- Get link
- X
- Other Apps
सम्झनाका ढुङ्गा
धेरै पटक हामी परमेश्वरले हाम्रो निम्ति गर्नुभएको थोकहरुलाई छिट्टै बिर्सन्छौं। व्यवस्था ६:१२ मा मोशाले इस्राएलीहरुलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुहुने परमप्रभुलाई नभुल्न चेतावनी दिएका छन्। 'नभुल्नु' भनेको चाहिँ सम्झि रहनु हो। मानवको भुलक्कड बानीको कारण बाइबल इतिहासमा स्मारकको महत्वपूर्ण भूमिका देख्न सकिन्छ।
"विगतमा परमेश्वरले गर्नुभएको काम सम्झनाले आत्मिक खडेरीको समयमा दिगो र नवीकरण प्रभाव पार्छ। यसरी स्मृति र आराधना आत्मिक जीवनको कुञ्जी हुन्। " रिचार्ज जे. फोस्टर
विरताको सम्झनाहरु कठिन बाधाँहरुबाट जन्मन्छ। यदि तपाई बाधाँहरुबाट जान तयार हुनुहुन्न भने तपाईसँग विरता र विजयको कथा हुनेछैन्। परमप्रभु यी ढुङ्गाहरुको आवाज भएको चाहनुहुन्थ्यो। तैपनि, ढुङ्गाको यो उपदेश कानको लागि भन्दा बढि आखाँको लागि थियो। धेरै पटक हामीले सुनेको कुरा बिर्सन्छौं यसकारण परमप्रभुले इस्राएलीहरुले नभुलोस भनि तिनीहरुले देख्न सक्ने ढुङ्गाहरु एकट्ठा गर्ने आज्ञा दिनुभयो।
हामीले विगतमा धेरै कठिनाई र बाधाँहरुको सामना गर्यौ होला तर ती सम्पूर्ण कुराहरुले हामी अझै वृद्धि गरेको छ। हामी अझ बढता खारिएका छौं। हामी हरेकसँग आउँदो पुस्तालाई परमेश्वरको महानताबारे सुनाउने कथाहरु छन्।
- यो परमेश्वरले के गर्नुभएको थियो भनि सम्झना गर्नको लागि थियो।
तपाईसँग जीवनमा कस्तो अनुभवहरु छन?
परमप्रभुले यहोशूलाई सम्झनाको ढुङ्गाहरुको स्मारक बनाउने आज्ञा दिनुभयो ताकि जब-जब इस्राएलीहरुले यस ढुङ्गाको थुप्रोलाई देख्थ्यो तब-तब तिनीहरु आफ्नो बल र क्षमताले होइन तर परमेश्वरको कारण यर्दन नदि तरेको सम्झने थियो। हामीले पनि जीवनमा यस्ता कयौं मरुभूमि र यर्दनहरु तरेका छौं। ती हाम्रो बल र सामर्थ्यले होइन तर परमेश्वर हाम्रो साथमा हुनुभएको कारण हो। यी सम्झनाका ढुङ्गाहरुले हामीलाई परमेश्वरको सहायता, महानता र विश्वासयोग्यतालाई स्मरण गराउँदछ। भजनकर्ताले भनेका छन्, "परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।" (भजन. १२७:१)
यहाँसम्मको यात्रामा हरेक कदममा परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ। हरेक कठिन परिस्थितिमा उहाँले हाम्रो साथ छोडनुभएन। हाम्रो यात्रा सहज थिएन तर हामी एक्लै पनि त थिएनौं। यसकारण हामी भनौं, "न त बलले न शक्तिले, तर परमप्रभुको आत्माले" जकरिया ४:६
हामी हरेकसँग सम्झनाहरुको स्मारक छ। यस्ता कयौं विश्वासका लडाँईहरु तपाईले लडनुभएको छ। यस साल तपाई अनेकौं कष्ट, समस्या, अभाव, र बाधाँहरुसँग जुध्नुँभयो होला तर पनि तपाईको विश्वासलाई कुनै कुराले लडाउन सकेन।
प्रियहरु! विश्वासको पाठ सिकेर सिक्न सकिँदैन, यो चाहिँ तपाईले व्यक्तिगत रुपमा अनुभव गरेको हुनुपर्छ। हामी अरुको अनुभवमा बाँच्ने इशाई हुनुहुँदैन। तपाई अरुको कथाको हिरो हुनुहुन्न, तपाई आफ्नै कथाको हिरो हुनुपर्छ। हामी धेरै चोटी परमेश्वरको महानताको बखान गर्छौं- उहाँ दयालु, अनुग्रहि र कृपालु हुनुहुन्छ तर के तपाईले तपाईको व्यक्तिगत जीवनमा उहाँको दया, अनुग्रह, कृपा र प्रेमलाई अनुभव गर्नुभएको छ? त्यो नै तपाईको सम्झनाको ढुङ्गाहरु हो। यस अनुभवद्धारा नै तपाई परमेश्वरसँगको सम्बन्धको अझै बढि आनन्द लिन सक्नुहुन्छ।
मलाई तस्बिर लिन मनपर्छ। तस्बिरको सबैभन्दा राम्रो र बलियो पक्ष चाहिँ यसले पलहरुलाई कैद गर्छ। यहि पल भोली गएर सम्झना बनिदिन्छ। हामीले विगतमा धेरै अग्रजहरुलाई भौतिक रुपमा गुमायौं। मलाई कहिलेकाहिँ उहाँहरुसँग विताएका पलहरुलाई तस्बिरमा कैद नगरेकोमा अफसोस लाग्छ।
- यो आउँदो पुस्तालाई सञ्चार गर्नको निम्ति थियो।
यस अध्यायमा दुई ठाउँमा अभिभावकको जिम्मेवारीलाई प्रस्तुत गरिएको छ।
यहोशू ४:६-७
तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनेर सोध्दा
तिमीहरूले तिनीहरूलाई यसो भन्नू, 'परमप्रभुका करारका सन्दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्।"
प्रियहरु! हामी हरेकसँग सम्झनाका ढुङ्गाहरु हुन जरुरी छ।
र फेरि एक पटक यहोशू ४:२१-२३ खण्डमा,
२१. अनि तिनले इस्राएलीहरूलाई यसो भने, "पछि तिमीहरूका बालबच्चाले आफ्ना बुबाहरूसँग 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनेर सोधे भने,
२२. तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनू, 'इस्राएलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए'।
२३.जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुञ्जेल हाम्रा सामुन्ने सुकाउनुभएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुञ्जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।
- हराएका संसारका मानिसहरुको लागि सम्झनाका ढुङ्गाहरु परमेश्वरतर्फ डोर्याउने दिशा सुचक हुने थियो।
यहोशू ४:२४
२४. पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।"
ReplyForward Add reaction |
- Get link
- X
- Other Apps

Comments
Post a Comment