कसरी भत्किएको सम्बन्धलाई पुनर्स्थापना गर्ने?

 How to restore broken relationship?



God values Relationship 

परमेश्वरले मानिसलाई काम दिनुअघि सम्बन्ध दिनुभयो। जब हामी परमेश्वरले दिनुभएको सम्बन्धलाई हिफाजत गर्छौँ म विश्वास गर्छु, यसले उहाँलाई प्रशन्न पार्छ। बाइबलले भन्दछ मानिस एक्लो रहन असल छैन्। 

येशूले मण्डलीलाई केवल एउटै भवन होइन, एउटै परिवार बनाउन चाहनुहुन्छ। जब सम्बन्ध पुनर्स्थापित हुन्छ, तब आराधना जीवन्त हुन्छ, सेवकाइ फलदायी हुन्छ, र संसारले ख्रीष्टको प्रेम देख्न थाल्छ।

येशू ख्रीष्टले जब सेवाकाईको निम्ति चेलाहरु चिन्नुभयो तब तिनीहरुसँग उहाँले सम्बन्ध निर्माण गर्दै तीन साल बिताउनुभयो।

हामी येशूका चेलाहरु हौं भनि मानिसहरुले‌ कसरी थाहा गर्नेछन?

येशूले भन्नुभयो मानिसहरूले हाम्रो प्रचारले‌ होइन, हाम्रा ठूला-ठूला भवनहरूले  वा हाम्रो मीठो सङ्गीतद्वारा हामी उहाँका चेलाहरू हौं भनी थाहा पाउनेछन् भन्नुभएन। उहाँले भन्नुभयो, "यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।" (यूहन्ना १३:३५)। हाम्रो सबैभन्दा ठूलो गवाही सिद्धता होइन, बरु साँचो प्रेम हो।"

We were never designed to live alone spiritually.

हामीलाई कहिलेकाहीँ मानिसको भिड, होहल्ला, भरिभराउ, कोलाहल, गन्जागोल देखि वाक्कदिक्क लागेर सबै छाडि एकान्तमा गई एक्लै शान्तिमा बसु भन्ने विचार आउन सक्छ। तर त्यो एक्लोपन हाम्रो आत्माको लागि त्यति स्वस्थ्यकर छैन्। हामी विश्वासी जंगल छिर्दैनौं। जति वाक्कदिक्क भए पनि हामीलाई एक-अर्कासँग मेलमिलाप र प्रेममा बोलाउनुभएको छ यसमा हामी विश्वासयोग्य हुनुपर्छ।

Lifeway Research र  Barna Group‌ ले गरेको अध्ययनले देखाएको छ कि ७५ प्रतिशत पास्टरहरूले सेवकाईका क्रममा आफूले सामना गर्ने प्रमुख चुनौतीहरूमध्ये एक 'आपसी द्वन्द्व' रहेको बताएका छन्।

मण्डली फुटनुको मूख्य कारण सम्बन्ध बिग्रनु हो।

सिद्ध चर्च कुनै पनि हुदैँन। हरेक चर्चमा समस्या, तनाव, उत्तारचढाव र संघर्ष हुन्छ।‌ तर जुन मण्डलीमा विश्वासीहरुबिच आत्मिय सम्बन्ध हुन्छ, हरेक अवस्था र परिस्थितिमा त्यो मण्डली स्थिर हुन्छ।

साँचो बाइबलिय एकता- भनेको सम्बन्धहरुमा खटपट र समस्या नहुनु होइन- तर ती सबै थोकमा बाबजुद एक-अर्कामा मेलमिलाप, प्रेम, आदर र क्षमायाचनाको भावना हुनु हो।

"सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।" - एफिसी ४:२-३

क्षमायाचनाले सम्बन्धलाई पुनस्थापना गर्छ:

मण्डलीका दुई सदस्यहरूले झन्डै एक वर्षसम्म एक-अर्कासँग कुरा गरेका थिएनन्। हरेक शनिबार सेवामा उनीहरू मण्डलीमा एक-अर्काको विपरीत दिशामा बस्थे। एक दिन पास्टरले क्षमाशीलताको विषयमा प्रचार दिनुभयो। सेवापछि उनीहरूले अन्ततः हात मिलाए... पाष्टरले निक्कै खुशी हुदैं दुई भाईहरुलाई भने, " मलाई लाग्छ तपाईले यो कुना र तपाईले त्यो कुरालाई अब छोडनु हुनेछ। अर्को शनिबार उनीहरू आ-आफ्नो कुनालाई छोडि विपरीत दिशातिर गएर बसे!

जब कोहि चुक्छ, हाम्रो जिम्मेवारी उसलाई क्षमा दिनु, उत्साह दिनु, सुधार गर्नु र प्रार्थना गरिदिनु हो। जब हामी गल्तीहरुलाई न्याय गर्न थाल्छौं, यसले सम्बन्ध भत्काउँछ। 

चर्च सेवापछि, दुई विश्वासीहरू चिया पिउन सँगै बसे। एक जनाले भन्यो, "प्रभुको प्रशंसा होस्, मैले त्यो व्यक्तिलाई क्षमा गरेको छु। ऊ निक्कै कठिन व्यक्ति रहेछ। मलाई निक्कै चित्त दुखाएको छ त्यो व्यक्तिले। तपाईलाई भन्नुपर्दा ऊ खासै गतिलो मानिस होइन रहेछ"अर्कोले सोध्यो, "के तिमीले उसलाई भन्यौ कि तिमीले उसलाई क्षमा दिइसक्यौ?" उसले जवाफ दियो, "उसलाई त भनेको छुइन... तर मैले मण्डलीको लगभग बाकिँ सबैलाई भनिसकेको छु!"

क्षमा दिनु भनेको गलतलाई पनि सहि नैहो भन्नु होइन। जुन कुरा परमेश्वरको बचन विपरित छ हामीले गलत नै भन्नुपर्छ।

मत्ती १८ अध्यायमा येशूख्रीष्टले कसरी सम्बन्ध पुनस्थापना गर्ने बताउनुभयो, "तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ...।" (१५)




Be the Ice breaker:

पहिलो कदम चाल्ने व्यक्ति हुनुहोस्। पहल गर्ने व्यक्ति हुनुहोस्

मत्ती ५:२३-२४

जब हाम्रो सम्बन्धहरु चिसिन थाल्छ र बिग्रन थाल्छ तब तपाई पहिलो कदम चाल्ने व्यक्ति हुनुहोस्। "उसले त गर्दैन, ऊ त बोल्दैन, उसले क्षमा नै माग्दैन, उसको‌गल्ती हो म किन गर्ने..." जस्ता तर्कहरुले सम्बन्ध झनै फितलो हुन जान्छ। 

बरु यसको सट्टा तपाई साहसिलो बन्नुहोस्। समस्या भएको व्यक्तिसँग संचार गर्नुहोस्। ऊ सँग समय बिताउनुहोस्। प्रार्थनाको निम्ति निमन्त्रणा गर्नुहोस्। गल्तीहरु कसैको होस त्यसलाई नकोट्याउनुहोस तर गल्ती र चित्तदुखाईलाई प्रेमले ढाकिदिनुहोस्। 

वचनले भन्दछ, "चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।" - हितोपदेश १७:९

कहिलेकाहीँ उनीहरुको दृष्टिकोणबाट चिजहरु र परिस्थितिहरु हेर्नुहोस्। आफैलाई नम्र पार्नुहोस्। शान्तिको मानिस हुनुहोस्। रोमीको पुस्तकले, "सबैसँग शान्तिमा बस।" (१२:१८)


Be the mentor for broken relationships 

" धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।" -मत्ती ५:९

भत्किएको सम्बन्धको पुल बन्नुहोस्।

परमेश्वरले हामी हरेकलाई मिलापको सेवाकाई दिनुभएको छ। २ कोर. ५:१८

जब हाम्रो कुनै शरीरको एउटा अंग अस्वस्थ हुन्छ, यसले सम्पूर्ण शरीरलाई अस्वस्थ बनाउँछ।

फिलेमोनको पुस्तकमा हामी प्रेरित पावलले फिलेमोन र ओनेसिमसको भत्किएको सम्बन्धलाई पुननिर्माण गर्न बडो प्रयत्न गरेका छन्।

पावलले एसिया माइनरमा करिब दुई वर्षभन्दा बढी समयसम्म सेवाकार्य गरेका थिए—विशेष गरी एफिसस र कलस्सीमा। त्यहाँ सेवा गर्ने क्रममा उनको भेट कलस्सीका बासिन्दा फिलेमोनसँग भयो, जसले ख्रीष्टलाई ग्रहण गरेका थिए। फिलेमोन पावलका मित्र बने; बाइबलले उनलाई पावलको 'सहकर्मी' भनेर पनि उल्लेख गरेको छ। उनी ठ्याक्कै के काम गर्थे भन्ने कुरा हामीलाई थाहा छैन, तर उनी कुनै प्रकारका व्यवसायी थिए। पछि, रोममा रहँदा पावलको भेट ओनेसिमस नामका एक युवकसँग भयो। ओनेसिमस पनि कलस्सीकै बासिन्दा थिए र फिलेमोनको घरपरिवारको हिस्सा थिए—सम्भवतः उनी त्यहाँ दास वा सेवकका रूपमा कार्यरत थिए।

ओनेसिमस आफ्नो मालिक फिलेमोनको घरबाट भागेका थिए। अवश्य पनि उनीहरुबिच केहि खटपट भएको हुनुपर्छ। 

पावलले पत्रमा ओनेसिमसलाई घर फर्काउँदै यिनलाई क्षमा गरेर एक विश्वासी भाईको रुपमा ग्रहण गर्नु भनि फिलेमोनलाई आग्रह गर्छन। 

Comments