बाह्र पल्टन स्वर्गदूत कति हो ? हाम्रो जीवनमा यसको के महत्व छ?

 मत्ती २६ : ४७-५६ 

      हामीलाई याद छ, जब मुख्य पूजाहारीहरु र जनताका धर्म - गुरुहरुले पठाएका ठूलो भीड तरवार र लाठा लिएर ख्रिष्टलाई गिरफ्तार गर्न आउदछ तब उहाका चेलाहरुमध्येबाट सिमोन पत्रुसले मुख्य पूजाहारीको कमारा माल्खसलाई प्रहार गरेर तिनको कान काटिदिन्छ (यूहन्ना १८:१०) तर ख्रिष्टले पत्रुसलाई सम्झाउदै भन्नुहुन्छ, "तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। तिमि के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ति गर्न सक्दिन, र उहाले तुरुन्तै स्वर्गदूतहरुका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र?...." (मत्ती २६ : ५२-५३) ।   



बाह्र पल्टन स्वर्गदूत कति हो ?

      शताब्दीयौदेखि 'एक पल्टन'मा कति स्वर्गदूतहरु हुन्छन भनेर अनुसन्धानहरु भएको छ। बाइबलका कति विषयहरु रहस्यमय भएको कारण हामीलाई गहन अध्ययनको जरुरी हुदछ। यस पदमा ख्रिष्टले प्रयोग गर्नुभएको शब्द 'पल्टन' खासगरी त्यस समयमा रोमीहरुले आफ्नो सेनाको पङ्ग्तिलाई जनाउन प्रयोग गर्थे। रोमनहरुले ६००० सेनाहरुको पङ्ग्तिलाई 'एक पल्टन'को रुपमा लिदथे । बाइबलमा यस 'पल्टन' शब्दको सन्दर्भमा यसलाई एक ठुलो संख्या वा धेरैलाई जनाउने अर्थमा प्रयोग गरिएको छ। त्यस समयको प्रचलनको आधारमा ख्रिष्टले अरुहरुले पनि बुझ्ने गरि बोल्नु भएको कारण रोमनहरुले चलाउने पल्टन शब्दलाई नै उहाले प्रयोग गर्नु भएको हो भनि मान्न सकिन्छ,

१ पल्टनमा ६००० स्वर्गदूतहरू हुन्छन यसकारण बाह्र पल्टनमा ७२००० स्वर्गदुतहरु हुन्छन। 

 हाम्रो जीवनमा यसको के महत्व छ?

     येशूख्रिष्टले पवित्र आत्माको प्रतिज्ञा गर्नु अघि आफ्ना चेलाहरुलाई भन्नुभयो, "साचै, म तिमीहरुलाई भन्दछु, जसले मलाई विश्वाश गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठुला काम गर्नेछ...." (यूहन्ना १४:१२) । यस पदमा ख्रिष्टले आफ्नो शक्ति र अधिकार हामीलाई सुम्पनुभयो यसकारण हामी पनि उहाले जस्तै परमेस्वर पितालाई हाम्रो सहायताको निम्ति स्वर्गदूतहरुलाई खटाईदिनुहुन बिन्ति गर्न सक्छौ। उहाका जनहरुको निम्ति स्वर्गदूतहरु सधै तत्पर तयार हुन्छन। 

     यशैया ३७:३६ मा एक दूतले १८५००० अश्शुरी सेनाहरुलाई मारेको हामी पाउदछौ। यदि एक स्वर्गदुत बराबर १८५००० मानिस हुने हो भने एक पल्टन स्वर्गदुत बराबर १ अर्ब १ करोड १० लाख मानिस हुदछ (६०००*१८५००० ) त्यसै गरि बाह्र पल्टन बराबर १३ अर्ब ३ करोड २० लाख मानिस हुदछ (७२०००*१८५०००) जुन झन्डै झन्डै हाम्रो विश्वको जनसंख्याको दोब्बर संख्या हो। 

    प्रियहरु, हामीले कल्पना नै गर्न नसक्ने शक्ति र अधिकार ख्रिष्टले हामीलाई सुम्पनुभयो। अवस्य पनि तपाई एक्लो हुनुहुन्न तर तपाइको रक्षाको निम्ति स्वर्गदूतहरु तत्पर तयार छन्। जसरी दानियलको प्रार्थनाको उत्तर उनी कहा पुर्याउन परमप्रभुले दुई प्रधान स्वर्गदूतहरु गाब्रिएल र मिखाएललाई खटाउनुभयो तपाइको प्रार्थनाको उत्तरको निम्ति ती दुतहरू हरबखत तयार छन्। निराश नहुनुहोस। यो विश्व महामारी भन्दा हाम्रो परमेस्वर शक्तिशाली हुनुहुन्छ। उहाले नै तपाई प्रत्येकलाई शक्ति, शामार्थ र धैर्यता प्रदान गर्नुभएकोहोस्।




  - कविराज राई 


Follow Us on Facebook:

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to Our Youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ




Comments