जब हाम्रो जीवन कठोर समयबाट गुज्रन्छ, हाम्रो योजनाहरु भत्कन थाल्छ,
हामीले एउटा बुझ्नुपर्ने सत्यता चाहिँ हरेक कठिनाई एउटा मौसम हो जसको अन्त हुन्छ। यसले सधैं भरी तपाईलाई लडाउन सक्दैन्। हरेक परिस्थिति, हरेक मौसमको अन्त छ।
हाम्रो जीवन प्रकृतिमा प्रतिबिम्बित हुन्छ, उदाहरणका लागि रूखको जीवनचक्रले ऋतुहरू आउँछन् र जान्छन् भन्ने कुरालाई बोल्छ। रूखको शक्ति र स्वास्थ्य यसको हाँगाहरूमा होइन तर यसको जरामा हुन्छ। तपाईं यसको हाँगाहरू काट्न सक्नुहुन्छ तर जबसम्म यो जरा गाडिएको हुन्छ, यो पुनर्स्थापित हुनेछ, यो आफ्नो समयमा पून जीवन्त हुन्छ । यसको हाँगाहरू र पातहरू सुकेर भाँचिएर, हराएर , उडेर भुईंमामा झरे तापनि तपाईं निश्चित हुन सक्नुहुन्छ कि जाडो मौसम बित्दा, रूखले आफ्नो प्राकृतिक अवस्था पुन प्राप्त गर्नेछ र फेरि फल फलाउनेछ। रूख जस्तै, हामी जीवनका ऋतुहरूबाट गुज्रन्छौं, यद्यपि, जबसम्म हामी परमेश्वरमा जरा गाडिएका हुन्छौं, जाडो मौसमको कठिनाईमा हामीले कति चीजहरू गुमायौं भन्ने फरक पर्दैन, हामीले उहाँको मौसममा पुन जीवन प्राप्त गर्नेछौ र फेरि फल फलाउनेछौं। हाम्रो परमेश्वर हाम्रो जीवनको हरेक ऋतुमा विश्वासयोग्य हुनुहुन्छ। संकटको यस समयमा तपाईंले जतिसुकै पीडा भोग्नु परे पनि, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले तपाईंलाई पुनर्स्थापित गर्नुहुनेछ। तपाईं आर्थिक, भावनात्मक र आत्मिक रूपमा भाँचिएको, ओइलिएको र सुख्खा महसुस गरिरहनुभएको हुन सक्छ, यो एक मौसम हो। आफ्नो जरा (विश्वास, भरोसा, आशा) उखेलिन नदिनुहोस्। ख्रीष्टमा तपाईं को हुनुहुन्छ भन्ने कुरामा जरा गाडिरहनुहोस्, आफ्नो विश्वासमा सत्य रहनुहोस् र मौसम बित्न दिनुहोस्।"यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।" - कलस्सी २:६-७
उत्पत्ति २६:१-५मा , हामीले अनिकालको संकटको बारेमा पढ्छौं। यो संकटले खाद्य सुरक्षालाई खतरामा पार्यो र जीवनको क्रमलाई भंग गर्यो। अनिकालको कारण अर्थतन्त्र सबैभन्दा कमजोर अवस्थामा थियो र मानिसहरू तहसनहस भए। अनिकालको प्रतिक्रियामा, इसहाकले आफ्नो जीवन बचाउन मिश्र भाग्ने प्रयास गरे। यो पहिलो पटक थिएन कि यस भूमिमा अनिकाल परेको थियो, यो पहिले इसहाकका बुबा अब्राहामको समयमा पनि भएको थियो। यसरी, विगतको रणनीतिले वर्तमान समस्या समाधान गर्ने आशासहित इसहाकले दुई अनिकालहरू बीच समानता चित्रण गर्छन र विगतको रणनीति (मिश्र जाने) प्रयोग गर्न प्रलोभनमा परेको देख्छौं। हामी प्रायः संकटको समयमा अगाडि हेर्नुको सट्टा पछाडि हेर्न प्रलोभित हुन्छौं, हामी परमेश्वरको अगुवाई खोज्नुको सट्टा पुरानो तरिकाहरू खोज्छौं, र हामी हाम्रो अगाडि प्रस्तुत भविष्यमा सर्नुको सट्टा वर्तमानमा अड्किन्छौं। तर इसहाकको लागि यस संकटमा परमेश्वरको फरक योजना थियो। यहाँ केही कुराहरू छन् जुन हामी यस कथाबाट बाहिर निकाल्न सक्छौं र संकटको समयमा हाम्रो आफ्नै जीवनमा लागू गर्न सक्छौं।
- God is present in crisis.

Comments
Post a Comment