इशापूर्व ७ औं शताब्दीमा, प्राचीन चीनले आफ्ना उत्तरी आक्रमणकारीहरूबाट आफ्ना सिमानाहरू सुरक्षित गर्न चाहन्थ्यो। त्यसैले, तिनीहरूले सीमाको सुरक्षाको लागि चीनको महान पर्खाल ( The great wall of china) निर्माण गरे... यो विशाल पर्खाल १,५०० माइलसम्म (2415km) फैलिएको थियो... यो १२ देखि ४० फिट चौडा र २० देखि ५० फिट अग्लो थियो। पर्खाल शत्रुको लागि चढ्न धेरै अग्लो थियो, भत्काउन धेरै बाक्लो थियो, र वरिपरि जान धेरै लामो थियो...। तिनीहरूले विभिन्न ठाउँहरूमा सिपाहीहरू पनि तैनाथ गरे। यो रथहरू गस्ती गर्नको लागि माथिल्लो भागमा पर्याप्त चौडा बनाइएको थियो। यदि तिनीहरूले टाढाको स्थानमा आक्रमणको बारेमा सुने भने, तिनीहरू सजिलै त्यहाँ पुग्न सक्थे। तिनीहरू माथि उचाईंमा हुने हुँदा तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि उच्च फाइदा प्रदान गर्थे। तिनीहरूलाई थाहा थियो कि तिनीहरूले सबै शत्रुहरू विरुद्ध आफ्नो सिमाना पर्याप्त सुरक्षित गरेका थिए।
तर, चीनको यस महान पर्खाल निर्माणको पहिलो १०० वर्षमा, यस राष्ट्र तीन पटक शत्रुले आक्रमण गर्यो। कसरी? यहाँ समस्या पर्खालको मजबुतीमा थिएन तर चिनी सेनाहरुको नियतमा थियो। पर्खालको गेटहरुमा खटाइएका सेनाहरुलाई शत्रुले शत्रुले घुस दिन्थ्यो र प्रवेस गर्नै नसकिने राज्यमा सहजै प्रवेश गर्यो।
ब्रिटिशहरुले भारतलाई २०० बर्ष शासन गर्न सफल हुनको पछाडि उनीहरुले "Divide and Rule" रणनीति अपनाए जसमा ब्रिटिशहरुले भारतको नागरिकहरु बिच नै अनेकता, भाँडभैलो, अराजकताको स्थिति सिर्जना गर्यो।
हिन्दुलाई मुस्लिमको विरुद्ध- मुस्लिमलाई हिन्दुको विरुद्ध, एउटा जातीलाई अर्को जातीको विरुद्ध, एउटा सम्प्रदायलाई अर्को सम्प्रदाय विरुद्ध।
कोरन्थीको मण्डलीमा विभाजनको समस्या:
"किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु।" १ कोरिन्थी ११:१८
कोरन्थीको मण्डलीमा गुटबन्दी मौलाएको थियो, तिनीहरुले प्रभु भोजलाई अनादर गरेका थिए- धनीहरुले गरिबहरुलाई लत्याएका थिए, वरदानहरुको दुरुपयोग गरि एउटाले अर्कोलाई गिराउँथे।
जब मण्डलीमा विभाजन र अनेकता हुन्छ, यसले भाँडभैलो, झै-झगडा, रिसराग, मनमुटाव र मदभेदको अवस्था सृजना गर्दछ। अर्को शब्दमा,
- Unity attracts God's favor and anointing
कतिपटक एकतामा बस्ने, सँगतीमा रहने र एकआपसमा सहकार्य गर्नेे कुरा कठिन हुन्छ तर यसैले नै हामीलाई आकार दिन्छ। हामीलाई याद छ दाऊद र गोल्यतको लडाँई। दाऊदसँग घुयत्रो थियो। यसको लागी ढुङ्गा लिन दाऊद कहाँ गए? हो, खोलाको किनारमा।
किन? किनकि त्यहाँ चिल्ला, गोलाकार र राम्रो आकारको ढुङ्गाहरु पाइन्छ। त्यो चिल्ला र गोलाकारको ढुङ्गा कसरी भयो? खोलाले ढुङ्गाहरु बगाउँदै गर्दा एक आपसमा ठोकिएर, एकअर्कासँगको निरन्तर घस्रनद्धारा चुच्चा र नमिलेको आकारहरू टुटेर भत्किदै अन्तिममा चिल्ला र गोलाकार आकार प्राप्त हुन्छ।
जब हामी एकआपसमा एकसाथ सभगतीमा रहन्छौं, हुन सक्छ यो कतिपटक कठिन पनि सक्छ, कतिपटक रिस उठेका, कतिपटक मन दुख्ला तर यसले हाम्रो चुच्चा आकृतिहरु जसले अरुलाई घोच्छ, भाँचेर नम्रताको आकार दिन्छ।
- एकताद्धारा अधिक परिणाम प्राप्त गर्न सकिन्छ ।
जब यहुदिहरु निर्वासनबाट फर्किए। तिनीहरुको राज्य पर्खाल बिहिन थियो, तिनीहरु चारैतिरबाट शत्रुहरुले घेरिएका थिए, मन्दिर ध्वस्त थियो, उनीहरु घरबारबिहिन थिए। तिनीहरु पुनर्निर्माणमा जुटे तर छिट्टै चुनौती र कठिनाईले निराश भए। जब नहेम्याहले तिनीहरुलाई उत्साह दिए तब तिनीहरु एकसाथ जुटेर काम गरे। हरेकले आ-आफ्नो जिम्मेवारी इमान्दार साथ पुरा गरे।
लगभग ५८६ ई.पू मा नबुकदनेसरले भत्काएको पर्खाल ४४५ ई.पूमा केवल ५२ दिनमा पुनर्निमाण भएको कुरा आफैमा निक्कै चकितपूर्ण छ।

Comments
Post a Comment