समयको दंशाश



किन समयको दंशाश?
पहिले त दंशाश के हो हामीले बुझ्न आवश्यक छ। अहिलेको समयमा 'दंशाश' शब्दले सकारात्मक भन्दा पनि नकारात्मक अर्थ बोकेको जस्तो भएको छ अनि यो चाहिँ हाम्रै कारणले भएको हो। हामी बाइबललाई गलत रुपमा अर्थ्याइरहेका हुन्छौं। 
धेरै इशाईहरुले दंशाशलाई केवल विधि, परम्परा र व्यवस्थाको रुपमा मात्र हेरेको हुन्छ, उसले त्योभन्दा अझ गहिरिएर कहिल्यै हेरेको हुँदैन र हेर्न पनि चाहँदैन र सधैं उसले दंशाश नदिनुको कारण यहि बताउँदछ कि विधि र व्यवस्था चाहिँ नयाँ करारमा छैन, खारेज भैसक्यो तर के यो सत्य हो त? यस्तो तर्क राख्ने व्यक्तिले अझ थप बताउँछ कि नयाँ करारमा येशूख्रिष्टले कहिल्यै दंशाशको विषयमा प्रचार गर्नुभएन। 
प्रियहरु ख्रिष्टले केवल एक पटक मात्र दंशाशको विषयमा बोल्नुभयो, उहाँ भन्नुहुन्छ, 
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्‍छौ, तर व्‍यवस्‍थाका गहकिला विषयहरू, अर्थात्‌ न्‍याय, दया र विश्‍वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो" - मत्ती २३:२३
यहाँ ख्रिष्टले दंशाश नदिनु भन्न खोज्नुभएको होइन तर जसरी हामी मण्डलीमा हाम्रो कमाई र अन्नको दंशाशलाई महत्व र प्राथमिकता दिन्छौं त्यसरी नै मण्डलीमा हामीले  प्रेम, आदर, दया, न्याय जस्ता गहकिला विषयहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो। 
साथै ख्रिष्टले यो पनि भन्नुभयो, 
  “यसकारण जे कैसरका हुन्‌, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।” - मत्ती २२:२१
अब मलाई भन्नुहोस् प्रियहरु तपाईको कमाईको कति भाग परमेश्वरको हो? 
अनि तपाईको समयको कति भाग परमेश्वरको हो? (मण्डलीलाई प्रश्न)
सम्पूर्ण भाग र सम्पूर्ण थोक नै परमेश्वरको हो भनेर बुझ्ने व्यक्तिले दंशाश दिनुपर्छ कि पर्दैन  भनेर बहस गरिबस्दैन किनकि बहस र विवादले परमेश्वरको महिमा अवश्य पनि हुँदैन। 
दंशाश परमेश्वरप्रतिको आदर र सदभाव हो:
दंशाश प्रेमको प्रतिक को कि तपाई परमेश्वरलाई कति प्रेम गर्नुहुन्छ :
दंशाश तपाई परमेश्वरलाई कति आदर र प्रेम गर्नुहुन्छ भन्ने चिन्ह हो। अब हामीलाई यहाँ यसो लाग्न सक्छ, परमेश्वर त सर्वज्ञानी हुनहुन्छ, के उहाँलाई थाहा छैन र म उहाँलाई मनैदेखि कति प्रेम र आदर गर्छु भनेर? के यसको निम्ति दंशाश नै दिनुपर्ने हो र? हो, परमेश्वरलाई सैद्धान्तिक रुपमा (theoretically) थाहा छ तर अनुभवको आधारमा (practically) त्यहाँ केहि कुराहरु छन जुन परमेश्वरलाई अनुभव छैन जस्तै यदि तपाईले परमेश्वरलाई सोध्नुभयो कि 'परमेश्वर पिता पाप गर्दाको अनुभव कस्तो हुन्छ?' त्यो उहाँलाई थाहा छैन किनकि उहाँले कहिल्यै पाप गर्नुभएको छैन। यसकारण जब हामी उहाँको निम्ति दंशाश ल्याउँछौं, यसले उहाँलाई केवल थाहा मात्र दिदैंन तर हामी उहाँलाई कति आदर र प्रेम गर्छौं भन्ने अनुभूति र अनुभव पनि  दिदँछ। 

जब परमेश्वरले अब्राहामलाई आफ्नो एकमात्र पुत्र उहाँको निम्ति होमबलि गर्ने आज्ञा दिनुहुन्छ र अब्राहामले परमेश्वरको आज्ञाअनुसार कठिन निर्णय लिएर आफ्नो छोरोलाई बलि दिन तयार हुन्छ तब परमेश्वरले अब्राहामलाई रोकेर भन्नुहुन्छ, "अब मलाई थाहा पाएँ तैंले परमेश्वरको भय मानदोरहेछस्, किनकि तेरो छेरो, तेरो एकमात्र छोरो पनि मबाट तैंले रोकेर राखिनस्"-  उ‌त्पत्ति २२:१२
हामीले परमेश्वरलाई थाहा दिनुपर्छ, कि हामी कत्ति उहाँलाई प्रेम र माया गर्छौं। थाहा गर्नुहोस न प्रभु म तपाईलाई कति माया गर्छु, म हरेक शनिबार संगतीमा आउँछु त भनेर हुँदैन। शनिबार एक दिन त्यहि पनि ढिला आएर परमेश्वरलाई थाहा हुँदैन। 
धेरैचोटी जब हाम्रो जिवनमा समस्या आउँछ, बिभिन्न उत्तारचढावलाई सामना गर्नुपर्ने हुन्छ त्यस्तो परिस्थितिमा जब हामी उहाँलाई दिने दंशाशमा चुक्दैनौ, उहाँलाई गर्ने प्रेम र आदरमा अटल रहिरहन्छौ, मौस‌म जसरी परिवर्तन हुँदैनौ तब उहाँलाई थाहा हुन्छ र उहाँ अनुभव गर्न सक्नुहुन्छ कि हामी उहाँलाई कति धेरै प्रेम, माया र आदर गर्छौं। परमेश्वर चाहिँ कार्यमा उतारिएको प्रेमलाई (Love in action) विश्वास  गर्नुहुन्छ। स्वयम परमेश्वरले पनि आफ्नो प्रेम कार्यमा देखाउनुभयो। 
 
समयको दंशाश परमेश्वरको निम्ति नभएर हाम्रो भलाईको निम्ति हो :
वास्तवमा परमेश्वरलाई हाम्रो दंशाशको कुनै आवश्यकता छैन तर दंशाशचाहिँ हाम्रो निम्ति हो। परमेश्वरलाई हाम्रो समयको आवश्यकता छैन तर हामीलाई चाहिँ उहाँको समयको आवश्यकता छ। परमेश्वरलाई हाम्रो उपस्थितिको आवश्यकता छैन तर हामीलाई चाहिँ उहाँको उपस्थितिको आवश्यकता छ। बाइबलले बताउँदछ कि  "जब मोशा त्‍यस पालभित्र पस्‍थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्‍थ्‍यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्‍थ्‍यो" - प्रस्थान ३३:९
यहाँ हामी एउटा सिद्धान्तलाई देख्न सक्छौ, जब-जब मोशा परमेश्वरलाई समय दिन मानिसहरुको भिडदेखि टाढा 'भेट हुने पाल'मा जान्थे तब परमेश्वरले पनि मोशालाई समय दिनुहुन्थ्यो र बादलको खामो भई मोशाको सामु आफ्नो उपस्थिति दिनुहुन्थ्यो। 
बाइबलले अझ थप बताउँदछ कि "परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित कुरा गर्दछ" -  प्रस्थान ३३:११
यहाँ हामी परमेश्वरलाई समय दिनुको नतिजा र परमेश्वरको एउटा अचम्मको स्वभावलाई देख्न सक्छौ, परमेश्वर कसैको ऋणी हुनुहुन्न यसकारण हामी उहाँलाई जे दिन्छौं यसको दोब्बर उहाँ हामीलाई दिनुहुन्छ। जब मोशाले आफ्नो व्यस्तताको बाबजुद समय निकालेर परमेश्वरलाई समय दिएको छ, परमेश्वरले पनि मोशालाई आफ्नो समय र उपस्थिति दिनुभएको छ र त्यति मात्र होइन तर उहाँ मोशासँग मित्रजसरी आमने-सामने कुरा गर्नुभएको छ। उहाँले मोशाको कुरा सुन्नुभएको छ, मोशाले परमेश्वरको कुरा सुनेको छ, मोशा र परमेश्वरबिच एउटा प्रगाढ सम्बन्ध, एउटा आदर र प्रेमको सम्बन्धलाई देख्न सकिन्छ। धेरैचोटी हामीलाई यो लाग्छ कि परमेश्वर मेरो प्रार्थना र विन्ति सुन्नुहुन्न  तर वास्तवमा हामीले त्यो माहोल र वातावरण सिर्जना गरिरहेका हुँदैनौ। हामीलाई संयुक्त मण्डलीको संगतीमा चिच्याएर 'हल्लेलूयाह- आमेन' भन्न मन पर्छ साथै भजनहरु पनि मीठो स्वरमा गाउँछौ तर परमेश्वरसँगको हाम्रो व्यक्तिगत  सम्बन्ध चाहिँ कमजोर हुन्छ। एक-अर्कासँग गरिने संगतीमा कुनै खराबी छैन यो हाम्रो आत्मिकी विकास र निर्माणको निम्ति आवश्यक छ तर जब परमेश्वरसँगको सम्बन्धको कुरा आउँछ, हाम्रो तृष्णा जहिले पनि मोशाको जस्तै व्यक्तिगत सम्बन्ध हुनुपर्छ। हामी हरेकले 'भेट हुने पाल' बनाउनुपर्छ, जहाँ परमेश्वर र तपाई एकअर्कासँग व्यक्तिगत समय बिताउन सक्नुहुन्छ, जहाँ कुनै पनि बाधाँ र अवरोध हुँदैन, जहाँ मानिसको होहल्ला र आवाज होइन तर परमेश्वरको आवाज तपाईले सुन्न सक्नुहुन्छ। 
यसको लागी तपाईले परिवार छाडेर जंगल छिर्नु पर्दैन तर एकाबिहानैको समयलाई चुन्न सक्नुहुन्छ जसरी येशुख्रिष्टले गर्नुहुन्थ्यो। बाइबलले बताउँदछ "बिहान उज्‍यालो हुनभन्‍दा धेरै अघि उठेर उहाँ बाहिर एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो" - मर्कूस १:३५
परमेश्वरलाई दिने समयप्रति हामीले कन्जुस्याइँ गर्नु हुँदैन। 



    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ

Comments