हेलेन केलर भन्छन् "दृष्टिबिहिन हुनुभन्दा पिडाको कुराचाहिँ दृष्टि भएर दर्शन नहुनु हो"
"कार्यान्वयन बिनाको दर्शन भ्रम हो।" - थोमस एडिसन
"रणनीति बिनाको दर्शन अझै पनि भ्रम नै हो।"- लि बोल्म्यान
हाम्रो जिवनमा दर्शन कति महत्वको छ भन्ने कुरामा धर्मशास्त्र स्पष्ट छ।
हितोपदेशक भन्छन्, "जहाँ दर्शन-प्रकाश (हाजोन) छैन्, त्यहाँ मानिसहरु भाँडिन्छन्" - हितोपदेश २९:१८
दर्शन के हो?
दर्शन के हो भनेर बुझ्नु अघि दर्शन के होइन बुझन आवश्यक छ। नयाँ शताब्दीले ( The New Age Movement), दर्शनलाई कल्पनाको शक्ति भनि परिभाषित गर्न खोजेको छ। उनीहरु भन्छन् 'तपाईले कल्पना गर्न चाहनु भएको कुनै पनि कुराको कल्पना गर्न सक्नुहुन्छ र तपाईको दिमागको शक्तिले तपाई यसलाई साकार बनाउन सक्नुहुन्छ।'
दर्शन-प्रकाशले केवल मानवको कल्पना गर्ने- सोच्ने क्षमतालाई मात्र जनाउँदैन।
दर्शन सुन्नुमात्र होइन तर देख्नु हो।
"म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु" - हबकूक २:१
उदाहरण : कुनै व्यक्तिले गहुँलाई हेर्यो र उसले बिस्कुटलाई देख्यो। कुनै व्यक्तिले ठूलो झरनालाई हेर्यो र उसले बिजुली देख्यो। कुनै व्यक्तिले चरालाई हेर्यो र उसले हवाईजहाज देख्यो।
दर्शनबिना हामीकहाँ भएको कुनै पनि थोक हुने थिएन तर ती थोकहरुको पछाडि कसैले देखेको दर्शन छ।
- दर्शन वर्तमान र भविष्यलाई जोड्ने पुल हो।
येशुख्रीष्ट एक दर्शनले भरिएको व्यक्ति हुनुहुन्थ्यो। बाइबलमा सुसमाचारको पुस्तकहरुमा तपाईले प्राय उहाँले वर्तमान समयमा उहाँको मृत्यु जुन उहाँको भविष्य थियो, यसको विषयमा बारम्बार चर्चा गरेको पाउनुहुन्छ । उहाँले जे पनि गर्नुभयो, हचुवाको भरमा गर्नुभएन तर दर्शनको आधारमा गर्नुभयो।
दर्शनबिना मानिसहरुले फराकिलो र सजिलो बाटो रोज्छन् तर दर्शनयुत्त व्यक्ति जस्तोसुकै कठिनाइको परिस्थितिमा पनि आफ्नो बाटोबाट तर्किदैन किनकि उसलाई आफू कहाँ जाँदैछु र कहाँ पुग्नुपर्ने स्पष्ट थाहा हुन्छ।
- दर्शन भोलीलाई आज देख्नु हो।
- दर्शन परमेश्वरको इच्छा अनुरुप रुचाइएको भविष्यको चित्र हो।
- दर्शन अन्तलाई सुरुवातबाटै देख्नु हो।
- दर्शन तपाईको जिवनको लागी परमेश्वरको उद्धेश्य देख्नु हो र त्यँहा पुग्ने बाटो लिनु हो।
दर्शन बाटोको नक्साजस्तै हो जसले तपाईलाई तपाईको गन्तव्यसम्म पुर्याउँछ।
......त्यहाँ मानिसहरु भाँडिन्छन्"
"भाँडिन्छन" शब्दलाई हिब्रूमा परह (paw-rah') भनिन्छ। 'परह' शब्दले विशेष गरि बोकेको अर्थचाहिँ जब कुनै स्त्रीको हेयरब्याण्ड (रबर) ले बाधिँएको कपाललाई फुकाइन्छ तब उनको कपाल हावाले चारैतिर उडाउँदा कपाल चारैतिर छछल्किएर दिशाबिहिन अवस्थामा उडिरहेको हुन्छ। त्यस अवस्थालाई जनाउन 'परह' शब्दको प्रयोग गरिन्थ्यो। 'भाँडिन्छन्' भन्ने शब्दले 'दिशाबिहिन स्थिति' लाई जनाउँछ। जब मानिस भाडिन्छ तब ऊ कहाँ र किन जाँदैछ भन्ने कुरा उसलाई थाहा हुँदैन।
जब तपाईले सहि दिशा गुमाउनुहुन्छ तब तपाई कहि पुग्नुहुन्न।
तपाईलाई स्पष्ट रुपमा थाहा हुनुपर्छ कि तपाई कहाँ जाँदै हुनुहुन्छ, कहाँ पुग्नु पर्ने हो, कसरी जाँदै हुनुहुन्छ। यदि हामी हाम्रो दर्शनमा स्पष्ट छैनौं भने हामी दिशाबिहिन हुन्छौं र उद्धेश्यसम्म पुग्न सक्दैनौ। दर्शनले हामीलाई हाम्रो गन्तव्य (उद्धेश्य) मा लिएर जान्छ।
चीलबाट सिक्नुपर्ने पाठ:
- चीलहरु दर्शनयुक्त हुन्छन् : चीलहरुसँग ५ कि.मी टाढाको कुरामा पनि आफ्नो पूर्ण ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। त्यहाँ जति नै अवरोधहरु भएतापनि यसले आफ्नो सिकारलाई नसमातेसम्म आफ्नो ध्यान हटाउँदैन्।
- चीलहरु एक्लै उड्छ : चीलहरु कहिल्यै भङ्गेरा, काग, रुपि अथवा अन्य चराहरुसँग उडदैन्। या त यो चीलसँगै उडद्छ या एक्लै । सहि दर्शन पनि गलत मानिसहरुको बिचमा फस्टाउँदैन।
नियम र एलिशिबाको उदाहरण (लूका १:३९)
- चीलहरुलाई आँधीबेहरी मनपर्छ:
उद्धेश्य र दर्शनको भिन्नता :
१. उद्धेश्य तपाईको अस्तित्वको मूल कारण हो (तपाई यस पृथ्वीमा किन हुनुहुन्छ?) । दर्शन तपाई कसरी त्यस उद्धेश्यमा पुग्नुहुन्छ?
अर्को शब्दमा उद्धेश्य तपाईको जिवनको गन्तव्य (destiny) हो र दर्शन त्यस गन्तव्यसम्म पुग्ने बाटो हो।
सहि बाटो रोजिएन भने गन्तव्यसम्म पुग्न सकिँदैन यसकारण तपाईसँग सहि दर्शन हुन आवश्यक छ।
२. उद्धेश्य जिवनभरिको निम्ति हो तर दर्शन सठिक अवधिको निम्ति हो।
अर्को शब्दमा उद्धेश्य पुरा गर्न तपाईले सम्पूर्ण जिवन नै लगानी गर्नुपर्ने हुन्छ र यो तपाईको मृत्युमा पुरा हुन्छ तर दर्शन सठिक अवधिको निम्ति हुन्छ जस्तै २०औं वर्षको दर्शन (20-20 vision), ४० वर्षको दर्शन।
"किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ"- हबकूक २:३
हबकूक पुन भन्छन्,
"म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु" - हबकूक २:१
म मेरो : दर्शन तपाईको स्व-इच्छाद्धारा सुरु हुन्छ। परमेश्वरले हामीलाई जबरजस्ती गर्नुहुन्न। धेरै चोटी हामी आफ्नो आरामदायी क्षेत्रमा सन्तुष्ट हुने भएकाले हामीमा दर्शनको कमी हुन्छ। दर्शनको निम्ति हामीले आफ्नो आरामदायी क्षेत्रलाई छाड्नुपर्ने हुन्छ।
"सुते पछि देख्ने सपना हो, तर जुन सपनाले तपाईलाई सुत्न दिँदैन त्यो चाहिँ दर्शन हो"
जब अब्राहामलाई परमेश्वरले एउटा तस्बिर दिनुभयो कि परमप्रभुले तिनलाई कसरी महान र आशिषको श्रोत बनाउनहुनेछ, कसरी उहाँले तिनीबाट कुलहरु र जातीहरु खडा गर्नुहुनेछ तब तिनी परमप्रभुले अह्यउनु भएअनुसार आफ्नो देश र आफ्नो कुटुम्ब तथा आफ्ना पिताका घरबाट निस्किएर परमप्रभुले देखाउनुभएको देशमा गइहाले।
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।
“म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस्। तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष् पाउनेछन्।” यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। - उत्पत्ति १२:१-४
पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु:
पहरा (मिशमेरेट: 'अवलोकन गर्ने स्थान')
दर्शनले हामीलाई अवलोकन गर्ने व्यक्ति बनाउँछ, अरुको चियोचर्चो गर्ने होइन। अरुले के गर्छ भन्दा पनि तपाई के गर्नुहुन्छ महत्वपूर्ण छ। तपाईले आफूलाई अवलोकन गर्नुपर्छ र आफ्नो कामको मुल्यांकन गर्नुपर्छ। दर्शनयुत्त व्यक्तिले आफ्नो जिवन र आफ्नो कामको मुल्यांकन गर्दछ।
३ किसिमको अवलोकन :
दुरदर्शी (foresight)
अन्तरदृष्टि (insight)
निरीक्षक (oversight)
पर्खाल (मासोर: 'धरहरा अथवा किल्ला')
धरहरा (Tower) शब्दले गोप्य, एकान्त शान्त ठाउँ, कुनै पनि खलबल, विचलित नपार्ने ठाउँलाई जनाउँदछ। परमेश्वरसँगको व्यक्तिगत सम्बनको निम्ति येशूख्रीष्टले जस्तै एकान्त र शान्तमय वातावरण रोज्नुपर्छ।
र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु:
परमेश्वरको वचन सुन्ने मात्र होइन देख्ने हुनुपर्छ। तपाईको साँचो दर्शन परमेश्वर के भन्नुहुन्छ, त्यहाँबाट सुरु हुन्छ। अरुले के भन्छ, अरुको रायमा तपाईले आफ्नो दर्शन भेट्टाउनुहुन्न।

Comments
Post a Comment