ख्रीष्टमसको साँचो अर्थ

 ख्रीष्टमसको साँचो अर्थ 


ख्रीष्टमस एउटा रमाइलो दिन, उत्सव र चाडपर्वको रुपमा मात्र सिमित छैन्। अवश्य पनि ख्रिष्टमस एउटा आनन्दको कारण हो तर हामीले ख्रीष्टमसलाई त्यसरी मात्र बुझ्नु गलत हुन्छ। ख्रीष्टबिनाको ख्रीष्टमस सधैं अधुरो नै हुन्छ। जबसम्म मानिसको हृदयमा येशू ख्रीष्टको जन्म हुँदैन तबसम्म उसले ख्रीष्टमसको साँचो अर्थलाई बुझेको हुँदैन। हामीले ख्रीष्टलाई हाम्रो हृदयमा जन्मिने अनुमति दिनैपर्छ। जब हामी यसको निम्ति तयार हुन्छौ, तब परमेश्वर र हाम्रो बिचमा एउटा घनिष्ठताको संगती हुन्छ। आज संसारले ख्रीष्टबिनाको ख्रीष्टमस मनाइरहेका छन, यस्तो लाग्छ मण्डलीमाभन्दा भंयकर ख्रीष्टमस त उनीहरुलाई लागेको छ। ठूला-ठूला सपिङ्ग मलहरुमा ठडाईएको बडेमानका रुख, रेस्टुरेन्ट र बारहरुका झिलिमिली, पसलहरुमा झुन्डिएको सान्ता कल्जहरु देख्दा मानिसहरुका लागि ख्रिष्टमस केवल एउटा चाड-पर्व मात्र हो । यो धारणा र मानसिकता आज मण्डली पनि छ जसमा हामी त्यस एकदिन भरसक रमाउन चाहन्छौं। तर हाम्रो निम्ति ख्रीष्टमसले के अर्थ बोकेको छ? अथवा ख्रीष्टमस हाम्रो निम्ति किन महत्वपूर्ण छ? ले हामीले ख्रीष्टमसलाई साँचो अर्थमा मनाइरहेका छौं? ले हामीले हाम्रा आउँदा पुस्ताहरुलाई ख्रीष्टमसको साँचो अर्थ बुझाएका र सिकाएका छौं? 

येशू ख्रीष्ट दुई हजार वर्षअघि यस धर्तीमा जन्मनुभयो र आज पनि उहाँ तपाईको हृदयमा जन्म लिन चाहनुहुन्छ। यसकारण उहाँ भन्नुहुन्छ, 

“हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।” प्रकाश ३:२०

यस खण्डमा उल्लेख गरिएको ढोकाचाहिँ हाम्रो हृदयको ढोका हो। आज पनि येशू हाम्रो हृदयको ढोकामा दस्तक दिनुहुन्छ, यो सोचेर कि कतै मेरो छोरा-मेरो छोरीले मलाई सुन्छ कि, मलाई आफ्नो हृदयमा प्रवेश गराउँछ कि, मेरो उपस्थितिलाई स्विकार्छ कि....। तपाईको हृदयमा को छ? के तपाईले आफ्नो हृदयको घरमा ख्रीष्टलाई भित्र्याउनुभएको छ? धेरैपटक हामीले हाम्रो हृदयमा अनगिन्ती अनावश्यक कुराहरुलाई भित्र्याएका छौं। 

यो खण्डलाई कल्पना गरि प्रख्यात चित्रकार विलियम होल्मन हन्टले ख्रीष्टलाई निक्कै सुन्दर रुपमा एउटा बगैंचाको ढोकामा लालटिन लिएर ढकढक्याउँदै गरेको चित्र बनाए। यो उनको निम्ति निक्कै विशेष र महत्वपूर्ण चित्र भएको कारण आफ्नो नकिकको मानिसहरुबाट प्रतिक्रिया चाहन्थे। सबैले यस चित्रमा आफूलाई मन परेको कुराहरुलाई बयान गरे तर एक मित्रले थोरै हडबडाउँदै भन्छ, "होल्मन-यो निक्कै सुन्दर चित्र छ तर यसमा तिमीले केहि बिर्सिएनौ र? 

मैले के बिर्सिए? 

"ह्यान्डल। ढोकामा कुनै ह्यान्डल छैन। 

चित्रकार मुसुक्क मुस्कुराउँदै भन्छ, "मैले ढोकाको ह्यान्डल बिर्सिएको होइन। वास्तवमा ढोकाको ह्यान्डल भित्र छ। जब येशूले ढोका ढकढक्याउनु हुन्छ, ढोका भित्रबाटै खोल्नुपर्छ।"

आज ख्रीष्टलाई हाम्रो हृदयको ढोकाबाहिर राखेर ख्रीष्टमसलाई बडो हर्षोल्लास र उमंगकासाथ उत्सव मनाउने इशाई हुनुहुँदैन। ख्रीष्टमसको केन्द्रविन्दुचाहिँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्टमस वर्षको एकदिन होइन, यो हरेकदिन हामीमा हुनुपर्छ। ख्रीष्टको निम्ति हामी एकदिन रमाउने होइन, ख्रीष्ट ममा हुनुहुन्छ भनि हामी सधैं रमाउनुपर्छ। 


-To Do the Will of the Father

पिताको इच्छा पुरा गर्न 


“अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्‌, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु.....त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं।”  हिब्रू १०:९-१०

परमेश्वर सबैकुराभन्दा बढि आज्ञाकारीता चाहनुहुन्छ। येशू ख्रीष्ट पनि आफ्नो पिताको आज्ञालाई पुरा गर्न यस पृथ्वीमा आउनुभयो। पहिलो मानवबाट पनि परमेश्वर आज्ञाकारीता नै चाहनुहुन्थ्यो तर मानव जातीले परमेश्वरविरुद्ध पाप गरेर अनाज्ञाकारीता रोजेको कारण परमेश्वर र मानिसबिचको सम्बन्धमा ठूलो खाडल भयो। पवित्र धर्मशास्त्रले यो पनि भन्दछ कि “किनकि पापको ज्‍याला मृत्‍यु हो” (रोमी ६:२३)। मानिस त्यस ज्याला र दण्डको भागीदार थियो। तर बाइबलले फेरी भन्दछ, “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।” (यूहन्ना ३:१६)

परमेश्वरले हामीलाई औधीँ प्रेम गर्नुभएको कारण हामी नाश भएको चाहनुभएन तर मानिसको पापको दण्ड निश्चित थियो। मानिसलाई यस दण्डबाट बचाउन र पुण उहाँसँगको सम्बन्धमा स्थापना गर्न, उहाँले आफ्नो एकमात्र पुत्र ख्रीष्टलाई हाम्रो खातिर निक्कै निर्दयी, क्रूर र लज्जास्पद क्रूशको मृत्यु सामना गर्न पठाउनुभयो। येशू ख्रीष्टले पिताको आज्ञालाई शिरोपर गरि यस धर्तीमा एउटा मानवको रुपमा जन्म लिनुभयो। 


येशूले भन्नुभयो,

“आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ।” यूहन्ना ६:३८


“तब मैले भने, ‘हेर्नुहोस्‌, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै  तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।” हिब्रू १०:७




- He came to be the Atoning Sacrifice for our sins.

“हाम्रो पापहरुको निम्ति पवित्र बलिदान हुन”


तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। (हिब्रू १०:१२)


बप्तिस्मा दिने यूहन्नाले येशू ख्रीष्टलाई “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूहन्ना १:२९) को रुपमा घोषणा गरे। 

१ यूहन्ना ४:१०

“प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।”

एउटा तिरस्कृत र त्यागिएको मानिसको निम्ति सबैभन्दा ठूलो उपहार कसैको प्रेम हुन्छ। यस प्रेमले उनलाई आफू स्विकारिएको र ग्रहण गरिएको अनुभूति हुँदछ। हामी पनि पापको कारण परमेश्वरको सम्बन्धबाट त्यागिएका थियौं। ख्रीष्ट हाम्रो निम्ति त्य‌स टुटेको सम्बन्धको निम्ति पुल बन्नुभयो। 

परमेश्वर मानवजातीको पापको कारण क्रोधित हुनुहुन्थ्यो किनकि पवित्र धर्मशास्त्रले भन्दछ, “परमेश्‍वर निष्‍पक्ष न्‍यायाधीश हुनुहुन्‍छ,  जुन परमेश्‍वरले प्रतिदिन आफ्‍नो क्रोध व्‍यक्त गर्नुहुन्‍छ।” भजनसंग्रह ७:११परमेश्वरको इश्वरीय पवित्रता र धार्मिकताको गुणले यस कुराको माग गर्दछ। त्यहाँ परमेश्वर र पापको कुनै पनि सम्बन्ध छैन। पापको न्याय र सजाय हुनैपर्छ। 

मानवजातीको पापको निम्ति त्यहाँ कुनै बलिदान थिएन। उनीहरुले पापको निम्ति चढाउने पापबलिको विषयमा बाइबलले यसरी भन्दछ, "तर ती बलिदानहरूले सालिन्‍दा पापको सम्‍झना गराउँछन्‌।" (हिब्रू १०:३)

पुरानो नियममा आफ्नो पापहरुको निम्ति वर्षको एकदिन बलिदान चढाइन्थ्यो जसलाई "प्रायश्चितको दिन" भनिन्थ्यो। हिब्रू भाषामा यसलाई 'किप्पुर' kippur शब्दले अनुवाद गरिएको छ। यसको अर्थ 'छोप्नु' वा 'ढाक्ने' हुन्छ। 'प्रायश्चितको दिन' ढाक्ने वा छोप्ने दिन थियो। त्यस दिन चढाइएका बलिहरुले मानिसका पापहरु ढाकिन्थे। त्यो पनि एक वर्षका लागि मात्रै। अर्को वर्ष त्यसै समयमा तिनीहरुको पाप एकपल्ट फेरि ढाकिनुपर्ने हुन्थ्यो। त्यस दिन चढाइएका बलिहरुले सधैंको निम्ति पाप मोचन गर्दैन्थ्यो। 

अर्कोतिर हिब्रू ९:२६ मा लेखक पुरानो करारका बलिदानहरुको तुलनामा येशूको मृत्युले पुरा गरेको कार्यको बारेमा लेख्छन्, 

".... तर यस युगको अन्‍त्‍यमा आफ्‍नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्‍ति एकै पल्‍ट प्रकट हुनुभएको छ।" 

तर बाइबलले यो पनि भन्दछ, "किनकि साढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ।" (हिब्रू १०:४)

यसकारण पनि हाम्रो पापको खातिर येशू ख्रीष्ट त्यो निष्खोट  र पवित्र थुमा बनेर आउनुभयो। 


To Give Eternal Life

हामीलाई अनन्त जीवन दिन


अनन्त जीवन के हो? 

"अब अनन्‍त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्‍य परमेश्‍वरलाई चिनून्‌, र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्‌।" - यूहन्ना १७:३

ख्रीष्टबिना हाम्रो कुनै आशा थिएन तर ख्रीष्टद्धारा निश्चित र निर्धक्क भएका छौं कि हाम्रो भौतिक मृत्युपश्चात पनि उहाँसँगै जिउनेछौं। आज हामीले ख्रीष्टद्धारा परमेश्वरलाई चिन्न पाएका छौं यसकारण प्रेरित पावलले भनेका छन् कि कसैले गर्व गर्छ भने मैले ख्रीष्टलाई चिनेको छु भनि गर्व गरोस्।  

"स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।” यूहन्ना ६:५१


He came to Love us

Comments