निश्चयताकासाथ नयाँ सालमा प्रवेश...। (२०२५ लाई स्वागत गर्दै।)

“ निश्चयताकासाथ नयाँ सालमा प्रवेश..।”


"समय  सित्तैमा पाइन्छ , तर यो अमूल्य छ। तपाईं यसलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईं यसलाई साँचेर राख्न सक्नुहुन्न, तर तपाईं यसलाई खर्च गर्न सक्नुहुन्छ। एकचोटि तपाईंले यसलाई गुमाउनुभएपछि तपाईंले यसलाई कहिल्यै फिर्ता पाउन सक्नुहुन्न। ” - हार्वे म्याके

८६४०० रूपैंयाको उदाहरण

एफिसी ५ 

१५. यसैले कसरी हिँड्छौ ध्यानसँग हेर-- निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। 

१६. समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। 

१७. यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। 

१८. दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। 

१९. एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै 

२०. सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ। 


हाम्रो जीवन अनिश्चित छ। हाम्रो जीवन मात्र होइन तर वरिपरि हेर्ने हो भने हाम्रो संसार, वातावरण, मानिस, मौसम, समय, अवस्था र परिस्थिती सबै कुरा अनिश्चित छ। तर किन? किनकि यी सबै कुराहरूमा परिवर्तन समावेश भएका कारण यी कुराहरू अनिश्चित छ। हिजो म पातलो थिए आज वजन बढेको छ- परिवर्तन। हिजोअस्ति गर्मी थियो तर आज चिसो छ - परिवर्तन। पहिलेको समय चिट्ठि प्रयोग गर्थ्यौं तर आज हामी विभिन्न सामजिक संजालहरू प्रयोग गर्छौं। परिवर्तन अपरिहार्य छ। यदि हामी परिवर्तनसँगै परिवर्तन हुँदनौ भने हामी परिवर्तनको शिकार हुनेछौं। हामी इशाईहरू कतिपटक संकुचित सोचहरू लिएर जिइरहेका हुन्छौं। बिरामी हुँदा औषधी नखाने, प्रभुले निको पार्नुहुन्छ भनेर डाक्टरकहाँ जान नमान्ने इशाईहरू वास्तवमा परिवर्तनलाई घृणा गर्छन।

“आफ्नो प्रशस्तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्छन्।” - भजनसंग्रह ६५ः११

(उदाहरणः हातको  औंलाको घाउ..)


- परिवर्तनको तयारी

वास्तवमा परमप्रभुले धर्मशास्त्रमा परिवर्तनको प्रतिज्ञा गर्नुभयो।

“पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।” उत्पत्ति ८ः२२

“दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्द्र तपाईंले नै स्थापित गर्नुभयो।पृथ्वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।” - भजनसंग्रह ७४ः१६-१७

के तपाई परिवर्तनको निम्ति तयार हुनुहुन्छ? के तपाई २०२५ को निम्ति तयार हुनुहुन्छ? 


के तपाईलाई थाहा छ, चराहरुको प्रजातिमध्ये कमन स्फिट (common swift) चराले सबैभन्दा लामो दुरी र समयको बँसाई सराई गर्दछ : यिनीहरुले संयुक्त राज्यबाट अफ्रिकासम्म लगभग २२५३० कि.मी को दुरी लगभग १० महिना लगाएर पार गर्दछ। 
यति लामो र कठिन बँसाई सराई किन? 
परिवर्तनको तयारी : युकेमा जाडोयाममा यिनीहरु चिसो मौसम र आहाराको कमिले बाँच्न सक्तैन यसकारण यिनीहरु जाडोयाम अफ्रिकाको न्यायनोपनमा कटाउन यति लामो दुरीको बँसाई सराई गर्ने गर्छन्।
यस्ता चराचुरुङ्गीहरुबाट हामीले के सिक्न सक्छौं? 
तयारी कठिन हुन सक्छ तर यसको फल निक्कै सार्थकमय हुनेछ। तपाईको हरेक मेहेनत र परिश्रमको यसले हिसाब बुझाउनेछ। 
यदि कुनै स्फिट चरा परिवर्तनको निम्ति तयारी हुन इन्कार गर्दछ भने - बसाई सराई गर्दैन भने त्यस चरा चिसो र आहाराको कमिले मर्नेछ, त्यो परिवर्तनको शिकार हुनेछ। 

योसेफ एक असल योजनाकार थिए। उनले अनिकालको निम्ति गरेका तयारीका कारण मिश्र र अन्य देश बाँच्न सफल भयो। आज परिवारमा, मण्डलीमा र राष्ट्रमा यस्ता असल योजनाकारको आवश्यकता छ ।
प्रियहरु! अनिकाल आउनेछ, समय सधैं एकनास हुनेछैन, कठिन समयहरुको सामना गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थाहरुमा तपाईलाई तपाईको तयारीले बचाउनेछ।

नेल्सन मण्डेला- "सबैभन्दा कठिन कुरा समाज परिवर्तन गर्नु होइन तर आफैलाई परिवर्तन गर्नु हो। "
एल.टोलस्टोय - "सबैले मानवता बदल्ने सोच्छन् तर आफुलाई बदल्ने कोहि सोच्दैनन्। "

उदाहरणः तीन भ्यागुता र हाम फाल्ने निर्णय

रुखमा नयाँ पालुवा, हरिया पात आउन र यो जिवन्त देखिन पहिला यसबाट ती सबै पातहरु झर्नुपर्छ। कहिलेकाँहि परिवर्तन कठिन हुन सक्छ, गाह्रो हुन सक्छ तर यसले ल्याउने परिणाम असल हुन्छ। 

हामी धेरैलाई परिवर्तन मन पर्दैन किनकि हामी आफ्नो  आरामदायी क्षेत्र छोड्न चाहदैनौं । हामी परिवर्तनबाट असुरक्षित महशुस गर्छौं। हामीलाई हाम्रो आरामदायी क्षेत्रमा सपना देख्न मन पर्छ। हामी त्यस आरामदायी क्षेत्रमा संसार परिवर्तन गर्ने ठूला-ठूला सपना देख्छौ तर परिवर्तनलाई स्विकार्न चाहदैनौं। 
जिन्दगीमा केहि कुरा निश्चित (ग्यारेन्टी) छ भने त्यो परिवर्तन हो। परमेश्वरले परिवर्तनको ग्यारेन्टी गर्नुभयो। 

यशैया ४३:१८-१९
 "बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। 


"समय र परिवर्तन जीवनको इट्टा र मसला (सिमेन्ट र बालुवाको संयोजन) हो, यसलाई कसरी प्रयोग गर्नुहुन्छ यो तपाईमा भर पर्छ" - माइल्स मुनरोइ 

                         २०२५ सालमा धेरै परिवर्तन हुनेछ चाहे तपाईलाई मन परोस या मन नपरोस। रात हुने नै छ, हिउँद हुने नै छ चाहे तपाईलाई मन परोस या मन नपरोस। हुन सक्छ २०२५ मा तपाईले सोच्नुभएको जस्तो नहुन सक्छ, इच्छाएको कुरा पुरा नहुन सक्छ, बनाएका योजनाहरू सफल नहुन सक्छ, समय तपाईको खिलाफमा हुन सक्छ, अवस्था र परिस्थितीहरू हाम्रो पक्षमा नहुन सक्छ तर यी सबैका बाबजुद परमप्रभु हाम्रो साथमा हुनुहुन्छ। उहाँ अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ जो वचनमा विश्वाियोग्य र अडिग हुनुहुन्छ। उहाँले तपाई र मेरो निम्ति सबैभन्दा उत्तम योजना बनाउनुभएको छ। हामी निर्धक्कतासाथ हाम्रो भविष्यको निम्ति उहाँमाथि भरोसा गर्न सक्छौं।
                           जिवन अनिश्चितताले भरिएको छ। संसार, मौसम, समय, मानिस, तपाईको अवस्था र परिस्थिती सबै नै अनिश्चित र परिवर्तनशील छ तर यी सबैका बाबजुद परमेश्वर र उहांको वचन निश्चित, अपरिवर्तनीय र अडिग छ र उहांले हाम्रो निम्ति भलाई र असल योजना सांच्नुभएको छ। हामी हाम्रो भविष्यको निम्ति निर्धक्कतासाथ उहांमाथि भरोसा गर्न सक्छौं। आउनुहोस् अनिश्चितताको भविष्य र नयां मौसमभित्र निश्चयता र निर्धक्कताकासाथ प्रवेश गरौं…। हाम्रो अगाडिको मार्ग कठिन देखिन सक्छ तर परमप्रभुले नै तपाईको मार्ग तयार गर्नुहुनेछ।
रोबर्ट धुले, "परमेश्वरले ठेस लाग्ने ढुंगाहरुलाई पाइलाको लागि टेक्ने ढुंगामा परिणत गर्नुहुन्छ।"

आत्तिएर, डराएर, त्रसित हुँदै, के हुने होला, कसरी गर्ने होला, म त सक्दिन होला भन्दै, शंका गर्दै २०२५ मा प्रवेश् नगर्नुहोस्। २०२५ हाम्रो लागि नयाँ आशा, नयाँ उमंग र जोश, नयाँ अवसर र परमेश्वरको अनुग्रह हो। यसलाई आनन्द र खुशीसाथ ग्रहण गर्नुहोस्। यो अवसरलाई नयाँ व्यक्ति बन्न लगानी गर्नुहोस। २०२५ मा नयाँ सृष्टि हुनुहोस्। 

                      येशूख्रीष्टले भन्नुभयो, "अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता त्‍यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य र मशक पनि नष्‍ट हुन्‍छन्‌। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्‍छ।” - मर्कूस २:२२
प्राचिन समयमा दाखमद्य बाख्राको छालाबाट बनेको मशकहरुमा राख्ने गरिन्थ्यो। नयाँ दाखमद्य फुल्थ्यो र यसले मशकलाई तन्काउने गर्थ्यो। जब नयाँ दाखमद्य पुरानो मशकमा राखिन्छ तब मशकचाँहि तन्किन सक्ने सिमासम्म पहिल्यै तन्किसकेको हुँदा यो फुट्छ। 
नयाँ साल आउँछ अनि जान्छ, यदि तपाई यो वर्ष पनि त्यहि पुरानो व्यक्ति हुनुहुन्छ भने, यो वर्ष पनि कुनै फरक हुने वाला छैन्। परमेश्वर यस साल तपाईलाई नयाँ व्यक्ति बनाउन चाहनुहुन्छ तर यदि हामीले आफ्नो पुरानो नराम्रा व्यक्तित्व, जीवनशैली, बिग्रिएका भ्रष्ट विचार, आनीबानी, कुसंगत, फोहोरी जीवनलाई नै लिएर जिउन खोजिरहेका छौं भने हामी नयाँ सृष्टि बन्न सक्दैनौं। 
उदाहरणः जड्याँहा व्यक्तिको नयाँ सालको प्रतिज्ञा..
बाइबलले भन्दछ, "यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ" - २ कोरन्थी ५:१७
जबसम्म हामी परिवर्तन हुँदैनौ तबसम्म नयाँ सृष्टि बन्न सक्दैनौं। 

Comments