याकूब ५ - भाग १०

 याकूब ५ - भाग १०





१. धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर।

२. तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्।

जति बचत गर्दा पनि कहिले पैसा नहुने भएर एक जना हास्यकलाकारले यसरी भनेका थिए, "यदि पैसा बोल्दो होत, यसले मलाई सधैं एउटै कुरो भन्ने थियो- Good Bye"

यो खण्ड कुुनै पनि कोणबाट धन र धनीहरुको विरोधमा छैन्। हरेक इशाई धनी र सफल हुनुपर्छ। परमेश्वर उहाँको हरेक सन्तान सफल भएको र  प्रशस्ततामा जिएको चाहनुहुन्छ।

प्राचिन समयमा धन सामान्यतयाः तीन रुपहरुमा अवस्थित थियो: खाना, कपडा र बहूमूल्य धातु।

धन तब समस्या बन्न जान्छ जब यसले हाम्रो जीवनमा परमेश्वरको स्थानलाई ओगट्छ। जब हामी यसमाथि भरोसा गर्न थाल्छौ र यसैमाथि निर्भर हुन्छौ।

खल्तीको पैसा जब हाम्रो जीवनको मालिक बन्छ यो निक्कै खतरनाक हुन्छ। पैसा खल्तीमऺ हुनुपर्छ र परमेश्वर हृदयमा हुनुपर्छ।जब पैसाले हामीलाई नियन्त्रण गर्न थाल्छ, यसले हामीलाई जता चाह्यो त्यतै लान्छ अनि जे गर्न अह्राउँछ हामी त्यहि गर्न तयार हुन्छौ।

याकूब धनीहरुको ३ पापहरुको बारेमा बताउँछन:

पहिलो, पापपूर्ण धनको संचय ( स्वार्थ र लोभ)

दोस्रो, भ्रष्टपूर्ण धन

पैसा पृथ्वीमा रहुन्जेलसम्म हाम्रो जीवन धान्ने एउटा साधन मात्र हो। यसलाई तपाईको आफ्नो र अरुको भलाईको निम्ति खर्च गर्नुहोस्। धेरै पटक हामीलाई खर्च गर्न लोभ लाग्छ। अवश्य पनि त्यहाँ फिजुल खर्च हुनु हुँदैन तर चाहिने कुरामा कन्जुस्याइँ गर्नु पनि ठिक होइन्।

अमेरिकाको सबैभन्दा ठूलो कंजुस हेट्टी ग्रीन

जब १९१५ मा उनको मृत्यु भयो, उनले १०० मिलियन डलरको कूल सम्पत्ति छोडेर गइन्। तर उनी जीवनभर एक भिखारी जसरी जिइन। उनले बत्तीको पैसा बचाउन चिसो बासी खाना खान्थिन, उनको छोरोको खुट्टामा चोट लाग्दा निशुल्क उपचार खोज्दा-खोज्दै संक्रमणको कारण उनको खुट्टा काट्नु पर्यो, सस्तो दुध खाएर आफैमाथि मृत्यु निम्त्याए।

बाइबलले हामीलाई संसारको थोकहरुको मोह नराख्ने आज्ञा दिन्छ। बरु हामाले हाम्रो सारा हृदयले, सारा प्राणले, सारा बललले परमेश्वरलाई प्रेम गर्नुपर्छ।  यसलाई याकूब राजकिय व्यवस्था भन्छन्।

पैसालाई सम्बन्ध तोड्न होइन सम्बन्ध निर्माण गर्ने र बनाउने माध्यमको रुपमा प्रयोग गर्नहोस्। छिट्टो सम्बन्धै तोड्ने कुरा नै पैसा हो। यसलाई बुद्धिमान भएर सदुपयोग गर्नुहोस्।

३. तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।

तेस्रो पाप, परमेश्वरको निम्ति नभएर आफ्नै स्वार्थको निम्ति थुपार्नु, अन्याय र धोखाबाट संचय गर्नु

वास्तवमा यी दुवै धातु सुन र चाँदिमा कुनै किसिमको खिया लाग्दैन। धेरैले याकूब गरिब भएका कारण सुन चाँदिको ज्ञान नभएको हुन सक्ने महसुस गरेका छन्। तर वास्तवमा याकूबलाई यी दुवै धातुहरुको राम्रो ज्ञान थियो र उनले आफ्ना पाठकहरुले गहिरो सत्यतालाई बुझेको चाहन्थे। इतिहास भरि नै  मानिसहरुले यी बहूमूल्य धातुहरु खोजी गरेर भण्डारण गरेका छन तर एकै जनाले पनि आफ्नो मृत्युपछि यसलाई लिएर जान सकेको छैन। यी जस्तै मूल्यवान वस्तु भए पनि एक दिन तपाईको लागि सस्तो मिश्र धातु जस्तै बेकार हुनेछ। अनन्ततामा यसको कुनै मूल्य हुँदैन।
लाजरस र धनीहरुको मानिसको दृष्टान्तमा हामी देख्न सक्छौं कि धनी मानिसको धनले तिनलाई बचाउन सकेन। मृत्यु पछिको एउटै मुद्रा चाहिँ ख्रीष्टमाथिको हाम्रो विश्वास हो।
जब हामी अनन्तताको दृष्टिकोण प्राप्त गर्छौ, हाम्रो पार्थिव दृष्टिकोण अब उसो पहिलाको जस्तो हुँदैन। पैसाप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ।

अलेक्जेन्डर महान, धेरै राज्यहरु जितेर घर फर्कने क्रममा बिमारी भए र मृत्युको ओछ्यानमा पुगें। अब उनले आफ्नो अन्तिम अवस्थाको यथार्थलाई स्विकार गर्नुपर्ने भयो।
उनले आफ्ना सेनापतिहरूलाई बोलाए र भने,"म यस संसारबाट छिट्टै बिदा हुनेछु,मेरो तीनवटा इच्छाहरू छन्।"
आँखाबाट आँसुका झार्दै सेनापतिहरू राजाको अन्तिम इच्छा पालन गर्न राजी भए।
"मेरो पहिलो इच्छा चाहिँ मेरो लाशको कफिनलाई मेरै डाक्टरहरुले बोक्नुपर्छ।
मेरो दोस्रो इच्छा, मेरो लाशलाई बोकेर चिहान लाँदा बाटो सबै सुनचाँदी र बहूमूल्य रत्नहरूले छरिएको हुनुपर्छ र मेरो तेस्रो अन्तिम इच्छा, मेरो लाश कफनमा लाँदा, मेरो दुवै हात कफिनबाट बाहिर निकाल्नु।" 
राजाको अनौठो इच्छा सुनेर सबै सेनापतिहरू छक्क पर्छन र एक जना सेनापति डराउँदै राजालाई सोध्छ,"हे महाराजा, तपाईको सबै इच्छाहरु पुरा हुनेछ भनेर हामी तपाईलाई आश्वासन दिन्छौं। तर किन यस्तो अनौठो इच्छ?नेर हामी तपाईलाई आश्वासन दिन्छौं। तर किन यस्तो अनौठो इच्छ?
अलेक्जेन्डर लामो सास फेर्छन र भन्छ, "मैले मेरो अन्तिम अवस्थामा सिकेको तीनवटा पाठहरु संसारलाई थाहा भएको म चाहन्छु।
पहिलो, डाक्टरहरुले मेरो लाश बोक्दै गर्दा मानिसहरुले संसारको सबैभन्दा उत्तम डाक्टरहरुले पनि मृत्युबाट बचाउन नसक्ने रहेछ भनेर सिकेको चाहन्छु। मृत्यु अपरिहार्य छ।
दोस्रो, मेरो लाश सुन चाँदि र अन्य बहूमूल्य रत्नहरूले  छरिएको बाटो भएर मेरो लाश लगिदै गर्दा मानिसहरुले जीवनभर कमाएको अथाहा धनसम्पत्तिबाट एकै अंश पनि लान नसकिने रहेछ भनि सिकेको चाहन्छु।
तेस्रो, मानिसहरुले कफिन बाहिरको मेरो हात देखेर म संसारमा रित्तो आए र रित्तै फर्किन्छु भन्ने पाठ सिकेको चाहन्छु।

४. जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ।

परमेश्वर हामीसँग के छ भन्ने कुरामा मात्र होइन तर हामीले कसरी त्यसलाई प्राप्त गरेका छौं भन्ने कुराप्रति पनि चिन्तित हुनुहुन्छ। मानिसहरुबाट प्राप्त गर्न बेइमान्दारी माध्यमहरु प्रयोग नगर्नुहोस्। हामी कसरी धनी बन्छौं, परमेश्वरको लागि महत्वपूर्ण छ। यी धनीहरुले गरिब र असहायहरुको ज्याला रोकेका थिए। बाइबलले धेरै ठाउँमा यस प्रथाको विरुद्धमा बोकेको छ।

व्यवस्था २४:१४
तिमीहरूको इस्राएली भाइ होस् वा तिमीहरूका सहरहरूमध्ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।

खेताला र मजदुरहरु ती नम्र व्यक्तिहरु हुन जसले दैनिक ज्यालामा खेतिपाती गर्छन। यस्ता व्यक्तिहरुसँग आफैलाई बचाउने शक्ति थोरै हुन्छ अथवा हुँदैन। पुरानो नियममा परमप्रभुले इस्राएलीहरुलाई तिनीहरुको बाली कटनीको समयमा केहि बिटाहरु परदेशी, टुहुरा र विधवाहरुलाई छोडिदिने आज्ञा दिनुभयो (व्यवस्था २४:१९-२२)। तिनीहरु समाजमा कमजोर र असहाय हुन्थे र आफ्नो हकअधिकारको निम्ति लड्न सक्दैन थिए।
हामीले त्यस्ता व्यक्तिहरुको रक्षा गरेको परमेश्वरको चाहनुहुन्छ।

भजनसंग्रह ८२:३-४
३. दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
४. दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।

तिनीहरुको विरुद्धमा भएको अन्याय परमेश्वर जान्नुहुन्छ। जब मानिसहरुले कुनै पनि कारण पिडा भोग्छन, उहाँ जान्नुहुन्छ हरेचाह गर्नुहुन्छ तर उहाँ विशेष गरि अन्यायको कारण पिडितहरुको पुकारमा ध्यान दिनुहुन्छ। उहाँ तिनिहरुको चित्कारलाई सुन्नुहुन्छ। परमेश्वर न्यायी हुनुहुन्छ।
यस कुराले हामीलाई सचेत र सोच्न बाँध्नु बनाउँछ कि हामीले त्यस्ता मानिसहरुसँग कस्तो व्यवहार गरेका छौं। कतै हामीले आफ्नो काममा, आफ्नो जागिरमा, आफ्नो व्यवसायमा, पसलमा, किनमेल गर्दा, कारोबार गर्दा कसैको फाइदा उठाएका छौं कि? कसैप्रति अन्याय गरेका छौं कि?
परमेश्वर हामीबाट पूर्ण इमान्दारीता चाहनुहुन्छ। कसैलाई ठग्नु र धोखा दिनु चाहिँ निक्कै खतरनाक कुरा हो। हामी यसले गर्दा परमेश्वरको दण्ड र न्यायमा  पर्छौ।
परमेश्वर मेहेनत र परिश्रमको कमाईमा आशिष दिनुहुन्छ।

हितोपदेश १३:११
बेईमानीसँग कमाइएको धन घट्दैजान्छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ।

५. तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ।

मत्ती ६
१९.   "आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।  
२०.  तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।  
२१.  किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।  

एक युवक आफ्नो महङ्गो BMW गाडिमा थियो। अचानक घुमाउरो बाटोमा गाडि अनियन्त्रित भएर दुर्घटना भयो। गाडि चट्टानबाट खस्यो तर उसले आफ्नो देब्रे हात गुमाए। ऊ त्यहिँ उभिएर आफ्नो जलिरहेको महङ्गो गाडि हेर्दै भन्यो, "ओहो! यो के भयो, "मेरो कार!"
उसको बचाउमा आएको अर्को व्यक्तिले उसलाई भन्यो, "हजुर, तपाई यत्रो ठूलो दुर्घटनाबाट बाँच्नुभएको छ, आफ्नो देब्रे हात गुमाउनुभएको छ , रतपाई आफ्नो कारको लागि रोइरहनुभएको छ?"
युवकले तल हेर्यो र भन्यो, "ओहो! मेरो रोलेक्स घडि!"

६. तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ।  




Comments