साँचो संगतीको महत्व
स्वतन्त्रताको लागि अमेरिकी युद्धको समयमा जनरल जर्ज वाशिंटन सेनाहरुबिच केहि ढोलकहरुको (drummer) हरकतले गर्दा चिन्तित थिए। प्रत्येक ढोलकहरु आ- आफ्नै ताल र तरिकाहरुमा ढोल बजाउँथे र कहिलेकाहिँ बिना कारण आफ्नो क्षमतालाई प्रश्तुत गर्न बजाउँथे। यसले सेनाहरुलाई मिश्रित संकेतहरु पठाउँदै थियो जुन युद्धमा निक्कै घातक साबित हुन सक्थ्यो।
त्यसैले वाशिंगटनले कडा चेतावनी दिदैं यो आदेश पठायो: ढोलको प्रयोग सेनाहरूको लागि महत्वपूर्ण संकेत हो - र यदि प्रत्येक ढोलकलाई आफ्नो मनखुशीमा ढोल बजाउन दिइयो भने, उद्धेश्य पूर्ण रुपमा नष्ट हुन्छ किनकि सेनाहरुको लागि ढोलकले आफ्नै खुशीको लागि ढोल बजाइरहेको छ कि संकेतको लागि छुट्टयाउन असम्भव हुनेछ।
वाशिंगटनले ती ढोलकहरुलाई यसो भनिरहेका थिए, सुन! यदि हामी सफल सेना बन्ने हो भने हामीले जथाभावी अनि जहिले पनि बजाउन सक्दैनौं; यदि हामी सेनाको रुपमा दृढतापूर्वक उभिने र यो युद्ध जित्नेहो भने हामीले आफ्नो इच्छा त्याग्नुपर्छ र एकिकृत संकेतहरु पठाउनुपर्छ।
साँच्चै नै आज यहि कुरा हाम्रो संगतीमा पनि लागु हुन्छ। हाम्रो शत्रु दियाबलस सबैभन्दा बढि हाम्रो एकतामा प्रहार गर्न चाहन्छ। यसले हामीबिच खैलाबैला मचाउन चाहन्छ र विभाजन ल्याउन चाहन्छ। यदि संगतीमा एकरुपता, एकचित्त र एकविचार भएन भने हामीले लामो यात्रा तय गर्न सक्दैनौं।
koinonia : कुनै पनि चीज साझा गर्नु, बाँडचुड गर्नु
फिलिप्पी २ (NNRV)
१. यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने,
प्रेरित पावलले १ अध्यायमा कसरी बाहिरी द्धन्द्धको सामना गर्ने भनेर बताउँछन र अब उनले तिनीहरुलाई ख्रीष्टको शरीरमा आन्तरिक द्धन्द्धहरु विरुद्ध कसरी कार्य गर्ने भनेर बताउँछन्। यदि मण्डलीले आन्तरिक समस्याहरुलाई समाधान गर्ने कुरालाई जोड दिदैन भने मण्डली आत्मिक रुपमा खोक्रो हुन्छ। त्यस्तो मण्डलीमा आत्मियता, प्रेम र घनिष्टता सेलाउँदै जान्छ। आज मण्डली चाहिँ बाहिरी समस्या र सतावटले भन्दा पनि प्राय आन्तरिक समस्याहरुकै कारण शिथिल अवस्थामा छ। यदि मण्डलीले आफ्नै आन्तरिक द्धन्द्धहरुमाथि विजय प्राप्त गरेको छैन भने यसले बाहिरी सतावट र समस्याहरुलाई पराजित गर्न सक्दैन्। फिलिप्पीको मण्डलीमा पनि यो समस्या थियो (४:२)।
हरेक इशाईको चार अनुभवहरु:
ख्रीष्टमा प्रोत्साहन, प्रेमको प्रेरणा, पवित्र आत्माको संगती, स्नेह र सहानुभूति
हामीले यो बुझ्न आवश्यक छ कि पावलले यदि भनेर यी चारवटा कुराहरुलाई सम्भावनाको रुपमा मात्र होइन तर निश्चितता र वास्तविकताको रुपमा बताइरहेका छन। यी चारवटा कुराहरुमा कुनै शंका छैन। साँचो संगती ख्रीष्टमा हाम्रो लागि परमेश्वरको प्रेमबाट प्रेरित हुन्छ।
के तपाईले ख्रीष्टमा प्रोत्साहन पाउनुभएको छ?
तपाईका पापहरु क्षमा भएका छन, तपाई ख्रीष्टमा नयाँ सृष्टि हुनुभएको छ,पुराना कुराहरु बितिसकेका छन् र परमेश्वरले सबै कुराहरु नयाँ बनाउनुभएको छ भन्ने कुराले के तपाईलाई प्रोत्साहन मिल्छ? (२ कोरिन्थी ५:१७)
येशूले तपाईको पाप आफैमा लिनुभयो र तपाईलाई उहाँको धार्मिकताको पहिरन लगाउनुभयो भन्ने कुराले के तपाईलाई प्रोत्साहन मिल्छ?(२ कोरिन्थी ५:२१)
येशूले तपाईलाई कहिल्यै नछोड्ने वा नत्याग्ने प्रतिज्ञा गर्नुभएको कुराले तपाईलाई प्रोत्साहन मिल्छ? (मत्ती २८:२०; हिब्रू १३:५)
प्रोत्साहनले संगतीलाई निर्माण गर्छ। प्रोत्साहनबिना संगती रित्तो छ। हामी सधैं एक-अर्काको निम्ति प्रोत्साहनको श्रोतहरू हुनुपर्छ। हिब्रू १०:२५
यस खण्डमा प्रोत्साहन शब्द प्राचिन ग्रीक शब्द paraklesis हो। नयाँ नियममा प्रोत्साहनको अर्थ केवल विचरा... भन्नु मात्र होइन्। यस शब्दको अर्थ उत्साह दिनु, मद्दत गर्नु, एकले अर्कोलाई बलियो बनाउनु हो।
धेरै पटक हामी गुनासो पोख्छौं, "मेरो दुखमा मलाई कसैले प्रोत्साहन दिएन....मलाई कसैले प्रेम देखाएन...मेरो त्यस्तो अवस्थामा मलाई कसैले सान्तवना दिएन....।"
प्रियहरु! म तपाईलाई प्रश्न गर्न चाहन्छु, के तपाईले आफ्नो सबैभन्दा नाजुक अवस्थामा ख्रीष्टको प्रेमलाई महसुस गर्नुभएको छ?
के तपाईले जीवनमा सबै आशा गुमाउनुभएको बेला ख्रीष्टको सहानुभूति, उहाँको दया र करुणालाई अनुभूति गर्नुभएको छ?
यदि छ भने जानुहोस् तपाईको प्रेम र सान्तवनाको खाँचो कसलाई छ ,बिना हिचकिचाहट दिनुहोस्।
मलाई कसैले गरेन भनेर गुनासो र गनगन गर्ने होइन तर प्रोत्साहन दिने..प्रेम गर्ने ...सान्तवना दिने जिममेवारी परमेश्वरलाई हामीलाई दिनुभएको छ।
- ख्रीष्टमा प्रेमको प्रेरणा
प्रेरित पावल भन्छन्, "... हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।" रोमी ५:५
एक इशाई भएको नाताले, परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ भनेर थाहा पाउँदा के तपाईलाई कुनै प्रेरणा र सान्तवना मिल्छ?
संसारको सृष्टि हुनुभन्दा पहिले उहाँले तपाईलाई ख्रीष्टमा चुन्नुभयो? (एफिसी १:४)
परमेश्वरले उहाँको एकलौटे पुत्र तपाईको खातिर कलवरी क्रूशमा मर्न पठाउनुभयो। (यूहन्ना ३:१६)
परमेश्वरले तपाईलाई आफ्नो सन्तानको रुपमा ग्रहण गर्नुभएको छ र उहाँले ख्रीष्टलाई प्रेम गरेझैं तपाईलाई प्रेम गर्नुहुन्छ (यूहन्ना १:१२;१७:२३)
२. तिमीहरू एउटै मनका (१० पटक) भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
मण्डली त्यतिबेला कमजोर हुन्छ जतिबेला यसको सदस्यहरु भिन्न-भिन्न विचार र सिद्धान्तहरु, भिन्न-भिन्न दर्शन बोकेर छरपष्ट हुन्छ। हो, हाम्रो वरदान, बोलावट, भावना र व्यक्तित्वहरु फरक-फरक छन तर जसरी भिन्न-भिन्न अंगहरु मिलेर एउटा शरीरले प्रभावकारी रुपमा कार्य गर्दछ त्यसरी नै मण्डलीले कार्य गर्नुपर्दछ।
३. स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
एउटा इशाईको सबैभन्दा ठूलो शत्रु स्वार्थ र अहंकार हो। यदि हामी एकअर्कासँग प्रतिस्पर्धा गर्छौ भने हामी एकअर्काको कसरी सेवा गर्न सक्छौं?
झगडा स्वार्थी महत्वाकांक्षाले ल्याउँदछ। यसले प्रतिस्पर्धी भावनाको कुरा गर्छ। २ तिमोथी २:२४ मा, "प्रभुको सेवक झगड़ालु हुनुहुँदैन...।" यसले वास्तवमा ख्रीष्टको शरीरमा पदको लागि राजनिति गर्ने बिचारलाई उदृत गर्दछ यसकारण मण्डलीभित्र कुनै किसिमको झगडा वा स्वार्थी महत्वाकांक्ष हुनुहुँदैन। हितोपदेश १६:१८
"सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।"
ग्रीक-रोमन संसार जहाँ मण्डलीको सुरुवात भयो त्यस संस्कृतिमा नम्रता र विनम्रताको सद्गुणको रुपमा हेरिदैन्थ्यो। नम्रतालाई दासता र कायरताको रुपमा लिइन्थ्यो र रोमीहरुले घमण्ड र आत्म-उन्नतिको बडो कदर गर्थे, हाम्रो समाजले जस्तै। प्रारम्भिक मण्डलीको एउटा कठिनाईचाहिँ पागान (मूर्तिपुजक) संसारलाई क्रूशमा अपमानित भई मर्नुभएको ख्रीष्टलाई मशिहको रुपमा प्रचार गर्नु थियो।
४. तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
५. तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
संगतीको उद्धेश्य हामीमा ख्रीष्टको जस्तै हृदय स्थापित गर्नु हो।
हामीमा

Comments
Post a Comment