यो महामारीको बिच परमेस्वर हामीले के थाहा गरेको चाहनुहुन्छ?
सम्पूर्ण परमेस्वरका जनहरुमा जयमसिह!
अहिलेको समय कोरोना भाईरस (कोभिड-१९) जुन सारा संसारमा महामारीको रुपमा फैलिरहेको छ, यसले अवश्य पनि हाम्रो जीवन र दिनचर्याहरुलाई हामीले कल्पना नगरेको धक्का दिएको छ। हामी धेरैले आर्थिक उत्तारचढावहरुसँग जुध्नू परेको छ, साथै हामी धेरैले हाम्रो सुस्वास्थ्य गुमायौ, हाम्रा कोहि परिवारका सदस्य हामीभन्दा टाढा भएका कारण चिन्तफिक्रिले भक्कानो छुटछ अनि सेवासंगतिको वियोगान्त विछोडको अर्को पिडा छदैछ। प्रियहरु, यी सबै अकल्पित असहनिय पीडाको बिच म तपाईहरुलाई परमेस्वरको वचनले तपाईका हृदयको घाउचोटहरुमाथि थोरै भए पनि मलहम लगाउने कोशिश गर्नेछु। यी मैले परमेस्वरसँग समय बिताउदै गर्दा उहाबाट प्राप्त गरेको सहानुभूति र सान्त्वना हुन्। मैले उहासित समय व्यतित गर्दैगर्दा यो महामारीको माझमा हामीले तीन कुरा थाहा गर्नुपर्ने जरुरतलाई महसुस गरे।
पहिलो : यो महामारीले ल्याएको संकटको माझ परमेस्वरको अनुग्रह र कृपामा थोरै पनि कमी भएको छैन।
प्रियहरु निराश नहुनुहोस किनकि परमेस्वरले तपाइलाई भुल्नुभएको छैन। यो संकटको माझ उहाले तपाइलाई आफ्नो हातहातै थाम्नुहुनेछ। उहा भन्नुहुन्छ, "जुन योजनाहरु मैले तिमीहरुको निम्ति बनाएको छु, ती म जान्दछु," परमप्रभु भन्नुहुन्छ। "ती तिमीहरुको उन्नतीको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरुलाई आशा र भविष्य दिनलाई" (यर्मिया २९ :११ )। प्रियहरु हामीलाई याद छ, परमेस्वरले आफ्ना जनहरुलाई यस योजनाको विषयमा बताउदै गर्नुहुदा उनीहरुको वास्तविकता बिलकुलै फरक थियो। उनीहरु बेबिलोनका सम्राट नबूकदनेसरको कब्जामा बन्दी बनाइएका थिए। हामी पनि धेरै पटक हाम्रो वास्तविकताका कारण सत्यतालाई देख्न चुकिरहेका हुन्छौ तर धर्मशास्त्रले भन्दछ, हामीले सत्यतालाई थाहा गरेपश्चात् "सत्यले हामीलाई स्वतन्त्र तुल्याउनेछ" (यूहन्ना ८ :३२ ) । र सत्यता चाहिँ यहि हो कि, "उहालाई प्रेम गर्नेहरु र उहाका अभिप्रायअनुसार बोलाईएकाहरुका निम्ति हरेक कुरामा परमेस्वरले भलाई नै गर्नुहुन्छ" (रोमी ८ :३२ ) । प्रियहरु, तपाईको परिस्थिती निष्कर्ष बन्नुहुदैन। तपाईको अहिलेको वास्तविकताभन्दा सत्यता धेरै फरक छ। सबैभन्दा उत्तम थोक आउन अझै बाकि नै छ। हरेस नखानुहोस किनकि हामी विजेताभन्दा पनि अझ वढी हुन चुनिएका हौ।
दोस्रो : यो खारिने समय हो।
कोरोना भाईरस (कोभिड-१९) महामारीले जुन संकटमय परिस्थिती सृजना गरिदिएको छ, यसलाई एक अवसरको रुपमा अपनाउनुहोस्। कसरी यस्तो संकटमय परिस्थिती अवसर हुन सक्छ? तपाईको निम्ति यो खारिने अवसर हो। अय्यूब भन्छन, "उहाले मलाई जाच गर्नुहुदा म खारिएको सुनझैँ ठहरिनेछु" (अय्यूब २३ :१०) । के हामी गर्विलो शब्दहरुमा अय्यूबलेझैँ भन्न सक्छौ 'चाहे मेरो अवस्था जस्तो सुकै किन नहोस् म खारिएको सुनझैँ ठहरिनेछु। घटी र कमीमा, जीवनका उत्तारचढावहरुमा म सधैँ उहामा आनन्दित हुनेछु' । यो तपाईको विस्वासलाई खार्ने समय हो, यो तपाईको वरदानलाई खार्ने समय हो, यो तपाईको सेवाकाईलाई खार्ने समय हो, यो तपाईको विस्वासी परिवारलाई खार्ने समय हो। यो सुनौलो अवसर हो।
तेस्रो : यो तपाईको सम्बन्धलाई सुधार्ने अवसर हो।
मलाई यो भन्दै गर्दा दुख लाग्छ, हामी २१ औ शताब्दीको व्यस्तताको पासोमा परिसकेका छौ। इशाईहरु पनि व्यस्तताको पासोमा सहजै फस्ने गर्छन। व्यस्तता कुनै ओंहदाको प्रतिक बनिसकेको छ। हामी कति व्यस्त छौ भन्छौ र यसैमा गर्व पनि गर्छौ। हामी व्यस्त हुनु भन्दा पनि के मा व्यस्त छौ यसले ठूलो फरक पार्दछ। जब परमेस्वरलाई दिने समयको कुरा आउछ कहिल्यै व्यस्त नहुनुहोस। के जागिर जुटाउनुहुने भन्दा जागिर महत्वको हुन्छ? के व्यापार दिनुहुनेभन्दा व्यापार कहिल्यै महान हुन सक्छ? के काम दिनुहुने भन्दा काम कहिल्यै ठूलो हुन सक्छ? तर पनि हामी धेरै पटक परमेस्वरलाई दिनुपर्ने समयको नजरअन्दाज गरिरहेका हुन्छौ।हामीले रकमको द्शांश दिएपछि आफ्नो कर्तव्य पुरा गर्यौ भनी गर्विलो मानसिकता बनाई मुर्ख्याइलाई आत्मसात गरिरहेका हुन्छौ। उहाको निम्ति समय लगानी गर्नुहोस्। यो खालीपनको समय तपाई र परमेस्वरबिचको सम्बन्धलाई सुधार्न र बलियो बनाउन लगानी गर्नुहोस्। परिवारको निम्ति समय लगानी गर्न आवश्यक छ। हाम्रो पहिलो सेवाकाई परिवारबाट सुरुवात हुदछ (१ तिमोथी ३:५) । यो परिस्थितीहरुमा हामी प्रत्येकलाई यी सुनौलो अवसरहरु परमेस्वरबाट मिलेको छ, यसलाई कसरी उपयोग गर्दै हुनुहुन्छ?

आउनुहोस यी तीन कुराहरुमाथि एकछिन अवलोकन गरौ :-

धन्यवाद!!!
कविराज राई
( के.आर मिनिष्ट्री )Follow Us on Facebook:
Subscribe to Our Channel:

Comments
Post a Comment