधिकार” (dominion) शब्दलाई हिब्रूमा मामलेख(mamlakah) भनिन्छ जसको अर्थ “राज्य, सार्वभौम शासन अथवा राजकिय शक्ति” हो। यसको अर्थ मानिसको लागि परमेश्वरको योजना उहाँको स्वर्गीय राज्यलाई उपनिवेशको सिद्धान्तद्धारा पृथ्वीमा विस्तार गर्नुथियो।
उपनिवेशकरण भनेको कुनै पनि क्षेत्रलाई कब्जा गरेपश्चात त्यसलाई अधिकार गर्न र त्यहाँ आफ्नो संस्कृति, मूल्यमान्यता, विचार र धारणाद्धारा प्रभाव पार्नु हो। 
मानिसलाई हस्तान्तरण गरिएको कामचाहिँ परमेश्वरको स्वभाव, मूल्यमान्यता र नैतिकताको प्रतिनिधित्व गर्दै पृथ्वीमा स्वर्गीय प्रभाव र संस्कृतिको स्थापना गर्नु थियो। यसरी परमेश्वरको स्वर्गीय शासन पृथ्वीमा मानवजातीद्धारा प्रकट हुनेथियो। 
यो पहिलो राज्य थियो: यहोवा; राजा, आफ्नो स्वर्गीय राज्य  उहाँको सन्तान मानवद्धारा पृथ्वीमा गर्दै हुनुहुन्थ्यो। यो बाइबलको एक अदभुत कथा र सन्देश हो- अवश्य पनि धर्म होइन तर राजकिय परिवार। 

राज्यको परिभाषा : 
व्यवहारिक रुपमा, राज्यलाई यसरी परिभाषित गर्न सकिन्छ “कुनै क्षेत्रमाथि राजाको इच्छा, उद्धेश्य र अभिप्रायको प्रभावमा सार्वभौम शासन...”  
बाइबलीय खण्डहरुमा येशूख्रीष्टद्धारा उल्लेख गरिएको 'राज्य' ले पृथ्वीमाथि परमेश्वरको शासन, परमेश्वरको सरकार र परमेश्वरको अधिकारलाई बुझाउँछ। 

परमेश्वरको राज्य भनेको परमेश्वरको इच्छा कार्यान्वयन गर्नु, परमेश्वरको अधिकारको क्षेत्र, स्वर्गीय प्रभाव, परमेश्वरको प्रभाव र प्रशासन हो। 

राज्य भनेको आफ्नो क्षेत्रमा राजाको शासकीय प्रभाव जहाँ राजाको इच्छा, उद्धेश्य र अभिप्रायको प्रभावले त्यहाँको संस्कृति, मूल्यमान्यता, नैतिकता, र जीवनशैली उत्पादन गर्दै आफ्नो प्रजाहरुको लागि राजाको इच्छा र प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। 


राज्यको आवश्यकता :
The need of Kingdom :

राज्य र सरकारको अवधारणा नितान्त परमेश्वरको हो। 
मोशाको पहिलो पुस्तक उत्पत्तिले सरकारको पहिलो नमुनालाई सृष्टिकर्ता आफैले पहिलो मानवको अस्तित्वभन्दा अघि नै स्थापना गर्नुभएको कुरा प्रकट गर्दछ।  वास्तवमा, पृथ्वी र भौतिक ब्रह्माण्डभन्दा अघि नै सरकारको  संरचनाको अस्तित्वको प्रमाण दिदँछ।
अराजकता र सुन्यताको बिच व्यवस्था र उत्पादकता ल्याउनलाई सरकारको संचरणा आवश्यक थियो। 
बाइबलले भन्दछ, 
“पृथ्‍वी आकारविनाको (व्यवस्थाबिहिन) र शून्‍य (अराजक) थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो। अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो। ”- उत्पत्ति १:२-३
              हामी यहाँ देख्न सक्छौं कि अराजकता र सुन्यताको कारण ईश्वरीय, अदृश्य र अलौकिक सरकारको प्रभाव जरुरी थियो। यसकारण सरकारको उद्देश्य चाहिँ व्यवस्थालाई कायम गर्नु हो। यसबाहेक, अराजकता र व्यवस्थापनको आवश्यकताको परिणामस्वरूप मानवजाती जरुरी भयो। केहि समयपश्चात उत्पत्तिमा हामी मानिसलाई सृष्टि गर्नको लागि परमेश्वरको मनसाय भएको फेला पाउँछौ। 

“आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो।  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन
भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। (there was no man to work: manage & administrate)
तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे।”- उत्पत्ति २:४-६
यस खण्डबाट हामी स्पष्ट हुन्छौं कि सृष्टिकर्ताले कुनै उत्पादनलाई अनुमति दिनुभएको थिएन किनकि “त्यहाँ भूमि खनजोत गर्न अर्थात काम गर्न कुनै मानिस पनि थिएन.. ”
यहाँ उल्लेख गरिएको “काम” शब्दले व्यवस्थापन,प्रशासन,व्यवस्थित विकास र फलदायी बनाउने कार्यलाई बुझाउँदछ। यसरी मानिसको सृष्टिको मुख्य उद्देश्यमध्ये एक चाहिँ एउटा प्रबन्धक, प्रशासक र पृथ्वीको शासकको आपुर्ति पनि हो। 
यसकारण सृष्टिकर्ताले यसलाई शब्दहरु यसरी व्यक्त गर्नुभयो :

फेरि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।” (उत्पत्ति १:२६)

हामीले देख्यौं कि यहाँ उल्लेख गरिएको अधिकार शब्दलाई हिब्रूमा मामलेख (mamlakah) भनिन्छ जसको अर्थ राज्य, सार्वभौम शासन र सरकार हो। यसकारण मानवजातीको लागि सृष्टिकर्ताको पहिलो आज्ञा अराजकता र सुन्यतालाई तोड्न सरकार स्थापना गर्नु थियो। अराजकतालाई तोडन परमप्रभुको विकल्प सरकार थियो। 

यसबाट हामीले तीनवटा मुख्य पाठकहरु सिक्न जरुरी छ:
पहिलो, सरकार परमेश्वरको अवधारणा हो
दोस्रो, असल सरकारको अभावले सधैं अराजकता र अव्यवस्थालाई निम्त्याउँछ। 
तेस्रो, जहाँ अराजकता, अव्यवस्था र उत्पादकत्वको कमी छ, यसको समाधान सहि सरकार हो। 






Comments