मिति : २०७८-०४-०२ गते
Sermon Outline
Sermon Topics : Lesson from the life of Nehemiah
नहेम्याहको परिचय :
- निर्वासनमा जन्मिएको एक यहूदी
- राजनैतिक व्यक्तित्व (राजाको मध टक्रयाउने, यहूदाको राज्यपाल)
- एक कुशल दर्शनयुक्त अगुवा
- बोझ भएको व्यक्ति (a man with burden)
- एक भावुक व्यक्ति (१:४)
- प्रार्थनाको योद्धा (१:४-११, ९ अध्याय बाइबलको सबैभन्दा लामो प्रार्थना)
- कडा अनुशासित अगुवा (१३:२५)
इस्राएल र यहुदाको पृष्ठभूमि :
परमेश्वरले इस्राएलीहरुलाई प्रतिज्ञा गर्नुभएको देशमा तीन शक्तिशाली राजाहरु शावल, दाऊद र सोलोमन शासन गर्दछ। सोलोमनले लगभग १००० ईसा पूर्वमा राज्य गरेका थिए। सोलोमनका धेरै पत्निहरुले उनलाई मूर्तिपूजा गर्न लगाए जसका कारण इस्राएल देश उत्तरी इस्राएल (१० कुल) र दक्षिणी राज्य यहूदा (२कुल) गरी दुई भागमा विभाजन भयो।
उत्तरी राज्य इस्राएललाई ७२२ ईसा पूर्वमा अश्शुरीहरुले पूर्वमा जितेर लगे। यहूदालाई पनि नवुकदनेसरको हातबाट बन्दी बनाईएर बेबिलोन लगियो :
- ६०३ ईसा पूर्वमा : दानिएल र उनका मित्रहरु
- ५९७ ईसा पूर्वमा : धार्मिक र राजनैतिक अगुवाहरु
- ५८७ ईसा पूर्वमा : यरुशलेम आगोले नष्ट पारियो
फारसका राजा कोरेसको अनुमतिमा कैदीहरु यरुशलेम फर्काइएको :
- ५३७ ईसा पूर्वमा : यरुबाबेलको नेतृत्वमा लगभग ५०००० यहूदीहरु फर्काइएको (एज्रा १-६)
- ४५८ ईसा पूर्वमा : एज्राको नेतृत्वमा लगभग ४००० यहूदीहरु फर्काइएको
- ४४४ ईसा पूर्वमा : नहेम्याहको नेतृत्वमा
नहेम्याहको पुस्तकलाई तीन वा दुई भागमा विभाजन गरि अध्ययन गर्न सकिन्छ :
१. तीन भागहरु :
- Rebuilding (पुर्ननिर्माण) : १-७ अध्याय
- Reviving (पुर्नजीवित) : ८-१० अध्याय
- Resettling (पुन:व्यवस्थापन) : ११-१३ अध्याय
२. दुई भागहरु :
- Reconstruction of the wall (पर्खालको पुर्ननिर्माण) : १-७ अध्याय
- Restoration of the people (मानिसहरुको पुनर्स्थापना) : ८-१३ अध्याय
नहेम्याहको पुस्तक हिब्रु बाइबलमा एज्राकै पस्तकको भाग हो तर ल्याटिनमा अनिवाद गर्दा दुई भिन्न पस्तकहरुमा विभाजित भयो।
The Expository Study of the book of Nehemiah :
पहिलो अध्याय
पद १ :
हिब्रू उच्चार : "नेख'म्याहिया" (मेरो सान्त्वना याहवे परमेश्वरबाट आउँछ)
-एक निर्वासित यहूदी जसले यरुशलेम कहिल्यै देखेको छैन तर यरुशलेमप्रतिको घनिष्ठता
- नहेम्याहको कथा ४४४-४४५ ईसा पूर्वतिरको
- फारस राज्यले तीन भिन्न-भिन्न राजधानीबाट शासन गर्ने
१. फारस राज्यले वसन्त महिनामा शूशन राजधानीबाट शासन गर्ने
२. फारस राज्यले हिउँदमा बेबिलोनबाट राज्य गर्ने
३. फारस राज्यले गर्मी महिनामा एख'बटाना पहाडी भागबाट शासन गर्ने जहाँ फारस राज्यको राजकिय इतिहासको लेखापाल हुन्थ्यो
पद २-३ :
- नहेम्याहको यरुशलेम पुगेकाहरुप्रति र यरुशलेमको चासो
- विगतमा पनि मन्दिर र पर्खाल बनाउने कोशिस भएको
- यहूदीहरु र यरुशलेम अवस्था :
१. साह्रै दुख र निन्दा सहनुपरेको
२. पर्खाल भत्काइएको
३. मूल ढोकाहरु आगोले नष्ट पारिएको
पद ४-५ :
- नहेम्याहको आफ्नो जाती र यरुशलेमप्रतिको मायालाई उनको भावुकताबाट देख्न सकिन्छ
- यहूदीहरु आफ्नो देशलाई औधीं प्यार गर्छन्
- भजनसंग्रह १३७ : ५-६
- हामीले पनि नहेम्याहबाट केही सिक्न आवश्यक छ, आफ्नो देश र जनताप्रतिको प्रेम र घनिष्ठतालाई मर्न दिनुहुँदैन
पद ५-११ : नहेम्याहको प्रार्थना
KR MINISTRY


Comments
Post a Comment