विपत्तिमाझ आशिष / Blessing in the midst of crisis



मिति : २०७८-०३-१९ 

वचन विषय : विपत्तिमाझ आशिष / Blessing in the midst of crisis (series part-6)

वचन वक्ता : कबिराज राई

"हामी अरुको निम्ति आशिषको स्रोत हुन, आशिषित छौं"

"हामी आशिषको स्रोत हुन बोलाइएका हौं" - १ पत्रुस ३:९

असल भण्डारे : (ग्रीकमा ओइकोनोमोस/oikonomos जसको अर्थ सेवक/दास जो आफ्नो मालिकप्रति इमान्दार हुदैछ) 

एक असल भण्डारेले आफ्नो मालिकको इच्छा अनुरुप आफ्नो जिम्मामा सुम्पिएको स्रोत र साधनलाई सदुपयोग गर्दछ। 

हाम्रो परमेश्वरको इच्छा, हामीसँग भएको स्रोत, साधन, वरदान, योग्यताले अरुको गरोस् (फिलिप्पी २:४) ।

परमेश्वरबाट प्राप्त आशिषलाई हामीले हाम्रो स्वार्थ र चाहना पुरा गर्न मात्र प्रयोग गर्न नहुने। 

के तपाई असल भण्डारे हुनुहुन्छ?

वचनका खण्डहरु :

"कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ,  अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ। उदार मानिसको फलिफाप हुन्‍छ,  अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ" - हितोपदेश ११:२४-२५

"गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,  र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ" - हितोपदेश १९:१७

"उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ,  किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ" - हितोपदेश २२:९

बाइबलीय कथा : "न्यायको दिन" - मक्ति २५:३१-४०


कसरी आशिषको स्रोत हुने? 

अरुको निम्ति आशिषको स्रोत हुने उत्तम तरिकाहरु :

१. दिएर / मुठ्ठी खोलेर (याकूब २:१५-१७) :-

- अरुको आवश्यकता,अभाव,घटिकमीमा सहायता गरेर आशिषको स्रोत हुन सक्छौं 

२. प्रार्थना गरिदिएर(१ तिमोथी २:१-४) :-

३. उत्साह र हौसला दिएर (१ थेसलोनिकी ५:११) :-

४.  विचारशील भइ दयालु शब्द बोलेर :

५.  बाडँचुड गरेर :-

६.  समय दिएर :-

७.  वचनको सौगात दिएर :-


"कसैको जिवनमा अनुग्रहको अन्तिम काम भनेको उसलाई अनुग्रही बनाउनु हो" - Dr. Fred Craddock 


KR MINISTRY


Comments