सफलताको रहस्य

 हरेक मानिस सफल हुन चाहन्छ। वास्तवमा एउटा अपराधि पनि आफ्नो अपराधमा सफल हुन चाहन्छ। हरेकको निम्ति सफलता फरक-फरक र भिन्न-भिन्न हुन सक्छ। 

एक विद्यार्थीलाई पढाईमा उत्तीर्ण हुनु र कक्षामा पहिलो हुन सफलता हुन सक्छ। 
एक व्यापारीलाई आफ्नो व्यापारको सामाज्र्य फैलाउनु र प्रशस्त फाइदा कमाउनु सफलता हुन सक्छ। 
एक कलाकारको निम्ति प्रख्यात हुनु र ख्याती कमाउनु सफलता हुन सक्छ। 
तर बाइबलले सफलतालाई कसरी प्रश्तुत गरेको छ। परमेश्वरले सफलतालाई कसरी परिभाषित गर्नुभएको छ, यो बुझ्न जरुरी छ।                                                          



परमेश्वर तपाई सफल हुनुभएको चाहनुहुन्छ 
Your Success matters to God
धेरैचोटी जब हामी कठिन अवस्थाहरुबाट गुज्रन्छौं अथवा पटक-पटक असफल हुन्छौं, जब हाम्रो योजनाहरु भताभुङ्ग हुन्छ, हामीले सोचेर गरेका कामहरु बिग्रन्छ, हामीलाई यस्तो लाग्न सक्छ 'म सफल या असफल भएर परमेश्वरलाई कुनै फरक नै पर्दैन अथवा सायद परमेश्वरलाई मेरो सफलताप्रति कुनै चासो छैन होला' तर अवश्य पनि त्यो सत्य होइन्। के यहाँ तपाईले तपाईको सफलता र तपाईको परमेश्वरसँगको सम्बन्धको गम्भीर चित्रलाई देख्नुभयो? जब हामी असफल हुन्छौं, परमेश्वरसँगको हाम्रो सम्बन्ध बिग्रदै जान्छ। हामीलाई याद छ, जब आदम असफल भए, जब उनी चुके तब तिनलाई परमेश्वर अघि जान लाज लाग्यो, उनी परमेश्वरको नजरमा पर्न चाहेनन्, उनी परमेश्वरबाट लुके र त्यहाँ आदमको परमेश्वरसँगको सम्बन्ध बिग्रिएको छ। हामी पनि जब हाम्रो योजनाहरुमा, हामीले लिएका निर्णयहरुमा असफल हुन्छौं, तब हामीलाई पनि परमेश्वरअघि र मानिसहरुअघि जान अप्ठ्यारो र लाज लाग्छ । हामी पनि आदमजस्तो हुनुहुँदैन, जब हामी हाम्रो असफलता र निराशाहरुलाई उहाँकहाँ लिएर जान‌्छौं, उहाँले अझ हामीलाई असल र उत्तम सफलताको निम्ति तयार गर्नुहुन्छ। परमेश्वर तपाई सफल भएको चाहनुहुन्छ। 
कुनै पनि निर्माणकर्ताले आफूले बनाएको निर्माण गरेको वस्तु असफल होस् भन्ने चाहँदैन। 
मोबाइल फोन कम्पनिले आफ्नो फोन बजार भित्र्याउन अघि लाखौंपटक यसको जाचँ गरेको हुन्छ ताकि जब यो ग्राहकको हातमा पर्छ, तब यसले सफल रुपमा काम गर्नुपर्छ। जब कुनै मोबाइल फोनले सफल रुपमा काम गर्दैन तब यसको पछाडीको भागमा पाउनुहुने कम्पनिको लागोको इज्जत दाउमा पर्छ। फोनको असफलताले कम्पनिको इज्जत र प्रतिष्ठालाई जोखिममा पारिदिन्छ। 
तपाई असफल हुनु भनेको स्वयम परमेश्वरको इज्जत र प्रतिष्ठा जोखिममा पर्नु हो किनकि बाइबलले भन्दछ,
 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।”
हामी असफल हुनु चाहिँ स्वयम परमेश्वरको इज्जत दाउमा पर्नु हो। जब एउटा इशाइ ठग्दै हिँडछ,उसले आफ्नो मात्र होइन परमेश्वरको इज्जत र प्रतिष्ठालाई पनि जोखिममा पार्ने गर्छ। यसकारण परमेश्वर हामी सफल भएको चाहनुहुन्छ। कुनै बुबाले आफ्नो सन्तान असफल भएको चाहँदैन तर स्वयम परमेश्वरको चाहनाले मात्र पनि हुँदैन। त्यहाँ हामीले सफलताको निम्ति गर्नुपर्ने जिम्मेवारीहरु पनि छ। 

सफलता र व्यवस्था :
यदि तपाई सफल हुन चाहनुहुन्छ भने सफलताको पछि नदौडनुहोस' - डा. माइल्स मुनरोइ 
सफलता व्यवस्था पालनको परिणाम हो। 
आदम त्यतिबेला असफल भयो जतिबेला उसले परमेश्वरले दिनुभएको व्यवस्था उल्लंघन गर्‍यो। परमेश्वरले आदमलाई भन्नुभएको थियो, बगैंचाका सबै रुखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फलचाहिँ नखानु, किनभने जुन दिन तैंले त्यो खान्छस तँ निश्चय नै मर्नेछस"- उत्पत्ति २:१५
परमेश्वरले सृष्टिमा बनाउनुभएको हरेक थोक सफल हुनको निम्ति बनाउनुभयो तर ती हरेक सृष्टिहरु सफल हुनचाहिँ व्यवस्था पालन गर्नुपर्थ्यो। 
माछालाई परमेश्वरले समुद्रमा पौडनको निम्ति सृष्टि गर्नुभयो तर माछा सफल रुपमा पौडन पानीको नियमलाई पालना गर्नुपर्ने हुन्छ। माछा जत्ति नै शक्तिशाली भएतापनि पानी बाहिर ऊ सफल हुन सक्तैन। 
रुखले सफल रुपमा त्यति बेला फल फलाउन सक्छ जति बेला रुखले जमिनको व्यवस्थालाई पालना गर्छ। फल फलाउन असफल हुने रुखको बिषयमा बाइबलले भन्दछ, "यस्ता हाँगाहरु मानिसहरुले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्। " - यूहन्ना १५:६
एउटा किसानले बिऊ जमिनमा रोपेपश्चात बिऊको निम्ति प्रार्थना गर्नुपर्दैन किनकि बिऊको व्यवस्था (नियम) पालना गरेपश्चात यसले आफै काम गर्छ। 
धेरैचोटी हामी प्रार्थना त धेरै गर्छौ, बाइबल पनि धेरै पढ्छौ (प्रार्थना र बाइबल अध्ययन आवश्यक छैन भन्न खोजिएको होइन) तर बिऊचाहिँ जमिनमा रोप्दैनौ। जब तपाईलाई गाडी र पेट्रोलको नियम थाहा हुन्छ, तपाईले गाडीमा पेट्रोल हालेपश्चात यो गाडी चलोस भनेर प्रार्थना गर्नुपर्दैन। यसकारण बाइबलले भन्दछ,  "बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि,  समझशक्ति प्राप्‍त गर्‌"- हितोपदेश ४:७
यसकारण हामीले व्यवस्थालाई बुझ्ने समझशक्ति र जिवनमा लागु गर्ने बुद्धिको खोजि गर्नुपर्छ। जब तपाईले व्यवस्थालाई बुझ्नुहुन्छ र यसलाई जिवनमा लागु गर्नुहुन्छ, तब सफलता तपाईको पछि दौडिन्छ। 

हाम्रो जिवनमा परमेश्वरको व्यवस्था जसद्धारा सफलता प्राप्त गरिन्छ, त्यसलाई हामी लत्याइरहेका हुन्छौं। 
हामी सफल हुन परमेश्वरमा रहनुपर्ने हुन्छ र उहाँको व्यवस्थालाई पालना गर्नुपर्ने हुन्छ। 
"धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको  कटनी पनि गर्नेछ" - गलाती ६:७
हामी असफलताको निम्ति रोपेर सफलताको कटनी गर्ने आश गर्न सक्तैनौ। हामीले जे कुराको निम्ति लगानी गर्छौ, त्यहि प्राप्त गर्छौ, ब्याजसहित।
जब सफल अगुवा मोशाको मृत्यु भयो, तब यहोशूलाई धेरै चुनौतीहरुको सामना गर्नुपर्ने थियो। तब परमेश्वरले यहोशूलाई भन्नुभयो,"व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्‌, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता (Good Success) पाउनेछस्‌" - यहोशू १:८
समृद्ध बन्न र कनानको विजयमा सफलता पाउनलाई यहोशूले पवित्र-शास्त्र सम्बन्धी तीनवटा थोकहरु गर्नुपर्थ्यो :
- उनको ओठबाट व्यवस्था हट्नु हुनेथिएन 
- उनले त्यसमा दिनरात ध्यान गर्नुपर्थ्यो 
- यसमा लेखिएका सबै कुरा पालन गर्नुपर्थ्यो 

असल सफलता र खराब सफलता 
गलत क्षेत्रमा सफल हुनुचाहिँ खराब सफलता हो। 
लागु औषध व्यापारीसँग पैसा त प्रशस्तै हुन्छ तर शान्तिचाहिँ रत्तिभर हुँदैन- खराब सफलता। 

"र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्‌," - १ राजा २:३


    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ


Comments