“हामीलाई येशू चाहिन्छ”
हिब्रू ७ (NNRV)
२५. फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।
ख्रीष्ट हाम्रो निम्ति एउटै मात्र विकल्प हुनुहुन्छ। उहाँ बाहेक हाम्रो उद्धार असम्भव छ। मानिसले आफैलाई बचाउन र उद्धार गर्न भरमग्दुर कोशिस गर्छ तर उसको सारा कोसिस व्यर्थ छ। ऊ यो निष्कर्षमा नआएसम्म सधैं भडकि नै रहन्छ "मलाई येशु ख्रीष्टको आवश्यकता छ।" आज मानिसले आफैलाई बचाउन धर्मकर्म गर्छ, दान दिन्छ, यात्रा गर्छ, आफैलाई यातना दिन्छ तर पनि आफैलाई बचाउन सक्दैन्। किन ? किनकि बाटो, सत्य र जीवन केवल ख्रीष्ट हुनुहुन्छ। ख्रीष्टले मृत्युलाई हराउनुभयो र तेस्रो दिनमा बौरी उठेर शैतानको शिरलाई कुल्चनुभयो। उहाँले गरोका फाँटहरुलाई बन्द गरिदिनुभयो। उहाँले शैतानबाट अधिकारहरु खोस्नुभयो।
२६. किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ।
२७. अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो।
२८. किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्ति सिद्ध तुल्याइनुभएको परमेश्वरका पुत्रलाई व्यवस्थाभन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।
जसरी पुरानो नियममा प्रधान पूजाहारीले मानिसहरु र परमेश्वरको बिचमा मध्यस्थता गर्थ्यो आज हाम्रो निम्ति ख्रीष्टले मध्यस्थता गर्नुहुन्छ।
प्रधान पूजाहारीले सालको एक पटक विशेष बलिदान गर्दथ्यो र परमेश्वरसामु पाप क्षमाको निम्ति रगत ल्याउँथ्यो। उनले वेदिमा त्यस बलिदान चढाउँथ्यो अनि पवित्रस्थान हुँदै महा-पवित्रस्थानमा लान्थ्यो जहाँ करारको सन्दुक राखिएको हुन्थ्यो। सन्दूकमाथि कृपा-आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए नयाँ तिनले त्यस रगतलाई चढाउँथे।
सालभर त्यहाँ धेरै अन्य बलिदानहरु हुन्थे- तर अन्य भन्दा यो बलिदान निक्कै महत्वपूर्ण थियो किनकि यो बलिदान बिना पापको क्षमा थिएन र मानिसहरु पापको कारण मर्थे।
तर येशू ख्रीष्ट आउनुभयो र हाम्रो पापको निम्ति अन्तिम बलिदान गर्नुभयो- उहाँले आफ्नै रगत बगाउनुभयो र त्यसलाई लिएर परमेश्वरको सिंहासनमा चढाउनुभयो। यसरी उहाँ हाम्रो पक्षमा हरेकदिन मध्यस्थता गर्नुहुन्छ।
हाम्रो एउटा आवश्यकता थियो जुन वर्णन गरिएको पवित्र,दोषरहित र निष्कलङ्क प्रधान पूजाहारीले बाहेक कसैले पुरा गर्न सक्दैन्। आज पनि हामीलाई येशूको आवश्यकता छ। हामी सोच्छौं मलाई एउटा राम्रो नोकरीको आवश्यकता छ... मलाई राम्रो जीवनसाथीको खाँचो छ...हाम्रो देशमा असल सरकारको आवश्यकता छ आदिइत्यादी।)
तपाईको विश्वासी र दयालु प्रधान पुजाहारीको रुपमा येशू ख्रीष्ट बाहेक कसैले तपाईको हृदय, दिमाग, शरीर र भावनाहरुको वास्तविक आवश्यकताहरु पुरा गर्न सक्दैन्।
तर एउटाले समस्यालाई देख्न सकिन्छ, येशूख्रीष्ट लेवी कुलबाट हुनुहुन्थेन तर उहाँ यहूदा कूलबाट हुनुहुन्थ्यों यसकारण उहाँले कसरी बलिदान दिन सक्नुहुन्थ्यो?
यो त्यति बेला सम्भव छ यदि परमेश्वरले अर्को पुजाहारीगिरी स्थापना गर्नुभयो भने - ठिक उहाँले त्यसै गर्नुभयो।
उहाँले मल्किसेदेकबाट नयाँ पुजाहारीगिरी स्थापना गर्नुभयो जो राजा र पुजाहारी थिए।
भजनसंग्रह ११०:४ मा दाऊद भन्छन्, " परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, "मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।"

Comments
Post a Comment