बारनाबास - उत्साहको पुत्र

 बारनाबास - उत्साहको पुत्र




संसार स्वार्थले भरिएको छ। सबै आफ्नै फाईदाको लागि लडिरहेका छन्। अरुको लागि उत्साह बनिदिने मानिस विरलै भेटिन्छन्। हाम्रो विश्वासले हामीलाई अरुको निम्ति उत्साह बन्ने कुरा सिकाउँदछ। हामी सबै उत्साह चाहन्छौं,तर हामी उत्साह दिँन चाहदैनौं। आज पर्दापछाडि बसेर अरुको सफलताको सिढि बनिदिने बर्णाबास जस्तो मानिसको खाँचो छ। 
बारनाबास साइप्रसका नागरिक थिए। यस सुन्दर टापुमा उनको जमिन थियो। यो टापु विभिन्न फलफूल जस्तै अंगुर, गहुँ, तेल र अञ्जिरको भूमि थियो। जोन फिलिपले साइप्रसलाई "अन्यजातीको कनान"को उपनाम दिएका थिए। यो फलवन्त भूमि थियो। यस भूमिमा एक जमिनदार हुनु चाहिँ निक्कै धनी र पहुँचवाला हुनु थियो। यद्यपि बर्णाबासले आफ्नो सम्पूर्ण धनसम्पत्ति,एसआराम र जायजेथा समर्पण गरे। जब उनले पहिलो शताब्दीको मण्डलीको आवश्यकताहरु देखे र सुने....तब आफ्नो जमिन बेचेर रकम प्रेरितहरुको चरणमा सुम्पिदिए। हामी सबैले बर्णाबासले गरेजस्तै गर्न सक्दैनौं र गर्नु आवश्यक पनि छैन तर हामीले एक-अर्काको वास्ता गरेर प्रेममा उत्साह दिन सक्छौं। धेरै पटक तपाईको मीठो मुस्कान र हौसलापूर्ण शब्दहरुले कसैको जीवनमा ठूलो छाप छोड्न सक्छ। 
विलियम अर्थर वार्ड, "मेरो चाप्लुसी गर्नुहोस र म सायद तपाईलाई विश्वास नगर्न सक्छु। मेरो आलोचना गर्नुहोस् र म सायद तपाईलाई मन नपराउन सक्छु। मलाई बेवास्ता गर्नुहोस् र म सायद तपाईलाई माफ गर्दिन। मलाई प्रोत्साहन दिनुहोस् र म तपाईलाई कहिले बिर्सने छैन्।"

बाइबलले हामीलाई नितान्त एक-अर्कालाई उत्साह दिने आज्ञा गरेको छ। 
१ थेसलोनिकी ५:११
यसकारण एउटाले अर्कालाई प्रोत्‍साहन देओ, र एउटाले अर्कालाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।

आमाको प्रंशसाको शक्ति 
एकदिन आफ्नो बाल्यकालमा महान चित्रकार बेन्जामिन वेस्टले आफ्नी बहिनीको चित्र बनाउने निर्णय गर्छ। उनले दराजमा भएको विभिन्न रङ्गहरुको बोतलहरु झिकेर सबै कुरा छरपस्ट र तितरबितर बनाउछ। जब आमा घरमा आउछिन तब चित्रलाई देखेर खुसी हुँदै "कति सुन्दर चित्र" भनि उनलाई अंगालोमा राखेर चुम्बन गर्छिन। पछि गएर बेन्जामिन वेस्टले भने, "त्यस चुम्बनले मलाई चित्रकार बनायो।"

हामी धेरै जना त्यस चित्र भन्दा पनि उसले बिगारेको छरपस्ट र तितरबितर गरेको फोहोरलाई देख्छौं। यसकारण हामी उत्साहको केन्द्र बन्न सक्दैनौं। हाम्रो दृष्टिकोणलाई बदल्न आवश्यक छ।
पुरानो नियम 
उत्साह : हिब्रू नाखम Nacham 
अर्थ : to breath strongly, sigh 
यशैया ४०:१-२
उत्साह : खाजाक Chazaq 
अर्थ : to fasten upon / give strength 
व्यवस्था ३:२८

नयाँ नियम 
पारा para  : to be near, नजिक हुनु 
Parakaleo : to call near, invite नजिक बोलाउनु, निमन्त्रणा दिनु
Romans 1:12

एकले अर्कालाई विश्वास नगुमाउन दिइने हौसला 
प्रोत्साहन भडकिएको आत्मा, थकित विश्वास र विचलित हृदयको लागि औषधि हो। 
(उदाहरण : दयालु असल शब्दहरुको शक्ति (एक शिक्षिकाले आफ्नो कक्षमा सम्पूर्ण विद्यार्थीहरुलाई एक-अर्काको विषयमा असल दयालु शब्दहरु लेख्न भन्छिन.....)

बर्णाबास उत्साह दिने मानिसको एक महान उदाहरण 
वर्णावासको वास्तविक नाम योसेस 
बर्णाबास उपनाम 
Encouragement is antidote to a saging spirit, a tired faith and troubled heart. 
Most essential factor of church is encouragemen.

Ways Barnabas encouraged:
1. He encouraged through Generosity :
बारनाबासले मुठ्ठी खोल्ने कार्यबाट अरुलाई उत्साह उत्साह दिए। 
प्रेरित ४:३६-३७

२. पर्दापछाडिका हिरो
प्रेरित ९:२६-२७
पावल ख्रीष्टमा परिवर्तन भएको तीन वर्ष भैसकेको थियो तर पनि यरुशलेमको मण्डलीले पावललाई स्विकार्न सकेनन्। बर्णाबासले पावलको बोलावट र वरदानलाई देखे र तिनलाई स्विकारे। 
जब उनी एन्टिओखियामा थिए उनले आफूलाई सहायताको खाँचो भएको महसुस गरे र उनी शाऊललाई लिन टार्सस पुगे। बर्णाबास भर्खर सेवामा उत्रिएका आलोकाँचो शाऊलबाट मदत माग्न लजाएनन। तर उनले आफुसँग नभएको वरदान शाऊलमा देखे। उनी पर्दापछाडिका हिरो थिए। आज हामीलाई पर्दाअगाडि मानिसहरुको नजरमा ख्यातीप्राप्त हुन मन पर्छ। हामी प्रख्यात, मानिसहरुले हाम्रो नाम गुनगुनाएको, हामीलाई उचालेको, हाम्रो प्रंशसा गरेको, उच्च पद र मान मन पराउँछौ।
अलेक्जेन्डर वाइटले यसरी भन्छन्, "आफूभन्दा वरदानयुक्त मानिस खोज्ने र त्यसपछि उनको लागि टार्सस जाने र उनलाई एन्टिओखमा ल्याउन बाटो तयार गर्ने हृद‌य हुनु चाहिँ शाऊलको सम्पूर्ण प्रतिभा आफूसँग हुनुभन्दा उत्तम हो.... म शाऊलको सबै प्रतिभाभन्दा बर्णाबासको थोरै अनुग्रह पाउन चाहन्छु।"
तपाईको प्रतिभा, वरदान, क्षमता, योग्यता, ज्ञान र बुद्धि त्यतिबेला अर्थपूर्ण हुन्छ जतिबेला यी कुराहरुले अरुको भलाई गर्ने तपाईसँग हृदय हुन्छ। नत्र तपाई एक स्वार्थी र घमण्डी व्यक्ति कहलाइनुहुनेछ। 

3. He encouraged brotherly love :
उनले प्रेमको माध्यमद्धारा उत्साह दिए। 
प्रेरित ११:२७-३०; १२:२५

४. बारनाबासले असफल मर्कूसलाई उत्साह दिएर डोर्याए 
हामी असफल मानिसहरुको छिट्टै न्याय गर्छौ र तिनीहरुलाई गिराउने गर्छौं। यसले गर्दा असफल मानिस भित्रैबाट टुटने गर्छ। मण्डलीमा धेरै पटक यस्तो हुने गर्छ जसको कारण विश्वासीहरु पछि पर्छन। मानिसहरूको आवाज शैतानको भन्दा शक्तिशाली हुन्छ। यसकारण हामी के बोल्दैछौं हामीले धेरै ध्यान दिन आवश्यक छ। कतिपटक यो जिब्रोलाई वशमा राख्नुपर्ने हुन्छ। असफलताको छिट्टो आलोचना हुने गर्छ। तर बर्णाबासको सेवाकाईमा बर्णाबासल असफल मर्कूसको साथ छोडेका छैनन्। 
पावलको पहिलो मिशनरी यात्रामा मर्कूसले बिच बाटैबाट पावल र बारनाबासलाई छोडेर यरुशलेम घर फर्किए। जब तिनीहरु आफूले प्रचार गरेका ठाउँहरुमा जान लागे तब बर्णाबासले मर्कूसलाई साथमा लान चाहे तर पावलले तिनलाई लान चाहेनन् किनकि तिनले पहिलो मिशनरी यात्रामा बिचमै छाडेर फर्केका थिए। यसरी पावल र बारनाबास छुट्टीए। 
यदि बारनाबासले पनि मर्कूसको साथ छोडेर पावलसँग गएका भए के हुन्थ्यो होला? सायद मर्कूस भित्रै बाट टुटथे र सायद उनको सेवाकाईको अन्त हुन्थ्यो होला। तर बारनाबास मर्कूसको असफलतामा पनि उनको पक्षमा खडा  भए र उनलाई उत्साह दिइरहे।
पछि प्रेरित पावलले तिमोथीलाई मर्कूस उनको सेवामा खुबै उपयोगी भएको कारण मर्कूसलाई पनि साथमा ल्याउन भन्छन्। 
धेरै पटक हामी मानिसहरु भित्रको असल कुराहरुलाई भन्दा पनि बढी खराब कुराहरुलाई औल्याइरहेका हुन्छौं। कतिपटक यसले सुधारका कुराहरु त हुन सक्छ तर धेरै पटक यसले त्यो व्यक्ति टुटन सक्छ। सुधारको निम्ति कसैलाई घोचपेच गरेर टुटाउन जरुरी छैन्। 

Comments