शिशुहरुको मृत्यु पश्चात के हुन्छ? के तिनीहरु बचाइएको हुन्छ? के तिनीहरु स्वर्ग जान्छन् ?
धेरै उत्तर दिन कठिन प्रश्नहरुमध्ये शिशुहरुको मृत्युपश्चात के हुन्छ? भन्ने प्रश्न पनि पर्दछ। बाइबलले यसको विषयमा सिधै नबोलेको कारण हामीलाई बाइबलीय हिसाबमा यसको उत्तर दिन अझ कठिन पर्दछ।
विश्व स्वास्थ्य संगठनको तथ्य अनुरुप २०१८ मा गरिएको सर्वेक्षणले ४० लाख (५ वर्ष मुनिका ७५%) शिशुहरुको पहिलो वर्षमा मृत्यु भएको थियो। विभिन्न कारणवश शिशुहरुको मृत्यु हुँदछ : गर्भपतन, दुर्घटना र गर्भपात आदी।
धेरै जनाले शिशुहरु निर्दोष भएको कारण बचाइने तर्कलाई अघि सार्छ तर के त्यो धर्मशास्त्रको ठिक विश्लेषण हो त?
रोमी ५:१२-१९ खण्डलाई अध्ययन गर्ने हो भने हामी प्रत्येक आदमद्धारा पृथ्वीमा आएको हुनाले प्रत्येक पापी भएको थाहा गर्न सक्छौं। परमेश्वरले पहिलो मानिस आदमलाई माटोबाट बनाउनुभए पश्चात उहाँ फेरी कहिल्यै माटोमा फर्केर जानुभएन। वास्तवमा हव्वा पनि आदमद्धारा नै बनिएकी थिई र आज पृथ्वीका समस्त मानिस जातीभित्र आदमको रगत छ जुन पापमय छ।
यसकारण उत्तर यो होइन कि "हामीहरु निर्दोष छौं यसकारण हामी बचाइनेछौं"
तरैपनि यसको उत्तर चाहिँ हो, शिशुहरु बचाइन्छ र तिनीहरु स्वर्गमा जान्छन्।
हामीसँग यसको कुनै ठोस र सठिक बाइबलीय खण्ड छैन यसकारण यसको निम्ति धर्मशास्त्रीय (Theologically) तर्कहरुलाई केलाउनुपर्छ :
पहिलो, उत्पत्ति १८:२५
यहाँ अब्राहाम आफ्नो मनमा उब्जेको प्रश्न राख्छन्,“सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?” । अवश्य पनि यसको उत्तर “हो, उहाँले उचित न्याय गर्नुहुन्छ” । शिशुहरु जो बिभिन्न कारणवश मृत्यु भएको छ, परमेश्वरले उनीहरुको सधैं उचित न्याय गर्नुहुन्छ र यस कुरामा हामीले विश्वास गर्नुपर्छ। जसले यो लेख पढ्दै हुनुहुन्छ, हुनसक्छ तपाईले आफ्नो बालकलाई अकालमा गुमाउनुभएको होला, परमेश्वरमा भरोसा गर्नुहोस् किनकि उहाँले ठिक न्याय गर्नुहुन्छ। परमेश्वरले कहिल्यै गलत गर्नुहुन्न।
दोस्रो, २ शमूएल १२:२३
जब दाऊदले आफ्नो छोरा गुमाउछ तब यसरी भन्छ, “..के म त्यसलाई फेरी फर्काई ल्याउन सक्छु? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्कि आउनेछन्। ”
यहाँ दाऊदले सामान्य रुपमा आफ्नो मृत्युको बारेमा मात्र बोलिरहेका छैनन् तर त्यस आशाको बारेमा पनि बोलिरहेका छन् जुन आशामा मृत्युपश्चातको आफ्नो छोरासँगको व्यक्तिगत र आनन्दित पुनर्मिलनलाई पनि देख्दछ। अवश्य पनि नरकमा आनन्दित पुनर्मिलन हुँदैन त्योचाँहि परमेश्वरको सम्मुख स्वर्गमा हुन्छ।
दाऊदले आफ्नो र छोराको इनामको पूर्वानुमान गर्छन।
तेस्रो, रोमी १:१८-३२
यस खण्डमा पावल बताउँछन् “परमेश्वरको क्रोध ती मानिसहरुका विरुद्ध स्वर्गबाट प्रकट भएको छ” जसले भलै विशेष प्रकाश अर्थात धर्मशास्त्रका वचन प्राप्त गरेका छैनन् तर तिनीहरुले प्रकृतिद्धारा परमेश्वरको प्रकाश प्राप्त गरेका छन तरै पनि परमेश्वरलाई विश्वास गर्दैनन र उहाँलाई लत्याएका छन्। प्राकृतिक संसार र सृष्टिका हरेक थोकहरुले परमेश्वरको विषयमा बताए तापनि मानिसहरुले उहाँलाई इन्कारेका छन् यसकारण परमेश्वरको न्यायबाट बच्न नसक्ने कुरालाई पावल यस खण्डमा प्रश्तुत गर्छन्।
निश्सन्देह शिशुहरुको निन्ति यो सत्य हुँदैन। यसमा कुनै दुविधा छैन कि शिशुहरुले यो कहिले बुझेको हुँदैन कि प्रकृतिबाट प्रकाश आउँदछ। उनीहरुमा यस क्षमताको विकास भएको हुँदैन।
KR MINISTRY


Comments
Post a Comment