आशाको नयाँ किरण- कविता

 



अत्तालिएको मेरो मनको भार कहाँ बिसाउन पाऊ 

दुई सासमा लत्रिएको मेरो प्राण, यस्तो अशान्तिमा कसरि रमाउ 

कसलाई भनू मेरा वेदना, कसकहाँ पोखु हृदयका भाव 

आतंकित छ सारा संसार, दुष्ट मानिसको स्वभाव । 


परमप्रभु नै मेरो शरणस्थान, उहा नै मेरो धरहरा 

हे! मेरो प्राण अब ढिला नगर उहामा नै रमा 

(परमप्रभुको बाहुबलले  सारा ब्रहमाण्ड ढाकेको छ, उहाको नजरबाट कोहि लुकेको छैन) -२

सायद मैले बाटो बिराएको हो, कदापि उहालाई बिर्सेको हैन 

अब म फर्कनेछु...........फर्कनेछु..............।। 


मेरो प्यारो मित्र! हृदय नम्र, घुडा दरिलो पार्ने बेला आइपुगेको छ 

सुस्ताएका बस्तिहरुमा येशू नाउ उचाल्ने बेला आइपुगेको छ 

घमन्डलाई त्यागी उहालाई अंगाल्ने बेला आइपुगेको छ 

उहामाथि शरण लिने बेला आइपुगेको छ  ।।। 


पुन विजयको किरण उदय भएको देख्दै छु म 

फेरी एकपटक "एबेन-एजेर" खडा भएको देख्दै छु म 

परमप्रभुमा भरोसा गर्नेहरु उचालिएको देख्दै छु म 

फेरी एकपटक "सम्झनाका ढुंगाहरु" खडा भएको देख्दै छु म ।।।। 


- कविराज राई 







Follow Us on Facebook:

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to Our Youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ

 


Comments

Post a Comment