हामी हरेकलाई परमेश्वरले विशेष उद्धेश्यसहित बनाउनुभएको छ। हामी कोहि पनि यस पृथ्वीमा दुर्घटनावश छैनौ, हरेकको अस्तित्वको कारण छ। वास्तवमा भन्ने हो भने सृष्टिमा परमेश्वरले कुनै पनि थोक बिनाउद्धेश्य बनाउनु भएन। बाइबलमा उत्पत्तिको पुस्तकले बताउँदछ कि परमेश्वरले सृष्टि गर्नुभएको हरेक थोक 'असल थियो' किनकि ती हरेक थोकमा परमेश्वरले उद्धेश्य - ती थोकहरुको अस्तित्वको कारण देख्नुभयो यसकारण ती थोकहरु असल थियो। के तपाईले देख्नुभयो उद्धेश्यले हामीलाई असल, सुन्दर, अद्वितीय बनाउने रहेछ।
बाइबलले भन्दछ,
"संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो" - एफिसी १:४
"किनकि हामी असल कामहरुका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका
उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले
पहिलेबाटै ती तयार गर्नुभएको छ" - एफिसी २:१०
के तपाई कल्पना गर्न सक्नुहुन्छ, हाम्रो अस्तित्वको कुनै पनि नामोनिशन
र संकेत नहुँदै परमप्रभुको हृदयमा हामी थियौं, उहाँले हामीलाई
देखिसक्नुभएको थियो, उहाँले हामीलाई चुनिसक्नुभएको थियो।
यस खण्डले तपाई परमेश्वरको निम्ति कति बहुमूल्य र बिशेष हुनुहुन्छ
भन्ने कुरालाई दर्शाउँछ। आज धेरै जवानहरुलाई हामी उद्धेश्यको निम्ति
बनिएका हौं, हाम्रो अस्तित्वको विशेष कारण छ भन्ने सत्यता थाहा छैन
अथवा उसलाई कसैले बताएको हुँदैन जसले गर्दा उसले आफ्नो जिवनको
महत्व देख्दैन र आफ्नो महत्व खोज्दै धेरैपटक गलत संगतहरुमा, कुलतमा
र अन्य अनैतिक र अपराधिक क्रियाकलापहरुमा सामेल हुन पुग्छ।
हाम्रो जिवन हामीलाई त्यति बेला मूलयवान र महत्वको लाग्छ जब हामी
हाम्रो जिवनको उद्धेश्यलाई पत्ता लगाउँछौ र यसलाई पुरा गर्नतिर लाग्छौं।
मानिसहरुले विशेषगरी आत्महत्या गर्नाको कारण उनीहरुले आफ्नो
जिवनको कुनै महत्व र कारण नदेख्नु हो। आत्महत्या गर्ने व्यक्तिले प्राय
सधैं आफुले आफ्नो जिवनको कुनै महत्व नभएको कुरा चिट्ठीमा लेखेको हुन्छ।
उद्धेश्य के हो?
- उद्धेश्य तपाईको जन्मको कारण र तपाईको अस्तित्वको अर्थ हो
- हाम्रो बोलावट र छनौट
- तपाईको अस्तित्वको मूल कारण
- तपाईको जिवनमा परमेश्वरको इच्छा
- तपाईको जिवनको गन्तव्य (destiny)
- परमेश्वरले तपाईको जिवनमा दिनुभएको काम
"परमेश्वरले मानिसहरुमाथि राखिदिनुभएको भार ('इनयन': काम) मैले देखेको छु"- उपदेशक ३:९
जवान र उद्धेश्य :
किन एउटा जवान व्यक्ति आफ्नो उद्देश्यमा गम्भीर हुन आवश्यक छ?
परमेश्वर जवानहरुद्धारा काम गर्न मन पराउनुहुन्छ। बाइबल इतिहासमा
परमप्रभुले जवानहरुद्धारा शक्तिशाली कार्य गर्नुभएको प्रशस्त उदाहरणहरु हामीलाई थाहा छ।
उपदेशक लेख्छन्,
"दुखको समय र वृद्धावस्था आउन अघि नै जब तिमीले भन्नेछौं, 'यस समयमा मेरो मन लाग्दैन',
ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर"- उपदेशक १२:१
वृद्धावस्थामा आफ्नो जिवनको उद्धेश्य पत्ता लगाउनुचाँहि कति दुखको
कुरा किनकि अब त धेरै ढिला भैसक्यो ।
वृद्ध अवस्थामा हामीसँग सबै थोक हुन्छ बुद्धि, ज्ञान, सिप, अनुभव तर
दुईवटा कुरा हुँदैन, के होला?
समय र बल। बाइबलले भन्दछ,
"जवान मानिसहरुको महिमा तिनीहरुको बल हो, फुलेको केश
वृद्धहरुको गौरव हो" - हितोपदेश २०:२९
जब हामी आफ्नो युवावस्थामा नै परमेश्वरको इच्छा, हाम्रो जिवनको उद्धेश्यलाई
थाहा गर्छौं, तब हामीसँग भएको बल, जोश र जागर, बुद्धि र ज्ञानहरुलाई
ठिक समयमै उद्धेश्यको क्षेत्रमा लगानी गर्न सक्छौं।
उद्धेश्यमा सफल हुनु :
उद्धेश्य र सफलता एकअर्कासँग जोडिएको हुन्छ। सफलता के हो?
आज संसारिक परिभाषाले गर्दा सफलताको मूल अर्थ र साँचो परिभाषा
लोप हुँदै गइरहेको छ। संसारले सफलता भनेको धेरै पैसा कमाउनु हो,
धनसम्पत्ति थुपार्नु हो भन्छ, हामी त्यसैको पछि दौडन्छौं। संसारले
सफलता भनेको अथाहा शक्ति प्राप्त गर्नु हो भन्छ, हामी त्यसैको पछि लाग्छौं।
आज कति परमेश्वरका सेवक र दासहरु जसलाई सेवाको निम्ति बोलाइएको र
छनौट गरिएको छ, ती मानिसहरु पनि शक्ति पाउन राजनैतिक दलहरुमा
सामेल हुनुभएको छ। संसारले सफल हुनु भनेको त प्रख्यात हुनु हो,
सारा विश्वले चिन्नु हो भन्छ, हामी ख्याती कमाउने होडवाजीमा दौडन्छौं।
आज त्यो भीडबाट निस्किएर एकछिन मनन गर्ने समय आएको छ, के साँच्चै
परमेश्वर मैले यो दौड दौडेको चाहनुहुन्छ? के यसैको निम्ति परमेश्वरले
मलाई चुन्नुभएको हो? मेरो जिवनको उद्धेश्य यहि हो त?
प्रियहरु म तपाईलाई बताउन चाहन्छु, राजा शोलोमनले यी सबै थोक प्राप्त गरे,
ऊसँग हिसाब गरेर गन्न नसकिने अथाहा सम्पत्ति थियो, कसैले कल्पना गर्न
नसक्ने शक्ति थियो, पृथ्वीको हरेक कुनासम्म उनको ख्याती फैलिएको थियो,
तर पनि उनले आफ्नो वृद्ध अवस्था, मृत्युको नजिक पुगेर पश्चाताप र
अत्मग्लानीका साथ भन्छन "व्यर्थ नै व्यर्थ...सबै व्यर्थ हुन्"
सबै कुरा प्राप्त गरेर, स्वयम परमेश्वरलाई चाहिँ गुमाउनु जस्तो दयनिय र पिडा
अरु के नै हुन सक्छ र? यसकारण उद्धेश्यमा सफल हुनुहोस्। गलत क्षेत्रमा
सफल हुनु त असफल हुनुभन्दा पनि खराब हो किनकि असफल व्यक्ति पुन
आफ्नो लगन, परिश्रम, मेहेनत र समर्पताका साथ सफल हुन सक्छ तर गलत
क्षेत्रमा सफल हुने व्यक्तिको निम्ति त्यहाँ कुनै आशा नै हुँदैन।
कसरी उद्धेश्य पत्ता लगाउने?
तपाईहरुलाई इमान्दारीपूर्वक भन्नुपर्दा, काश म तपाईहरुलाई तपाईहरुको
उद्धेश्य बताउन सकु तर यो त तपाई र परमेश्वरबिचको कुरा हो। तपाईको
उद्धेश्य पत्ता लगाउन तपाईको जिवनमा परमेश्वरको के इच्छा छ भनी बुझन
जरुरी छ, परमेश्वरको इच्छा बुझ्न तपाईले परमेश्वरसँग समय बिताउन आवश्यक छ,
उहाँको आवाजलाई सुन्न आवश्यक छ, उहाँको वचनमा समय बिताउनुपर्ने हुन्छ।
जब शमूएललाई परमेश्वरले बोलाउनुभयो, उसले परमेश्वरलाई चिन्दैन्थ्यो र उहाँको
आवाजलाई चिनेन र एलिकहाँ गएर भन्छ, 'तपाईले मलाई बोलाउनुभएको हो?'
तर एलिले उसलाई परमेश्वरले बोलाउनुभएको रहेछ भनि थाहा हुन्छ र शमूएललाई
भन्छ, 'यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्नु, 'परमप्रभु, भन्नुहोस्,
तपाईको दास सुन्दैछु'। यहाँ हामी तपाई र परमेश्वरबिचको एउटा गहिरो सम्बन्धलाई
देख्न सक्छौं : हरेकले आफ्नो बोलावटलाई आफैले उत्तर दिनुपर्ने हुन्छ।
जसरी शमूएलाई परमेश्वरले बोलाउनुभयो तर त्यस बोलावटको प्रतिक्रिया
एलिले या अन्य कसैले दिनु मिल्दैन थियो तर केवल शमूएलले दिनुपर्थ्यो।
जब शमूएलले परमप्रभूको आवाजलाई उत्तर दिन्छन तब त्यहाँ परमेश्वरले उनलाई
भविष्यमा उहाँले इस्राएलमा गर्नुहुने कुराहरु र उनको जिवनको उद्धेश्यलाई
प्रकट गर्नुहुन्छ।
परमेश्वरले तपाईको जिवनमा के गर्नुहुनेछ, तपाईलाई कसरी प्रयोग गर्नुहुनेछ,
तपाईको जिवनको उद्धेश्य के हो त्योचाँहि तपाई र परमेश्वरबिचको कुरा हो।
यदि कसैले तपाईको जिवनको उद्धेश्य यो हो, तपाईले यो गर्नुपर्छ, तपाईको जिवनमा
यो-यो हुनेछ भनेर भन्छ भने त्योचाँहि जोखाना जस्तो हुन जान्छ जुन परमेश्वरलाई मन पर्दैन्।

Comments
Post a Comment