प्रकाशमा उल्लेख '१४४०००' को हो?
who are the '144000' in Revelation
प्रकाश ७:४-८
धेरै बाइबल अनुवादकहरुले प्रकाशमा उल्लेख '१४४०००' संख्यालाई शाब्दिक रुपमै (literally) प्रत्येक १२ कुलबाट १२००० इस्राएलीहरु बुझेको कारण सामान्य विश्वासीहरु दुविधामा परिरहेका हुन्छन् र विभिन्न प्रश्नहरु उब्जिरहेको हुन्छ, जस्तै
- के इस्राएलीहरु बाहेक कोहि स्वर्ग जान सक्तैन?
- अन्तको समयमा हाम्रो (अन्यजाती) अवस्था के हुनेछ?
- के '१४४०००' इस्राएलीहरुको बारेमा हो र हाम्रो होइन?
सर्वप्रथम '१४४०००' प्रतिकात्मक संख्या (Symbolic Number) हो र १२ कुलको सन्दर्भ पनि प्रतिकात्मक (Symbolic) छ र यसले मण्डली र इसाईहरुलाई जनाउँदछ।
यस तर्कलाई सहायता गर्ने केहि बाइबलीय तथ्यहरुलाई अध्ययन गरौं :-
पहिलो, अध्याय ६ को अन्त :-
ध्यान दिनुपर्ने कुराचाहिँ ६ अध्यायको अन्त हो। अध्याय ६ परमेश्वरको क्रोधबाट अन्त हुँदछ। “किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?” (प्रकाश ६:१७)
यस प्रश्नको जवाफ ७ अध्यायले दिदँछ । त्यहि मानिस परमेश्वरको क्रोधअघि खडा हुन सक्छ जसको “निधारमा परमेश्वरको मोहोर” छ यसकारण '१४४०००' संख्याले न कि केवल इस्राएलीहरुलाई जनाउँदछ तर सारा ख्रीष्टका जनहरुलाई जो अन्तसम्म परमेश्वरप्रति भक्तिसाथ लागिरहन्छ।
दोस्रो, प्रकाश १४:३ ब्याख्या :-
यस खण्डले '१४४०००' संख्यालाई “पृथ्वीबाट मोल तिरी छुटाएका” को संज्ञा दिएको छ जसलाई हामी व्यापक विवरणको (Comprehensive Description) रुपमा लिन सक्छौं । यस खण्डले '१४४०००' संख्याले हरेक साँचो इसाईलाई समेटेकोमा कुनै दुविधा नरहेको खुलस्त पार्दछ।
तेस्रो, प्रकाश ५:५ र प्रकाश ५:७ खण्डसँग प्रकाश ७:१-८ र प्रकाश ७:९-१७ खण्डको तुलना :-
यी खण्डहरुमा हामी “सुन्नु/Hearing” र “देख्नु/Seeing” को महत्वलाई केलाउनेछौं र माथी उल्लेखित खण्डहरु कसरी एकअर्कासँग आबद्ध छ बुझ्नेछौं।
- प्रकाश ५:५ मा, यूहन्नाले 'सिंह'को बारेमा “ सुन्छ/Seeing” ।
- प्रकाश ५:६ मा, यूहन्नाले 'थुमा'लाई “देख्छ/Seeing” ।
यहाँ ध्यान दिनुपर्ने कुराचाहिँ, यूहन्नाले देखेको 'सिंह' र 'थुमा' दुवै येशुख्रीष्ट हुनुहुन्छ। येशु त्यो यहूदाको कुलको सिंह हुनुहुन्छ जसले सारा पृथ्वी जित्नुहुनेछ तर आफ्नो मृत्युद्धारा।
- प्रकाश ७:१-८ मा, यूहन्नाले '१४४०००' संख्याको बारेमा सुन्छ।
- प्रकाश ७:९-१७ मा, यूहन्नाले '१४४०००' लाई देख्दछ।
जे उसले सुन्छ र देख्छ दुई भिन्न दृष्टिकोणबाट एउटै इकाई (Entity) हो। एउटा दृष्टिकोणबाट इसाईहरुलाई प्रतीकात्मक रुपमा (Symbolically) '१४४०००' को रुपमा हेरिएको छ भने अर्को दृष्टिकोणले “ठूलो भीड”को रुपमा हेरिएको छ।
चौथो, संख्या प्रतीकात्मक (Symbolic) छ:-
प्रकाशको पुस्तकमा बताइएको अन्तको दिनमा(Apocalypse) संख्याहरु प्रतीकात्मक (Symbolic) हुनेछ, जसको अर्थ संख्याहरुले शाब्दिक अर्थ (Literal Meaning) बोकेको हुनेछैन्। उदाहरणको निम्ति १२औं संख्या :-
- १२ संख्याले १२ कुललाई जनाउँछ
- १२ संख्याले १२ प्रेरितहरुलाई जनाउँछ
- १२ संख्याले १२औं गुणन १२, १४४००० लाई जनाउँछ
पाँचौ, प्रकाश २:९ र प्रकाश ३:९ :-
यी खण्डहरुमा यूहन्नाले यहूदीहरुलाई “शैतानको सभाघर” को संज्ञा दिएका छन्। यूहन्नाले यहूदीहरुलाई घृणा गरेका कारण यो भनिएको थिएन। वास्तवमा यूहन्ना आफै एक यहूदी थिए तर यहूदी र सभाघरहरुले रोमनहरुसँग सम्झौता गरेर इसाईहरुविरुद्ध षड्यन्त्र रच्दै सताउने कार्य गरिरहेका थिए। त्यहाँ त्यस्ता यहूदीहरु पनि थिए जसले ख्रीष्टलाई विश्वास गर्दैन थिए र संसारसँग सम्झौता गरेका थिए । यदि कसैले '१४४०००' हरेक इसाईको नभइ केवल इस्राएलीहरुको बारेमा हो भन्ने तर्क अघि सार्दछ भने बाइबलले यसरी बताउँदछ कि, साँचो अब्राहामका सन्तान तिनै हुन जसले परमेश्वरमा विश्वास गर्दछ (गलाती ३:७-८,२७)
- रोमी ४:११-१८
- एफिसी २:११-२२
छैटौं, प्रकाश ७:५-८ मा उल्लेख गरिएको १२ कुलको सुचि पुरानो करारको कुनै पनि सुचिसँग मेल नखाने :-
पुरानो करारमा कहि पनि १२ कुललाई यस्तो ढाँचामा सुचि गरिएको छैन। वास्तवमा, दानको कुललाई छाडिएको छ।
यसको अर्थ के हुन सक्छ, जबकि १२ कुललाई प्रतिनिधित्व गर्ने '१४४०००' संख्याले पुरानो करारमा देखिने १२ कुलको कुनै सुचिलाई प्रतिनिधित्व गर्दैन?
यसलाई एउटै विश्वस्त पार्ने अर्थ चाहिँ, '१४४०००' कुनै एउटा विशेष जाती, कुनै विशेष कुल र मानिसलाई नभएर परमेश्वरको साँचो जन इसाईहरुलाई जनाउँदछ।
यहूदाको कुल पहिलो सुचिमा हुनु धेरै महत्वपूर्ण छ। यो परमेश्वरका मानिसहरु येशुख्रीष्ट जो यहूदाको सिंह हुनुहुन्छ, उहाँको अधिकार अन्तर्गत आउँदछ भन्ने प्रतिकात्मक तरीका हुन सक्छ।
व्यवहारिक प्रभाव (Practical Implication):
यो किन आवश्यक छ?
'१४४०००' संख्या एक इसाईको जीवनमा किन आवश्यक छ?
याद गर्नुहोस्, ६ अध्यायको अन्त “ किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खडा हुन सक्छ?”
यदि वास्तवमै,'१४४०००' संख्या शाब्दिक रुपमै(Literally) इस्राएलीहरु हो भने यो त हाम्रो कथाको बारेमा होइन, यो त भविष्यमा हुने उनीहरुको कथा हो -होइन र? तर त्यसो होइन, यो हामी सबैको कथाको बारेमा हो-यो हरेक इसाईको कथा हो। जब हामी परमेश्वरको मोहोर लगाइएको र थुमाको रगतले धोइएका हुन्छौं, तब उहाँको क्रोधको अघि खडा हुन सक्छौं (प्रकाश ७:१७) ।
KR MINISTRY


Comments
Post a Comment