जहाँसम्म नयाँ नियममा पुस्तकहरुको क्रमबद्धताको विषय छ, भलै यो सुन्दर पत्र पावलका पत्रहरूको अन्त्यमा छ वास्तवमा यो पावलले लेखेको पहिलो पत्र हो। यो पावल द्वारा ५२ वा ५३ इस्वीमा लेखिएको थियो।
थेसलोनिके शहर रोमको उपनिवेश थियो। रोमसँग आफ्नो कब्जामा परेका मानिसहरूको निम्ति अरू धेरै राष्ट्रहरूको तुलनामा केही फरक नीति थियो। रोम निक्कै बुद्धिमान थियो। रोमले कब्जा गरेर उपनिवेशहरू स्थापना गर्थे
र जितेका मानिसहरूको संस्कृति, बानी, चलन, वा भाषालाई सुस्त रुपमा परिवर्तन गर्थे। रोमन उपनिवेश भएको सहरले बिस्तारै रोमी कानून, चलन र तरिकाहरू अपनाउने थियो। स्थानीय पसलहरुमा र बजारहरूमा रोममा लगाइने, खाइने र प्रयोग गरिने प्रशस्त चीजहरू देखिन्थ्यो। यसरी यी उपनिवेशहरू एकदम सानो रोम जस्तै थियो। थेस्सलोनिकी यस्तै रोमी उपनिवेश थियो, र यो रोमन साम्राज्यको जीवनमा एक महत्त्वपूर्ण शहर थियो। यो शहर रोमी साम्राज्यको केन्द्र वा मुटुमा थियो र माकेडोनियाको मुख्य शहर थियो।
पावलको दोस्रो मिसनरी यात्रामा स्थापित भएको थेसलोनिकेको मण्डली एउटा उदाहरणीय मण्डली थियो। पावलले पहिलो अध्यायमा यस कुरालाई उल्लेख गरेका छन्; "..तिमीहरू म्याकेडोनिया र अखैयामा सबै विश्वासीहरुका माझमा नमुना बनियौं" (१ थेस्सलोनिकी १:७)। यो मण्डली अहिलेको ग्रीसको सम्पूर्ण क्षेत्रको निम्ति साक्षी थियो । पावलले २ कोरिन्थी ८:१-५ मा कोरिन्थीहरूको पत्रमा यस मण्डलीलाई उदाहरणको रूपमा उल्लेख गरेका छन्।
विशेष गरी अहिलेको वर्तमान मण्डलीहरुले थेसलोनिकेको मण्डलीबाट महत्वपूर्ण पाठहरु सिक्न आवश्यक छ। सतावटको बिचमा पनि उनीहरु परमेश्वरमा अडिग थिए र उनीहरुको विश्वास अझ दरिलो भएको थियो।
१ थेसलोनिकीको पुस्तकलाई दुई भागमा विभाजन गर्न सकिन्छ:
तिनीहरुको ख्रीष्टप्रतिको विश्वासको निम्ति आनन्द (१-३ अध्याय)
ख्रीष्टमा अझै वृद्धि हुने आहवान (४-५)
यी दुइवटा भाग तीनवटा प्रार्थनाद्धारा घेरिएको छ। पत्र धन्यवादको प्रार्थनाद्धारा सुरु हुँदछ। दुईवटा भागलाई संक्रमणकालीन प्रार्थनाले जोड्दछ। र अन्तमा निष्कर्ष प्रार्थनाद्धारा अन्त हुन्छ।
प्रेरितीय निर्देशन : (४:१-५:२८)
१. पवित्रतामा हिडँ (४:१-८)
- परमेश्वरलाई प्रसन्न तुल्याउन (४:१-२)
- अनैतिकताबाट टाढा रहन (४:३-८)
२. प्रेममा हिँड (४:९-१०)
- जसरी परमेश्वरले एक-अर्कालाई सिकाउनुभयो (४:९)
- अझै बढनु (४:१०)
३. लगनशील हुनुहोस् (४:११-१२)
- आफ्नै हातले काम गर्नुपर्ने (४:११)
- बाहिरकाहरुको आदर पाउन (४:१२)
४. आशामा हिडँनुहोस् (४:१३-१८)
- बितेकाहरुको निम्ति शोक नगर्न (४:१३-१४)
- किनकि ख्रीष्टको आगमनमा हामी तिनीहरुलाई पुन भेटनेछौं (४:१५-१८)
५. ज्योतीमा हिँडनुहोस् (५:१-११)
- किनकि प्रभुको दिन चोर आएझैं आउनेछ (५:१-४)
- किनकि हामी ज्योतीका सन्तान हौं (५:५-८)
- किनकि परमेश्वरले येशुख्रीष्टद्धारा हामीलाई मुक्तिको निम्ति नियुक्त गर्नुभएको छ (५:९-११)
६. आज्ञाकारीतामा हिड्ँनुहोस (५:१२-२२)
- अगुवाहरुको अधिनतामा (५:१२-१३)
- एकअर्काको वास्ता गर्दै (५:१४-१५)
- आनन्द, प्रार्थना र कृतज्ञताका साथ (५:१६-१८)
- पवित्र आत्मालाई ननिभाओ, प्रार्थना गर तर सबै कुराको जाचँ पनि गर (५:१९-२२)
Comments
Post a Comment