Jokes and illustration for sermon



१. क्षमा

 -चर्च सेवापछि, दुई विश्वासीहरू चिया पिउन सँगै बसे। एक जनाले भन्यो, "प्रभुको प्रशंसा होस्, मैले त्यो व्यक्तिलाई क्षमा गरेको छु। ऊ निक्कै कठिन व्यक्ति रहेछ। मलाई निक्कै चित्त दुखाएको छ त्यो व्यक्तिले। तपाईलाई भन्नुपर्दा ऊ खासै गतिलो मानिस होइन रहेछ"अर्कोले सोध्यो, "के तिमीले उसलाई भन्यौ कि तिमीले उसलाई क्षमा दिइसक्यौ?" उसले जवाफ दियो, "उसलाई त भनेको छुइन... तर मैले मण्डलीको लगभग बाकिँ सबैलाई भनिसकेको छु!"

- कसैले एकपटक भनेका थिए, "मानिसहरूलाई माफ गर्न सजिलो हुन्छ... जबसम्म म वास्तवमै उसलाई भेट्दिनँ!"

Someone once said, "Forgiving people is easy... until I actually meet people!"

- मण्डलीका दुई सदस्यहरूले झन्डै एक वर्षसम्म एक-अर्कासँग कुरा गरेका थिएनन्। हरेक शनिबार सेवामा उनीहरू मण्डलीमा एक-अर्काको विपरीत दिशामा बस्थे। एक दिन पास्टरले क्षमाशीलताको विषयमा प्रचार दिनुभयो। सेवापछि उनीहरूले अन्ततः हात मिलाए... पाष्टरले निक्कै खुशी हुदैं दुई भाईहरुलाई भने, " मलाई लाग्छ तपाईले यो कुना र तपाईले त्यो कुरालाई अब छोडनु हुनेछ। अर्को शनिबार उनीहरू आ-आफ्नो कुनालाई छोडि विपरीत दिशातिर गएर बसे!

साँचो क्षमा बाहिरी मात्र होइन हृदयबाट हुन्छ।

- विश्वासी "पाष्टर ज्यू म सबैलाई प्रेम गर्छु।"

पास्टर: "के तपाई त्यो भाईसँग बोल्नुभयो जोसँग तपाईको विवाद भएको थियो।"

विश्वासी: "अब पाष्टरज्यु ऊ सँग चाहिँ म स्वर्ग मै बोल्छु।" 

२. सिद्ध चर्चा 

एकजना मानिसले भने, "म एउटा उत्कृष्ट चर्च जुन हरेक कुरामा राम्रो छ त्यस्तो असल चर्चको खोजीमा छु।" उनका साथीले जवाफ दिए, "यदि तिमीले त्यस्तो चर्च भेट्टायौ भने पनि त्यसमा नजानु—किनकि तिमीले नै त्यसलाई खराब बनाइदिनेछौ!"


चर्च ढिला आउने विश्वासी

एक जना पास्टरले सोधे, "भाइ, तपाईं किन सधैं चर्चमा ढिलो आउनुहुन्छ?"

उनले जवाफ दिए, "पास्टर, म चाँडै आउन चाहन्थें, तर बाइबलले भन्छ, 'पछिल्लो पहिला हुनेछ!'"

सन्देश: खराब बानीहरूलाई बहाना बनाउन धर्मशास्त्रलाई बङ्ग्याउनु भन्दा चाँडै आउनु राम्रो हो!


कठिन वचन

वचन प्रचार पछि पाष्टरलाई एक विश्वासीले भेटेर भन्नुभएछ, "पाष्टरज्यु तपाईको वचन सुनेपछि मलाई त तपाई आइन्स्टाइन भन्दा बुद्धिमानी लाग्यो?"

यस्तो तारिफ सुनेपछि पास्टर मख्ख पर्दै भनेछन, "ओहो, होइन भाई त्यस्तो! तरपनि धेरै धन्यवाद।"

त्यो रात पास्टर आफ्नो ओछ्यानमा पल्टिदै गर्दा त्यो भाईको तारिफ सोचेर थोरै ओझेलमा परेछन् भाईले त्यस्तो किन भन्यो भनेर।

शनिबार सेवा पछाडि पाष्टरले भाईलाई भेटेर सोधेछन, "भाई अस्तिको हप्ता मेरो वचन सुनेर तपाईले अचम्मको तारिफ गर्नुभयो किन होला?"

भाईले भनेछ, "अब पास्टर ज्यु, भनिन्छ आइन्स्टाइन यति बुद्धिमानी थिए कि संसारमा उनको कुरा बुझ्ने दश जना मात्र मानिसहरु थिए रे। अब तपाईको कुरा त दश जनाले होइन एक जनाले पनि बुझ्दैन। अनि तपाई आइन्स्टाइन भन्दा बुद्धिमान हुनुभएन त।"

खानाबढि प्रभावकारी

सेवा पश्चात एकजना विश्वासीले आफ्नो घरमा सम्पूर्ण मण्डली परिवारलाई खानाको निम्तो दिएछ।

अचानक सबै विश्वासी एकसाथ मिलेर घर पुगेछन्। घरमा ठाउँ नपुग्दा पनि सबै जना प्रेमसाथ मिलेर बसेछ।

पास्टर यो देखेर भनेछ, " प्रभु धन्यवाद!! मेरो तीनवटा वचनले गर्योन नसकेको काम यो खानाले गर्यो।

Point: Fellowship isn't about the food. Food can bring us together, but love and Christ keep us together.

मण्डलीको सबैभन्दा महत्वपूर्ण कुरा

पास्टर, " मण्डली्मा हामीलाई एक-अर्कासँग जोडि राख्नका लागी सबैभन्दा महत्वपूर्ण कुरा के हो?"

विश्वासी: Wi-Fi


Comments