कसरी प्रार्थना गर्ने?

कसरी प्रार्थना गर्ने? 


 पूर्ण विश्वास र निर्धक्कताकासाथ प्रार्थना गर्नुहोस्।

एउटा गाउँ थियो जुन एतिहासिक रुपमा "सुक्खा" थियो, तर त्यहाँका एक स्थानिय व्यापारीले त्यहाँ रक्सी बार निर्माण गर्ने निर्णय गरे। स्थानीय मण्डलीका विश्वासीहरु चिन्तित भए र परमेश्वरलाई हस्तक्षेप गर्नुहोस भनि प्रार्थना गर्न उनीहरु भेला भए। उनीहरु रातभर प्रार्थनामा रहे। यस्तो भयो कि त्यसको केहि समयपछि हुरीबतास चल्यो र चट्याङले त्यस बारमा प्रहार गर्‍यो र त्यो पुरै जलेर खरानी भयो। यो सबै हुनुमा मण्डलीको प्रार्थना जिम्मेवार छ भनी दाबी गर्दै बारको मालिकले मण्डलीविरुद्ध मुद्दा दायर गरे, तर मण्डलीले उनीहरु जिम्मेवार नभएको भनी अदालतमा बहस गर्न एक वकिललाई समाए। 

न्यायाधीशले मुद्दाको पहिलो समिक्षापछि भने, "यो मुद्दाको फैसला जसरी भए पनि, एउटा कुरा स्पष्ट छ। बार मालिकले प्रार्थनामा विश्वास गर्छन तर इशाईहरुले नै चाहिँ मान्दैनन्।"

सन् १९५२ मा अल्बर्ट आइन्स्टाइनले प्रिन्सटन विश्वविद्यालयको क्याम्पसमा भाषण दिइरहेका थिए । एक डाक्टर विद्यार्थीले प्रख्यात वैज्ञानिकलाई सोधे "मूल शोध प्रबंध अनुसन्धानको लागि संसारमा के बाँकी छ?" गम्भीर विचार र गहिराइका साथ आइन्स्टाइनले जवाफ दिए, "प्रार्थनाको बारेमा पत्ता लगाउनुहोस्। कसैले प्रार्थनाको बारेमा पत्ता लगाउनु पर्छ।"

जसरी एउटा सम्बन्ध बलियो हुन निरन्तर संचारको आवश्यकत्ता हुन्छ, परमेश्वरसँगको हाम्रो सम्बन्ध बलियो हुन निरन्तर प्रार्थनाको खाँचो हुन्छ।

  • स्थिरताका साथ प्रार्थना गर्नुहोस्।

proskartereo : समर्पित भ निरन्तर लागि पर्नु

प्रार्थनामा हाम्रो समर्पणता, प्रतिबद्भता र निरन्तरता चाहिन्छ। यस शब्दलाई प्रार्थना गर्न प्रतिबद्ध हुनु, विश्वासयोग्य हुनु र समर्पित हुनु भनी अनुवाद गरिएको छ। त्यसैले प्रार्थनामा अडिग रहनुहोस्, प्रार्थनामा लाग्नुहोस्, र हार नमान्नुहोस्। प्रार्थनामा सबैभन्दा सहज र सजिलो कुराचाहिँ हार मान्नु-हरेस खानु हो।

प्रियहरू! हुनसक्छ तपाईंको जीवन व्यस्त भएको छ, सायद तपाईंको तालिकाहरू गर्नुपर्ने धेरै कामहरूले भरिएको छ, तपाईं धेरैजसो समय थकित हुनुहुन्छ होला, र त्यसैले पनि हामी प्रार्थना गर्न नसक्ने धेरै कारणहरूका साथ परीक्षामा परिरहेका हुन्छाैं। वास्तवमा, प्रार्थना गर्न नसक्ने धेरै कारणहरू देखाउँदै आज हामी धेरै जना आफूलाई  परीक्षामा फसेको पाउँछौं। व्यस्त हुनु राम्रो हो तर हामी परमेश्वरको लागि पनि व्यस्त हुने कुरा असल होइन।

हामी प्रार्थना उति प्रभावकारी नभएको देखेर प्रार्थना गर्न छोड्छौं। हामीले परिणामहरू नदेख्दा 'प्रार्थनाले साँच्चै काम गर्छ र?' भन्ने शंका गर्छौं। हाम्रा प्रश्नहरू अनुत्तरित हुँदा, हाम्रा मागहरू पुरा नहुँदा, हाम्रो अवस्था र परिस्थितीहरूमा कुनै सुधार नहुँदा, अझै रोगबिमारीले ग्रसित हुँदै जाँदा, समस्या ज्युँकात्यु नै रहँदा, हामी प्रार्थना गर्न छोडछाैं। प्रार्थनामा हामी अडिग हुन सक्दैनाैं। प्रार्थनामा हामी समर्पित हुन सक्दैनाैं। 

जब पेन्तिकोसको दिनमा पहिलो शताब्दी मण्डलीको जन्म भयो, त्यसपछि बाइबलले भन्दछ, "तिनीहरू  प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्न र प्रार्थनामा भत्तिसाथ लागिरहन्थे।" प्रेरित २:४२

पहिलो शताब्दी मण्डलीका विश्वासीहरूले फूलाई प्रार्थनामा समर्पित (proskartereo) गरे। तिनीहरू प्रतिबद्ध थिए,अडिग थिए, र प्रार्थनामा लगनशील थिए, उनीहरूले हार मानेनन्।

येशू ख्रीष्टले प्रार्थनाको विषयमा भन्नुभएको दुईवटा शिक्षाप्रद दृष्टान्तहरु लूका ११ र १८ अध्यायमा पाउँछौँ। 
लूका ११:९ ".....माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ।"
यो खण्ड वर्तमान कालमा छ जसको अनुवाद यस्तो हुन्छ, "मागिरहो....खोजिरहो र ढकढक्याइरहो।" ख्रीष्ट हामीले एकैछिन प्रार्थना गरेर त्यसलाई बिर्सने र अन्तमा हार मानेको  चाहनुहुन्न। उहाँ हामीलाई प्रार्थनामा दृढतापूर्वक स्थिर भएको चाहनुहुन्छ। 

लूका १८:१ "तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: "खुरन्धार लागेकी विधवा"

"हामीलाई आनन्द नलागेपछि परमेश्वरको वचन पढन छोडन र प्रार्थना गर्न हार मान्न बाँध्य बनाउने शैतानले परीक्षा ल्याउँदछ मानौं हामीलाई मज्जा नलाग्दा वचन पढनुको कुनै फाईदा छैन्। सत्य यो हो कि वचनको आनन्द लिन हामीले वचनलाई निरन्तर पढनुपर्छ र प्रार्थनाको आत्मा प्राप्त गर्ने तरिका प्रार्थना गरिरहनु हो। हामी परमेश्वरको वचन जति कम पढछौं, त्यति नै यसप्रतिको चाहना कम हुँदै जान्छ र जति प्रार्थना कम गर्छौ, त्यति नै प्रार्थना गर्ने चाहना कम हुन्छ।" जर्ज मुल्लर - प्रार्थना योद्धा 


  • उत्कट इच्छा र जोशका साथ प्रार्थना गर्नुहोस्।

एकपटक मार्टिन लुथर खाना खाने टेबलमा उनको कुकुर पनि थियो, त्यसले आफ्नो मालिकबाट मासुको एक टुक्रा चाहन्थ्यो र त्यसले खुला मुख र गतिहिन आँखा एक टक लगाएर हेरिरह्यो; लुथरले आफ्ना सेवकहरुलाई भने, "ओहो! यदि मैले यो कुकुरले मासु हेरेको तरिकाले मात्र प्रार्थना गर्न सके त! यसको सम्पूर्ण विचार र ध्यान मासुको टुक्रामा केन्द्रित छन्। नत्र यसको कुनै सोच, इच्छा वा आशा छैन्।"

हामी प्रार्थनाप्रति कति तल्लिन छौं? हामी कति हृदयकस‌था प्रार्थना गर्छौं? 
याकूब ५:१६ ले भन्दछ, "धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।"
 येशू ख्रीष्टले उत्कट इच्छा र जोशका साथ प्रार्थना गर्नुभयो। 
- लूका ३:१ उहाँको बप्तिस्मामा : जब उहाँले प्रार्थना गर्नुभयो स्वर्ग उघ्रियो। जोशपूर्ण प्रार्थनाले स्वर्ग खुल्छ। 
- लूका ६:१२ चेला चुन्नुअघि : उहाँ रातभर प्रार्थनामा रहनुभयो। उत्कट इच्छासाथ गरिएको प्रार्थनाले सहि दिशा प्राप्त हुन्छ। 
- लूका ९:२९ उहाँको रुपान्तरणमा : उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो। जोशिलो प्रार्थनाले पिताको महिमालाई अनुभव गर्न सकिन्छ। 
- यूहन्ना १७ उहाँको प्रधान पुजाहारीको प्रार्थनामा : जोशपूर्ण प्रार्थनाले अरुको जीवनमा प्रभाव पार्छ। 
- मत्ती २६:३९ गेतसमनीको बगैंचामा : उत्कट इच्छाको प्रार्थनामार्फत मात्रै हामीले हाम्रो हृदयलाई परमेश्वरकहाँ टक्र्याउन सक्छौं। 
मस्तिष्कबाट होइन तर हृदयको अन्तस्करणबाट गरिएको प्रार्थना नै जोशपूर्ण उत्कट इच्छाको प्रार्थना हो। 
ख्रीष्टले हामीलाई "प्रार्थना गर्दा अन्यजातीहरुजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरुको सुनाइ हुन्छ भन्ने तिनीहरु विचार गर्दछन्।" मत्ती ६:७ भनी चेतावनी दिनुभयो। अन्यजातीहरुले जसरी हामीले परमेश्वरसँग मन्त्रहरु मार्फत कुरा गर्नु पर्दैन। सम्बन्धमा त्यस्तो हुँदैन। तपाई आफ्नो जीवनसाथीलाई बारम्बार भट्टयाएर 'म तिमीलाई माया गर्छु....म तिमीलाई माया गर्छु' भनी राख्न पर्दैन। हिदेन र पागनहरुले आफ्नो प्रार्थना उनीहरुको देवतासम्म पुगोस भनी एउटै प्रार्थना दोहोर्याउने गर्छन। 
१ राजा १८:२६ खण्डमा पनि बाल देवता पुज्ने अगमवक्ताहरुले दिनभर नै 'हे बाल, हामीलाई जवाफ दिनुहोस्' भन्दै प्रार्थना गरेको घटनालाई हामी पाउँछौं। 



  • कृतज्ञतासाथ प्रार्थना गर्नुहोस् ।

प्रेरित पावल भन्छन, 
- एफिसी ५:२०ले हामीलाई बताउँछ कि धन्यवादि हुनुचाहिँ पवित्र आत्माले भरिनु र उहाँको प्रभावमा हिँडनुको प्राकृतिक परिणाम हो। 
- फिलिप्पी ४:६ ले हामीलाई बताउँछ कि कुनै कुराको लागि चिन्तित नहुनु तर सबै कुरामा हामीले प्रार्थनाद्धारा धन्यवाद दिँदै परमेश्वरलाई हाम्रा विन्तिहरु बताउनुपर्छ। 
- १ थेसलोनिकी ५:१८ ले हामीलाई सबै परिस्थितिमा धन्यवाद दिने कुराचाहिँ ख्रीष्ट येशूमा हाम्रो लागि परमेश्वरको इच्छा हो भनी बताउँछ।

परमेश्वरलाई हाम्रो कृतज्ञता व्यक्त गर्दा धेरै कुराहरु हुन्छन् :
- यसले निर्भरतालाई प्रष्ट पार्छ। 
- यसले सम्बन्धलाई देखाउँछ। 
- यसले परमेश्वरलाई प्रशंसा मिल्दछ। 
- यसले हामीमा नम्रता उत्पन्न गर्छ। 

लूका १७:११-१९
हामी ती ९ जना निको भएका कुष्ठरोगीहरु जस्ता हुनुहुँदैन जसले परमेश्वरको अनुग्रह, आशिष, कृपा र प्रेमलाई त पायो तर फर्केर ख्रीष्टलाई धन्यवाद दिने सम्म पनि चेष्टा गरेनन् 
तब येशूले भन्नुभयो,  "के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्? के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?"  

तर हामी त्यो एक जना निको भएको कुष्ठरोगी जस्तो हुन पर्छ जसले आफैलाई निको भएको प्रमाणित गर्न पुजाहारीकहाँ जाने कुराभन्दा पनि महत्वपूर्ण ख्रीष्टलाई फर्कि आएर धन्यवाद दिने ठान्यो। उसले आफु निको भएको प्रमाणित गर्न पुजाहारीलाई देखाएपछि उसलाई त्यहाँ धेरै सहज हुने थियो। कुष्ठरोगीहरु समुदायबाट बहिष्कृत मानिसहरु हुन्थे। सायद ऊ आफ्नो परिवारसँग हुन सक्थे। आरामसँग आफ्नो घरमा जीवन बिताउन सक्थे। तर उसले पहिलो कुरा जसले मलाई यो लायक बनाउनु भयो उहाँलाई धन्यवाद नदिई यी कुनै कुरा सार्थक हुँदैन भनी फर्कियो। 


Comments