चेलापन

हरेक इशाईलाई चेला बनाउने र चेलापनमा हुर्काउने जिम्मेवारी दिइएको छ। प्रेरित पावल भन्छन्,   

२ तिमोथी २:२
धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ।
हामीले सिक्न मात्र पर्याप्त छैन तर अरूलाई चेलापनमा हुर्काउन सिकाउन पनि उत्तिकै जरूरी छ। 
चिनमा एउटा भनाई छ, "एउटा मानिसलाई माछा दिनुहोस्, उसले त्यसलाई एकदिनको भोक मेटाउनका लागि खानेछ तर उसलाई माछा समात्ने सिप सिकाउनुहोस र ऊ जिन्दगीभर भोको हुने छैन्।"

येशू ख्रीष्टले पनि भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।” (मत्ती ४:१९)
मछुवारा बन्न शर्तचाहिँ ख्रीष्टको पछि लाग्नु हो। हामी कति जना साँचो रुपमा उहाँको चेलाहरू हौं? मण्डली सेवामा सहभागी हुनु र ख्रीष्टको चेला हुनुमा भिन्नता छ। 
ईशाइहरु तीव्र रुपमा बढनुको कारण येशूख्रीष्टले साधारण जोडको सट्टा गुणणको ढाँचा  स्थापना गर्नुभयो। हरेक इशाईलाई चेला निर्माण गर्ने जिम्मेवारी दिइएको छ। चेलाहरुले चेलाहरु निर्माण गर्ने गुणन प्रक्रियाले इशाईत्व एक विश्वव्यापी अभियान हुन गयो। 

चेला र चेलापन :

चेला को हो? 
ग्रीक शब्द माथेट्स μαθητής (mathētēs)
अर्थ : विद्यार्थी, अनुयायी

चेला एक त्यस्तो व्यक्ति हो जो दैनिक जीवनमा ख्रीष्टलाई पछ्याउने निर्णयमा बाँचिरहेको हुन्छ। ऊ त्यस्तो व्यक्ति हो जसले ख्रीष्टलाई भित्रि रुपमा चिन्छ र बाहिरी रुपमा उहाँप्रति प्रेम र आज्ञाकारीतामा बाँच्न प्रतिबद्ध हुन्छ। 
एक चेला ख्रीष्टसँगको घनिष्ठतामा जिउँदछ।
ए.डब्ल्यु टोजर, "केवल चेलाले चेला बनाउन सक्छ।"

चेलाको चरित्र :
- परमेश्वरको निम्ति हृदय 
भजन.४२:१
जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ,  त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।

- परमेश्वरको निम्ति उपलब्ध 
यशैया ६:८
तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?”  अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”

- परमेश्वर र अन्यप्रति विश्वासयोग्य
२ तिमोथी २:२

- सिकाउन सकिने आत्मा 
मत्ती १३:२३
तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”


चेलापन:
अन्य मानिसहरुलाई ख्रीष्टलाई पछ्याउने चेलामा निर्माण गर्नु र तिनीहरुलाई शशक्तिकरण गरेर अगुवाहरुको पनि अगुवामा रुपान्तरण गर्नु नै चेलापन हो। 
बाइबलमा चेलापनको प्रशस्त उदाहरण देख्न सक्छौं :
मोशाले यहोशूलाई हुर्काए, एलियाले एलिशाको रेखदेख गरे। नयाँ नियममा, येशू ख्रीष्ट र १२ चेलाहरु र पावल र तिमोथीबिचको सम्बन्धलाई देख्न सक्छौं। 
चेलापन केवल ज्ञान हस्तान्तरण गर्नु मात्र होइन तर चेलापन भनेको गुरुको जीवनको अनुसरण गर्नु र उसको शिक्षा र मूल्यमान्यतामा जिउनु हो। यसकारण प्रेरित पावल भन्छन्, "मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।" - १ कोरिन्थी ११:१
चेलापन एक यात्राप्रतिको प्रतिबद्धता हो जसमा तपाई सुरुवातकै ठाउँमा समाप्त गर्नुहुन्न। चेलापनको प्रक्रियाले एक चेलालाई अगुवाहरुको पनि अगुवाको रुपमा रुपान्तरण गर्दछ। 

चेलापन किन मण्डलीमा महत्वपूर्ण छ? 
चेलापनले येशूको हृदय र परमेश्वरको राज्यको एजेन्डालाई अर्को पुस्तामा बढाउँदछ। 
पहिलो मानव आदमलाई “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दै” जाने स्पष्ट आज्ञा दिइएको थियो (उत्पत्ती १:२८)। त्यहाँ केहि हुन्छ जब मण्डली गुणन रुपमा वृद्धि हुन थाल्छ: हामी एक शक्ति बन्छौं। हामी नुन र ज्योती जस्तै समाजमा प्रवेश गर्न थाल्छौं र हामी हाम्रो समुदायको विकृती, विसंगति र अन्धकारका शक्ति र प्रधानताहरुलाई परिवर्तन गर्न थाल्छौं। 
यो मण्डलीको लागि महान आज्ञा हो जसलाई हामी  The Great Commission  भन्छौं। 
मत्ती २८:१९-२०
यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”
हामीले मण्डलीमा हाम्रा विश्वासीहरुलाई चेलापनमा निर्माण नगरेको कारण उनीहरु समतल विश्वासीहरु (माथी-माथि तौरने तर विश्वासको गहिराईमा नजिउने) भएका छन्। जबसम्म हामी आत्मिक गहिराईमा जान सक्दैनौं तबसम्म बहूमूल्य आत्मिकी रत्नहरुलाई भेट्टाउन सक्दैनौं। एफिसीको पुस्तकमा प्रेरित पावल भन्छन, परमेश्वरले हामीलाई स्वर्गीय स्थानहरुमा (ग्रीक शब्द epouranios) हरेक आत्मिक आशिष दिनुभएको छ (एफिसी १:३)। 
प्रियहरु! त्यस आत्मिक आशिषहरुलाई अनुभूति गर्न हामी त्यो आत्मिकी गहिराईमा डुब्नुपर्ने हुन्छ। जब एउटा इशाई लामो समयदेखि एउटै आत्मिकी स्तरमा हुन्छ तब उसको वृद्धि रोकिएको छ। 
 येशू ख्रीष्टले आफ्ना चेलाहरुलाई भन्नुभयो, 
“कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्‌, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ। - लूका ९:२३-२४
सत्य कठोर र तितो हुन सक्छ तर ख्रीष्टले यो सत्यता आफ्ना चेलाहरुबाट लुकाउनुभएन तर उनीहरुलाई स्पष्ट पार्नुभयो कि उहाँलाई पछ्याउँदा तिनीहरुले महङ्गो मूल्य चुकाउनुपर्ने छ। येशूलाई पछ्याउँदा हामीले मूल्यहरु चुकfउनुपर्ने हुन्छ। 
Dietrich Bonhoeffer, "उद्धार सित्तैको हो तर चेलापनको मूल्य तपाई जीवन हो।"
हामीले हाम्रो क्रूस बोक्नुपर्ने हुन्छ। एउटा चेलाले यो सत्यता बुझेको हुन्छ। जिन्दगी सधैं एकनास नहुन सक्छ। जिवनको यात्रा सधैं सहज र रमणीय नहुन सक्छ। अनि यो सत्यतालाई चाहिँ एउटा साँचो चेलाले बुझेको हुन्छ। जबसम्म एउटा इशाई च‌ेलापनमा वृद्धि हुँदैन तबसम्म उसको विश्वासको स्तरको वृद्धि हुन सक्दैन। 

                 आज मण्डलीमा विश्वासीहरुलाई स-सानो कुराहरुले असर गर्ने, झिना-मसिना समस्याहरुले संगतीबाट टाढा लाने, मण्डली नै नआउने, बाँधा-अडचनहरुका कारण परमेश्वरको उपस्थितीबाटै टाढिने, उसको विश्वासलाई डगमगाइदिरहेको हुन्छ। किन? 
मण्डलीले एक सामान्य विश्वासीलाई विश्वासी कै रुपमा सिमित बनाई राखेको कारण, ऊ चेलापनमा चेला, चेलाबाट अगुवा र अगुवाबाट अगुवाहरुको पनि अगुवामा निर्माण हुन सक्दैन्। 

गुणनको प्रक्रिया :
एक सामान्य इशाई + चेलापन प्रक्रियाद्धारा= चेला
चेला + कोचिङ्गको प्रक्रियाद्धारा = अगुवा
अगुवा + मेन्टरिङको प्रक्रियाद्धारा = अगुवाहरुको अगुवा 

















येशू ख्रीष्ट एक उत्तम उदाहरण :


कसरी चेला बनाउने यसको उत्तम उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ। 

There must be next generation to hand over our vision.
हाम्रो दर्शनको जिम्मेवारी सम्हाल्ने त्यहाँ अर्को पुस्ता तयार हुनुपर्छ।
येशू ख्रीष्ट भन्नुहुन्छ,  “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”
- मत्ती ९:३५-३७
यदि हामीसँग चेलाहरु छन भने हामीसँग भविष्य छ। 
के अग्रसरमा भएका हामी अगुवाहरु एकसाथ उठाइलगियौ भने हाम्रो सेवाकाई रहिरहन्छ? यो निक्कै चुनौतीपूर्ण प्रश्न हुन सक्छ। के हामीले आउँदो पुस्ताहरुमा बिऊ छरेका छौं? 


Comments